हि.मा.बि. ७० औ बार्षिक उत्सब तथा अभिभावक दिवस

कार्यक्रमको प्रमुख अथिति संघिय संसद माननीय श्री राजेन्द्र गौतम , खाँदबारी नगर प्रमुख श्री मुरारी खतिबडा

संखुवा सभा जिल्लाको सदरमुकाम खादबारीमा रहेको हिमालय माध्यमिक बिद्यालयको ७० औ बार्षिक उत्सब तथा अभिभावक दिवसको कार्यक्रम भब्य रुपमा सु सम्पन्न भएकोमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
संखुवा सभा कम्युनिटी अफ यु एस ए परिवार
हिमालय माध्यमिक बिद्यालयको पुर्व बिद्यार्थीहरु
संरक्षक श्री नारायण श्रेष्ठ
सल्लाहकार श्री हरि बहादुर श्रेष्ठ
सल्लाहकार श्री धर्म राज श्रेष्ठ
सल्लाहकार ई. सुरेन्द्र श्रेष्ठ
सल्लाहकार श्री हेम कुमार श्रेष्ठ
सल्लाहकार श्री नारायण चन्द्र श्रेष्ठ
सल्लाहकार श्री काजि बहादुर बुढाथोकी
सल्लाहकार ई. सरिता श्रेष्ठ
सल्लाहकार डा. निरन्जन श्रेष्ठ
सल्लाहकार श्री नबिन गुरुङ
अध्यक्ष श्रीमति शान्ति श्रेष्ठ
बरिष्ट उपाध्यक्ष श्री नोयानाथ पोखरेल
उपाध्यक्ष श्री मुकेस श्रेष्ठ
उपाध्यक्ष श्री मनोज श्रेष्ठ
महासचिब श्री हरि कुमार श्रेष्ठ
कोषाध्यक्ष श्री कर्म तेञ्जिङ्ग भोटिया
पब्लिक रिलेसन अफिसर श्री रिपेन्द्र कार्की
प्लानिग अफिसर ई. प्रमोद श्रेष्ठ
टेकनिकलअफिसर ई. अनिमेष श्रेष्ठ
बोड अफ डाइरेक्टर श्रीमति कमला पोखरेल
बोड अफ डाइरेक्टर श्री देवानन्द श्रेष्ठ
बोड अफ डाइरेक्टरश्री लक्ष्मी कुमार गुरुङ

संखुवासभा कम्युनिटी अफ यु एस एको संखुवा सभा जिल्ला कोडिनेटर किरण कुमार शाक्य , सस्थापक आजीवन सदस्य जीवन कुमार श्रेष्ठ

फोटो सौजन्य :- सुजन बज्राचार्य , रमोद श्रेष्ठ

संखुवासभाको सुर्य किरण संग अमेरिकामा भेटघाट






कोलोराडो , जनवरी ६ सोमबार
अमेरिका भ्रमणमा रहनु भएका संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ९ ढुंगेधारा हाल काठमाण्डौ निवासी बिज्ञ, बिध्दान श्री सुर्य किरण श्रेष्ठ  ( Ph.D Scholar Management, Tribhuvan University) Deputy Head of Department \ Program Co-ordinator (BHM) लाई संखुवासभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट कोलोराडो राज्यको सेण्टिनियल सिटीमा संखुवासभालीहरुको उपस्थितिमा अध्यक्ष श्रीमति शान्ती श्रेष्ठ ,महासचिब श्री हरि कुमार श्रेष्ठले खादा लगाई स्वागत गरिएको थियो ।

आफनो न्यु योर्कको यात्रा पछि कोलोराडो राज्य आइ पुगेको र यस पछि क्यालिफोरनिया राज्य जाने कुरा जानकारी गराउनु भएको थियो । अमेरिकामा बसोबास गरि बस्ने संखुवा सभा जिल्लाबासीको तर्फ बाट भेटघाट र स्वागतको कार्यक्रम राखी आफ्ना साथी भाइ , स्टमित्र संग भेट घाटको अवसर पाएकोमा खुसि व्यक्त गर्दै संखुवासभा समाज अमेरिकालाई र आफ्नो अमुल्य समय दिएर टाडा टाडा बाट गाडिको ट्राफिक लाई पनि वास्था नगरी उपस्थित भई दिनु भएकोमा मान्यजन साथीहरुलाइ धन्यबाद दिनु भएको थियो । Sankhuwa sabhaa community of USA सस्थाको बारेमा साराम्स जानकारी गराइएको थियो । आफ्नो अमेरिका भ्रमण सुख मय, रमाइलो भएको जहा गए पनि साथि भाईहरुको माया सदभावना घुमफिरमा सहयोग पाएको छु ।

