संखुवासभा, खाँदबारी क्यालिफोरनिया राज्य , अमेरिका निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समिति बोड अफ डाइरेक्टर कृष्णराज गिरी ( पॉचखपन नगरपालिका वाड नम्ब ४, लिङ्ग लिङ्ग ) सस्थापक आजीवन सदस्य तथा पुर्व सल्लाहकार गोपाल धिमिरे( खाँदबारी नगरपालिका वाड नम्बर ९ तुम्लिगटार ) मनकारी दाताहरुले काेराेनाकाे महामारी कारण लक् डाउन्मा रहेको अबस्थामा संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर ९ स्थित मनकामना धाम मा रहनुहुने बृध्दा बुवा,आमाहरु तथा गुरुकुलका विद्यार्थीहरुका निमित्त राहत खाद्यान्न समाग्री सहयोग गर्नु भएको छ। सो राहत खाद्यान्न समाग्री मनकामना सम्म ल्याई तुम्लिङटार निवासीहरु भरत गाैतम ,रविन गाैतम , प्रलाद न्याैपाने ,कुमार अधिकारी मार्फत बितरण गर्नु भएकाेछ।
चैत ९ गते देखि lock down मा छु। सरकारको आदेस पालना गरेर बसेको छु। कतारको मेरो एक जना साथिको बाबुले गरिबीको कारणले राम्रो सङ्ग खान नपाउदा १२० बर्ष बाच्नु भएछ, पछि बुझ्दा over eating नभएकोले रहेछ। मेरो पनि सुगर प्रेसर सबै ठिक भयो। तपाईंहरुको पनि राम्रै भयको होला। Lock down ले गर्दा धेरै साथीहरूले आफुलाइ creative काममा आफ्नो समय लगानी गरेको थाहा पाए। सुतेर बसिरहनु भन्दा केहि creative काम गर्यो भने सेल मर्दैन अरे नत्र ३५ बर्ष नाघेपछि प्रतिदिन ७००० cell मर्छ भन्ने कुरा एउटा किताबमा पढेकोले लेख्न मन लग्यो । आफैले आफ्नो past life लाई साक्षी भावमा बसेर हेर्न थाल्यो भने primal therapy हुन्छ अरे भनेको कुरा OSHO को किताबमा पढेको थिए । primal therapy गर्दा मैले नेपाल , नेपाली र हाम्रो नेताहरूलाई पो सम्झिएछु। आफुले अहिले सम्म कुनै नेतालाई भेट्न गएको रहेनछु। यसो सुनेको नाम सम्झिदा बि पि कोइराला , गणेश मान, कृष्ण प्रसाद भट्टराई , गिरिजाप्रसाद , शेर बहादुर ,सुशील कोइराला रामचन्द्र पौडेल , गोविन्द राज, चिरञ्जीवी वाग्ले ,खुम बहादुर, पुष्पलाल, मनमोहन ,मदन भण्डारी ,साहना,माधब नेपाल ,झलनाथ , खड्क प्रसाद ओलि ,बाम देव , बिस्नु पौडेल , प्रचण्ड , राम बहादुर थापा ,अग्नि सापकोटा ,बाबु राम, हिस्सिला,भिम रावल , सुभाष नेम्वाङ, नारायण मान बिजुक्क्षे, कृष्ण महरा, महन्त ठाकुर, उपेन्द्र यादव ,राजेन्द्र महतो, सुर्य बहादुर थापा , मरिच मान ,लोकेन्द्र चन्द, तुलसी गिरि, ,प्रकश चन्द्र लोहनी ,………………………समेत सबैलाई ध्यानमा पाए। अनि नेपाली जनता तिर ध्यान लगाए , त्यस्मा osho को किताबमा अध्ययन गरेको जस्तै गरे। सबै नेपाली जनताहरुले केही नेतालाई बाहेक सबैलाई भ्रष्टाचारी , ज्यान मारा, देश बेचुवा, अनि केहीलाई ” र ” को मान्छे, लैनचौरको कर्मचारी , दिल्लीको छोरा , अनि कसैलाई चाइनाको पाले। ध्यानबाट छुटदा झसङ्ग भए ,मैले कुनै निर्णय गरिन । who is wrong who is right? साक्षी भावमा बसे। किनभने सबै नेताहरूको contribution पनि सुनेकोछु। अधिकांस नेताहरु जेल गएको देखिन्छन् । सत्य कुरा बोलेका छन् याहा सम्म कि १७००० त मैले होईन ५००० चाहिँ मैले मारेको जिम्मा लिन्छु, १२००० चाहिँ अरुले हो ।