रेडक्रसकर्मीलाई धन्यबाद

हरि कुमार श्रेष्ठ , कोलोराडो
संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको वेसिन्दामा असार २७ ,२०७७ साल शनिबार राती अविरल बर्षासँगै आएको पहिरोले ९ घर बगाएको थियो। पहिरोमा ५ घरका ११ जना बेपत्ता भएका छन्।

फोटो:- रेडक्रसकर्मी छलफलमा अध्यक्ष राम कुमार कुलुङ र समितिका अन्य व्यक्तिहरू

संखुवासभा जिल्लाको सिलिचाेङ गाउपालिका -१ र २( बेसिन्दा )पहिराे पिडितलाई अस्थायी पुन:बाँस गराईएकाे सिसुवा बुधबारे र पांखमटारका परिवार संख्या ३८ र चित्रेमा ६८ परिवार गरी जम्मा १०६ परिवारको सम्बन्धमा स्थलगत अध्ययन गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा संखुवासभाले एक कार्य टोली खटाइ नेपाल रेडक्रस साेसाईटी केन्द्रबाट तयार गरिएकाे फारम विवरण , त्यहाकाे वस्तुस्थिति र भविष्यकाे कार्ययोजना सम्बन्धमा छलफल गर्न सम्बन्धित सिलिचाेङ गाउपालिकाको अध्यक्ष राम कुमार कुलुङ र समितिका अन्य व्यक्तिहरू संगकाे

फोटो:- रेडक्रसकर्मी भेटघाट अध्यक्ष राम कुमार कुलुङ

छलफलमा सहभागी हुन कोरोना महामारी र वर्षादको समय कठिन उकाली वोरालिका पैदल भिर पाखा बाटोहरु पार गर्दै रेडक्रसको आज्ञा मानवताको लागी आफ्नो जीवनलाई समाज सेवामा समर्पित रहनु भएका रेडक्रसकर्मीहरु चित्र रेखा अधिकारी कार्की र लक्ष्मी कार्की धन्यबादको पात्रो हुनु हुन्छ ।

फोटो:- रेडक्रसकर्मीको कठिन यात्रा

नेपाल रेडक्रस साेसाईटी केन्द्रबाट तयार गरिएकाे फारम विवरण गर्न केन्द्रको आदेशलाई शाखाले सिरोपर गरी यस्त्यो समयमा आफ्नो जीवनलाई प्रभाह नगरी दुर्गम ठाउमा पिडितहरुको आशालाई साहाकर बनाउन रेडक्रसकर्मीले आफ्नो कठिन पैदल यात्रा गरिएकोछ। केन्द्रले यथार्त कुरालाई अध्ययन गरी रेडक्रसका सिध्दान्तलाई मनन गरी पिडितहरुलाई आस्वासनमा मात्र सिमित नराखी भविष्यमा पुनर्बासको पनि ब्यबस्था मिलाउने कुरामा हामी आशाबादी बन्यौ। पिडित पक्षको सुखमय जीवनयापन गर्न पाउने आवसर मिलेमा अनि मात्र रेडक्रसका सिध्दान्त र रेडक्रसकर्मीले गरेको आफ्नो सफलताको कठिन यात्रा पुरा हुनेछ ।

हरि कुमार श्रेष्ठ ,नेपाल रेडक्रस सोसाइटी
संखुवासभा जिल्ला शाखाको पुर्व मन्त्रि (२०५०-२०६२)
फोटो सौजन्य फेसबुक:- लक्ष्मी कार्की

थापाको मेहनतको डिग्रि

हरि कुमार श्रेष्ठ
महासचिब
संखुवासभा कम्युनिटी अफ यु एस ए

संखुवासभा जिल्ला पाचखपन नगरपालिका वाड नम्बर ७ संगाउ हाल अमेरिकाको क्यालिफोर्निया राज्य आर्टिसिया निवासी पदम बहादुर थापा २०१५ सालमा डि भी परि अमेरिका आउनु भएको थियो। अमेरिका आए पछि आफ्नो व्यस्थ जीवनलाई पनि प्रबाह नगरी आफ्नो परिवारका साथ दु:ख सुख समय बित्दै जादा आफ्नो इमान्दार ,लगनसिल ,मेहनतको साथ् काम गरि रहेको आफ्नो  Analysis at UnitedHealth Group कम्पनिमा मेनेजर पदमा पुग्न सफल हुनु भएको छ।