अमेरिका यस अघि पनि आफ्नो कार्यालयको सिमिनरमा आएको थिए समयको आभाबले राम्ररी घुमफिर गर्न पाएको थिइन् । यस पल्ट मेरी श्रीमती सहित व्यक्तिगत भ्रमणमा आउदा मेरा साथी भाइ ,बहिनि र परिवारको सहयोगमा घुमफिर गर्न पाउदा आफु भाग्यमानी महसुस गरेको छु । सस्था बाट जिल्लाको बिकासमा गरिने कार्यमा मेरो तर्फ बाट पूर्ण सहयोग गर्ने प्रति बध्दता समेत जनाउनु भएको थियो । हाल छोटो समय भएकोले मैले समय दिन सकिन चाडै नेपाल फर्कने र पछि अनिकुल मिलाएर आउने छु । अमेरिका घुम्ने रहर अझै बाकि रहेको छ ।

श्रेष्ठले नेपालमा रहेर नेपालको होटल ब्यबसाय र पर्यटन बिकासमा गर्नु भएको कार्य महत्व पूर्ण छ ।

के तपाइँ सीपीए को खोजीमा हुनु हुन्छ

के तपाइँ सी पी ए को खोजीमा हुनु हुन्छ ?
अमेरिकाको ५० राज्यका लागि Tax & Accounting सम्बन्धि कार्य गर्नु परेमा
सम्पर्क
Pashupati Shrestha (CPA )
Certified Public Accountant
72 -30 Broadway (FI 2 )
Jackson Heights NY 11372
PHONE :-347 703 9019

संखुवा सभालीको देउसी अमेरिकामा

अमेरिकामा बसोबास गरि बस्ने संखुवा सभा जिल्लाबासीहरुको दर्ता भएको सामाजिक सस्था Sankhuwa Shaba Community of USA हो । सस्थाको स्थापना भए पछि आफ्नो देशको सस्कृतिलाई जगाई राख्न र आउने सन्ततिहरुले पनि भविष्यमा आफ्नो चाड बाडलाई निरन्तरता दिन सकुन भन्ने उदेश्य साथ हरेक बर्ष तिहारमा कोलोराडो राज्यको बिभिन्न शहरमा सस्थाको तर्फ बाट देउसी खेल्दै आएको छ । यो कार्यक्रम गर्नु पनि चानचुने छैन सबै आ आफ्नो कार्यमा बिजी ,चेलीबेटीहरु भाई टिकाको लागि ब्यबस्थापन गर्नु पर्ने आदि कारणहरुले उपस्थिति जनाउन कठिनाइ , देउसी खेल्न कसैले मेरो घरमा आइ दिनु भनि अनुरोध आउछ भने कसैलाई हजुरको घरमा हामी देउसी खेल्न आउदै छौ भनि अनुरोध गर्नु पर्ने बाध्यताछ ।

Superior
Superior
Superior


यस बर्ष डोरेंगो बासि संखुवा सभालीहरुले देउसी खेली सस्थाको लागि भनि केहि रकम सहयोग गर्नु भएको छ । यसरी नै सबै मिलेर यस्ता कार्य गर्ने हो भने सस्थाको उदेश्य पुरा गर्न सजिलो भै आपत बिपतमा सहयोग गर्न सकिन्छ । कुनै कुरा भन्न सजिलो हुन्छ कार्य गर्न कठिनाइ हुन्छ । पहिलो कुरा समय ,मन , भावना चाहिन्छ । आउदो दिनहरुमा अन्य ठाउहरुमा पनि डोरेङ्गोको जस्त्यो भावना सृजना होस् भन्ने आशा गरौ ।

