सङ्गीतलाई तिन भाग लगाएर बुझ्नु

बसन्त नालामी कर्माचार्य

संखुवासभा जिल्ला ,चैनपुर त्रिचोक  हाल काठमाण्डौ निवास्री कानुनविद , संगीतकार ,गायक बसन्त नालामी कर्माचार्यले लेख्नु भएको “सङ्गीतलाई तिन भाग लगाएर बुझ्नु पर्छ ” भन्ने लेख का फर्मुलाले संगीतका पारखी आस्था राख्ने ,सिकारु बिद्यार्थीको लागि उपयुक्त र लाभादायिक हुने छ।

आज अलिकति सङ्गीतको विषयमा:
सङ्गीतलाई तिन भाग लगाएर बुझ्नु पर्छ।
(१) गायन (२) बादन र (३) नृत्य
हामीले कला भन्ने शब्द सुनेका छौं।तर कला ५ किसिमको हुन्छ भनेर हामीले बुझ्नु जरुरी छ।
१)सङ्गीत कला ( २) चित्र कला ( ३)वास्तु कला (४) मूर्ति कला र  (५)कविता कला
५ कला मध्ये अहिले सङ्गीत कलाको सम्बन्धमा मात्र थोरै बुझौं। सङ्गीत कला २ किसिमको हुन्छ।
१) शास्त्रिय सङ्गीत २) भाव सङ्गीत
भाव सङ्गीत लाई पछि बुझाउँला तर अहिले थोरै शास्त्रिय संगीतको विषयमा बुझौं।
शास्त्रिय सङ्गीतमा विशेष नियमहरु हुन्छन्।त्यो नियमको पालना गर्नै पर्छ। शास्त्रीय सङ्गीतमा फर्मुला हुने भएकोले त्यो फर्मुला जानेमा अन्य कुनै समस्या समाधान गर्न सजिलो हुन्छ। जस्तै हिसाबमा (a+ b)2 भनेको a 2+ 2ab +b2 भन्ने फर्मुला जान्यो भने (m+n)2 भनेको के हो बुझ्न सजिलो हुन्छ।
सङ्गीतमा शुद्ध ,कोमल र तिब्र गरेर एउटै सप्तकमा ३ किसिमको जम्मा १२ स्वर हुन्छन्। सजिलो तरिकाले बुझ्नको लागि अहिले ७ स्वर सा, रे ,ग, म, प ,ध नि , बुझें पुग्छ पहिलो दिन।
७ स्वर षडज , ऋषभ, गन्धार, मध्यम, पञ्चम, धैवत र निषाद ।
शास्त्रिय सङ्गीतको नियम अनिवार्य रूपले पालना गर्नै पर्छ।यसको नियम भनेको लय र ताल नै हो। त्यो लय र तालको सीमा भित्र बसेर गाउनु पर्छ।यसको लागि सैद्धान्तिक र प्राक्टिकल दुवैको ज्ञान हुनु पर्दछ।यसको लागि १० वटा थाट बुझ्नु पर्छ।
दोश्रो भाव सङ्गीत :
यसमा शास्त्रिय सङ्गीतमा जस्तो कुनै खास नियम र बन्धन हुन्न।यसको उद्देश्य भनेको गाउँदा यसरी गाउनु पर्छ जसले गर्दा श्रोताहरू सुनेर आनन्दित होस्।यसमा नियमको कुनै सीमा हुन्न।यसमा यो यो स्वर हुनु पर्छ भन्ने कुनै नियम हुन्न।भाव सङ्गीतलाई हामी ३ भाग लगाएर बुझ्नु सकिन्छ।
१) त्रिपिटक
२) लोक
३) भजन
नोट: अरु पछि