संखुवासभाको समर पिक्निक अमेरिकामा

संखुवासभा  कम्युनिटी अफ यु एस ए  नवौ समर पिक्निक  कोलोराडो राज्यको सेण्टिनियल सिटिको सेण्टिनियल सेण्टल पार्कमा जुन २३ ,२०२४ आइतबार  कार्यक्रम सम्पन्न भएको छ। अथितिको रुपमा  कार्यक्रममा कोलोराडो राज्यको सेण्टिनियल सिटिका काउन्सिल मेम्बर  डोन  शीहन ,  रिचर  होल्ट  , क्रिस्टिन  स्वीत्लैंड ,  यमी थर्पलाई  सस्थाको अध्यक्ष श्रीमती शान्ति श्रेष्ठबाट खादा लगाई  स्वागत गरिएको छ।

सेण्टिनियल सिटिका काउन्सिल मेम्बर  डोन  शीहन  आफनो सेण्टिनियल सिटिमा कार्यक्रम भएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा पनि यहि सिटि ,पार्कमा कार्यक्रम गर्न अनुरोध गर्नु भएको थियो।  पिक्निक कार्यक्रममा बिभिन्ना स्टेट बाट  र कोलोराडो राज्यका सामाजिक सस्थाहरुको प्रतिनिधि, बिशिष्ट व्यक्तित्व ,समाज सेविहरुको सहभागी रहेको थियो। संखुवासभाली कलाकार, ब्याड  र अथिति कलाकारहरुको गायनले सहभागीहरुको नाचले पिक्निक  रोचक र मनोरंजन भएको थियो। स्मरिणीय  सस्थाको पिक्निकमा २०१६ देखि  हाल सम्म खसीको मासु र चिकेन बारबेकी विभिन्न भेजिटेरियन र बच्चाको लागि पिजा  राखिएको र  सहभागीको लागि नि: शुल्क गरिदै आएको छ।
सस्थाबाट सहभागीहरुको लागि कुनै शुल्क लगाइएको थिएन।   पिक्निकमा ३१६ जनाको उपस्थिति रहेको थियो। पिक्निक सफल बनाउन निम्न मनकारी दाताहरुले सहयोग गर्नु भएको थियो। लिबेरटी  होम कियर एल एल सी ,शियर मिसन इन्टरनेसनल  ,मोमो डम्पिङ्ग ,  मनोज श्रेष्ठ(क्यालिफोर्निया)  , पदम तामांग ,श्रीमति  शान्ति श्रेष्ठ,श्रीमति कमला पोखरेल , बाल कृष्ण   श्रेष्ठ , डम्बर  श्रेष्ठ , बाशुदेव  श्रेष्ठ /रत्न प्रभा श्रेष्ठ,सुरेन  श्रेष्ठ,श्रीमति सरिता  श्रेष्ठ , नोय नाथ पोखरेल,श्रीमति सुष्मा  श्रेष्ठ , धनेन श्रेष्ठ , कर्म तेञ्जिङ्ग भोटिया  , डि एन  श्रेष्ठ , हरि कुमार  श्रेष्ठ , चेत मान  श्रेष्ठ , सन्तोष काफले , सरद  श्रेष्ठ , नारायण चन्द्र श्रेष्ठ , गौलोचन प्रधान, ह्यारी श्रेष्ठ, परिबेस नेपाल,गजेन्द्र बहादुर के सी

फोटोग्राफरमा गौलोचन प्रधानले सहयोग गर्नु भएको छ।

संखुवासभा जिल्लाका बिद्यालय प्रधानध्यापक तथा शिक्षक, बौध्दिक व्यक्तित्वहरुबाट सुझाब आब्हान

संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिकाबाट संखुवासभा जिल्लाका एक बिद्यालयको बहुउदेश्यीय शिक्षा कार्यमा प्रत्येक बर्ष नेपाली रुपया एक लाख सहयोग पुर्याउन कार्यक्रम २०२४ को लागि १, श्री अरुणोदय माध्यमिक बिद्यालय भोटखोला गाउ पालिका २ लिंगम ,२  श्री जन चाहना आधारभूत बिद्यालय खाँदबारी न.पा. ७ बेलडाडा ,३ श्री सर्व मंगला आधारभूत बिद्यालय चैनपुर न.पा. ३ रातमाटेलाई सहयोग गरि सकिएको छ।
बिद्यालयको बहुउदेश्यीय शिक्षा कार्य सम्बन्धि निर्देशिका तयार गरि  कार्य समितिमा पेस गरिने हुदा संखुवासभाका बिद्यालय प्रधानध्यापक तथा शिक्षक, बौध्दिक व्यक्तित्वहरुबाट बिद्यालय छनोट ,सहयोग गर्ने क्षेत्र बारेमा सल्लाह, सुझाब दिनको लागि सस्थाको इ मेल [email protected]  वा संखुवासभा जिल्ला कोडिनेटर श्री किरण कुमार शाक्य , खाँदबारी संग समन्वय गरि जानकारी  जुलाई ३०,२०२४ सम्म पठाई सहयोग गरि दिन अनुरोध गरिन्छ ।