Durango


सदा झैँ यस वर्ष २०७६ सालको देउसी कार्यक्रम कोलोराडो राज्यको सुपरियर , बोल्डर , अरोरा सहरमा आयोजना गरिदा सस्थाको लागि देउसी खेल्न आफ्नो घरमा अनुरोध गरि दान बाट प्राप्त $1453. 40 मध्ये माइक्रो फोनको लागि ब्याट्री खरिद गर्दा $5.40 खर्च भएको बाकि रकम $1448. 00 सस्थाको बैंक खातामा जम्मा भै सकेको छ । देउसिमा दान गर्नु हुनेमा सुपरियर सिटि निवासी संरक्षक श्री नारायण श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमती सृजना श्रेष्ठ बाट $500 00 बोल्डर सिटि सस्थापक आजीवन सदस्य श्री प्रचण्ड श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमति बबी श्रेष्ठबाट $600.00, अरोरा सिटि सस्थापक आजीवन सदस्य श्री अतुल श्रेष्ठ ,सस्थापक आजीवन सदस्य श्रीमती मनिषा श्रेष्ठको निवासमा सामुहिक देउसी खेली निम्न महानुभाबहरु सस्थापक आजीवन सदस्य श्रीमति रुबी श्रेष्ठ $101.00, सस्थापक आजीवन सदस्य श्री श्याम श्रेष्ठ $51.00, सस्थापक आजीवन सदस्य श्रीमती मनिषा श्रेष्ठ $51.00, सस्थापक आजीवन सदस्य श्रीमति सलिना अमात्य $20.00, श्री रमेश नारायण श्रेष्ठ $25. 00, सस्थापक आजीवन सदस्य श्रीमति पार्वती श्रेष्ठ $25.40, सस्थापक आजीवन सदस्य श्री बिक्रम श्रेष्ठ $20.00, श्री उज्वल श्रेष्ठ $20.00,इभेन्ट अफिसर श्री शरद श्रेष्ठ $20.00 ,सस्थापक आजीवन सदस्य श्री ह्यारी श्रेष्ठ $20 .00 सहयोग गर्ने दाताहरु धन्यबादको पात्रो हुनु भएको छ ।

Boulder
Boulder


सस्थाको देउसी खेल्न सल्लाहकार श्रीमती सरिता श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्री नरेश श्रेष्ठले आफनो निवासमा देउसी खेल्न अनुरोध गर्नु भएकोमा मौसमको कारणले कार्यक्रम गर्न सकिएको थिएन ।

Boulder


Buddha Thai Cuisine Boulder ले देउसी टोलिको सहभगीहरुको लागि आ आफ्नो रोजाइ अनुसार स्वादिष्ट खाना तयार गरि खुवाईएको थियो ।यस्तै आफ्नो अमुल्य समय दिएर सस्थाको देउसी कार्यक्रम गर्ने स्थान दिनु हुने सुपरियर सिटि निवासी संरक्षक श्री नारायण श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमती सृजना श्रेष्ठ , बोल्डर सिटि निवासी श्री प्रचण्ड श्रेष्ठ , श्रीमति बबी श्रेष्ठ ,अरोरा सिटि निवासी सस्थापक आजीवन सदस्य श्री अतुल श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमति मनिषा श्रेष्ठ हुनु हुन्थ्यो ।

Aurora
Aurora


देउसी कार्यक्रममा आफ्नो ब्यस्थताको बाबजुत पनि सहभागी भै कार्यक्रम सफल बनाई दिनु हुने सस्थापक आजीवन सदस्य श्री श्याम श्रेष्ठ , अध्यक्ष श्रीमति शान्ति श्रेष्ठ , महासचिब श्री हरिकुमार श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमति पार्वती श्रेष्ठ ,पब्लिक रिलेसन अफिसर श्री रिपेन्द्र कार्की ,,सस्थापक आजीवन सदस्य श्रीमती सकुन कार्की , इभेन्ट अफिसर श्री शरद श्रेष्ठ , प्लानिग अफिसर श्री प्रमोद श्रेष्ठ , टेक्निकल अफिसर श्री अनिमेष श्रेष्ठ , श्री महेश श्रेष्ठ , श्रीमति सलुजा श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्री दि श्रेष्ठ , सस्थापक आजीवन सदस्य सुश्री रेहाना कार्की, सस्थापक आजीवन सदस्य श्री ह्यारी श्रेष्ठ, रहनु भएको थियो ।
कोलोराडो राज्यको डोरेङ्गो सिटीमा बसोबास गरि बस्ने संखुवासभा जिल्ला बासिहरुले देउसी खेली संखुवासभा कम्युनिटी अफ यु एस ए सस्थाको लागि $100.00 एक सय डलर सहयोग गर्नु भएको छ ।
यसरी आ आफ्नो तर्फ बाट सस्थालाई सहयोग गर्नु हुने सबै महानुभाबहरु धन्यबादको पात्रो बन्न सफल रहनु भएको छ ।आउदो दिनहरुमा पनि यसरी नै सहयोगको अपेक्षा राख्दछ ।

