कुकुरको अशान्ति

हरि कुमार श्रेष्ठ
खाँदबारी (हाल अमेरिका )

बल्ल बल्ल आफ्नो घर
पुगेको नै रात
रातभरी भुसिया कुकुर भुकेर
सुत्न नदिएको त्यो रात
कुकुरलाई के थाहा
होइन बिदेशमा कुकुरलाई
ओंक्षेनमा सुताउछ रे
अनुशासनमा बसाउछ रे
लडीबुडी घरका मानिस संग खेल्छ रे
छिमेकी आउदा भुक्नुको कुरै छाडौ
सुम सुमाछ रे
कुकुर पनि कति ज्ञानी
घर मालिक संग घुम्न जाने
केटा केटी संग रमाउने
भुक्ने तर छिमेकीलाई अबरोध नगराउने
कस्त्यो बुध्दिवान कुकुर
कुकुर पाल्ने रहर कसलाई हुदैन
मेरो मितले भेडा गोठमा रहने
सानो कुकुरको छाउरो
ल मित ज्यु भनेर ल्याई दिनु भयो
सानो बच्चालाई घरमा पाले हुर्काए
नाम पनि टाइगर राखी दिए
ठुलो बनाए अनुशासन सिकाए
अफिस जादा मेरो पछि पछि जाने
गुन्दुक भात खाने मासु नखाने
सार्वजनिक कार्यक्रम हुदा मन्चमा
मेरो छेउमा बस्ने
भष्ट्राचारको गस्तीमा हिड्ने, घुस माग्ने
जाड रक्सी पिएर भाषण दिने
चोसोमोसो गरि हिड्नेलाई देखादेख नगर्ने
छेउमा गएर झम्टि हाल्ने मेरो टाइगर
गाउमा बहुला कुकुर भित्रिएछ
पालुवा कुकुरलाई सुरक्षाको हल्ला भएछ
आफ्नो कुकुर जोगाए
छिमेकको कुकुरले झुक्किएर बिष खाएछ
बिचारा टाइगरलाई माया लागेर चाट्न गएछ
बिष चाटेर होला लड्दै पढदै छटपटाइ घर आएछ
कसलाई के थाहा टाइगरले बिष खाएछ
छिमेकीले बिखुमा ल्याई दियो
खुवाई हेरे बचाउने आशामा
धर्तीबाट सदाको लागि बिदा भै दियो
घरमा कुकुर नहुदा सुन्यछ
भतुवा कुकुरको झगडाले गाउ घरमा कातिक लागेछ
कुकुरलाई थाहा छैन
कारण हाम्रो
गाउ घर अशान्तिमा छ।