तपाई को सुझाब समितिको लागि मार्गनिर्देसन हुने छ।  निर्देशिका समितिबाट निर्णय भए पछि २०२५ साल देखिको बिद्यालयको बहुउदेश्यीय शिक्षा क्षेत्रमा सहयोग यहि निर्देशिका  अनुसार बिद्यालय छनोट गरि सहयोग गरिने छ।
बिष्णु पौडेल “सितल ”
संयोजक , निर्देशिका तयारी उपसमिति
संखुवासभा  कम्युनिटी अफ यु एस ए ,अमेरिका

    निमन्त्रणा

अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था Sankhuwasabha community of USA (संखुवासभा समाज अमेरिका )को छैटौ साधारण सभा तथा नवौ समर पिकनिक कोलोराडो राज्यको सेण्टिनियल सिटिमा जुन २३ ,२०२४ आइतबार हुने हुदा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
स्थान :- Centennial Center Park
13050 E Peakview Ave, Centennial, CO 80112
कार्यक्रम :- उपस्थिति बिहान ११ बजे देखि १२ बजे सम्म
नोट :- कुनै शुल्क लाग्ने छैन

बिमारीलाई आर्थिक सहयोग


एप्रिल २८ ,२०२४ आइतबार काठमाण्डौमा सङ्खुवासभा जिल्लाको   बिमारी टिकाराम गुरुङलाई नेपाल भ्रमणमा रहनु भएको सङ्खुवासभा समाज अमेरिकाको उपाध्यक्ष मनोज श्रेष्ठबाट सस्थाबाट अनुरोध गरीए बमोजिम मनकारी दाताहरुले  गर्नु भएको आर्थिक सहयोग बिमारीलाई भेटि  सिग्र स्वास्थ्य कामनाको गर्दै सहयोग  नेपाली रुपया दुइ लाख हस्तान्तरण गर्नु भएको छ।
सङ्खुवासभा जिल्ला बरुण बहुमुखी क्याम्पस खाँदबारीको पुर्व क्याम्पस प्रमुख श्री टिका राम गुरुङको दुवै मृगौला फेल भई हाल उपचारमा हुनु हुन्छ मिर्गौला फेर्न बिदेशमा गई उपचार गराउदा धेरै महँगो पर्ने हुदा टिकाराम गुरुङ बचाऊ अभियान मा जे जति आर्थिक सहयोग गर्न सकिन्छ सहयोग गरि दिन   सङ्खुवासभा समाज अमेरिकाले अनुरोध  गरिएको थियो। जसमा  सहयोग गर्न निम्न महानुभाबहरुले आर्थिक सहयोग गर्नु भएको छ। सहयोग गर्ने मनकारी दाताहरुलाई सस्थाको तर्फ बाट धन्यबाद ब्यक्त गरिएको छ।
श्रीमति शान्ति श्रेष्ठ ( कोलोराडो ) काठमाण्डौ
श्री  मनोज श्रेष्ठ  ( क्यालिफोर्निया )खाँदबारी १
श्री मुकेश  श्रेष्ठ ( वासिंगटन ) धरान
श्री बिष्णु पौडेल “सितल ” ( भर्जिनिया ) आखिभुइ
श्री हरि कुमार  श्रेष्ठ ( कोलोराडो ) खाँदबारी १
श्री कर्म तेञ्जिङ्ग भोटिया ( कोलोराडो ) भोटखोला ,च्याम्तांग
श्री देवानन्द  श्रेष्ठ (डि एन ) ( कोलोराडो ) खाँदबारी १
श्रीमति सुष्मा  श्रेष्ठ ( कोलोराडो ) धनकुट्टा
श्री दिनेश श्रेष्ठ ( कोलोराडो )खाँदबारी १
ई. प्रमोद श्रेष्ठ ( कोलोराडो )खाँदबारी १
श्री नोय नाथ पोखरेल ( कोलोराडो ) खाँदबारी ३
श्री रिपेन्द्र कार्की ( कोलोराडो )खाँदबारी १
श्री बेदनिधि दाहाल ( टेक्सास ) मादी मुलखर्क
श्री सन्तोष काफले( कोलोराडो ) इटहरी
श्री बाल कृष्ण श्रेष्ठ ( कोलोराडो )खाँदबारी १
श्रीमती कमला पोखरेल ( कोलोराडो ) नुम