भ्रस्टाचार मैले गरेको होइन ४०/ ५० करोडको सम्पत्ति श्री मतिको दाइजो हो। जनता मारेको छैन महान्यायाधिवक्ताले मुद्धा फिर्ता लिएको छ।आदि इत्यादि …………………. यसमा छानबिन गर्ने काम मेरो होइन । मालपोत र बैंकको statement बोल्छ । दिन आयो भने सबै कुरा अन्धाले देख्छ, बहिराले सुन्छ। कुनै देश भक्त नेताले भोलि गएर टुंदिखेलमा उभ्याएर बयान लियो भने उहीँ जान्दछ। अहिले यति भन्छु मलाई केही थाहा छैन तर तपाईं लाई भ्रस्टाचारी भनेको सहन सक्दिन, एउटा ब्यक्तिले एक जनालाई मारेको त्यति ठुलो होइन तर Hitlar ले जस्तो एकै पटक ६०००० नमार , ब्यक्तिले जे सुकै गरोस् त्यो police ले अनुसन्धान गर्छ तर नेपाल आमालाई नलुट तिमिलाई भ्रष्टाचारी भनेकोमा दुख: लाग्छ ।
सस्थाको तर्फ बाट समबेदना दिनु हुदै बोड अफ डाइरेक्टर सन्तोश काफ्ले
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिका कार्य समितिको बरिष्ठ उपाध्यक्ष नोयनाथ पोखरेलको पुजनीय आमा धन कुमारी पोखरेल ९१ बर्षको उमेरमा आफ्नो निवास संखुवासभा जील्ला खाँदबारी नगरपालिका वाड नम्बर ३ माने भन्ज्यांग्मा मिति २०७७ बैसाक १२ को दिन परलोक हुनु भएको आज मे ५, २०२० मंगलबार हिन्दु परपरागत १३ औ दिनको पुन्यतिथिको यस दु:खत घडीमा परिवारजनमा पर्न गएको घटन प्रति समबेदना ब्यक्त गर्दै मृत आत्माको चिर शान्तिको लागि हार्दिक श्रद्धाञ्जली संखुवासभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट,व्यक्त गर्न र समबेदना दिन सस्थाका बोड अफ डाइरेक्टर सन्तोश काफ्लेबाट कोलोराड़ो राज्यको थोटन सिटि स्थित निजि निवासमा परिवारहरुको उपस्थितिमा समबेदना पत्र वाचन गरि परिवारमा हस्तान्तरन गर्नु भएको छ ।
हरि कुमार श्रेष्ठ संखुवासभा जिल्लाको निजि क्षेत्र्मा शिक्षाको क्षेत्रमा योदान पुर्याउन खाँदबारी निवासी स्व. शिब कुमार गौलीले खांदबारीमा सुरुवात गर्नु भएको पहिलो प्राइबेट बोडिंग लिटिल फ्यावर स्कुल हो । यस लिटिल फ्यावर बोडिंग स्कुल स्थापना भए पछि बिद्यार्थीको नाम लेखाउने पहिलो नम्बरमा नाम दर्ता गर्ने मेरो छोरी र दुई नम्बरमा मेरो साथीको छोरा (हाल डा. राजु अधिकारि ) हो । केहि बर्ष संचालन भै भोजपुर जिल्ला ,फलिकोटको बल राम कार्कीलाइ बिक्रि गरि संचालनमा थियो ।
