संखुवासभा जिल्लाको धर्मदेवी नगरपालीका ८ मा पर्ने अक्करको भिरमा २०७६ साल भाद्र ३१ गते मंगलबार खाँदबारीबाट बिरामी बोकेर धरान तर्फ जाँदै गरेको को १ ज ३७४९ को बलेरो जिप राती करिव सवा दश बजेतिर अरुण नदीमा खस्दा दुर्घटना हुनेहरुमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विश्वकर्मा, खाँदबारी ९ का २२ बर्षिय प्रमेश थापा मगर, उनको भिनाजु खोटाङका २७ बर्षिय खबरमान पिठाकोटे, खाँदबारी ९ कै २४ बर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ बर्षीय सदिक्षा राई श्रेष्ठ र उनीहरुका २ महिनाका बच्चा समिर श्रेष्ठ बेपत्ता भएको खबरले हामी जिल्लाबासी सोकाकुल भएको छौ । यस अकल्पनीय दुर्घटना प्रति गहिरो दु:ख ब्यक्त गर्दै दुर्घटनमा परेका परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होश भनि कामना गर्दछु । फोटो सौजन्य :- फेसबुक नमस्ते सङ्खुवासभा
शान्ति श्रेष्ठ अध्यक्ष संखुवासभा कम्युनिटी अफ यु एस ए
हार्दिक समवेदना
संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ४ पाङ्ग्मा हाल काठमाण्डौ निवासी जिल्लाका अग्रणी ब्याक्तित्व, पूर्व सचिव, लोकसेवा आयोगका पूर्व अध्यक्ष स्वर्गीय सन्तबहादुर राईको उपचारको क्रममा पाटन अस्पतालमा २०७६ भदौ २३ गते असामयिक निधन भएकाे खबरले मर्माहित बनाएको छ । मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । साथै यस दुखत घडीमा शोक सन्तप्त परिवार जनमा पर्न गएको दु:खत घटनामा धर्य धारणा गर्ने शक्तिको लागि पशुपति नाथ संग प्रार्थना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।
शान्ति श्रेष्ठ
अध्यक्ष
संखुवासभा कम्युनिटी अफ यु एस ए
अमेरिका (परिवार )
काठमाडौं : लोकसेवा आयोगका पूर्वअध्यक्ष सन्तबहादुर राईको निधन भएको छ। सोमबार बिहान एक बजेर ४० मिनेटमा पाटन अस्पतालमा उपचार गराउने क्रममा उनको मृत्यु भएको हो।
लोकसेवाको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएका ८४ वर्षीय राई अल्जाइमर (बिर्सिने) रोगबाट ग्रसित थिए। लोकसेवा आयोगको सदस्य हुँदै अध्यक्ष भएका राई हक्की स्वभावका व्यक्ति रहेको लोक सेवाका पूर्व सदस्य डा. गोविन्दप्रसाद कुसुमले जानकारी दिए।
२०४६ सालको प्रजातन्त्रको पुनर्स्थापनापछि उनी लोक सेवामा प्रवेश गरेका थिए। उनी २०४८ भदौ ७ गते लोकसेवा आयोगका सदस्य भए। २०५१ माघ १५ गते पहिलो पटक उनी आयोगका अध्यक्ष भएका थिए।
२०५४ भदौ ७ गते उनले लोकसेवा अध्यक्षमा पुर्ननियुक्ति पाएका थिए। उनी दुई कार्यकाल लोकसेवा आयोगको अध्यक्ष भएका थिए।
राई तत्कालीन पञ्चायत तथा स्थानीय विकास मन्त्रालय, आवास तथा भौतिक योजना मन्त्रालय, आपूर्ति मन्त्रालयका सचिव हुँदै लोकसेवा प्रवेश गरेका थिए। २०१७ सालमा सरकारी सेवामा अस्थायी नियुक्ति पाएर प्रवेश गरेका थिए।
