नब आजीवन सदस्य पौडेल

आजीवन सदस्य बिष्णु कुमार पौडेल

अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्ला बासीहरुको अमेरिकाको कानुन अनुसार दर्ता भएको 501(c)(3) सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए SSCUSA हो। संखुवासभा जिल्ला धर्म देवी नगरपालिका वाड नम्बर २ मुडे ( बाइसझोरे ) हाल अमेरिकाको टेक्सास निवासी बिष्णु कुमार पौडेल सस्थाको बिधान अनुसार डिसेम्बर १६ ,२०२० देखि आजीवन सदस्य हुनु भएको कुरा सम्पूरण महानुभाबहरुको लागि जानकारी गराइन्छ।

सस्थाको उदेश्य अनुसार कार्य गर्न जिल्लाको बिकास र आपत बिपतमा सहयोगी भावना लिई आफ्नो जन्म भूमिलाई सम्झी जिल्लाबासीको एकतामा हाते मालो गरि जिल्लाबासी एक आपसमा परिचित भै भोलिका दिनमा सकृय सहभागीले आफनो जन्म भूमिमा जन्मिएर गर्नु पर्ने एउटा कार्य पुरा हुनेछ। व्यक्ति आज छ भोलि रहदैन जसले समाज सेवामा लगनसिलता भै कार्य गर्छ उसको आत्माले सन्तुस्ट पाउछ र दिन दुखीको आसिर्बाद प्राप्त हुन्छ। यसैले सस्थालाई सकृय पार्न सदस्यहरुको महत्व पूर्ण भूमिका रहने छ।

संखुवासभा जिल्लाका अमेरिकामा रहनु भएको इच्छुक व्यक्तिहरुले जुन सुकै समयमा सदस्य लिन सक्नु हुनेछ। सस्थाको वेब साइडमा सदस्य सम्बन्धि फर्म राखिएको ।नव आगन्तुक सदस्यहरुको स्वागत र शुभकामना दिन सस्था आतुरमा छ।