Aurora
Durango
Superior
Superior
Boulder

संखुवासभाको गाउले संग अमेरिकामा भेटघाट


कोलोराडो , नोभेम्बर ९ सनिबार
अमेरिका भ्रमणमा रहनु भएका संखुवासभा जिल्ला खाँदबारी नगरपालिका निवासी ज्योतिष बिज्ञ, बिध्दान श्री योगराज थपलिया ” गाउले ” लाई संखुवासभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट कोलोराडो राज्यको सेण्टिनियल सिटीमा संखुवासभालीहरुको उपस्थितिमा अध्यक्ष श्रीमति शान्ती श्रेष्ठ ,महासचिब श्री हरि कुमार श्रेष्ठले खादा लगाई स्वागत गरिएको थियो ।

अध्यक्ष श्रीमति शान्ती श्रेष्ठले खादा लगाई स्वागत
महासचिब श्री हरि कुमार श्रेष्ठले खादा लगाई स्वागत

” गाउले ” आफनो क्यालिफोरनियाको यात्रा पछि कोलोराडो आइ पुगेको यस पछि भर्जिनिया जाने कुरा जानकारी गराउनु भएको थियो । अमेरिकामा बसोबास गरि बस्ने संखुवा सभा जिल्लाबासीको तर्फ बाट भेटघाट र स्वागतको कार्यक्रम राखी आफ्ना साथी भाइ , स्टमित्र संग भेट घाटको अवसर पाएकोमा खुसि व्यक्त गर्दै संखुवासभा समाज अमेरिकालाई र आफ्नो अमुल्य समय दिएर टाडा टाडा बाट गाडिको ट्राफिक लाई पनि वास्था नगरी उपस्थित भई दिनु भएकोमा धन्यबाद दिनु भएको थियो । सस्था बाट प्रकासित स्मारिका अरुण कोसेलीको रुपमा दिई सस्थाको बारेमा साराम्स जानकारी गराइएको थियो ।


गाउलेको आफ्नो अमेरिका भ्रमण सुख मय, रमाइलो भएको जहा गए पनि साथि भाईहरुको माया , सदभावना घुमफिरमा सहयोग पाएको छु ।अमेरिका एउटा स्वर्गको देश रहेछ यहाको मानवताको सेवा , कानुनि देश , सहयोगी भावना ,सफासुगर ,के भनौ आफु आसचार्य चकित भएको छु । सस्थामा रहेर नेपालको कुनै पनि राजनीतिकको झोला बोकेर काम नगर्नु होला भनि सुझाब दिनु भएको थियो । आफु जन्मेको ठाउको बिकास र आफु पढेको बिद्यालयमा आफ्ना बाबु आमाको नाममा अक्षय कोषको स्थापना गरि गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई छात्रवृति दिन पनि अनुरोध गर्नु भएको र हाल छोटो समय भएकोले मैले समय दिन सकिन चाडै नेपाल फर्कने र पछि अनिकुल मिलाएर आउने छु । अमेरिका घुम्ने रहर अझै बाकि रहेको छ ।

खानाको आथिथ्य सस्थाको अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ , आजीवन सदस्य श्री श्याम श्रेष्ठले गर्नु भएको थियो ।


	