२०१८ सालमा उनी स्थायी भएका थिए। पञ्चायत विकास केन्द्र, जाजरकोट, जिल्ला पञ्चायत तेह्रथुम, भक्तपुर हुँदै २०२६ साल मंसिर १५ गते पाँचथरको सिडिओ भएका थिए। प्रशासन व्यवस्था विभाग (रेखदेख दौडा) र स्थानीय विकास विभागका उपनिर्देशक भएका राई स्थानीय विकास विभागका महानिर्देशकसमेत भए।
पञ्चायत तथा स्थानीय विकास मन्त्रालय अतिरिक्त सचिव र सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त सचिव हुँदै २०४१ सालमा उनी सचिव भएका थिए।
‘उहाँ कसैले भनेको नमान्ने, निडर, हक्की, लतपत नगर्ने व्यक्ति हुनुहुन्थ्यो’, कुशुमले भने,‘ उहाँले लोकसेवालाई कसैको प्रभावमा पर्न दिनु भएन।’ लोकसेवा आयोगको गरिमा कायम रहनुमा राईको योगदान महत्वपूर्ण रहेको लोक सेवाका पूर्वपदाधिकारी र पूर्वप्रशासक ठम्याइ छ।
प्रजातन्त्रको पुनर्स्थापनापछि लोकसेवालाई कमजोर बनाउने प्रयत्न नभएको होइन तर उनले लोकसेवाको साँख उच्च राख्न ठूलो सघर्ष गरेका थिए। ‘उहाँ सचिव हुँदा होस् वा लोक सेवामा हुँदा होस्, आफ्नो अडानमा यता उता कहिल्यै गर्नु भएन’, उनले भने।
१९९३ कात्तिक १९ गते संखुवासभाको खादबारी ४ स्यामदाङ पामा गाउँमा जन्मिएका राई परिवार हाल ललितपुर महानगरपालिका ४ जावलाखेलमा बस्दै आएको छ। पछिल्लो समयमा राई बृद्धाश्रममा बस्दै आएका थिए। राईका दुई छोरी छन्। उनको श्रीमतीको यसअघि नै निधन भइसकेको छ।
राईको सोमबार आर्यघाटमा दाहसंस्कार भएको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए। सन्तबहादुर राईको प्रशासनिक यात्रा र भोगाइका बारेमा सन्तबहादुर राई प्रतिष्ठानले ‘सन्तबहादुर राई इतिवृत’ पुस्तक प्रकाशन गरेको छ।
उनले मिसिगन स्टेट विश्वविद्यालय, अमेरिकाबाट एमएस डिग्रीसम्म अध्यायन गरेका थिए। उनले गोरखा दक्षिण बाहु, शुभ राज्यभिषेक, गोरखा दक्षिण बाहु (चौंथो) र त्रिशक्तिपट्ट लगायतका विभूषण र सम्मान प्राप्त गरेका थिए।
अगष्ट २०, २०१९ कोलोराडो, अमेरीका । कोलोराडोमा अमेरीकी संसदका काग्रेस म्यान जो नेगस् र नेपाली तथा हिन्दी भाषी समुदाय बिच अन्तर्रकृया कार्यक्रम आयोजना हुने भएको छ ।
हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको संयोजनमा कोलोराडो डिष्ट्रिक २ का कांग्रेस म्यान जो नेगस् संग नेपाली तथा हिन्दी भाषी समुदायको सामुदायिक विकास लगायत बिभिन्न बिषयमा आगामी अगष्ट २५ तारिक आईतबारका दिन अन्तर्रकृया हुन लागेको हो ।
छलफल तथा प्रश्नोत्तर कार्यक्रममा ईमिग्रेण्टहरुका लागी अमेरिकी सरकारबाट लागु भएका निती तथा कार्यक्रम, टि पि एस्, भिसा स्ट्याटस चेन्ज, ओभर स्टे, स्वास्थ्य , शिक्षा, बसोबास , रोजगारी लगायतका बारेमा आफुलाई परेका समस्या कांग्रेस म्यान समक्ष राख्न पाईने संयोजक श्रेष्ठले बताएका छन् ।