तत्कालिन हिमालय माध्यमिक बिद्यालय खाँदबारीका प्रधान अध्यापक जंग बहादुर प्रसाद ठाकुर र तत्कालिन हिमालय निम्न माध्यमिक बिद्यालय खाँदबारीका प्रधान अध्यापक चन्द घुण्डेले सो बोडिंग खरिद गरि सो बोडिंगको नाम परिबर्तन गरि मकालु बोडिङ्ग स्कुल बाट संचालन भै सो बिद्यालय खाँदबारीका डिएन श्रेष्ठले खरिद गरि सके पछि विद्यालयको नाम परिबर्तन गरि सुर्य बोडिंग स्कुलको नाम बाट २०४४ साल देखि संचालन भै शिक्षाको क्षेत्रमा जिल्लाको उत्कृस्ट बिद्यालय आज पुग्न सफल भएको छ । हाल विद्यालयको आफनै जग्गा जमिनमा ,भवन र भौतिक सुबिधा सम्पन्न छ । संखुवा सभा जिल्लामा उच्च सुर्य आवासीय माध्यामिक बिद्यालय बन्न सफल भएको छ ।
(सुर्य बोडिंग स्कुल ब्यबस्थापन समितिका अध्यक्ष स्व. सुर्य बहादुर श्रेष्ठको साथमा बिद्यालय संचालक समितिका सदस्यहरु , शिक्षक र कर्मचारीहरुको साथमा २०५० साल फोटो सौजन्य सरोज श्रेष्ठ खादबारी )
यस बिद्यालय (सुर्य बोडिंग स्कुल) संचालन भए पछि ब्यबस्थापन समितिको अध्यक्ष डि एन श्रेष्ठ , लोक बहादुर श्रेष्ठ , सुर्य बहादुर श्रेष्ठ , हरि कुमार श्रेष्ठ ,२०५८ पछि डि एन श्रेष्ठ र श्रीमति राजेश्वरी श्रेष्ठले गर्नु भै हाल यस विद्यालयका संरक्षक तथा संचालक नारायण श्रेष्ठले ब्यबस्थापन गरि आउनु भएको छ । भोलिका दिनमा यस बिद्यालयको प्रगतिको कामना गरौ ।
नेपाल सरकारको पूर्ण सरकारी स्वामित्वको देशको सबैभन्दा ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकलाई तीव्र सुधार गरेका किरणकुमार श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत (सीइओ )पदको रुपमा दोश्रो कार्यकाल पनि निर न्तरता पाएका छन् । पहिलो कार्यकाल यही चैत २९ गते सकिँदै थियो । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा निरन्तरता दिने निर्णय गरेको हो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको कार्यकाल सकिनु केही दिनअघि अर्थमन्त्रालयबाट बैंकको संचालकको रुपमा प्रतिनिधित्व गरिरहेका धनिराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कमिटी गठन भएको थियो । सो कमिटीले श्रेष्ठले राष्टिय वाणिज्य बैंकमा सीइओको रुपमा आउनुअघि गरेको सम्झौता र सोअनुसार काम भए या नभएको विषयको मूल्यांकन गरेको थियो । त्यस्तै सो कमिटीले श्रेष्ठसँग आगामी चार वर्षका लागि समेत विजिनेश प्लान मागेको थियो । श्रेष्ठले दिएको विजिनेश प्लानको विषयमा समेत पर्याप्त अध्ययन गरेपछि उनलाई नै सीइओको रुपमा निरन्तरता दिने निर्णय भएको एक संचालकले जानकारी दिए । संखुवा सभा जिल्ला चैनपुर हाल काठमाण्डौ निवासी किरण कुमार श्रेष्ठ पुनः ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएकोमा संखुवासभा कम्युनिटी अफ यु एस ए,अमेरिका हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ ।
अमेरिका नेपाली समाजका अग्रज समाज सेवी , बिध्दान कोलोराडो राज्यको गोल्डेन सिटि निवासी , संखुवासभा कम्युनिटी अफ युएसए पुर्व सल्लाहकार , सस्थापक आजीवन सदस्य स्वर्गीय प्रा. डा. बिष्णु बहादुर श्रेष्ठको March 26,2020 का दिन बार्षिक पुण्य तिथिमा संखुवा सभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।
