निर्वाचन समिति गठन

संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समितिको मिति एप्रिल ५ , २०२६ मा बसेको बैठक बाट संयोजक श्री नारायण चन्द्र श्रेष्ठ ( सल्लाहकार ), सदस्य ई. गौलोचन प्रधान (बोड अफ डाइरेक्टर) , सदस्य श्रीमति सुष्मा श्रेष्ठ(बोड अफ डाइरेक्टर) सदस्य भएको निर्वाचन समिति गठन गरिएको छ।

निर्वाचन समितिले आबश्यक छलफल गरि july19, 2026 निर्वाचन सम्पन्न गर्न हाल कायम कार्य समितिको पदावधि २०२६ जुलाई मा महिना समाप्त भई अगस्त १ देखि नया कार्य समितिले कार्य सम्पादन सुरु गर्ने हुदा , निम्न पद अध्यक्ष १ ,बरिष्ट उपाध्यक्ष १ , उपाध्यक्ष ४, महासचिब १,कोषाध्यक्ष १, सचिब १, पब्लिक रिलेसन अफिसर १,प्लानिंग अफिसर १, इभेन्ट अफिसार १ ,टेक्निकल अफिसर १ ,बोड अफ डाइरेक्टर ८ , निर्वाचन बाट छनोट गर्ने छ।

संखुवासभा कम्युनिटी अफ यु एस ए को निर्वाचन जुलाई १९ ,२०२६ मा हुने हुदा जुन १ ,२०२६ देखि जुलाई १९ , २०२६ सम्म नया सदस्य हुन् स्थगित गरि जुलाई २० ,२०२६ देखि नया सदस्य बन्नको लागि खुल्ला गर्ने समेत निर्णय गरिएको छ ।
निर्वाचन समितिले पछि निर्वाचन तालिका प्रकाशन गर्ने छ।

भावपूर्ण श्रद्धाञ्जली

संखुवासभा जिल्ला मादी हाल क्यालिफोर्निया राज्य डेविसमा बसोबास गर्दै आउनु भएका समाजसेवी, श्री दुर्गा दाहालको आमाको ९२ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको दु:खद खबरले अत्यन्त दु:खित भएका छौ । संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समितिको एप्रिल ५ ,२०२६ बैठक बाट सोक प्रस्ताब पारित गरि शोकको यस घडीमा परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै उहॅाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

भावपूर्ण श्रद्धाञ्जली

                                                                               भावपूर्ण श्रद्धाञ्जली
हिमालय माध्यमिक बिद्यालय खाँदबारी ,संखुवासभाको पूर्व प्रधानाध्यापक श्री जंङ्ग बहादुर प्रसाद ठाकुर अंग्रेजी विषय २०२३ साल देखी कार्यरत शिक्षक २०३५ साल देखि २०६१ साल सम्म कार्यरत प्रभावशाली पूर्व प्रधानाध्यापकको मिति-२०८२-१२-०५ गते भारतको बिहार राज्य वेगुसराय आफ्नो निवासमा निधन भएको खबरले अत्यान्त दु:ख,मर्माहित बनायो संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समितिको एप्रिल ५ ,२०२६ बैठक बाट सोक प्रस्ताब पारित गरि दु:खको घडीमा आत्माले चीरशान्ती पाओस्,बैंकुण्ठ बास होस्,परिवारजनमा गहिरो समवेदना सहित भावपूर्ण श्रद्धाञ्जली ।

शुभकामना 

संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ९ ,तुमलिङ्ग्टार निवासी अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. अर्जुन कार्की फाल्गुन २१ ,२०८२ सालमा सम्पन्न संधीय प्रतिनिधि सभा सदस्यको निर्वाचनमा संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा अत्याधिक मत बाट विजय हासिल गर्नु भएकोमा संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समितिको एप्रिल ५ ,२०२६ बैठकको निर्णय बाट हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ।