अमेरिकामा आए पछि मेहनत ,इमान्दार ,लगनसिल हुदा आफ्नो सपनाहरु पुरा हुदै जाने आवसर मिल्ने देश अमेरिका हो। यस्त्यो अवसर पाउदा कसैले आफ्नो सुनौलो अवसर खेर फाल्छ भने कसैले मेहनत गरेर यस्त्यो अवसरलाई खेर फाल्न दिंदैन । अमेरिकामा बाल बच्चा परिवार ,पाच दिन काम गरेर समय निकालेर पढनु भनेको चानचुने कुरा होइन।

फोटो :- आफ्नो जीवन संगिनको उपहार ,शुभकमना ग्रहण गर्दै

अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्ला बासीहरुको सामाजिक सस्था अमेरिकाको कानुन अनुसार २०१६ मा दर्ता भएको संखुवासभा कम्युनिटी अफ यु एस ए हो। यस सस्थाको बिधान अनुसार सस्थापक आजीवन सदस्य भएर सस्थाको कार्य समितिको बोड आफ डाइरेक्टर पदमा २०१७ देखि समाज सेवामा रही काम गर्नु हुने पदम थापा उदारणीय हुनु हुन्छ। सस्थाले आब्हान गरेको सहयोगी कार्यमा आफ्नो स्वयक्षाले सहयोग गरि आउनु भएको छ। अमेरिकामा नेपाली समुदायलाई परेको आपत बिपतमा पनि सानो तिनो मानवीय कार्यमा सहयोग गर्ने व्यक्तिमा पर्नु हुन्छ। ।

फोटो :-संखुवासभा कम्युनिटी अफ यु एस ए को सस्थापक आजीवन सदस्यको प्रमाण पत्र सस्थाका संरक्षक नारायण श्रेष्ठको हातबाट लिनु हुदै साथमा अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्की

आज संखुवासभा कम्युनिटी अफ यु एस ए को एउटा सदस्य अमेरिकाको Claremont Lincoln University बाट डिग्रीको सपना पूरा भएको औपचारिक दीक्षान्त समारोह 2020मा सहभागिता हुने अवसर पाउने पदम थापालाइ बधाई, शुभकमना दिन पाउनु संखुवासभालीहरुमा हौसला, खुसीको महशुस गरेको छ।

फोटो :-कार्य समितिमा थापा २०१७

कसैको लागि यो डिग्री पाउनु सामान्य कुरा हो। संखुवासभाको एउटा गाउमा जन्मिएको लागनाशील व्यक्ति अमेरिकाको व्यस्था जीवनमा समयको बाबजुत पनि समय निकालेर मेहनत गरेर पाएको अवसर नगुमाई आफ्नो योग्यताको लागि गर्नु भएको लगानी महत्व पूर्णछ।
उदारणीय बन्नु भएका थापा जस्तै मेहनत गरेर पाएको अवसर नगुमाउदा भविष्यमा पछुताउनु पर्ने स्थिति रहने छैन।

फोटो :-परिवारका साथ् थापा

संखुवासभा समाज अमेरिकाबाट बिमारी दाहाललाई सहयोग

फोटो -अध्यक्ष श्रीमती शान्ति श्रेष्ठबाट दाहाललाई सहयोग बैंक चेक हस्तान्तरण

हरिकुमार श्रेष्ठ कोलोराडो (अमेरिका) अगस्त ३,२०२०
मानवीय समाज सेवा र बिकास कार्यमा समेत सहयोग गर्ने गराउने उदेश्य साथ् अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको कानुन अनुसार दर्ता भएको 501(c)(3) सस्था हो। सस्था गठन भए पछि सानो तिनो मानवीय सेवा सहयोग नेपाल र अमेरिकामा गर्दै आइ रहेकोछ।

संखुवासभा जिल्ला हाल कोलोराडो राज्य बोल्डर शहर निवासी कोलोराडो राज्य नेपाली समाजका सक्रिय समाज सेवी सस्थाका पुर्व पब्लिक रिलेसन अफिसर बिनय चन्द्र दाहाललाई Stroke, A Polite Plight बिमार भै अस्पतालमा उपचार पछि स्वास्थ्य लाभ गरि दुइ महिना पछि अस्पतालबाट May 18 ,2020 डिस्चार्ज हुनु भएका थियो ।