अमेरिका सरकारले हरेक १० \ १० बर्षमा हुन लागेको अमेरिकी जनगणनामा (cences 2020) मा सहभागी भै नेपाली भाषी समुदायमा प्रचार प्रसार गरि सहयोग गर्न संखुवा सभा कम्युनिटी अफ यु एस ए को मिति Feb 15 ,2020 सनिबार मा बसेको कार्य समितिको phone Conference बैठकमा भएको निर्णय अनुसार निम्न सदस्य भएको Census 2020 Committee समिति गठन गरिएको हुदा जानकारीको लागि अनुरोध गर्दै अमेरिकी जनगणनामा (cences 2020) मा अमेरिकामा रहेका नेपाली भाषीहरुमा सहभगी भै नेपालीको आधिकारिक तथ्याङ्क जनगणना मार्फत दिलाउन सबैमा अनुरोध गरिएको छ । संयोजक श्रीमती मनिषा श्रेष्ठ – पुर्व उप सभापति सदस्य श्री सरद श्रेष्ठ – इभेन्ट अफिसर सदस्य श्री रिपेन्द्र कार्की – पब्लिक रिलेसन अफिसर सदस्य ई .प्रमोद श्रेष्ठ – प्लानिग अफिसर सदस्य ई. अनिमेष श्रेष्ठ – टेक्निकल अफिसर
संखुवा सभा कम्युनिटी अफ यु एस ए ले हरेक नेपाली नया बर्षमा अमेरिकामा बसोबास गर्नेहरुका लागि नेपाली तिथि मिति भएको नेपाली , अंग्रेजी क्यालेन्डर प्रकासन गरि अमेरिकाको विभिन्न राज्यको शहरहरुमा बितरण गर्दै आएका छौ । नेपाली नया बर्ष २०७७ सालको नेपाली क्यालेन्डर प्रकासन गरि अमेरिकामा वितरण गरिने हुदा सहयोगी दाताहरुमा आफ्नो ब्यबसायका ब्यापारहरुको प्रचार प्रसार ,Parmot Business शुभकामना सन्देसको लागि बिज्ञापन सुरक्षित राख्न अनुरोध गरिन्छ । २०७७ सालको नेपाली क्यालेन्डर एप्रिल १५, २०२० देखि अमेरिकाको बिभिन्न शहरमा बितरण गरिने छ ।
अमेरिकामा रहेको नेपाली सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस सस्थाको पाचौ साधारण सभा तथा समर पिकनिक जुलाई २५ ,२०२० सनिबार कोलोराडो राज्यमा गर्न मिति फेरवारी १५ , २०२० को कार्य समिति बोड को निर्णय अनुसार आयोजक तयारी समिति बनाउने र सो समितिले समय ,स्थान र आबश्यक ब्यबस्थापन गर्ने भएकोले अमेरिकामा रहनु भएका संखुवासभा जिल्ला बासीहरु मा उपस्थितिको लागि अनुरोध गरिएको छ ।
अमेरिकामा रहेका संखुवासभालीहरु बिच भेटघाट ,चिनापरिचयको बाताबरण मिलाउन सस्था स्थापना भए पछि प्रत्येक बर्ष समर पिकनिकको आयोजना गर्दै आएको छ । २०१६ मा अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गरि बस्ने संखुवासभालीहरु बिच पनि पिकनिकको आयोजना भएको थियो । साथै मिति जुलाई २५ , २०२० दिन कोलोराडो राज्यमा कुनै पनि कार्यक्रम न राखी दिन हुन् नेपाली समुदायहरुमा अनुरोध गरिएको छ ।
समर पिकनिक आयोजक समिति संयोजक श्री सरद श्रेष्ठ – इभेन्ट अफिसर सदस्य श्री रिपेन्द्र कार्की – पब्लिक रिलेसन अफिसर सदस्य श्री प्रमोद श्रेष्ठ – प्लानिग अफिसर सदस्य श्री अनिमेष श्रेष्ठ – टेक्निकल अफिसर सदस्य श्रीमति सुष्मा श्रेठ – बोड अफ डाइरेक्टर सदस्य श्री सन्तोष काफले -बोड अफ डाइरेक्टर सदस्य श्रीमती मनिषा श्रेष्ठ – पुर्व उप सभापति सदस्य श्री श्याम श्रेष्ठ – सस्थापक आजीवन सदस्य