अक्करको भिरमा दुर्घटना प्रति गहिरो दु:ख ब्यक्त


संखुवासभा जिल्लाको धर्मदेवी नगरपालीका ८ मा पर्ने अक्करको भिरमा २०७६ साल भाद्र ३१ गते मंगलबार खाँदबारीबाट बिरामी बोकेर धरान तर्फ जाँदै गरेको को १ ज ३७४९ को बलेरो जिप राती करिव सवा दश बजेतिर अरुण नदीमा खस्दा दुर्घटना हुनेहरुमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विश्वकर्मा, खाँदबारी ९ का २२ बर्षिय प्रमेश थापा मगर, उनको भिनाजु खोटाङका २७ बर्षिय खबरमान पिठाकोटे, खाँदबारी ९ कै २४ बर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ बर्षीय सदिक्षा राई श्रेष्ठ र उनीहरुका २ महिनाका बच्चा समिर श्रेष्ठ बेपत्ता भएको खबरले हामी जिल्लाबासी सोकाकुल भएको छौ ।
यस अकल्पनीय दुर्घटना प्रति गहिरो दु:ख ब्यक्त गर्दै दुर्घटनमा परेका परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होश भनि कामना गर्दछु ।
फोटो सौजन्य :- फेसबुक नमस्ते सङ्खुवासभा

शान्ति श्रेष्ठ 
अध्यक्ष
संखुवासभा कम्युनिटी अफ यु एस ए

हार्दिक समवेदना

हार्दिक समवेदना
संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ४ पाङ्ग्मा हाल काठमाण्डौ निवासी जिल्लाका अग्रणी ब्याक्तित्व, पूर्व सचिव, लोकसेवा आयोगका पूर्व अध्यक्ष स्वर्गीय सन्तबहादुर राईको उपचारको क्रममा पाटन अस्पतालमा २०७६ भदौ २३ गते असामयिक निधन भएकाे खबरले मर्माहित बनाएको छ । मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । साथै यस दुखत घडीमा शोक सन्तप्त परिवार जनमा पर्न गएको दु:खत घटनामा धर्य धारणा गर्ने शक्तिको लागि पशुपति नाथ संग प्रार्थना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।
शान्ति श्रेष्ठ
अध्यक्ष
संखुवासभा कम्युनिटी अफ यु एस ए
अमेरिका (परिवार )

लोकसेवाको शाख जोगाउने सन्तबहादुर रहेनन्

author-image

सुरेन्द्र काफ्ले
समाज

  http://annapurnapost.com/news/ बाट २३ भदौ २०७६ २२:०२:००

काठमाडौं : लोकसेवा आयोगका पूर्वअध्यक्ष सन्तबहादुर राईको निधन भएको छ। सोमबार बिहान एक बजेर ४० मिनेटमा पाटन अस्पतालमा उपचार गराउने क्रममा उनको मृत्यु भएको हो।

लोकसेवाको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएका ८४ वर्षीय राई अल्जाइमर (बिर्सिने) रोगबाट ग्रसित थिए। लोकसेवा आयोगको सदस्य हुँदै अध्यक्ष भएका राई हक्की स्वभावका व्यक्ति रहेको लोक सेवाका पूर्व सदस्य डा. गोविन्दप्रसाद कुसुमले जानकारी दिए।

२०४६ सालको प्रजातन्त्रको पुनर्स्थापनापछि उनी लोक सेवामा प्रवेश गरेका थिए। उनी २०४८ भदौ ७ गते लोकसेवा आयोगका सदस्य भए। २०५१ माघ १५ गते पहिलो पटक उनी आयोगका अध्यक्ष भएका थिए।

२०५४ भदौ ७ गते उनले लोकसेवा अध्यक्षमा पुर्ननियुक्ति पाएका थिए। उनी दुई कार्यकाल लोकसेवा आयोगको अध्यक्ष भएका थिए।

राई तत्कालीन पञ्चायत तथा स्थानीय विकास मन्त्रालय, आवास तथा भौतिक योजना मन्त्रालय, आपूर्ति मन्त्रालयका सचिव हुँदै लोकसेवा प्रवेश गरेका थिए। २०१७ सालमा सरकारी सेवामा अस्थायी नियुक्ति पाएर प्रवेश गरेका थिए।