संखुवासभा जिल्लाका बिद्यालयहरु निबेदन आवहान

संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिका बाट संखुवासभा जिल्लाका एक बिद्यालयको बहु उदेश्यीय बिकास कार्यमा सहयोग पुर्याउन प्रत्येक बर्ष नेपाली रुपया एकलाख वितरण गरिने हुदा संखुवासभा जिल्लाका इच्छुक विद्यालयले रित पुर्वक २०२६ सालको सहयोग लागि सस्थाको ढाचामा यस सस्थाका जिल्ला कोडिनेटर मार्फत मे १७ ,२०२६ ( जेष्ठ ३ ,२०८३ ) भित्र निबेदन दिन अनुरोध गरिन्छ |
संखुवासभा कम्युनिटी अफ यु एस ए

सम्पर्क
किरण कुमार शाक्य
जिल्ला कोडिनेटर
खाँदबारी नगरपालिका १, संखुवासभा
फोन नम्बर 985 202 3779

नमुना निबेदन

श्रीमान जिल्ला कोडिनेटर ज्यु संखुवासभा संखुवासभा कम्युनिटी अफ यु एस ए

संखुवासभा कम्युनिटी अफ यु एस एसंखुवासभा कम्युनिटी अफ यु एस ए,अमेरिका बाट संखुवासभा जिल्लाका एक  बिद्यालयको  बहुउदेश्यीय  शिक्षा  कार्यमा सहयोग पुर्याउनका  लागि प्रधान गरिने सहयोग पाउन तपसिलको बिबरण पेस गरेको छु।

विद्यालयको नाम

ठेगाना

स्थापना साल

फोन

इमेल

शिक्षक संख्या

बिद्यार्थी संख्या

छात्र

छात्रा

भवन संख्या

सौचालय

पुरुस

महिला

खेलकुद मैदान छ। छैन

छात्राबास छ। छैन

छात्रबृध्दि   प्राप्त संख्या   –                              छात्रबृध्दि दाताको श्रोत

विद्यालयको अचल सम्पति  जग्गा जमिन  –       छ। छैन

बिद्यालयको लागि   सहयोग किन आबश्यक छ ?

सहयोग प्राप्त भएमा  कुन कार्यमा खर्च गर्नु  हुन्छ ?

यस कार्यमा  विद्यालयको तर्फ बाट गर्ने सहयोग के हुन्छ ?

माथिका बिबरण यतार्थ भएको ठिक साचो हो।  अनुगमन गर्दा केहि गल्ति भएमा सस्थाको निर्णय अनुसार पालना गर्ने छु। सहयोग रकम प्राप्त भएमा सस्थाको नियमानुसार निस्पक्ष ,अनुसासित लगनसिल भई कार्य गर्ने गराउने छु।
दस्तखत
नाम
पद
विद्यालयको नाम
मिति

  दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग प्रदान

news-details

संखुवासभा कम्युनिटी अफ युएसएकी अध्यक्ष तथा समाजसेवी शान्ती श्रेष्ठले संखुवासभा जिल्लाका दुई जना मिर्गौला पीडित बिरामीलाई पचास हज्जारको दरले आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

उहाँले बिरामीको आआफ्नो निवासमा पुगेर संखुवासभा कम्युनिटी अफ युएसएको आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो ।

मिर्गौला पीडित संखुवासभा जिल्ला सभापोखरी गाउपालिका २ धुपु स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका स्काउट महरा र अर्का खाँदबारी नगरपालिका ६ तल्लो पन्ठा घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका सन्तोष घिमिरेलाई थप उपचारका  सहयोग गर्नु भएको हो ।

सहयोग प्रदान गर्दै श्रेष्ठले भन्नुभयो “देशबाहिर रहँदा पनि मातृभूमि र यहाँका जनताको पीडामा सस्थाले अलग देख्न सक्दैन । सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा दिन सक्छ भन्ने विश्वासले सस्थाले यो सानो सहयोग गरेको छ। यस कार्यमा सहयोग गर्ने मनकारी दाताहरुलाई धन्यबाद दिनु भएको छ।
सस्थाको सहयोग पाएपछि बिरामीका परिवारले खुसी व्यक्त गर्दै सहयोगी मनको खुलेर प्रसंसा गरे