दाहालले केहि समय सम्म दैनिक थेरापीक र उपचारमा लागि रहनु पर्ने स्थिति रही रहेको अबस्थामा कोरोना महामारीले समेत अमेरिकामा अस्त ब्यस्थ भएको अबस्थामा सानो तिनो भए पनि औषधि ,खाद्यान्नमा मानवीय कार्यलाई सम्झिएर सहयोग गर्ने कार्य समितिको निर्णय अनुसार सदस्यहरुको सहयोगबाट प्राप्त भएको सहयोग संखुवासभा कम्युनिटी अफ यु एस ए तर्फबाट सस्थाका अध्यक्ष श्रीमति शान्ति श्रेष्ठले दाहालको निवासमा गइ सहयोग रकम हस्तान्तरण गर्नु भयो सो समयमा सस्थाक सस्थापक आजीवन सदस्य तथा सियर मिसन इन्टरनेसनल 501 (c ) को एक्जुकेटिब डाइरेक्टर श्याम श्रेष्ठको समेत उपस्थिति थियो।

संखुवासभा कम्युनिटी अफ यु एस ए ले आवहान गरेको बिमारी दाहालको सहयोगमा हातेमालो गर्नु हुने सस्थाका महानुभावहरु सबै धन्यबादको पात्रो हुनु हुन्छ।
सहयोग गर्ने यस सस्थाका दाताहरु क्रमस सल्लाहकार तथा नेपाली जन सम्पर्क समितिको केन्द्रिय उपाध्यक्ष ,महा समिति सदस्य (नेपाली कांगेस ) धर्म राज श्रेष्ठ कोलोराडो , सल्लाहकार सुरेन्द्र श्रेष्ठ कोलोराडो ,सल्लाहकार नारायण चन्द्र श्रेष्ठ कोलोराडो ,अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ कोलोराडो , बरिष्ठ उपाध्यक्ष नोयनाथ पोखरेल कोलोराडो , उपाध्यक्ष मुकेश श्रेष्ठ सियाटल( वासिंगटन) , उपाध्यक्ष बिष्णु पौडेल “सितल ” भर्जिनिया , महासचिब हरिकुमार श्रेष्ठ कोलोराडो, कोषाध्यक्ष कर्म तेञ्जिङ्ग भोटिया कोलोराडो, सचिब पदम राज तामांग कोलोराडो, पब्लिक रिलेसन अफिसर रिपेन्द्र कार्की कोलोराडो, इभेन्ट अफिसर सरद श्रेष्ठ कोलोराडो , बोड अफ डाइरेक्टर सन्तोष काफ्ले कोलोराडो,सस्थापक आजीवन सदस्य निरन्जन पोखरेल कोलोराडो हुनु हुन्छ।

SSCUSA सस्थाको नया आजीवन सदस्य

अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्ला बासीहरुको अमेरिकाको कानुन अनुसार दर्ता भएको 501(c)(3) सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए SSCUSA हो। सस्थाको बिधान अनुसार संखुवासभा जिल्ला चैनपुर नगरपालिका वाड नम्बर ३ हाल अमेरिकाको न्यु योर्क निवासी अर्जुन कुमार कार्की र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वाड नम्बर ६ डाँगी गाउ हाल अमेरिकाको न्यु योर्क निवासी दिनेश डाँगी सस्थाको बिधान अनुसार जुलाई ३१ ,२०२० देखि आजीवन सदस्य (पारिवारिक) हुनु भएको कुरा सम्पूरण महानुभाबहरुको लागि जानकारी गराइन्छ।

सस्थाको उदेश्य अनुसार कार्य गर्न जिल्लाको बिकास र आपत बिपतमा सहयोगी भावना लिई आफ्नो जन्म भूमिलाई सम्झी जिल्लाबासीको एकतामा हाते मालो गरि जिल्लाबासी एक आपसमा परिचित भै भोलिका दिनमा सकृय सहभागीले आफनो जन्म भूमिमा जन्मिएर गर्नु पर्ने एउटा कार्य पुरा हुनेछ। व्यक्ति आज छ भोलि रहदैन जसले समाज सेवामा लगनसिलता भै कार्य गर्छ उसको आत्माले सन्तुस्ट पाउछ र दिन दुखीको आसिर्बाद प्राप्त हुन्छ। यसैले सस्थालाई सकृय पार्न सदस्यहरुको महत्व पूर्ण भूमिका रहने छ।

संखुवासभा जिल्लाका अमेरिकामा रहनु भएको इच्छुक व्यक्तिहरुले जुन सुकै समयमा सदस्य लिन सक्नु हुनेछ। सस्थाको वेब साइडमा सदस्य सम्बन्धि फर्म राखिएको ।नव आगन्तुक सदस्यहरुको स्वागत र शुभकामना दिन सस्था आतुरमा छ।