२०१८ सालमा उनी स्थायी भएका थिए। पञ्चायत विकास केन्द्र, जाजरकोट, जिल्ला पञ्चायत तेह्रथुम, भक्तपुर हुँदै २०२६ साल मंसिर १५ गते पाँचथरको सिडिओ भएका थिए। प्रशासन व्यवस्था विभाग (रेखदेख दौडा) र स्थानीय विकास विभागका उपनिर्देशक भएका राई स्थानीय विकास विभागका महानिर्देशकसमेत भए।

पञ्चायत तथा स्थानीय विकास मन्त्रालय अतिरिक्त सचिव र सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त सचिव हुँदै २०४१ सालमा उनी सचिव भएका थिए।

‘उहाँ कसैले भनेको नमान्ने, निडर, हक्की, लतपत नगर्ने व्यक्ति हुनुहुन्थ्यो’, कुशुमले भने,‘ उहाँले लोकसेवालाई कसैको प्रभावमा पर्न दिनु भएन।’ लोकसेवा आयोगको गरिमा कायम रहनुमा राईको योगदान महत्वपूर्ण रहेको लोक सेवाका पूर्वपदाधिकारी र पूर्वप्रशासक ठम्याइ छ।

प्रजातन्त्रको पुनर्स्थापनापछि लोकसेवालाई कमजोर बनाउने प्रयत्न नभएको होइन तर उनले लोकसेवाको साँख उच्च राख्न ठूलो सघर्ष गरेका थिए। ‘उहाँ सचिव हुँदा होस् वा लोक सेवामा हुँदा होस्, आफ्नो अडानमा यता उता कहिल्यै गर्नु भएन’, उनले भने।

१९९३ कात्तिक १९ गते संखुवासभाको खादबारी ४ स्यामदाङ पामा गाउँमा जन्मिएका राई परिवार हाल ललितपुर महानगरपालिका ४ जावलाखेलमा बस्दै आएको छ। पछिल्लो समयमा राई बृद्धाश्रममा बस्दै आएका थिए। राईका दुई छोरी छन्। उनको श्रीमतीको यसअघि नै निधन भइसकेको छ।

राईको सोमबार आर्यघाटमा दाहसंस्कार भएको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए। सन्तबहादुर राईको प्रशासनिक यात्रा र भोगाइका बारेमा सन्तबहादुर राई प्रतिष्ठानले ‘सन्तबहादुर राई इतिवृत’ पुस्तक प्रकाशन गरेको छ।

उनले मिसिगन स्टेट विश्वविद्यालय, अमेरिकाबाट एमएस डिग्रीसम्म अध्यायन गरेका थिए। उनले गोरखा दक्षिण बाहु, शुभ राज्यभिषेक, गोरखा दक्षिण बाहु (चौंथो) र त्रिशक्तिपट्ट लगायतका विभूषण र सम्मान प्राप्त गरेका थिए।

कांग्रेस म्यान जो नेगस् र नेपाली समुदाय विच अन्तर्रकृया हुदै

BY नातिबाबु भट्ट 

अगष्ट २०, २०१९ कोलोराडो, अमेरीका । कोलोराडोमा अमेरीकी संसदका काग्रेस म्यान जो नेगस् र नेपाली तथा हिन्दी भाषी समुदाय बिच अन्तर्रकृया कार्यक्रम आयोजना हुने भएको छ ।

हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको संयोजनमा कोलोराडो डिष्ट्रिक २ का कांग्रेस म्यान जो नेगस् संग नेपाली तथा हिन्दी भाषी समुदायको सामुदायिक विकास लगायत बिभिन्न बिषयमा आगामी अगष्ट २५ तारिक आईतबारका दिन अन्तर्रकृया हुन लागेको हो ।

छलफल तथा प्रश्नोत्तर कार्यक्रममा ईमिग्रेण्टहरुका लागी अमेरिकी सरकारबाट लागु भएका निती तथा कार्यक्रम, टि पि एस्, भिसा स्ट्याटस चेन्ज, ओभर स्टे, स्वास्थ्य , शिक्षा, बसोबास , रोजगारी लगायतका बारेमा आफुलाई परेका समस्या कांग्रेस म्यान समक्ष राख्न पाईने संयोजक श्रेष्ठले बताएका छन् ।