यस कार्यमा सहयोग गर्ने भक्त थापा (क्यालिफोर्निया ) शान्ति श्रेष्ठ (कोलोराडो ) जीवन जोशी (टेक्सास ) निरमणि कालाखेती (क्यालिफोर्निया ) बिष्णु पौडेल “सितल ” (भर्जिनिया ) नोयनाथ पोखरेल(कोलोराडो )पदम राज ताम्नाग(कोलोराडो) चेतमान श्रेष्ठ (कोलोराडो) अनिमेष श्रेष्ठ(कोलोराडो )कर्म तेञ्जिङ्ग भोटिया(कोलोराडो)मनोज श्रेष्ठ(क्यालिफोर्निया )

सामाजिक सेवामा सक्रिय सस्थाले यस प्रकारको सहृदय कदमले विदेशमा रहेका नेपालीहरूको मनोभावनालाई पनि प्रतिविम्बित गर्छ। सस्थाले व्यक्तिगत तथा संस्थागतरुपमा विभिन्न प्रकारको मानवीय तथा आर्थिक सहयोग गर्दै आएको छ। ।

सहयोग रकम हस्तान्तरण

 

संङ्खुवासभा समाज अमेरिकाले संङ्खुवासभा जिल्लाका एक बिद्यालयको बहुउदेश्यीय बिकास कार्यको लागि प्रतेक बर्ष बार्षिक एकलाख सहयोग गरिने कार्यक्रम अनुसार २०२५ को लागि छनोट भएको श्री बानेस्वर आधारभूत बिद्यालय ,चैनपुर् नगरपालिका ११ खहरे संङ्खुवासभालाई सुचना तथा संचार प्राबिधिक उपकरण तथा बाल मैत्री फर्निचर ब्यबस्थापनको लागि जुन ८ ,२०२५ ( जेष्ठ २५ ,२०८२ ) आइतबार शिशा क्याफे , खाँदबारी नगरपालिका १ सजक टोल ,संङ्खुवासभामा हाल नेपाल भ्रमणमा रहनु भएको सस्थाको अध्यक्ष श्रीमती शान्ति श्रेष्ठले सहयोग रकम एकलाख बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष श्री गजेन्द्र कटुवाल प्रधानध्यापक श्री मोहन श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रमको सञ्चालन संस्थाका संङ्खुवासभा समाज कोडिनेटर वरुण बहुमुखी क्याम्पस का पूर्व क्याम्पस प्रमुख श्री किरण शाक्य ज्युले गर्नु भएको थियो। कार्यक्रममा संखुवासभा जिल्लाको सामाजिक व्यक्तित्वहरु ,पत्रकारहरुको सहभागी रहेको थियो।

कार्यभार अध्यक्षको जिम्मेवारी पोखरेललाई

संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ३ , मानेभन्ज्यांग हाल अमेरिका ,कोलोराडो निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिकाको बरिष्ठ उपाध्यक्ष श्री नोयनाथ पोखरेललाई सस्थाकाअध्यक्ष श्रीमती शान्ति श्रेष्ठबाट अध्यक्ष अमेरिका बाहिर जुन २ ,२०२५ देखि रहनु हुने हुदा  अध्यक्ष अमेरिका फर्की नआए सम्मको लागि कार्यभार अध्यक्ष को जिम्मेवारी  सस्थाको बिधान २०१६ अनुसार अध्यक्ष ज्यु बाट तोक्नु भएको छ।

संखुवासभा समाज अमेरिकाको दसौ समर पिक्निक

संखुवासभा समाज अमेरिकाले 2025 को दसौ समर पिक्निक कोलोराडो राज्यको सेण्टिनियल सिटि Centennial Center Park हुदै छ आफ्नो क्यालेण्डरमा सेप्टेम्बर ७ आइतबार २०२५ समय रिजब गरि अमेरिकामा रहनु भएका सम्पूरण संखुवासभा बासीहरुमा सहभागिताको लागि अनुरोध गरिन्छ। कोलोराडो मा रहेका सामाजिक संघ ,सस्थाहरुले सो मितिमा कार्यक्रम न राखी दिन अनुरोध गर्दछौ ।