सल्लाहकार मनोनयन

सङ्खुवासभा कम्युनिटी अफ यु एस ए बिधान २०१६ Article IV अनुसार सस्थाका निम्न आजीवन सदस्यल  श्री छिरिङ्ग शेर्पा सोनामा, क्यालिपोर्निया र श्री सचिन घिमिरे रिच्मोड़, क्यालिफोरनियालाई कार्य समितिको एप्रिल १२, २०२४ को निर्णय अनुसार सस्थाको सल्लाहकारमा मनोनयन हुनु भएको हुदा सफल कार्यकालको लागि सुभकामना व्यक्त गर्दछौ।

छिरिङ्ग शेर्पा 

   सचिन घिमिरे

 

टिकाराम गुरुङ बचाऊ अभियान

 

 


संखुवासभा जिल्ला बरुण बहुमुखी क्याम्पस खाँदबारीको पुर्व क्याम्पस प्रमुख श्री टिका राम गुरुङको दुवै मृगौला फेल भई हाल उपचार मा हुनु हुन्छ मिर्गौला फेर्न धेरै महँगो पर्ने हुदा देश बिदेशमा रहनु हुने सम्पूर्ण जिल्लाबासी , विभिन्न संघ सस्था सरोकार वाला नेपाली दाजु भाइ दिदि बैनी ज्यु हरुमा टिकाराम गुरुङ बचाऊ अभियान मा जे जति सकिन्छ आर्थिक सहयोग को लागि हार्दिक अनुरोध गर्दछौ।

समृद्ध संखुवासभा निर्माण र सहयात्रा



                                     

मिति २०८० माघ २७ गते सनिवार संखुवासभा काठमाण्डौ पत्रकार समाजले आयोजना गरेको भेटघाट कार्यक्रममा सम्माननीय निर्वाचन आयुक्त दिनेस कुमार थपलिया ,पुर्व अमेरिकाको लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की ,पुर्व सांसद राजेन्द्र गौतम,उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष कुस कुमार जोशी ,संखुवासभा समाज अमेरिकाको अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ ,संखुवासभा समाज कतारको अध्यक्ष राजेन्द्र खनाल,संखुवासभा समाज हंगकंग संखुवासभा समाज बेलायतको सस्थापक अध्यक्ष धर्म राज गुरुङ ,  संखुवासभा समाज हंगकंगको बौध्दिक सामाजिक व्यक्तित्व राजकुमार राई संखुवासभा जिल्लाका काठमाण्डौ रहनु भएको विभिन्न संघ सस्थाको प्रतिनिधि तथा बौद्धिक व्यक्तित्वहरुको छलफलबाट विश्वको विभिन्न मुलुकमा रहेका  संखुवासभालिहरुलाई आफु जन्मेको माटोमा, मातृभुमिमा कसरी जोड्न सकिन्छ समृद्ध संखुवासभाबासीको सहयात्रा र संखुवासभामै लगानी एकतृत गर्न कसरी सकीन्छ। समृद्ध संखुवासभा निर्माण र सहयात्रा गरि रास्ट्रकै नमुना जिल्ला बनाउन सकिन्छ भनेर दोस्रो बृहत छलफलबाट आगामी कार्तिक ८ गते संखुवासभामा भेला आयोजना गर्ने संखुवासभाबासीको भेलाको उदघाटन कार्यक्रम तुम्लिङटार, भेलाको कार्यपत्र प्रस्तुत छलफल चैनपुर र घोषणा सभा खाँदबारीलाई केन्द्रमा राखेर समग्र छलफलको प्रारम्भ गर्ने कुरा सकारात्मक छ । यस बिषयमा व्यापक स्थानीय पालिकाहरु संखुवासभाली व्यक्तित्वहरु संग समन्वय गरि छलफल अगाडि बढाउन र निषकर्सामा पुर्याउन संखुवासभा काठमाण्डौ पत्रकार समाजको जिम्मेवारीमा कार्यक्रम गरिने छ।                                                                                                                                                                                     फोटो सैजन्य शंकर खनाल

मुटुको बिरामीलाई आर्थिक सहयोग ।

संखुवासभाको मादी नगरपालिका वार्ड नम्बर–५ मादी रामबेनी हाल संखरपुर् नगरपालिका ९साखुका जिवप्रसाद दाहाललाई आर्थिक सहयोग गरेको हो । लामो समयदेखि मुटुको समस्या भएका दाहालको उपचार खर्च महङ्गो भएपछि संखुवासभा समाज अमेरिकाले आज एकलाख ३२ हजार ६ सय रुपैया स्वास्थ्यको कामना गर्दे आर्थिक सहयोग गरेको छ । बिरामी दाहालको मनमोहन कार्डोथेरोसीस भास्कुलर ट्रान्सप्लान सेन्टरमा उपचार भई रहेको छ ।