संखुवासभा बाढी पिडितहरुलाई क्यालिफोर्निया राज्यको सामाज सेवीहरुबाट सहयोग

हरि कुमार श्रेष्ठ ,कोलोराडो

जुलाई २९ ,२०२०
संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ९ अरुण नदीको किनारमा रहेको मनकामना धाममा वृद्धवृद्धहरु तथा गुरुकुलका विद्यार्थीहरु समेत गरि करिब सतरी व्यक्तिहरु बसोबास गरि रहेको अबस्थामा जुलाई २७ , २०२० मा आएको अविरल बर्षादले भल पहिरो आइ छेदबिच्छेद पारी कुटिहरु, पाठशाला ,आवासमा पानीको भल पसी खाद्यन्न लत्ता कपडा समेत नस्ट भएको छ।
यसै गरि खाँदबारी नगरपालिका वाड नम्बर ९ ढुंगे बिसौनीमा पनि अविरल बर्षादले ५ वटा घर क्षेती भएको सो गाउमा १५ परिवारहरुलाई सहयोग गर्नु पर्ने स्थिति रहेको अबस्थामा सहयोगका लागि स्थानीय व्यक्तिहरुबाट अनुरोध भै रहेको थियो ।

यो अबस्थामा सहयोगी मन भएका अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासी कांग्रेस प्रजातन्त्रमा आस्था राख्नेहरुको भखर गठन भएको सामाजिक सस्था संखुवासभा अमेरिका जन सम्पर्क समितिको सक्रिय पहलमा सहयोग जुटाउन सफल भएको छ।


गोरखा अमेरिका जन सम्पर्क समितिको अध्यक्ष विश्व भट्ट, नेपाली जन सम्पर्क समिति उतरी क्यालिफोर्नियाको कार्यवाहक सभापति नारायण खनाल , नेपाली जनसम्पर्क समिति क्यलिफोरनियाको महासचिव हरी भट्ट बिशेष धन्यबाद सहित सहयोगी मनकारी दाताहरुमा धन्यबाद दिइयो। यस महान कार्यमा सहयोग गर्ने अमेरिकाको क्यालिफोर्निया राज्यको विभिन्न शहरमा बसोबास गरि बस्नु हुने विश्व भट्ट ,हरि भट्ट ,अमर लामिछाने , नारायण खनाल, राजेन्द्र अधिकारी ,चक्रपाणि अर्याल ,उत्तर गुरूंग ,तेज गुरूंग ,सोम भट्ट ,सरोज काफ्ले ,कुमार आचार्य ,त्रिताल नेपाल ,दिनेश रम्तेल ,संजीव भट्ट ,संदीप पौडेल ,मोहन कट्टेल ,विपिन थापा ,रविंद्र वंजाडे ,विवेक रानाभाट ,माधव पन्तहरुबाट सहयोग $ 2050.00 नेपाली रुपया Rs 2,39,595.80 जुटेको थियो।
यसरी कुनै जातीय ,क्षेत्रीय भावना नलिइ मानवीय कार्यमा सहयोग गर्ने मनकारी दाताहरुलाई नमन गर्नु हामी सबैको कर्तब्य हो।

एक कार्यक्रम बिच बाढी पिडित मनकामना धाममा वस्नु हुने वृद्धवृद्धहरु तथा गुरुकुलका विद्यार्थीहरु समेत गरि करिब सतरी व्यक्तिहरुलाई जुलाई २९ ,२०२० को दिन खाद्यान्न सामाग्रीहरु बितरण गरिएको छ।

सोहि दिन खाँदबारी नगरपालिका वाड नम्बर ९ ढुंगे बिसौनीमा खाद्यान्न सहयोग बितरण गरिएको छ।


खाद्यान्न सामाग्री खरिद गरि बजारबाट मनकामना बाढी ग्रस्त क्षेत्र सम्म ल्याएर पिडित परिवार सदस्यहरुलाई बितरण गर्न खाँदबारी नगरपालिका ९ तुम्लिङ्ग्टार निवासी समाजसेवि रविन गाैतम , प्रताप गुरुङ र प्रबेश्वर श्रेष्ठले सहयोग गर्नु भएको थियो।

शेयर मिसन ईन्टरनेशनल अमेरिकाले काठमाडौमा क्रियाशिल संखुवासभाली पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण ।