संखुवासभा कम्युनिटी अफ यु एस सस्थाले आयोजना गरेको बिगतका समर पिकनिकको केही फोटोहरु
पिकनिकका सहभागीहरुमा संरक्षक श्री नारायण श्रेष्ठ बाट सम्बोधन संखुवासभाली कलाकारहरु बाट सांगीतिक माहोलविभिन्न स्टेट बाट आउनु भएका पाहुनाहरु लाई सस्था बाट स्वागतएउटै गाउको साथि भाई संग धेरै बर्ष पछि भेट हुदा अर्कै खुसि
यस वर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभामा रही पत्रकारिता गरिरहेका कृष्णराज शाक्यले प्राप्त गरेका छन् । प्रत्येक वर्ष मनराम फाउण्डेशन र संखुवासभा काठमाडौं जर्ना्लिष्ट एशोसिएसनले प्रदान गर्दै आएको पुरस्कार यस वर्ष शाक्यले प्राप्त गरेका हुन् । सोमबार राजधानीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र मनराम फाउण्डेशनकी संरक्षक मनमाया श्रेष्ठले संयुक्तरुपमा पत्रकार शाक्यलाई हस्तान्तरण गरेका हुन् । संखुवासभाको रेडियो खाँदबारी एफएमका स्टेशन मेनेजर शाक्य मोफसलका सक्रिय पत्रकार हुन् । २०७३ साल देखि प्रत्येक वर्ष मनराम फाउण्डेशनसँगको सहकार्यमा मनराम–एसकाज पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ । यसअघि संखुवासभा जिल्लामा रहि पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउने क्रियाशिल पत्रकारहरु गंगा विष्ट, इन्द्र गिरी र दीपेन्द्र शाक्य मनराम–एसकाज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । २५ हजार रुपैया राशीको मनराम एसकाज पत्रकारिता पुरस्कार पाउने शाक्य चौथो पत्रकार हुन् ।
पत्रकारिताको क्षेत्रबाट संखुवासभा जिल्लाको समग्र विकासमा उल्लेख्य योगदान पु¥याएबापत शाक्यलाई सम्मान गरिएको एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए ।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकारिता क्षेत्रमा काम गर्न सहज नभएपनि यस्ता पुरस्कारले हौसला प्रदान गर्ने बताउँदै पुरस्कृत पत्रकारलाई अझ जिम्मेवार भएर लाग्न आग्रह गरे । उनले भने–‘ पत्रकारले सूसुचित गराउने हो, दिग्भ्रमित बनाउने होइन, त्यसैले जिम्मेवार भएर सबैले कलम चलाउनुपर्छ ।’
सम्मानित पत्रकार शाक्यले मनराम एसकाज पत्रकारिता पुरस्कार पाउँदा आफ्नो कर्म प्रति गौरवको अनुभूति भएको भन्दै सम्मानले भोलिका दिनमा अझ राम्रो गर्दै जाने जिम्मेवारी थपिएको बताए ।
पुरस्कार वितरण कार्यक्रममा मनराम फाउण्डशनका महासचिव रामप्रसाद घिमिरे, एसकाजका संस्थापक अध्यक्ष दिपेन्द्र वान्तवा, एसकाजका महासचिव उद्वव भट्टराईले मनराम–एसकाज पत्रकारिता पुरस्कारका बारेमा बोलेका थिए । कार्यक्रममा निर्वाचन आयोगकी सचिव वेदमायाँ गुरागाई, कर्मचारी संचयकोषका प्रमुख प्रशासक तुलसी गौतम, संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
संभार :-मालपोत खबर jan28 2020 प्रकाशित मिति : मङ्ल, माघ १४, २०७६