नेपाली तथा हिन्दी भाषी समुदायको समस्या तथा त्यसका समाधानका उपायहरु सोझै अमेरिकी संसदका कांग्रेस म्यान समक्ष राख्न पाउने यस सुनौलो अवबसर हो । यस अवसरको सहि सदुपयोग गर्ने वातावरण श्रृजना गर्न सयोजक श्रेष्ठले कोलोराडो स्थित नेपाली संघ संस्थाका पदाधिकारी, समाज सेवी, बुद्धी जिवी, पत्रकार, कलाकार, सर्वसाधारण सबैलाई अनुरोध गरेका छन् । उनले यहा स्थित सबै शहरका नेपाली बिच यस अवसरको सुचना पु¥याई उनीहरुका समस्या संकलन गरी कार्यक्रमलाई प्रभावकारी बनाउन समेत आग्रह गरेका छन् ।
आगामी अगष्ट २५ तारिक आईतबारका दिन दिउसो २ बजे देखि ४ बजे सम्म लाफेट पब्लिक लाईब्रेरी ( 775 Baseline Rd. Lafayette, Co. 80026) मा सम्पन्न हुन लागेको कार्यक्रमको रकि माउन्टेण्ड फ्रेण्डस् अफ नेपालले भोलेन्टियर गर्न लागेको संस्थाका महासचिव विनय दाहालले बताएका छन् ।
काठमाण्डौ ,धापासी निवासी अनुष्का श्रेष्ठले मिस नेपाल वर्ल्ड २०१९ विजय हासिल गरे पछि मिस वर्ल्ड २०१९ मा नेपालको प्रतिनिधिको रुपमा भाग लिने औसर मिलेको छ । वल्डमा एक सय तिस राष्ट्रका मिस वर्ल्ड प्रतिनिधिहरुले आफ्नो देशमा गरेका परियोजनाहरुको मुल्यांकन हुने हुदा अनुष्काको पनि एउटा परियोजना सिन्धुपलाञ्चोक जिल्लाको सोलसिङ गाउ छनोट भै आमाहरुको लागि आय आर्जन र बच्चाहरुको लागि शिक्षा परियोजनाको लागि सहयोग जुटाउन अमेरिकाको दुई हप्ता भ्रमणको सिलसिलामा विभिन्न शहर आउने क्रममा कोलोराडो राज्यको डेन्भर शहरमा आइपुग्छिन ।
कोलोराडो राज्यको डेन्भरमा सम्पन्न एक कार्यक्रममा अनुष्का श्रेष्ठले आफ्नो परियोजनाको बारेमा जानकारी गराई सहयोग जुटाउने कार्यक्रम समापन पछि कोलोराडो राज्यका समाज सेवी ,उद्योगी ,ब्यबसाही पेम्बा शेर्पाले अनुष्कालाई भन्दै तपाई पहिलो पल्ट अमेरिका आउनु भएकोछ। तपाइको भोलिको कार्य तालिका के छ ? फुर्सद भएको खण्डमा म तपाइलाई भोलि बिहान ९ बजे जहाजबाट रकी माउण्टेण्ड घुमाइ दिन्छु । बिहान ८ . ३० बजे ब्रुम्फिल एयरपोट आइ पुग्नु पर्दछ । पाइलोट सहित ४ जनामा मात्र जान सकिन्छ भनि जानकारी गराउदै मेरो पाहुनाहरुका लागि मेरो आफ्नो सानो हवाई जहाजबाट घुमाई दिने गरेकोछु ।
कोलोराडोको मौसम बिहान राम्रो छ । एर्पोटमा समयमा पुग्नु पर्ने, टावर संग पनि अनुमति लिनु पर्ने हुन्छ । सनिबार भएको कारणले होला एर्पोटमा मानिसको जमघट त्यति थिएन । पाइलोट पेम्बा शेर्पा ,श्याम श्रेष्ठ , अनुष्का श्रेष्ठको एर्पोटमा भेट भए पछि जहाज चड्नका लागि जहाज छेउ पुग्छन ।
यो सानो जहाज पेम्बा शेर्पाको आफ्नो निजि जहाज हो । जहाजको बारेमा जानकारी गराउदै हाम्रो घुमाइ ,जहाजको हाइट ,कुन क्षेत्र जाने बारेमा जानकारी गराए पछि जहाज भित्र जान फखेटालाई टेकेर जानु पर्ने रहेछ । जहाजको साचो खोलि जहाज भित्र बस्न अनुरोध गरि बेल्ट र एयर फोन लगाउन लागाई उडानको प्रतीक्षा गरि रहदा पाइलोटले जहाजको इन्जिन स्टाट गराउदा सातो नाइँ जाने गरि इन्जिन कराउदो रहेछ ।
टावर बाट टेक अपको अनुमति जहाजले पाउछ बिस्तारी रनवे लिन्छ । केहि छिनमा जहाजले जमिन छाडी आकासिएको छ। सानो जहाजको उचाइ लिदा बतासिने हुदा मनमा त्रास र डर हुने नै भयो । तर त्यस्त्यो थिएन पेम्बाले मज्जाले जहाज उड्दै ,हसौदै जमिनमा देखिएको ठाउँहरुको जानकारी गराई रहनु भएको छ ।
जहाज बोल्डर शहरको पहाडी डाडाको छेउ छेउ हुदै फट कलिंग माथिको ठुलो लेक हर्स टुथा बाट जहाज एयरपोट तिर फर्कन्छ । जहाजबाट कोलोराडो राज्यको रमणनीय डाडा ,काडा , घर बस्ति ,लेकहरु रमणीय देखिदो रहेछ। लेकहरुले भरिएको कोलोराडो राज्यको रमणीय दृश्यलाइ आफ्नो फोनमा फोटो खिच्न केहि छिन व्यस्था थियो ।
पेम्बा पाइलट सिटमा बसेर जहाज उडाएको अनुष्का कोपाइलट सिटमा र श्याम पछाडिको सिटमा बसेर डेनभर मेट्रो सिटीको फोटो खिच्दै रहदा पेम्बाले अनुष्कालाइ सोधिन जहाज उडाउने हो ? हो भने म अहिले नै तपाईलाई जहाजको नेबिगेटर स्टेरिङ्ग तपाईलाई दिन्छु। यु आर रेडि टु फ्लाई भनेर सोध्दा अनुष्का अचानक तर्सिन नो नो आइ क्यानट फ्लाई एण्ड आइ एम नट टचिङ्ग एनीथिङ्क सरि भन्नि
पेम्बाले एयरपोट टावरमा अवतरणको लागि अनुमति लिई सकेको हुदा पेम्बाले आफ्नो घर देखाउन सकेन गफको सुरमा पेम्बाको घर भन्दा जहाज अगाडी गइ सकेको थियो । जहाज फर्कदा जमिनको सडक हाईवो 287 को बाटो हुदै पुन : बोल्डर र पहाडको छेउ छेउ हुदै एर्पोट तिर जहाज गइ रहेको छ ।
केहि छिनमा ४५ मिनेटको उडान पछि हाम्रो जहाज अवतरण भएको छ । हामीले पेम्बालाई धन्यबाद दियौ र भन्यौ आफ्नो अमुल्य समय दिएर हामीलाई पहिलो पल्ट पिलास पोटर जहाजबाट डेन्भर मेट्रो शहर घुमाई दिनु भयो । पेम्बा हसिलो ,सहयोगी भावनाको व्यक्तित्व रहेछ हास्दै मैले पनि कोलोराडो आउने व्यक्तिहरुलाई मेरो समय भएको खण्डमा कसैले चाहना इच्छा राखेको खण्डमा कोलोराडो राज्य डेन्भर मेट्रो सिटि जहाज बाट घुमाउन यहि Air Tour दिने गरेको छु । अनुष्का बहिनिलाई हाम्रो कोलोराडोको तर्फ बाट यहि उपहार हो ।
संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समितिको निर्णय अनुसार निम्न आजीवन सदस्यहरुलाइ सस्थाको बिधान अनुसार सल्लाहकार पद र बोड अफ डाइरेक्टर पदमा मनोनयन गरिएको छ । सल्लाहकार बढीमा २१ जना सम्म र बोड अफ डाइरेक्टर चार जना मनोनयन गर्न पाउने सस्थाको विधानमा उल्लेख छ । सल्लाहकार १ श्री हरि बहादुर श्रेष्ठ(खाँदबारी ) – सोनामा , क्यालिफोर्निया २ ,श्री धर्म राज श्रेष्ठ(खाँदबारी ) – सुपारीयर ,कोलोराडो ३ ,श्री भक्त थापा(वाना) – आर्टिसिया ,क्यालिफोर्निया ४ श्री जीवन कुमार जोशी(चैनपुर ) – स्टेफेनविल्ल , टेक्सास ५ श्री दुर्गा प्रसाद श्रेष्ठ(ओक्तेन ) – रेण्टोन , वासिंगटन ६ ,श्री सुरेन्द्र श्रेष्ठ(खाँदबारी ) – बोल्डर ,कोलोराडो ७ श्री लेण्डुक भोटिया(च्याम्ताङ्ग ) -डोरेंगो ,कोलोराडो ८, श्री काजि बहादुर बुढाथोकी(गुवाबारी ) – फायरफक्स, भर्जिनिया ९ श्री हेम कुमार श्रेष्ठ(सेखाह) – लांगमन्थ -कोलोराडो १० श्री नारायण चन्द्र श्रेष्ठ(रानिछाप ) – बुम्फिल्ड ,कोलोराडो ११ ,श्रीमती सरिता श्रेष्ठ(काठमाण्डौ ) -सेण्टिनियल , कोलोराडो १२ ,श्री नबिन गुरुङ(माल्टा ) -डोरेंगो ,कोलोराडो १३ ,डा निरन्जन श्रेष्ठ(खाँदबारी ) – सेण्टिलिया , इलिनोय बोड अफ डाइरेक्टर १ श्री जीवन प्रधान (खाँदबारी ) – बैजु , आइडहवा २ ,श्री गणेश श्रेष्ठ “अपेक्षा ” (माल्टा )-डोरेंगो ,कोलोराडो ३ ,श्री सन्तोष काफ्ले (बिराटनगर )- अरोरा -कोलोराडो ४ ,श्री गौलोचन प्रधान(दोलखा ) -अरोरा -कोलोराडो
मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको दुइ हप्ताको लागि नेपाली समुदायहरुले आयोजना गर्ने कार्यक्रममा अमेरिका आउदा वासिंगटन राज्यको सियाटल शहर , क्यालिफोर्निया राज्यको सान्त रोसा , सन्फान्सिस्को शहरको भेटघाट कार्यक्रम पछि कोलोराडो राज्यको नेपाली संघ ,सस्थाहरुले आयोजना हुने कार्यक्रममा सहभागी हुन् डेनभर शहरमा आउनु भएको थियो । मिस नेपाललाइ डेन्भर इन्टरनेसनल एयरपोटमा संखुवासभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट अध्यक्ष शान्ति श्रेष्ठ , महासचिब हरिकुमार श्रेष्ठ र सेयर मिसन इन्टरनेसनल अमेरिकाको अध्यक्ष श्याम श्रेष्ठले स्वागत गर्नु भएको थियो ।
मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको डेन्भरको भेटघाट कार्यक्रमको प्रमुख अथिति हेल्पिङ्ग हेण्डर हेल्थ एजुकेसन यु एस ए का अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठको उपस्थितिमा कार्यक्रमको बारेमा साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदालले सम्बोधन गर्नु भएको थियो ।
अनुष्का श्रेष्ठले आफनो परियोजना बारेमा जानकारी दिदै अनुष्का किन अमेरिकाको वेस्ट कोष ,इस्ट कोष १४ दिन किन घुमिराखेको छ ? भन्ने प्रस्न उठी रहेको हुन् सक्छ | जब म १८ बर्षमा नेपालमा हाइस्कुल सकी अन्डर ग्याजुयासन अध्ययनको लागि अस्ट्रेलियाको सिड्नी गए अध्ययन सकिए पछि मेरो लाइन कमर्स हो बैकिङ्गमा काम गरि राखेको मान्छे कसरि ब्युटी फेसनमा लागे , कम्युनिटीमा लाग्न मिस नेपाल एउटा मंच हो जस्त्यो मलाई लग्यो । मिस नेपालमा हामी २० जना प्रतिष्पर्धामा मैले मिस वर्ल्ड २०१९ मा जाने मौका मिल्यो । नेपालको प्रतिनिधिको रुपमा भाग लिने औसर पाएको छु ।
वल्डमा एक सय तिस राष्ट्रका मिस वर्ल्ड प्रतिनिधिहरुले आफ्नो देशमा गरेका परियोजनाहरुको मुल्यांकन हुनेछ । म सिड्नीमा रहदा मिस नेपाल सियानियामा विजय हासिल गरेको सानो धन रासीबाट नेपालमा केहि गरु भन्ने भावनाले मिस नेपाल हुनु भदा अगाडी म सिन्धुपलाञ्चोक जिल्लाको सोलसिङ गाउ पुगेको थिए । सोलसिङ गाउ पुग्न काठमाण्डौबाट ७०-७५ माइल गाडीमा सात घण्टा लाग्छ । छ सय जनसंख्या र एक सय चालिस घरधुरी भएको यो गाउमा कक्षा एक देखि कक्षा सात सम्म पढाई हुने निम्न माध्यमिक बिघ्यालय छ | एक सय बिस जना बिघ्यार्थी दुई शिक्षक छ ।एक सय बिस जना बिघ्यार्थीको लागि दुई शिक्षकको पढाईमा शिक्षाको गुणस्तर कस्त्यो हुन्छ ? यो गाउ पहिले चेलीबेटी बेच बिखन प्रख्यात ,बिजुली बत्ति नपुगेको गाउ, भुकम्प बाट ८० प्रतिसत ग्रस्त गाउ हो ।
यस गाउका मान्छे आय आर्जनका लागि काठमाण्डौ र इण्डिया ठेक्का पट्टाको लागि जाने गर्दछन ।बच्चाहरु स्कुल नगएर घरमा आमाहरुलाइ काम सधाउछन | कक्षा सात पास भए पछि कक्षा आठ अध्ययन गर्न तिन घण्टा हिडेर जानु पर्छ । यस गाउका एक सय चालिस घर धुरीका आमाहरुको लागि आय आर्जन र बच्चाहरुको लागि शिक्षा परियोजनाको लागि शिक्षा र आय आर्जनको दिगो बिकासमा तिन बर्षको लागि सहयोग गर्ने
१ , शिक्षक दुई जना नेपाल सरकारको तलब स्केल अनुसार भुक्तानी दिने गरि हाल दुई जना शिक्षक नियुक्ति गरि सकेको
२ ,कक्षा सातबाट आठ कक्षामा जाने बिघ्यार्थीहरुका पढाई , खाना बस्नको लागि महिनाको पाच हजार दिने तर उनीहरु स्कूलले उपलब्ध गराएको कोठामा बस्नु पर्ने
३) घरमा बस्ने आमाहरुकोलागि आय आर्जनको लागि गरि खाने बाटो देखाई दिन कार्पेट बुनाइ , इट्टा बनाउने ,टायल कटिंग,अगर बत्ति धुप बनाउने , र आफैले कमाएको पैसाले बच्चाहरुको शिक्षामा सहयोग गर्नु सकुन । तालिम दिने ,उत्पादन समान खरिद,बिक्रि र ऋणको लागि सहकारी संग समन्वय गर्ने ब्यबस्था समेत मिलाई सकेको छ ।
कार्यक्रममा विभिन्न प्रस्नहरु पनि सोधिएको थियो । उपस्थित सहभागी संघ सस्थाको प्रतिनिधि वल्ड नेवा इन्टरनेसनल अर्गनाइजेसनको उपाध्यक्ष भुवन कुमार श्रेष्ठ ,नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय उपाध्यक्ष धर्म राज श्रेष्ठ
, बल्ड डोनर अमेरिकाको क्षेत्रीय कोडिनेटर भुषण लाल श्रेष्ठ , रकी माउन्टेण्ड फेण्डस अफ नेपाल कोलोराडोको अध्यक्ष बिनोद त्रिपाटी, त मु धी कोलोराडोको अध्यक्ष चन्द्र बहादुर गुरुङ ,सेयर मिसन इन्टरनेसनल अमेरिकाको अध्यक्ष श्याम श्रेष्ठ, नेवा खल कोलोराडोका मनोज काजि तुलाधर , संखुवासभा कम्युनिटी अफ यु एस ए को अध्यक्ष शान्ति श्रेष्ठ,
समाज सेवी, उद्योगी पेम्बा शेर्पा ,ब्यापारी ,समाज सेवी बाबु काजि श्रेष्ठ ,संखुवासभा कम्युनिटी अफ यु एस ए को इभेन्ट अफिसर सरद श्रेष्ठ
रकी माउन्टेण्ड फेण्डस अफ नेपाल कोलोराडोको उपाध्यक्ष मणि राज बस्नेत, संखुवासभा कम्युनिटी अफ यु एस ए को महासचिब हरिकुमार श्रेष्ठ , समाज सेवी मदन कृष्ण श्रेष्ठ, समाज सेवी राम गोपाल श्रेष्ठ र मिस केटि हिलम्यान ब्यापारी ,समाजसेवी महिलाहरुकोले आफ्नो परिचय सहित मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको परियोजनमा सहयोग गर्ने बचन सहित मिस वर्ल्ड २०२० को सफलताको शुभकामना व्यक्त गरिएको थियो । मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको परियोजनाको लागि कोलोराडो बासि मनकारी दाताहरुले सहयोग गर्नु भएको संकलित रकम एक हजार आठ सय डलर
कार्यक्रमको प्रमुख अथिति नारायण श्रेष्ठले अनुष्का श्रेष्ठलाइ सोहि कार्यक्रममा हस्तान्तरण गर्नु भै सो परियोजनामा संलग्न समुदायहरुको लागि हेल्पिङ्ग हेण्डर हेल्थ एजुकेसन यु एस ए बाट बर्षको एक वा दुइ पटक नि:शुल्क स्वास्थ्य शिबिर संचालन गर्ने समेत बचन दिनु भयो ।
कार्यकम संचालन समाज सेवी ,कलाकार कृष्ण मुरारी ढुंगेल गर्नु भएको थियो ।
अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा हाम्रो आवाज अन्लाईन टिभि को प्रस्तुती नमस्ते कोलोराडो पहिलो साँगितिक साझ भब्य रुपले सम्पन भएकोछ । कोलोराडोका बिभिन्न नेपाली संघ संस्थाको प्रतिनिधी देखी पन्ध्रौ पटक सगरमाथा आरोही छिरिङ्ग दोर्जी शेर्पा
र नावाङ वाङ्छु शेर्पाको उपस्तिथी रहेको उक्त कार्यक्रमको सन्चालन दिनेस कार्कीले गरेका थिए । प्राज्ञ एवम लोकप्रिय गायिका सत्यकला राईले तिमीलाई हंगकङ्ग पुर्यायो गाउदा सबै आ आफ्नो सिट बाट उठेर ताली बजाउदै नाचेका थिए । दुइ घण्टाको साँगितिक कार्यक्रममा प्राज्ञ सत्यकला राई
,लोकप्रिय गायक महेश बुढाथोकी ,बसन्त लम्साल ,गौतम सगर राई ,दिनेश कार्कीको बेजोड प्रस्तुतीको साथमा एस बि के डि ग्रुप डान्सको कलाकार भाइ बहिनी हरुको नृत्यले माहोल रोचक बनाएको थियो । कार्यक्रममा उपस्थित नेपाली संघ संस्थाको प्रतिनिधी, सहयोगी दाताहरु
, अथिति कलाकारहरुलाइ सम्मान गरि प्रमाण पत्र दिईएको थियो भने हाम्रो आवाज अन्लाईन टि भि बाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रम रोचक र आनन्दमय थियो ।
मानबिय सेवा गर्ने उदेश्य साथ् अमेरिकाको विभिन्न स्टेटमा बसोबास गरि बस्ने संखुवासभा जिल्लाका समुदायहरुको सामाजिक सस्था अमेरिकाको कानुन अनुसार दर्ता भएको nonprofit organization 501(c)(3) संखुवासभा कम्युनिटी अफ युएसए हो । नेपालको संखुवासभा जिल्लामा जन्मिएका सन्तानहरुको सन्तान र सो जिल्लामा घर जग्गा भएको व्यक्ति सस्थाको सदस्य हुन् पाउने छ । आजीवन सदस्य पारिवारिक $150.00 सिंगल (१८ बर्ष माथि ) $100.00 र साधारण सदस्य दुइ बर्षको $25.00 डलर बुझाएर सदस्य लिन सकिने छ । हाल सम्म पारिवारिक १५२ सिंगल १९ गरि १७१ आजीवन सदस्य छ। सस्था जन्मिएको २ बर्षको दौरानमा विभिन्न कार्य गरि सकेको छ । जसको बिबरण सस्थाको वेब साइड www . sankhuwasabhausa.org छ ।संखुवासभालिहरु अमेरिकाको ५० राज्य मध्ये बढी कोलोराडो राज्यमा बसोबास रहेको हुदा सस्थाको हेड क्वाटरको रुपमा रहेको छ । संखुवासभा कम्युनिटी अफ युएसए को चौथो अधिबेसन कोलोराडो राज्यको ,वेष्टमिनिष्टर सिटीमा जुन ८ ,२०१९ मा सम्पन्न बार्षिक साधारण सभाको बन्द सत्रले सर्व सम्मति बाट श्रीमती शान्ति श्रेष्ठको अध्यक्षतामा (२०१९ -२०२१) को लागि कार्य समिति चयन भएको छ । सो कार्य समितिले अगष्ट १ ,२०१९ देखि पदभार समाली कार्य संचालन गर्ने छ ।श्रीमती शान्ति श्रेष्ठको यो सहित दोस्रो कार्यकाल रहने छ । संखुवासभा कम्युनिटी अफ युएसए अमेरिकाको कार्य समितिको पद ,नामावली निम्न अनुसार छ । 1 ,अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ(जनकपुर )-सेंतिनियल सिटि , कोलोराडो 2 ,बरिष्ठ उपाध्यक्ष श्री नोयनाथ पोखरेल(माने भन्ज्यांग) -थोरोटन सिटि ,कोलोराडो 3 ,उपाध्यक्ष श्री बेदनिधि दाहाल(मादी मुलखर्क ) – इर्विंग सिटि , टेक्सास 4 ,उपाध्यक्ष श्री मुकेस श्रेष्ठ(खाँदबारी ) – ल्यन्वोड सिटि , वासिंगटन 5 ,उपाध्यक्ष श्री बिष्णु पौडेल “सितल(आखिभुइ) – चन्तिल्ली सिटि , भर्जिनिया 6 ,उपाध्यक्ष श्री मनोज कुमार श्रेष्ठ(खाँदबारी ) – सान्त रोसा सिटि , क्यालिफोर्निया 7 महासचिब श्री हरिकुमार श्रेष्ठ(खाँदबारी ) – अरोरा सिटि, कोलोराडो 8 ,कोषाध्यक्ष श्री कर्म तेञ्जिङ्ग भोटिया(च्याम्ताङ्ग ) – डोरेङ्गो सिटि , कोलोराडो 9 ,सचिब श्री पदम राज तामांग (पिप्लेटार) -कोलोराडो स्प्रिंग सिटि , कोलोराडो 10 ,पब्लिक रिलेसन अफिसर श्री रिपेन्द्र कार्की(खाँदबारी ) – लांगमान्थ सिटि ,कोलोराडो 11 ,प्लानिग अफिसर श्री प्रमोद श्रेष्ठ(खाँदबारी )- लांगमान्थ सिटि ,कोलोराडो 12 ,इभेन्ट अफिसर श्री सरद श्रेष्ठ (खाँदबारी ) – सेंतिनियल सिटि , कोलोराडो 13 ,टेक्निकल अफिसर श्री अनिमेष श्रेष्ठ(खाँदबारी ) – अरोरा सिटि , कोलोराडो बोर्ड अफ डाइरेक्टर 1 ,श्री चेतमान श्रेष्ठ (चैनपुर ) – लांगमान्थ सिटि,कोलोराडो 2 ,श्रीमती कमला पोखरेल (नुम ) – इरि सिटि , कोलोराडो 3 ,श्री देवानन्द श्रेष्ठ (खाँदबारी ) -कमर्स सिटी,कोलोराडो 4 ,श्री पदम थापा (वाना ) -अरटेसिया सिटी , क्यालिफोर्निया 5 , श्रीमती सुष्मा श्रेष्ठ (धनकुटा ) – डकोना सिटी ,कोलोराडो ६, श्री कृष्ण राज गिरि (लिङ्ग लिङ्ग ) -क्यास्ट्रो वेल्ली सिटी ,क्यालिफोर्निया 7 ,श्रीमती रिभा श्रेष्ठ (खाँदबारी ) – अर्वादा सिटी , कोलोराडो 8 ,श्री लक्ष्मी कुमार गुरुङ (माल्टा ) – मेडिसन सिटि , विस्कंसन