अमेरिकाको कोलोराडो राज्य डेन्भरबाट संचालन गरिएको सामाजिक संस्था शेयर मिसन ईन्टरनेशनल 501 ( c ) मार्फत मानविय सेवा नेपालमा भुकम्प पिडित , बढी पिडित र स्कुल र अमेरिकामा रहेको नेपाली सामाजिक संघ सस्थाहरुलाई समाज सेवा कार्यमा सहयोग गर्दै आएकोछ ।


विश्व भर कोविड १९ कोरोना भाईरस संक्रमण महामारीको अहिलेको अवस्थामा अग्रभागमा रहेर यस आपतमा आफ्नो जीवनलाई जोखिममा राखी यथार्थ बस्तुस्थित रिपोटिंग, लेखन ,छयांकन ,सुचना सम्प्रेषण कार्यका लागि पत्रकारहरुले महत्व पूर्ण आफ्नो जिम्मेवारी निभाएको छ।
संखुवासभामा जन्मिएर काठमाडौंमा क्रियाशिल पत्रकारहरुको सामाजिक सस्था एसकाजले निष्पक्ष रुमा कुनै राजनीतिको प्रवाहामा नपरी नेपालमा काम गर्ने सस्थाको रुपमा चिरपरिचित भएको हुदा संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएशन (एसकाज)को छनोट गरि स्वास्थ्य सुरक्षा सामग्री सानो सहयोग भए पनि सहयोग हुने देखिएकोले हातेमालो गरिएको छ।


कोरोना भाईरस संक्रमण महामारीको अहिलेको अवस्थामा सुचना सम्प्रेषणमा क्रियाशिल पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामग्री वितरण गर्नका लागि सहयोग गरिएको शान्ति श्रेष्ठले जानकारी दिइन् ।


संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएशन (एसकाज)को संयोजनमा एक कार्यक्रमकाबीच पत्रकारहरूको सुरक्षा र सहजताका लागि मास्क,स्यानीटाईजर लगायत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए ।


शेयर मिशन ईन्टरनेशनलले नेपालको ग्रामिण क्षेत्रका विद्यालय तथा विद्यार्थीहरुका लागि सहयोग प्रदान गर्दै आएको छ भने आपतविपतमा परेका लागि समेत आर्थिक तथा अन्य सहयोग प्रदान गरिरहेको छ आफ्नो सस्थाबाट स्वास्थ्य सुरक्षा सामग्री सानो सहयोग भए पनि संखुवासभाली पत्रकारहरुलाई बितरण गरि दिनु भएकोमा संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएशनलाई शेयर मिशन ईन्टरनेशनलको तर्फबाट धन्यबाद दिनु भएको कुरा एग्जुकेटिब डाइरेक्टर श्याम श्रेष्ठले जानकारी दिनु भयो ।

शेयर मिसन ईन्टरनेशनल एग्जुकेटिब डाइरेक्टर श्याम श्रेष्ठ

संखुवासभा अमेरिका जनसंपर्क समितिले २ लाख ३२ हजार८९५ बाढी पिडितहरुको लागि नेपालमा सहयोग

शिलिचोङ् गाउँपालिका १ पहिरो आएको क्षेत्र

संखुवासभा जिल्लाको दुर्गम क्षेत्र मानिने शिलिचोङ् गाउँपालिका १ सिसुवाखोलामा आईतबार बिहान परेको भिषण बर्षादका कारण असार २७ गते राति पहिरो जाँदा ११ जना सम्पर्क बिहिन भएका छन् भने ४ जनाको जिबितै उद्धार गरिएको छ ।सिसुवाखोलाको बेसिन्दामा पहिरोले ९ घर बगाएको छ।
यस आपत बिपत दैबी प्रकोपको समयमा आपतकालीन सहयोग गर्न नेपाली काँग्रेस संखुवासभाको सभापति दीपन कुमार श्रेष्ठले फेसबुकबाट देश ,बिदेसमा रहनु भएका नेपालीहरुमा तत्कालै सहयोग गरि दिन अनुरोध गर्नु भएको थियो।

नेपाली काँग्रेस संखुवासभाले प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग गर्ने उदेश्यले स्थापना गरेको नेपाली काँग्रेस बिपद राहत कोषमा भखर जुलाई महिनामा गठन गरिएको संखुवासभ अमेरिका जनसंपर्क समितिले जिल्लामा परेको यस्त्यो आपत बिपतमा सानो तिनो सहयोग भए पनि रकम २, ३२,८९५|= सहयोग उपलब्ध गराउन सफल भएकोछ ।