संखुवासभा समाज अमेरिकाकी अध्यक्ष समाजसेवी शान्ति श्रेष्ठले आज संखुवासभा काठमाडौ पत्रकार समाजको कार्यालयमा बिरामीका आफन्तलाई नगद हस्तान्तरण गर्नुभयो । संखुवासभा समाज अमेरिकाले यस अघि पनि आर्थिक समस्यामा परेका बिरामीलाई  शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा  निरन्तर सहयोग गर्दे आएको छ । बिमारीलाई सहयोग गर्ने महान व्यक्तित्व मनकारी दाताहरु श्रीमती सुष्मा श्रेष्ठ (कोलोराडो ) श्री देवानन्द श्रेष्ठ (कोलोराडो ) श्री बिष्णु पौडेल “सितल “( भर्जिनिया ) श्रीमति शान्ति श्रेष्ठ (कोलोराडो ) श्री मनोज श्रेष्ठ ( क्यालिफोर्निया ) श्री हरि कुमार श्रेष्ठ (कोलोराडो )श्री कर्म तेञ्जिङ्ग भोटिया (कोलोराडो ) श्री मुकेस श्रेष्ठ (वासिंगटन ) ई. प्रमोद श्रेष्ठ (कोलोराडो ) सहयोग गर्नु भएको छ।

यसैगरी संखुवासभा समाज कतारका अध्यक्ष तथा समाजसेवी राजेन्द्र खनालले पनि बिरामीका आफन्तलाई तीनहजार रुपैया हस्तान्तरण गर्नुभयो । कतार समाजले पनि अप्ठ्यारोमा परेका र आर्थिक समस्यामा परेका बिरामीलाई सहयोग गर्दे आएको छ ।

 

सङ्खुवासभालि बौद्धक व्यक्तित्वहरु संग अध्यक्ष शान्ती श्रेष्ठको भेटघाट


काठमाडौं ,गैरीधारा स्थित सङ्खुवासभा काठमाण्डौ जोउर्नलिस्ट एसोसियसनको तर्फ अध्यक्ष शंकर खनालबाट भेटघाटको समन्वय गरिएको कार्यक्रममा सहभागी निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया , संयुक्त राज्य अमेरिकाका लागि पुर्ब राजदूत एबम बुद्धिजीवी ,सामाजिक अभियन्ता डा. अर्जुन कार्की , राष्ट्रिय बाणिज्य बैकको सी ओं एबम बुद्धिजीवी किरण श्रेष्ठ, सङ्खुवासभा कम्युनिटी अफ यु एस ए कि अध्यक्ष शान्ती श्रेष्ठ, सङ्खुवासभा काठमाडौं पत्रकार समाजका अध्यक्ष शंकर खनाल, सङ्खुवासभा समाज कतारका अध्यक्ष राजेन्द्र खनाल लगायत अन्य सङ्खुवासभालि बौद्धक व्यक्तित्वहरुको  भेटघाटले विश्वको भिन्न देशमा रहेका अन्तरास्ट्रिय सङ्खुवासभा जिल्ला समाजहरुलाई समन्वय गरि सङ्खुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद आयोजना गर्ने बिषयमा र सस्थागत सम्बन्ध र शिक्षा ,स्वास्थ ,सञ्चार र बालबालिकाको क्षेत्रमा मिलेर सहकार्य गर्ने सम्बन्धि बिशेश कुराकानी भयो।

सौजन्य :- सङ्खुवासभा समाज कतारका  अध्यक्ष राजेन्द्र खनाल

संखुवासभा काठमाण्डौ जोउर्नलिस्ट एसोसियसनको कार्यालयमा अध्यक्ष शान्ति श्रेष्ठको भेटघाट


संखुवासभा कम्युनिटी अफ यु एस ए की अध्यक्ष शान्ति श्रेष्ठलाई संखुवासभा काठमाण्डौ जोउर्नलिस्ट एसोसियसन को अफिस काठमाण्डौमा भेटघाटको कार्यक्रम राखिएको थियो। सो अवसरमा संस्थागत सम्बन्ध र जिल्ला र विभिन्न ठाउमा गर्ने सामाजिक काम र संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् आयोजना गर्ने बिषयमा धेरै कुरा राख्नुभयो । शिक्षा,स्वास्थ्य, संन्चार र बालबालिकाको क्षेत्रमा काम र सहयोग गर्ने कुरा राख्नुभयो । सबै संखुवासभालीको साझा चौतारीमा आएर जिल्ला र अन्य क्षेत्रको बारेमा चासो राख्नुभयो
भेट्घाटको अवसर मिलेकोमा skaj को तर्फबाट अध्यक्ष शंकर खनाल आभार व्यक्त गर्नु भएको छ।
सौजन्य :- स्काज अध्यक्ष शंकर खनाल