२०८२ सालको नेपाली तिथि मिति भएको टेवल क्यालेण्डर

 

|| ,,

संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिका बाट प्रत्येक नेपाली बर्षमा नेपाली तिथि मिति भएको नेपाली क्यालेण्डर प्रकासन गरि अमेरिका को विभिन्न शहरमा बितरण गर्दै आएकोमा संखुवासभा जिल्लाकोको रमणीय पर्यटीय फोटो सहित २०८२ सालको नेपाली तिथि मिति भएको २६ पेजको नेपाली टेवल क्यालेण्डर अमेरिकाको बिभिन्ना शहरमा बितरण हुने छ।
यस कार्यमा सहयोग गरि दिनु हुने दाताहरुमा र फोटोग्राफरहरुलाई धन्यबाद |
१, एभरेस्ट होम केयर ,डेकियर एल एल सि                        २, हिमालय किचेन, डोरेङ्गो(कोलोराडो)
३, बुध्द ट्याक्स ,एकाउण्टिन ,न्यु योर्क                                ४ , लिबर्टी होम केयर ,डेकियर एल एल सि
५,फस्ट एण्ड इस्य मार्स्ट ,सान्तरोजा(क्याकिफोर्निया )           ६ , बुध्द थाई कुइसिन ,बोल्डर(कोलोराडो)
७ , एभरेस्ट इम्पोट अफ हिमालय, डेन्भर(कोलोराडो)           ८, डेन्भर करी हाउस , चेरिकिक(कोलोराडो)
९, लिटिल नेपाल इन्डियन रेस्टुरेन्ट, कोलोराडो स्प्रिंग             १०, इनटमेशन (INTMATION )
११,ल अफिस धन बहादुर बस्नेत पी एल एल सि ,वासिंगटन     १२ ,नेपाल क्याफे ,स्टेट पार्क(कोलोराडो)
१३ ,यति रेस्टुरेन्ट , सान्तरोजा ( क्यालिफोर्निया )                    १४, बोयेस स्प्रिंग फूड सेन्टर ,सोनाम ( क्यालिफोर्निया )
१५, जी एल लेइत्ल ल ,सन्फन्सिसको ( क्यालिफोर्निया )          १६ ,डा. निरन्जन श्रेष्ठ ,इलोलोनिया
१७ ,श्री छिरिङ्ग शेर्पा / शोभा शेर्पा ,नापा ( क्यालिफोर्निया )      १८, बि एल सी फाइनसियल सर्भिस
१९, मुकेश श्रेष्ठ , सियाटल ( वासिंगटन)                                २०, बासुदेव श्रेष्ठ /रत्न प्रभा श्रेष्ठ लाङ्गमन्थ (कोलोराडो)
२१ , तिबेट इम्पोर्ट एल एल सि , डेन्भर (कोलोराडो)                २२ , गौली क्याप इण्डस्टिक ,नेपाल
२३ ,लेकसाइड रेस्टुरेन्ट, न्यु योर्क                                         २४ ,मिरा विस्ट लिकर ,रिचामोड़(क्याकिफोर्निया )
२५, बोउलेवार्ड वाइन एन्ड स्पिरिट्स लिकर  (कोलोराडो)         २६, भोटिया फाउण्डेसन                                                                                                           फोटोग्राफर
कर्म तेञ्जिङ्ग भोटिया कोलोराडो , जीवनाथ खनाल खाँदबारी ८ पिप्ले, संखुवासभा , दिप स्टुडियो एण्ड शिशा क्याफे खाँदबारी १ सजक टोल ,संखुवासभा , पबी फोटो स्टुडियो खाँदबारी १ कोटगाउ ,संखुवासभा