नेपाली तथा हिन्दी भाषी समुदायको समस्या तथा त्यसका समाधानका उपायहरु सोझै अमेरिकी संसदका कांग्रेस म्यान समक्ष राख्न पाउने यस सुनौलो अवबसर हो । यस अवसरको सहि सदुपयोग गर्ने वातावरण श्रृजना गर्न सयोजक श्रेष्ठले कोलोराडो स्थित नेपाली संघ संस्थाका पदाधिकारी, समाज सेवी, बुद्धी जिवी, पत्रकार, कलाकार, सर्वसाधारण सबैलाई अनुरोध गरेका छन् । उनले यहा स्थित सबै शहरका नेपाली बिच यस अवसरको सुचना पु¥याई उनीहरुका समस्या संकलन गरी कार्यक्रमलाई प्रभावकारी बनाउन समेत आग्रह गरेका छन् ।

आगामी अगष्ट २५ तारिक आईतबारका दिन दिउसो २ बजे देखि ४ बजे सम्म  लाफेट पब्लिक लाईब्रेरी ( 775 Baseline Rd. Lafayette, Co. 80026) मा सम्पन्न हुन लागेको कार्यक्रमको रकि माउन्टेण्ड फ्रेण्डस् अफ नेपालले भोलेन्टियर गर्न लागेको संस्थाका महासचिव विनय दाहालले बताएका छन् ।

अनुष्काको लागि उपहार

 हरिकुमार श्रेष्ठ ,कोलोराडो

काठमाण्डौ ,धापासी निवासी अनुष्का श्रेष्ठले मिस नेपाल वर्ल्ड २०१९ विजय हासिल गरे पछि मिस वर्ल्ड २०१९ मा नेपालको प्रतिनिधिको रुपमा भाग लिने औसर मिलेको छ । वल्डमा एक सय तिस राष्ट्रका मिस वर्ल्ड प्रतिनिधिहरुले आफ्नो देशमा गरेका परियोजनाहरुको मुल्यांकन हुने हुदा अनुष्काको पनि एउटा परियोजना सिन्धुपलाञ्चोक जिल्लाको सोलसिङ गाउ छनोट भै आमाहरुको लागि आय आर्जन र बच्चाहरुको लागि शिक्षा परियोजनाको  लागि  सहयोग जुटाउन अमेरिकाको दुई हप्ता भ्रमणको सिलसिलामा  विभिन्न शहर आउने क्रममा कोलोराडो राज्यको डेन्भर शहरमा आइपुग्छिन ।

 
कोलोराडो राज्यको डेन्भरमा सम्पन्न एक कार्यक्रममा अनुष्का श्रेष्ठले आफ्नो परियोजनाको बारेमा जानकारी गराई सहयोग जुटाउने कार्यक्रम समापन पछि कोलोराडो राज्यका समाज सेवी ,उद्योगी ,ब्यबसाही पेम्बा शेर्पाले अनुष्कालाई भन्दै तपाई पहिलो पल्ट अमेरिका आउनु भएकोछ। तपाइको भोलिको कार्य तालिका के छ ? फुर्सद भएको खण्डमा म तपाइलाई भोलि बिहान ९ बजे जहाजबाट रकी माउण्टेण्ड घुमाइ दिन्छु । बिहान ८ . ३० बजे ब्रुम्फिल एयरपोट आइ पुग्नु पर्दछ । पाइलोट सहित ४ जनामा मात्र जान सकिन्छ भनि जानकारी गराउदै  मेरो पाहुनाहरुका लागि मेरो आफ्नो सानो हवाई जहाजबाट घुमाई दिने गरेकोछु ।



कोलोराडोको मौसम बिहान राम्रो छ । एर्पोटमा समयमा पुग्नु पर्ने, टावर संग पनि अनुमति लिनु पर्ने हुन्छ । सनिबार भएको कारणले होला एर्पोटमा मानिसको जमघट त्यति थिएन । पाइलोट पेम्बा शेर्पा ,श्याम श्रेष्ठ , अनुष्का श्रेष्ठको एर्पोटमा भेट भए पछि जहाज चड्नका लागि जहाज छेउ पुग्छन ।


