हार्दिक बधाई तथा शुभकामना


नेपाल सरकारको पूर्ण सरकारी स्वामित्वको देशको सबैभन्दा ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकलाई तीव्र सुधार गरेका किरणकुमार श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत (सीइओ )पदको रुपमा दोश्रो कार्यकाल पनि निर न्तरता पाएका छन् ।
पहिलो कार्यकाल यही चैत २९ गते सकिँदै थियो । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा निरन्तरता दिने निर्णय गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको कार्यकाल सकिनु केही दिनअघि अर्थमन्त्रालयबाट बैंकको संचालकको रुपमा प्रतिनिधित्व गरिरहेका धनिराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कमिटी गठन भएको थियो । सो कमिटीले श्रेष्ठले राष्टिय वाणिज्य बैंकमा सीइओको रुपमा आउनुअघि गरेको सम्झौता र सोअनुसार काम भए या नभएको विषयको मूल्यांकन गरेको थियो । त्यस्तै सो कमिटीले श्रेष्ठसँग आगामी चार वर्षका लागि समेत विजिनेश प्लान मागेको थियो । श्रेष्ठले दिएको विजिनेश प्लानको विषयमा समेत पर्याप्त अध्ययन गरेपछि उनलाई नै सीइओको रुपमा निरन्तरता दिने निर्णय भएको एक संचालकले जानकारी दिए ।
संखुवा सभा जिल्ला चैनपुर हाल काठमाण्डौ निवासी किरण कुमार श्रेष्ठ पुनः ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएकोमा संखुवासभा कम्युनिटी अफ यु एस ए,अमेरिका हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ ।