अमेरिकाको नेपाली समाजमा परोपकारी पाण्डे

हरि कुमार श्रेष्ठ
कोलोराडो ,अरोरा (अमेरिका )

फेसबुक हेर्दै जादा मेरो आखा सुप्रभात भण्डारीले लेख्नु भएको एउटा जानकारी मुलक खबरमा पर्यो अध्ययन गरे पछि मलाइ पनि केही लेख्न जागरुक बनायो। मैले नाम सुनेको थिए । कालिका गाउँ पालिका वार्ड नं २ काेटाकाेट बेशी स्यांग्जाका पुरूषाेत्तम पाण्डेको तर हामी बिच परिचय भेट घाट भएको थिएन । पाण्डेको बारेमा लेखिएका लेख , अन्तरबार्ता पनि मैले पढेको थिए । यसैले मेरो प्रत्यक्ष भेटघाट परिचय नभए पनि अनलाइन पत्र पत्रिकाबाट म मा जानकारी थियो।

फोटो:- संखुवासभाको अधिबेसनमा सहभागी पाण्डे

july15,2017 संखुवासभा कम्युनिटी अफ यु एस ए को दोस्रो अधिबेसन कोलोराडो राज्यको डेन्भर शहर रेडिसन होटलको सभा कक्षमा पुरुषोतम पाण्डेको उपस्थितिमा मेरो परिचय हुने मौका मिल्यो। नेपालमा रहदा होश ,अमेरिकामा नेपाली सामाजिक सस्थाले गरेको हरेक कार्यमा वहाको योगदान,सहयोग छ। कोलोराडो राज्यको कोलोराडो स्प्रिंगमा आफ्नो ब्यबसाय र बसोबास गरि अमेरिकाको हरेक राज्यमा सामाजिक क्षेत्रमा कार्य गर्न आर्थिक सहयोग माग्ने नेपाली संघ ,सस्थाहरुलाई सहयोग गर्न पछि नहटने चिना परिचित व्यक्तित्वको रुपमा नेपाली समुदायमा उदयमान हुनु भएको छ।

कोलोराडो राज्यमा रहेका नेपाली सामाजिक संघ सस्थाहरुले आयोजना गरिएको हरेक कार्यक्रममा आफ्नो व्यस्ततालाई पनि वास्था नगरी सहभागी भै सस्थालाई अगाडी बढाउने कार्यमा महत्व पूर्ण योगदान गरि रहनु भएको छ।

फोटो:- नेपाली जान सम्पर्क कोलोराडोको पिकनिकमा सहभागी पाण्डे


संखुवासभा कम्युनिटी अफ यु एस ए को दोस्रो अधिबेसनको प्रमुख अथितिको लागि डेन्भर (कोलोराडो ) आइपुग्नु भएका अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्कीलाई कोलोराडो स्प्रिंगमा रहेका नेपाली समुदाय बिच उपस्थित गराई नेपालीहरुलाई परेको पिर मार्कामा प्रत्यक्ष भेटघाट कुराकानीबाट साबधानको उपयामा सहयोग गर्ने बिचार अनुसार राजदुत डा. अर्जुन कार्कीलाई कोलोराडो स्प्रिंग आउन निमन्त्रणा गर्नु भएको थियो ।

फोटो:- अमेरिकामा रहेका संखुवासभालीहरुको पिकनिकमा सहभागी पाण्डे

पुरुषोतम पाण्डेले मलाई पनि राजदुत ज्युलाई लिएर आइ दिनु भनि अनुरोध गर्नु भए मुताबिक मैले पनि सहभागी हुने अवसर पाए । राजदुत डा. कार्की संग क्यालिफोर्नियाबाट संखुवासभाको अधिबेसनमा सहभागी हुन् आउनु भएका लस एन्जलस श्रीपशुपतिनाथ फाउनडेशनको तत्कालीन सस्थापक अध्यक्ष तथा क्यालिफोर्निया राज्य आर्टिसिया शहरका प्लानिंग काउन्सिलर ,संखुवासभा समाज अमेरिकाको सल्लाहकार भक्त थापा , तत्कालीन NRNICC सदस्य, संखुवासभा समाज अमेरिकाको सल्लाहकार बलराम थापा , संखुवासभा कम्युनिटी अफ यु एस ए बोड अफ डाइरेक्टर पदम थापा र कोलोराडो निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए टेक्निकल अफिसर ई. अनिमेष श्रेष्ठ समेत हामी रेडिसन होटलबाट सिधै कोलोराडो स्प्रिंग स्थित नेपाल इण्डियन रेस्टुरेन्टमा गयौ ।

फोटो:- पुरुषोतम पाण्डे परिवारबाट राजदुत डा. अर्जुन कुमार कार्कीलाई स्वागत

Little, Nepal India Restaurant को पार्किंगमा हाम्रो गाडी रोकियो हामी सबै गाडीबाट उत्रिए पछि रेस्टुरेन्ट तिर लागियो। महामहिम राजदुत डा अर्जुन कुमार कार्कीलाई फूलका गुच्छाले पुरुषोतम पाण्डे सहित परिवारका सदस्यहरुले स्वागत गर्नु भयो र सबैलाई सभा कक्षामा लानु भयो। मलाई थाहा थिएन लिटिल नेपाल इण्डियन रेष्टुरेन्ट पाण्डेको आफ्नो ब्यबसाय हो भनेर। कोलोराडो स्प्रिंगमा रहनु भएका नेपालीहरुको आगवन रेष्टुरेन्ट हुदै गर्दा राजदुत डा. अर्जुन कार्कीको आज अर्को कोलोराडो राज्यको पुरानो नेपाली सामाजिक सस्था रकी माउण्टेण्डको थोतन शहर स्थित मेमोरियल पार्कमा हुने कार्यक्रममा ३ बजे पुग्नु पर्ने बाटोमा ट्राफिक जाम पनि हुने हुदा कोलोराडो स्प्रिङबाट करिब २ घन्टाको ड्राइभ रहेकोले हामी कोलोराडो स्प्रिंगबाट चाडै फर्कनु पर्ने छ।

फोटो:- नेपालीहरु संग छलफलमा राजदुत डा. अर्जुन कुमार कार्की

त्यसैले पुरुषोतम पाण्डेले उपस्थित नेपालीहरुलाई सम्बोधन गर्दै तपाईहरुलाई परेको पिर मर्का के छ राजदुत ज्युको उपस्थितिमा राख्नु होला भनि उद्’घोस गरि सके पछि समस्या भएका नेपालीले एक एक गरि आफ्नो समस्या र प्रश्न राख्नु भएको थियो। राजदुतले पनि नेपाली राजदुताबासले गर्ने कार्यहरुको बारेमा जानकारी गराउनु भै सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको थियो।

फोटो :-राजदुत डा. अर्जुन कुमार कार्कीको साथमा


उपस्थित सबैको लागि बिहानको खाना रेष्टुरेन्टमा तयार गर्नु भएका पाण्डेले खानाको लागि अनुरोध गर्नु भै हामी सबै संगै बसी रमाइला कुराकानीमा रमाउदै ,हास्दै भोजन खायौ।

फोटो:- पाण्डेको आथित्यमा दिवा भोज

राजदुत डा. कार्कीलाई बिदाई गर्न सबै जना गाडी पार्किंगमा आइ केही फोटो सेसन गरि डेनभर फर्कियौ। छुट्टिने बेलामा मलाई पुरुषोतम पाण्डेले भन्नु भयो साहेद म संखुवासभा कम्युनिटी अफ यु एस ए को महासचिब भएको नाताले हुनु पर्छ मलाई पनि तपाईहरुको सस्था संखुवासभाले गर्ने सामाजिक कार्यमा सानो तिनो सहयोगका लागि सम्झनु होस ।

मैले धन्यबाद भने कोलोराडो स्प्रिंगमा रहेको अमेरिकाको प्रख्यात माउण्टेण्ड Pikes Peak Mountain रेलबाट घुमाउने पुरुषोतम पाण्डेको इच्छा थियो त्यो भने राजदुतको व्यस्थता समयको कारणले पुरा हुन् सकेन। कोलोराडो राज्यमा हुने नेपाली संघ ,सस्थाको कार्यक्रममा बाहिरबाट आउनु हुने पाहुनाहरुको लागि स्वागत गर्न पाण्डे पछि परेको छैन।

फोटो:- राजदुत डा. अर्जुन कुमार कार्कीलाई बिदाई गर्दै पाण्डे

समाज सेवा धर्म कर्म गर्ने व्यक्तिहरुलाई केही नकेही परोपकार ,दान,धर्म गरि राखु भन्ने भावना जागृत हुन्छ। संसार कोविड १९ ले आतंगित बनाई रहेको अबस्थामा अमेरिकामा पनि कारेानाकाे महामारीले अस्त व्यस्था बनाई रहेको समयमा June2 ,2020 मंगलवारको दिन पुरुषोतम पाण्डेबाट कोलोराडो राज्य , काेलाराडाे स्प्रिंग स्थित चिल्ड्रेन अस्पतालका डाक्टर, नर्स, अस्पतालका सम्बन्धित स्वास्थ कर्मी तथा अन्य ब्यक्तिहरू ७२६ जनालाई नि:शुल्क लञ्च खुवाएर सहयोग गरि नेपालीहरुको सानमान जित्न सफल हुनु भएको छ ।

फेसबुक सुप्रभात भण्डारी बाट

भविष्यमा परोपकार कार्य गरि रहदा दिनदु:खिहरुको आत्माबाट पाएको आर्शैबादले भोलिका दिनहरुमा दान,धर्म समाज सेवा कार्य गर्ने गराउने आत्मा बल प्राप्त भै आत्माले शान्ति पाउने छ। बिदेशमा रहेका नेपालीहरु सबैले धेरै , थोरै पैसा कमाई सान र मानमा रमाइलो संग बसेका छन् । केही व्यक्तिहरु यस्ता पनि छन् आफु संग केही नभए पनि समाजमा सेवा , सहयोग गरु भन्ने भावानाका छन् भने केही व्यक्ति मेरो परिवार संसार यही हो, समाज के को लागि ,तिनीहरुलाई दिने पैसाले त मज्जाले खाइन्छ , हामीलाई कोही चाहिन्न भन्ने घमण्डपनले रनफनिका व्यक्तिलाई आपत र बिपत , मर्दा र पर्दाको पिडामा भोग्ने छ।

फोटो दान ,धर्ममा पाण्डे

। अनि समाज सम्पतिको ताजुक , घमण्ड अनि पैसाको तुलना गर्ने छ। हामी त्यस्त्यो स्वार्थी मान्छे न बनौ । नेपाली समाजमा पुरुषोतम पाण्डे जस्ता समाज सेवा परोपकार ,दान,धर्म गर्ने व्यक्ति पाउन सफल भएकाछौ । त्यसैले हाम्रो नेपाली समाजमा धन भएर मात्र के गर्नु मन पनि चाहिदो रहेछ। हामी आशा गरौ भोलिका दिनमा हाम्रो नेपाली समाजले निस्वार्थ समाज सेवा दान ,धर्म, परोपकार गर्ने ,गराउने व्यक्तित्वहरु पाउनेछ।

फोटो अमेरिकाको प्रतिनिधिसभा सांसद जेसन क्रोवलाई दोसला ओडाई स्वागत साथमा पाण्डे  
फोटो कोलोराडो नेपाली समाजका बरिष्ट व्यक्तित्व राम प्रसाद श्रेष्ठ , स्व डा. बिष्णु बहादुर श्रेष्ठ साथ पाण्डे

यो युनिकोडमा नेपाली लेखिएकोले रश्व ,दिर्घ शब्द गल्ति भएमा क्षमा चाहन्छु।

लेखक ,फोटोग्राफर
महासचिब
संखुवासभा कम्युनिटी अफ यु एस ए

नेतृत्व गर्नेले थाह पाउनै पर्ने कुराहरु

नरोतमश्रेष्ठ
सुन्दरहरैचा न.पा. ४, मोरङ

नेतृत्व के हो ?अरुलाइ आफुसँग डो–याउने क्षमता वा योग्यतालाई नेतृत्व भनिन्छ । अनुयायीहरुको ब्यवहारमा परिवर्तन ल्याइ संगठनप्रति पूर्ण समर्पित हुन उत्प्रेरित गर्ने कलालाइ नेतृत्वको रुपमा बुझिन्छ ।साहूहिक उद्देश्य प्राप्तिका लागि व्यक्ति अथवा समूहका क्रियाकलापलाई प्रभावित पार्ने कार्यलाई नेतृत्व भनिन्छ । यो जुनसुकै परिस्थितिमा अरुहरुको प्रवृत्ति र बानी ब्यहोरालाई एउटा आकारमा ल्याउने प्रक्रिया पनि हो ।

 लक्ष्य प्राप्त गर्ने तर्फ एउटा समूहलाइ प्रभाव पार्ने क्षमता ।  (स्टेफन रबिन्स)

 सामूहिक उदेश्य प्राप्तिकोलागि भित्रैदेखि इच्छा जगाउनमा मानिसहरुलाइ प्रभावित गर्ने कार्य ।   (जि.आर टेरी) “अरुलाई प्रभावित गर्ने अर्थात अरुको व्यवहारमा प्रभाव पार्न सक्ने व्यक्तिगत गुण भएको प्रभावशाली व्यक्तित्व ”  Oxford Advanced Learner’s Dictionary

नेतृत्व केका लागि  ?- बिकाश गर्न । – संगठन गर्न ।- सहयोग जुटाउन ।- कार्य बिभाजन गर्न ।- कुरा बुझाउन, सम्झाउन ।- निर्देशन गर्न । – समस्याको समाधान गर्न- समन्वय गर्न ।

नेतृत्वका गुणहरु  सही निर्णय । उदेश्यमा स्पष्टता । आत्माबिश्वास । परिपक्क व्यवहार । इमान्दारिता । सहयोगी भावना । अनुयायीहरुलाइ उत्साहित गर्ने क्षमता ।  समस्या समाधान गर्ने शिप । सामाजिक बिशेषता । भबिष्य द्रष्टा । मानवीय ब्यबहार बुझ्ने क्षमता । जोखिम लिने तत्परता । शक्तिको प्रयोग गर्ने क्षमता । लचकता । कुटनिति । जिज्ञासु । ब्यबस्थापकिय गुण । व्यक्तित्व । शरिरिक स्वस्थता सुन्ने  शक्ति । 

नेतृत्वका बिशेषताहरु पूर्वाधारहरु अनुयायीहरु । समान उदेश्य ।  कार्य सम्बन्ध । उदाहरणीय आचरण । परिस्थितिमूलक ।

नेतृत्वका कार्यहरु लक्ष्य निर्धारण गर्ने । समूहकार्यलाइ प्रोत्साहन दिने । संस्थाका क्रियाकलापहरुको समन्वय गर्नु । संगठनात्मक प्रतिनिधित्व गर्नु । संगठनलाइ मार्गदर्शन दिने । शीघ्र तथा विवेकपूर्ण निर्णय । निर्देशन दिने र उत्प्रेरित गर्ने । उत्साहित लिने । उत्तरदायित्व लिनु ।

नेताको प्रकार : औपचारिक नेता सरकारी वा गैरसरकारी पदमा रहेका ब्यक्तिहरु औपचारिक नेता हुन् । जस्तै वडा अध्यक्ष, शिक्षक, अधिकृत, क्लवको अध्यक्ष अनौपचारिक नेताहरु हुन्।

अनौपचारिक नेता सरकारी वा गैरसरकारी पद नओगटेका ब्यक्तिहरु अनौपचारिक नेता हुन् । शिक्षा, अनुभव, ब्यक्तित्व, कार्यकुशलता र जनसम्पर्कबाट समाजसेवा गरिरहेका ब्यक्तिहरु । जस्तै मुखिया, साहुमहाजन, पुरोहित, लामा, झाक्री, भूपू सैनिक  आदि लाइ अनौपचारिक नेताको रुपमा लिन सकिन्छ ।

नेतृत्व शैली : निरङकुश वा तानाशाही नेतृत्व शैली  :  अरुको तर्क, विचार सुन्दैन । आफैं    निर्णय गर्छ । यसो गर,          उसो गर मात्र भन्छ । एकोहोरो व्यवस्थापन वा प्रकृया माथि निर्भर गर्दछ । सूचना एवं पत्राचारहरु                आफैले मात्र राख्दछ । आफु मात्र जान्ने र विश्वासिलो छु भन्ने गर्दछ । निर्णयहरु आफै गर्छ र                        उत्तरदायित्व पनि आफैले मात्र लिन्छ सदस्यहरुलाई सधै डर र त्रासमा राख्छ । अनुयायीहरुवाट                  आज्ञाकारिताको अपेक्षा गर्दछ । यस्तो किसिमको नेतृत्व शैलिमा कामलाई मात्र बढि महत्व दिइन्छ 

नोकरशाही      :  नियमित कार्यमा अडिग रहन्छ । आफूभन्दा माथिको अगाडि नतमस्तक भइ                    चाकरी गर्छ । तलकालाई वेवास्ता गर्छ वा पेल्छ । 

प्रजातान्त्रिक नेतृत्व शैली  : अनुयायी एवं समुदायका सबैलाई जागरुक बनाउछ । दोहोरो संचार कायम गर्छ अनुयायीहरु प्रति बिश्वास राख्छ । सबैको सम्मान गर्छ । काम प्रति जिम्मेवारी बनाई प्रतिबद्घ बनाउछ । आवस्यकता अनुसार लचिलो व्यवस्था अपनाउनका साथै आफुपनि लचिलो बनि अरुलाई पनि लचिलो बनाउछ । समुदाय, समिति वा आफ्ना अनुयायीहरुसंग बिचार र सुझावको आदान प्रदान गर्दछ । सबैको सृजनशिलतालाई प्राथमिकता दिन्छ । सबैको कुरा समानरुपले सुन्ने र निणर्य गर्दा सकेसम्म सबैको सहमति लिने प्रयाश गर्छ । निर्णय प्रकृयामा सवै टीम सदस्यहरुलाई महत्वपूर्ण भूमिका  खेल्न उत्साहित गर्छ ।

स्वतन्त्र नेतृत्व शैली : निर्णयमा हस्तक्षेप गर्दैन । समयसिमा तोकिदिन्छ । काम गर्न सबै स्वतन्त्र हुन्छन् । यसले संस्थामा भाँडभैलो पनि ल्याउन सक्छ ।  अरुको कुरा धेरैसुन्ने तर निर्णय लिन वा दिन नसक्ने । अनुयायी वा टीमका सदस्यहरुमाथि पूर्ण बिश्वास गर्ने । अनुयायीहरुले काम आफै सम्पन्न गर्दछन भनि सोच्ने । अनुयायी वा समुदायलाई नियन्त्रण गर्न नसक्ने । राय सल्लाहको अनुरोध गर्ने तर दिएको रायसल्लाह अनुसार काम नगर्ने , सूचनाको केन्द्रमात्र बन्ने । पछिको कुरा नसोच्ने तत्काल जे आइलाग्छ त्यहि गर्दै जाने । जिम्मेवारीहरु बहन गर्न हिचकिचाउन । जसले जे भन्यो उसैको कुरा सुन्ने । यदि टीमका सदस्यहरु सीपयुक्त, अनुभवी, लचकदार  र वौद्धिक छन भने यो नेतृत्व शैली उपयुक्त हुन सक्छ । 

नेतृत्वका अवरोधहरु अनुयायीसँग नजिक नहुनु । आवेगात्मक अस्थिरता दुरदर्शिताको कमि । मानवीय समझदारीको अभाव । बिचार बिमर्श गर्न नसक्ने । दोषपूर्ण उत्प्रेणा । सहयोगको कमि । प्रतिकुल परिस्थिति ।

अवरोध सुधार गर्ने उपायहरु: कमजोरीलाइ चिन्ने र स्वीकार गर्ने ।  जुनकार्यमा भय छ, सो कार्य गर्न अवसर खोज्ने । कमजोरीलाइ हटाउन सम्बन्धित पुस्तक र पत्रपत्रिका अध्ययन गर्ने । उत्प्रेरणत्मक कुराहरु बिदुवानका भाषण र क्यासेट सुन्ने । साथीले उसको कमजोरीमा कसरी सफलता पायो बुझ्ने । एक पटकमा एउटा कमजोरी हटाउने । आफुलाइ उत्प्रेरित गर्न आफ्नो शक्ति उपयोगमा ल्याउने । आफुसँग कमजोरी छैनन् भनी सोचेर ब्यबहार गर्ने । आफना समस्याहरु अरु सँग बाड्ने । कहिलेपनि हार नमान्ने । आफना कमजोरीलाइ उन्मूलन गर्न प्रयासरत रहने । अरुसँग सहयोग लिने । 

नेतृत्व क्षमता अभिबृद्धिको मन्त्र :(+) जोड्नुपर्छ       = बिचारहरु (—) घटाउँनुपर्छ      = बिभेद, बिमति र बिरोधहरु (÷) भाग लगाउँनुपर्छ = जिम्मेवारीहरु ×(×) बढाउँनुपर्छ      = एकता 

नेतृत्वले सदस्यका वारेमा थाहा पाउनुपर्ने कुरा: समूहको प्रत्येक सदस्यको नाम । घरको ठेगाना । परिवारिक स्थिति । श्रीमती, श्रीमान्, बुबा, आमाको नाम । जन्मदिन । ब्यक्तिका सोखहरु । पेशा, काम गर्ने स्थान । ब्यक्तिलाइ मनपर्ने, नपर्ने चिजहरु । सबल र कमजोर पक्ष । हितैषी साथी । समूहप्रति ब्यक्तिको धारणा । समूहमा प्रबेश गर्नुको कारण । समूहबाट के लिन चाहान्छ । प्रमूख क्षमता र सीपहरु ।

नेतृत्वले गर्न नहुने कुरा :  अरुको निक्कै आलोचना गर्ने । बेठाँउमा आफनो मान देखाउने वा खोज्ने । आलोचना सहन नसक्ने । बिश्वासीलो ब्यक्तिबाट खतरा महसुस गर्ने । अमान्य र असामान्य बक्तब्य निकाल्ने । समूहको सदस्यहरुलाइ हतोत्साहित गर्ने ।

नेतृत्वको सिप बिकास गर्ने माध्यमहरु: पूर्ण तयारीका साथ कार्य शुरु गर्ने । सधै खुल्ला मस्तिष्क बनाउने । बोल्ने कुराको अभ्यास गर्ने । ज्यादै अनुसासित बन्ने । इमान्दारिता प्रदर्शन गर्नै । निश्चिित समयमा निश्चिित काम पूरा गर्ने । आफनो समूहको सम्र्पकमा रहने । सुनेका कुरा सम्झने प्रयास गर्ने । वरपरको वातावरणलाइ सहयोग गर्नै । सधै आफुलाइ अरुको अगाडि पारि राख्ने ।

नेतृत्व असफलताका कारणहरु ब्यबस्थापकिय क्षमताको अभाव । त्यागी भावनाको अभाव । कल्पनाशीलताको अभाव । निष्ठाको अभाव । ओहोदाको  लुलुप्त । ज्ञान बाड्ने शैली । अनुयायी सँग डराउने । स्वार्थ । असंयम  विनम्रताको अभाव  असल चरित्रको अभाव

शिक्षक
मछिन्द्र मा. वि.
केराबारी , मोरंग

अत्यन्त जरुरी सुचना


संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समिति बोडको निर्णय अनुसार २०२० सालको बार्षिक कार्यक्रम तयार गरिएको मा हाल भै रहेको महामारी प्रकोप “कोभिड १९ ” को कारणले गर्न नसकिने हुदा कार्य समितिको May 25 ,2020 को निर्णय अनुसार सबै कार्यक्रमहरु रध्द गरिएको व्यहोरा सम्पूरण महानुभाबहरुको जानकारीको लागि अनुरोध गर्दछु ।
हरि कुमार श्रेष्ठ
महासचिब

भोट हालेकै छैन

बसन्त कुमार नालामी
बरिष्ट अधिबक्ता

२०३७ साल बैशाख २० गते को जनमत संग्रहमा देखि बाहेक कहिले पनि भोट हालेको छैन मैले ।जनमतसंग्रह भन्ने शव्द २०३६/१/१० को राजा बिरेन्द्रको शाही सम्बोधन पछि सुन्न र बुझ्न् थाले।जनमतसंग्रह भन्ने कुरा सामान्य कुरा होईन ।प्रो. लिनडस ,बिलोभी, रोगार्स, गिन्सबर्ग, र ब्राइस को परिभाषालाई हेर्दा ” जनमतसंग्रह यस्तो बस्तु हो जस्को अस्तित्व सधै रहिरहन्छ , यो नागरिकको अदृश्य सभा हो ,यसको कार्यकाल सधै रहिरहन्छ , यो सामुहिक धारणा हो” भन्ने बुझिन्छ ।

जनताको जनमतको शक्तिलाई कसैले चुनौती दिन सक्दैन ।त्यसैले सरकारले हरेक संबेदनसिल निर्णय गर्दा जनता छ भनेर संझनु उपयुक्त हुन्छ ।हामी सरकारले के के गर्न सक्छ भनेर सोच्छौ तर जनताले के चाहिँ गर्न सक्दैन भनेर पनि सोच्ने गरौं ।जनतालाई बिगताको धेरै कुराले झस्काएकोछ ती सबै कुरा लेख्न यहाँ सम्भब छैन मोटामोठी यी कुरा मात्र सम्झाउनु उपयुक्त ठानेकोछु , यी कुरा कहिले बिर्सने छैनन् ।

१) नेताहरूको कारणले गर्दा संविधान सभाको चुनाव प्रधानन्यायाधीशको अध्यक्षतामा गठित मन्त्री परिसद्ले गर्नु पर्‍यो ।२) संविधान सभाको चुनाव गर्ने कि संसदको चुनाव गर्ने भन्ने विषयमा नेपाल र नेपालीको धेरै समय खर्च भयो ।३) हरेक ६/६ महिनामा सरकार फेर बदल गर्नु परेको थियो ।४) संसदहरु पैसामा बिक्रि भयो भनेर मिडिया ,एबम पत्र पत्रिले दिन रात लेख्न थाले ।५) संसदहरुलाई भन्सार छुटमा महङ्गो मोटर प्रदान गरियो ।६)त्यस्तो गाडी संसदहरुले ब्यापारीलाई बिक्री गरियो।७) आफ्नै पार्टीको सरकार ढाल्ने काम गरियो।८) सरकार टिकाउने नाममा संसदहरुलाई होटेलमा थुनेर सुरा सुन्दरीको ब्यबस्था गरियो।९) १२ बर्षको जनयुद्धमा १७००० निर्दोष नेपालीले ज्यान गुमाउनु पर्यो।
नेपाल र नेपाली जहाँको तहिछ।सङ्गै स्वतन्त्र भएको भारत र चिनलाई हेरेर लाजलाग्नु पर्ने सरकारमा बस्नेलाई दोस्रो बिश्व युद्धमा २ वोटा बम अमेरिकाले हिरोसिमा र नागासाकिमा हान्यो त्यस्मा जम्मा १.७ ग्राम यूरोनियम खर्च भएको कुरा कहि कतै पढेको जस्तो मलाइ लाग्छ नेपालमा त्यस्तो यूरोनियम खोज्ने हो भने हजारौं टन पाउन सकिन्छ भन्ने कुरा सुनेको छु।हामी सुन र हिराको सिंहासनमा बसेर भिख मागी रहेको छौ ।नेपाली जनता अझै चुप लागेर बसेको छ , चलाउने काम नगर्नु होला , उसले सुनामी चारैतिर ल्याउन सक्छ ।

संखुवासभा ,चैनपुर बजार

राहत खाद्यान्न समाग्री सहयोग

दाताहरु कृष्णराज गिरी,गोपाल घिमिरे

संखुवासभा, खाँदबारी
क्यालिफोरनिया राज्य , अमेरिका निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समिति बोड अफ डाइरेक्टर कृष्णराज गिरी ( पॉचखपन नगरपालिका वाड नम्ब ४, लिङ्ग लिङ्ग ) सस्थापक आजीवन सदस्य तथा पुर्व सल्लाहकार गोपाल धिमिरे( खाँदबारी नगरपालिका वाड नम्बर ९ तुम्लिगटार ) मनकारी दाताहरुले काेराेनाकाे महामारी कारण लक् डाउन्मा रहेको अबस्थामा संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर ९ स्थित मनकामना धाम मा रहनुहुने बृध्दा बुवा,आमाहरु तथा गुरुकुलका विद्यार्थीहरुका निमित्त राहत खाद्यान्न समाग्री सहयोग गर्नु भएको छ।
सो राहत खाद्यान्न समाग्री मनकामना सम्म ल्याई तुम्लिङटार निवासीहरु भरत गाैतम ,रविन गाैतम , प्रलाद न्याैपाने ,कुमार अधिकारी मार्फत बितरण गर्नु भएकाेछ।

भ्रष्टाचारी भनेकोमा दुख: लाग्छ


बसन्त कुमार नालामी
बरिष्ट अधिबक्ता


चैत ९ गते देखि lock down मा छु। सरकारको आदेस पालना गरेर बसेको छु। कतारको मेरो एक जना साथिको बाबुले गरिबीको कारणले राम्रो सङ्ग खान नपाउदा १२० बर्ष बाच्नु भएछ, पछि बुझ्दा over eating नभएकोले रहेछ। मेरो पनि सुगर प्रेसर सबै ठिक भयो। तपाईंहरुको पनि राम्रै भयको होला। Lock down ले गर्दा धेरै साथीहरूले आफुलाइ creative काममा आफ्नो समय लगानी गरेको थाहा पाए। सुतेर बसिरहनु भन्दा केहि creative काम गर्‍यो भने सेल मर्दैन अरे नत्र ३५ बर्ष नाघेपछि प्रतिदिन ७००० cell मर्छ भन्ने कुरा एउटा किताबमा पढेकोले लेख्न मन लग्यो ।
आफैले आफ्नो past life लाई साक्षी भावमा बसेर हेर्न थाल्यो भने primal therapy हुन्छ अरे भनेको कुरा OSHO को किताबमा पढेको थिए । primal therapy गर्दा मैले नेपाल , नेपाली र हाम्रो नेताहरूलाई पो सम्झिएछु। आफुले अहिले सम्म कुनै नेतालाई भेट्न गएको रहेनछु। यसो सुनेको नाम सम्झिदा बि पि कोइराला , गणेश मान, कृष्ण प्रसाद भट्टराई , गिरिजाप्रसाद , शेर बहादुर ,सुशील कोइराला रामचन्द्र पौडेल , गोविन्द राज, चिरञ्जीवी वाग्ले ,खुम बहादुर, पुष्पलाल, मनमोहन ,मदन भण्डारी ,साहना,माधब नेपाल ,झलनाथ , खड्क प्रसाद ओलि ,बाम देव , बिस्नु पौडेल , प्रचण्ड , राम बहादुर थापा ,अग्नि सापकोटा ,बाबु राम, हिस्सिला,भिम रावल , सुभाष नेम्वाङ, नारायण मान बिजुक्क्षे, कृष्ण महरा, महन्त ठाकुर, उपेन्द्र यादव ,राजेन्द्र महतो, सुर्य बहादुर थापा , मरिच मान ,लोकेन्द्र चन्द, तुलसी गिरि, ,प्रकश चन्द्र लोहनी ,………………………समेत सबैलाई ध्यानमा पाए। अनि नेपाली जनता तिर ध्यान लगाए , त्यस्मा osho को किताबमा अध्ययन गरेको जस्तै गरे। सबै नेपाली जनताहरुले केही नेतालाई बाहेक सबैलाई भ्रष्टाचारी , ज्यान मारा, देश बेचुवा, अनि केहीलाई ” र ” को मान्छे, लैनचौरको कर्मचारी , दिल्लीको छोरा , अनि कसैलाई चाइनाको पाले।
ध्यानबाट छुटदा झसङ्ग भए ,मैले कुनै निर्णय गरिन । who is wrong who is right? साक्षी भावमा बसे। किनभने सबै नेताहरूको contribution पनि सुनेकोछु। अधिकांस नेताहरु जेल गएको देखिन्छन् । सत्य कुरा बोलेका छन् याहा सम्म कि १७००० त मैले होईन ५००० चाहिँ मैले मारेको जिम्मा लिन्छु, १२००० चाहिँ अरुले हो ।भ्रस्टाचार मैले गरेको होइन ४०/ ५० करोडको सम्पत्ति श्री मतिको दाइजो हो। जनता मारेको छैन महान्यायाधिवक्ताले मुद्धा फिर्ता लिएको छ।आदि इत्यादि …………………. यसमा छानबिन गर्ने काम मेरो होइन । मालपोत र बैंकको statement बोल्छ । दिन आयो भने सबै कुरा अन्धाले देख्छ, बहिराले सुन्छ। कुनै देश भक्त नेताले भोलि गएर टुंदिखेलमा उभ्याएर बयान लियो भने उहीँ जान्दछ। अहिले यति भन्छु मलाई केही थाहा छैन तर तपाईं लाई भ्रस्टाचारी भनेको सहन सक्दिन, एउटा ब्यक्तिले एक जनालाई मारेको त्यति ठुलो होइन तर Hitlar ले जस्तो एकै पटक ६०००० नमार , ब्यक्तिले जे सुकै गरोस् त्यो police ले अनुसन्धान गर्छ तर नेपाल आमालाई नलुट तिमिलाई भ्रष्टाचारी भनेकोमा दुख: लाग्छ ।

संखुवासभा , चैनपुर

हार्दिक श्रद्धाञ्जली

सस्थाको तर्फ बाट समबेदना दिनु हुदै बोड अफ डाइरेक्टर सन्तोश काफ्ले

संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिका कार्य समितिको बरिष्ठ उपाध्यक्ष नोयनाथ पोखरेलको पुजनीय आमा धन कुमारी पोखरेल ९१ बर्षको उमेरमा आफ्नो निवास संखुवासभा जील्ला खाँदबारी नगरपालिका वाड नम्बर ३ माने भन्ज्यांग्मा मिति २०७७ बैसाक १२ को दिन परलोक हुनु भएको आज मे ५, २०२० मंगलबार हिन्दु परपरागत १३ औ दिनको पुन्यतिथिको यस दु:खत घडीमा परिवारजनमा पर्न गएको घटन प्रति समबेदना ब्यक्त गर्दै मृत आत्माको चिर शान्तिको लागि हार्दिक श्रद्धाञ्जली संखुवासभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट,व्यक्त गर्न र समबेदना दिन सस्थाका बोड अफ डाइरेक्टर सन्तोश काफ्लेबाट कोलोराड़ो राज्यको थोटन सिटि स्थित निजि निवासमा परिवारहरुको उपस्थितिमा समबेदना पत्र वाचन गरि परिवारमा हस्तान्तरन गर्नु भएको छ ।

टिपन टापन डायरीको पन्ना बाट

हरि कुमार श्रेष्ठ
संखुवासभा जिल्लाको निजि क्षेत्र्मा शिक्षाको क्षेत्रमा योदान पुर्याउन खाँदबारी निवासी स्व. शिब कुमार गौलीले खांदबारीमा सुरुवात गर्नु भएको पहिलो प्राइबेट बोडिंग लिटिल फ्यावर स्कुल हो । यस लिटिल फ्यावर बोडिंग स्कुल स्थापना भए पछि बिद्यार्थीको नाम लेखाउने पहिलो नम्बरमा नाम दर्ता गर्ने मेरो छोरी र दुई नम्बरमा मेरो साथीको छोरा (हाल डा. राजु अधिकारि ) हो । केहि बर्ष संचालन भै भोजपुर जिल्ला ,फलिकोटको बल राम कार्कीलाइ बिक्रि गरि संचालनमा थियो ।

तत्कालिन हिमालय माध्यमिक बिद्यालय खाँदबारीका प्रधान अध्यापक जंग बहादुर प्रसाद ठाकुर र तत्कालिन हिमालय निम्न माध्यमिक बिद्यालय खाँदबारीका प्रधान अध्यापक चन्द घुण्डेले सो बोडिंग खरिद गरि सो बोडिंगको नाम परिबर्तन गरि मकालु बोडिङ्ग स्कुल बाट संचालन भै सो बिद्यालय खाँदबारीका डिएन श्रेष्ठले खरिद गरि सके पछि विद्यालयको नाम परिबर्तन गरि सुर्य बोडिंग स्कुलको नाम बाट २०४४ साल देखि संचालन भै शिक्षाको क्षेत्रमा जिल्लाको उत्कृस्ट बिद्यालय आज पुग्न सफल भएको छ । हाल विद्यालयको आफनै जग्गा जमिनमा ,भवन र भौतिक सुबिधा सम्पन्न छ । संखुवा सभा जिल्लामा उच्च सुर्य आवासीय माध्यामिक बिद्यालय बन्न सफल भएको छ ।

(सुर्य बोडिंग स्कुल ब्यबस्थापन समितिका अध्यक्ष स्व. सुर्य बहादुर श्रेष्ठको साथमा बिद्यालय संचालक समितिका सदस्यहरु , शिक्षक र कर्मचारीहरुको साथमा २०५० साल फोटो सौजन्य सरोज श्रेष्ठ खादबारी )

यस बिद्यालय (सुर्य बोडिंग स्कुल) संचालन भए पछि ब्यबस्थापन समितिको अध्यक्ष डि एन श्रेष्ठ , लोक बहादुर श्रेष्ठ , सुर्य बहादुर श्रेष्ठ , हरि कुमार श्रेष्ठ ,२०५८ पछि डि एन श्रेष्ठ र श्रीमति राजेश्वरी श्रेष्ठले गर्नु भै हाल यस विद्यालयका संरक्षक तथा संचालक नारायण श्रेष्ठले ब्यबस्थापन गरि आउनु भएको छ । भोलिका दिनमा यस बिद्यालयको प्रगतिको कामना गरौ ।

हार्दिक बधाई तथा शुभकामना


नेपाल सरकारको पूर्ण सरकारी स्वामित्वको देशको सबैभन्दा ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकलाई तीव्र सुधार गरेका किरणकुमार श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत (सीइओ )पदको रुपमा दोश्रो कार्यकाल पनि निर न्तरता पाएका छन् ।
पहिलो कार्यकाल यही चैत २९ गते सकिँदै थियो । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा निरन्तरता दिने निर्णय गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको कार्यकाल सकिनु केही दिनअघि अर्थमन्त्रालयबाट बैंकको संचालकको रुपमा प्रतिनिधित्व गरिरहेका धनिराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कमिटी गठन भएको थियो । सो कमिटीले श्रेष्ठले राष्टिय वाणिज्य बैंकमा सीइओको रुपमा आउनुअघि गरेको सम्झौता र सोअनुसार काम भए या नभएको विषयको मूल्यांकन गरेको थियो । त्यस्तै सो कमिटीले श्रेष्ठसँग आगामी चार वर्षका लागि समेत विजिनेश प्लान मागेको थियो । श्रेष्ठले दिएको विजिनेश प्लानको विषयमा समेत पर्याप्त अध्ययन गरेपछि उनलाई नै सीइओको रुपमा निरन्तरता दिने निर्णय भएको एक संचालकले जानकारी दिए ।
संखुवा सभा जिल्ला चैनपुर हाल काठमाण्डौ निवासी किरण कुमार श्रेष्ठ पुनः ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएकोमा संखुवासभा कम्युनिटी अफ यु एस ए,अमेरिका हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ ।

हार्दिक श्रद्धाञ्जली

अमेरिका नेपाली समाजका अग्रज समाज सेवी , बिध्दान कोलोराडो राज्यको गोल्डेन सिटि निवासी , संखुवासभा कम्युनिटी अफ युएसए पुर्व सल्लाहकार , सस्थापक आजीवन सदस्य स्वर्गीय प्रा. डा. बिष्णु बहादुर श्रेष्ठको March 26,2020 का दिन बार्षिक पुण्य तिथिमा संखुवा सभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।