 यो सानो जहाज पेम्बा शेर्पाको आफ्नो निजि जहाज हो । जहाजको बारेमा जानकारी गराउदै हाम्रो घुमाइ ,जहाजको हाइट ,कुन क्षेत्र जाने बारेमा जानकारी गराए पछि जहाज भित्र जान फखेटालाई टेकेर जानु पर्ने रहेछ । जहाजको साचो खोलि जहाज भित्र बस्न अनुरोध गरि बेल्ट र एयर फोन लगाउन लागाई उडानको प्रतीक्षा गरि रहदा पाइलोटले जहाजको इन्जिन स्टाट गराउदा सातो नाइँ जाने गरि इन्जिन कराउदो रहेछ ।

टावर बाट टेक अपको अनुमति जहाजले पाउछ बिस्तारी रनवे लिन्छ । केहि छिनमा जहाजले जमिन छाडी आकासिएको छ। सानो जहाजको उचाइ लिदा बतासिने हुदा मनमा त्रास र डर हुने नै भयो । तर त्यस्त्यो थिएन पेम्बाले मज्जाले जहाज उड्दै ,हसौदै जमिनमा देखिएको ठाउँहरुको जानकारी गराई रहनु भएको छ ।

पाइलोट पेम्बा शेर्पा , अनुष्का श्रेष्ठ , श्याम श्रेष्ठ

जहाज बोल्डर शहरको पहाडी डाडाको छेउ छेउ हुदै फट कलिंग माथिको ठुलो लेक हर्स टुथा बाट जहाज एयरपोट तिर फर्कन्छ ।  जहाजबाट कोलोराडो राज्यको रमणनीय डाडा ,काडा , घर बस्ति ,लेकहरु रमणीय देखिदो रहेछ। लेकहरुले भरिएको कोलोराडो राज्यको रमणीय दृश्यलाइ आफ्नो फोनमा फोटो खिच्न केहि छिन व्यस्था थियो ।

             पेम्बा पाइलट सिटमा बसेर जहाज उडाएको अनुष्का कोपाइलट सिटमा र श्याम पछाडिको सिटमा बसेर डेनभर मेट्रो सिटीको फोटो खिच्दै रहदा पेम्बाले अनुष्कालाइ सोधिन जहाज उडाउने हो ? हो भने म अहिले नै तपाईलाई जहाजको  नेबिगेटर स्टेरिङ्ग तपाईलाई दिन्छु। यु आर रेडि टु फ्लाई भनेर सोध्दा अनुष्का अचानक तर्सिन नो नो आइ क्यानट फ्लाई एण्ड आइ एम नट टचिङ्ग एनीथिङ्क सरि भन्नि


                  पेम्बाले एयरपोट टावरमा अवतरणको लागि अनुमति लिई सकेको हुदा पेम्बाले आफ्नो घर देखाउन सकेन गफको सुरमा पेम्बाको घर भन्दा जहाज अगाडी गइ सकेको थियो । जहाज फर्कदा जमिनको सडक हाईवो 287 को बाटो हुदै पुन : बोल्डर र पहाडको छेउ छेउ हुदै एर्पोट तिर जहाज गइ रहेको छ ।


केहि छिनमा ४५ मिनेटको उडान पछि हाम्रो जहाज अवतरण भएको छ । हामीले पेम्बालाई धन्यबाद दियौ र भन्यौ आफ्नो अमुल्य समय दिएर हामीलाई पहिलो पल्ट  पिलास पोटर जहाजबाट डेन्भर मेट्रो शहर घुमाई दिनु भयो । पेम्बा हसिलो ,सहयोगी भावनाको व्यक्तित्व रहेछ हास्दै मैले पनि कोलोराडो आउने व्यक्तिहरुलाई मेरो समय भएको खण्डमा कसैले चाहना इच्छा राखेको खण्डमा कोलोराडो राज्य डेन्भर मेट्रो सिटि जहाज बाट घुमाउन यहि Air Tour दिने गरेको छु । अनुष्का बहिनिलाई हाम्रो कोलोराडोको तर्फ बाट यहि उपहार हो ।

(जहाजमा सवार यात्री श्याम श्रेष्ठ संग भएको कुराकानीको आधारमा तयार गरिएको फोटो सौजन्य श्याम श्रेष्ठ)