संखुवासभा बिद्यालयको बहुउदेश्यीय बिकास कार्यको लागि एकलाख सहयोग

 

संखुवासभा जिल्लाका एक बिद्यालयको बहुउदेश्यीय बिकास कार्यको लागि बार्षिक एकलाख सहयोग गर्ने निर्णय अनुसार २०२६ को लागि सस्थाको निर्देशिका २०२४ अनुसार छनोट गर्नको लागि बिद्यालय संग निबेदन मे १७ ,२०२६ (जेष्ठ ३, २०८३ ) सम्म माग गर्ने र स्थानीय रेडियो एफ एम मा सुचना बाट निबेदन माग गरिएकोमा प्राप्त निबेदन माथि छलफल हुदा श्री अरुण आधारभूत बिद्यालय बतासे, खाँदबारी नगरपालिका १० बतासे ,संखुवासभालाई बहुउदेश्यीय बिकास कार्यको लागि एकलाख सहयोग गर्ने संखुवासभा कम्युनिटी अफ यु एस ए मिति ०७/०६ /२०२६ को निर्णय भएको हुदा जानकारीको लागि अनुरोध छ।

संखुवासभा जिल्लाका बिद्यालयको लागि बहुउदेश्यीय बिकास कार्यको सहयोग गर्ने उदेश्यले २०२४ को लागि छनोट भएको १,  अरुणोदय माध्यमिक बिद्यालय भोटखोला गाउ पालिका २ लिंगम -पिसाब संकलन टयाकी निर्माण रु. ६८,१००। = (अठसाठ्ठी हज्जार एक सय) जन चाहना आधारभूत बिद्यालय खाँदबारी न.पा. ७ बेलडाडा -फर्निचर रु. ५०,०००।=(पचास हज्जार) सर्वमंगला आधारभूत बिद्यालय चैनपुर न.पा. ३ रातमाटे बाल मैत्री फर्निचर रु. ५०,००० ।= (पचास हज्जार) र २०२५ को लागि छनोट भएको श्री बानेस्वर आधारभूत बिद्यालय ,चैनपुर् नगरपालिका ११ खहरे संङ्खुवासभालाई रु. १,००,०००। = (एक लाख ) सहयोग गरि सकिएको छ।