संखुवासभा जिल्ला घर भै अमेरीकामा बिभिन्न पेशा ब्यवसायमा संलग्न रहेका नेपालीहरुबाट रकम संकलन गरि उक्त रकम उपलब्ध गराईएको र यस घडीमा सहयोग गर्नु हुने सबैलाई धन्यबाद समेत संखुवासभा अमेरीका जनसम्पर्क समितिका अध्यक्ष कृष्णराज गिरीले दिनु भएको छ । वहाँले प्राकृतिक बिपदबाट पिडितलाई तत्काल राहत उपलब्ध गराउन उक्त रकम पठाईएको र थप रकम संकलन हुने क्रम जारी रहेकाले सहयोग गर्न चाहने दाताहरुलाई थप सहयोगको समेत आग्रह गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष कृष्णराज गिरी

पहिरोमा ११ जना बेपत्ता भएका छन् भने बेपत्ताको खोजिमा खटिएका १ जनाको ज्यान समेत गएको थियो । पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका बिस्थापीत ८२ घरका ३ सय ८० जनालाई पहिरो जाँदा बिस्थापीत भएकालाई अस्थाई बसोबासको ब्यवस्था गर्न अस्थाई बसोबासका लागि सिसुवाको बुधबारे बजारमा टेन्ट निर्माण कार्य शुरु गरिएको छ ।

अस्थाई बसोबासका लागि सिसुवाको बुधबारे बजारमा टेन्ट निर्माण
स्थानीय स्तरमा खटिएका शुरक्षाकर्मी

दिल सिङ्ग श्रेष्ठको परिवारहरुबाट स्वास्थ्य उपचारमा सहयोग

संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर ९ ढुंगेधारा स्वर्गीय दिल सिङ्ग श्रेष्ठको परिवारहरुका सन्तानले आफ्नो परिवारका सदस्यहरुलाई आपत बिपतमा मानवताको नाताले सहयोग गर्ने बचन बध्दता अनुसार खाँदबारी निवासी राम बहादुर श्रेष्ठको हेल्पिङ्ग हेण्डस सामुदायिक अस्पताल चाबहिलमा स्वास्थ्य उपचार भै रहेको अबस्थामा स्वास्थ्य उपचारको लागि हामी अमेरिकामा बसोबास गरि बस्ने दिल सिङ्ग श्रेष्ठको परिवारहरुबाट जे जति सानो तिनो सहयोग गरौ भनि फोन ,फेस बुकबाट परिवारका सदस्यहरु संग सर सल्लाह गरि सहयोग गर्ने मनकारी दाताहरुमा सहयोग जुटाउनका लागि पहल गर्नु हुने संखुवासभा कम्युनिटी अफ यु एस ए को अध्यक्ष श्रीमति शान्ति श्रेष्ठ सल्लाहकार श्री सुरेन्द्र श्रेष्ठको तर्फबाट सहयोग गर्ने मनकारी दाताहरु सबैलाई र अमेरिकाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालमा उपचारमा सहयोग गरि दिनु हुने परिवारका सदस्यहरुमा समेत धन्यवाद दिनु भएको छ।

सहयोग प्राप्त रकम अमेरिकन डलर चार हजार चार सय एकको नेपाली रकम व्यक्ति ,व्यक्तिले नेपालमा सम्बन्धित व्यक्तिले पाउने गरि पठाई सकिएको छ। भविष्यमा हुने आपत बिपत दु:ख बिमारमा यसरी नै दिल सिङ्ग श्रेष्ठको परिवार एक जुट भई एक थुकी सुकी सय थुकी नदीको सन्देश दिनु हुने छ भन्ने आशा र बिश्वास हामी सबैले गरेका छौ।

उपचारको क्रममा स्वर्गीय राम बहादुर श्रेष्ठको जुलाई ९ ,२०२० मा स्वर्गबास हुनु भएकोमा समावेदन समेत व्यक्त गर्नु भएको छ।

सहयोग गर्ने दाताहरु
श्री बासु देव श्रेष्ठ – लांगमन्थ ,कोलोराडो $1000.00
श्री सुरेन्द्र श्रेष्ठ – बोल्डर ,कोलोराडो $1000.00
श्री मुकेस श्रेष्ठ – सियाटल ,वासिंगटन $1000.00
श्री धर्म राज श्रेष्ठ – सुपरियर ,कोलोराडो $200.00
श्रीमति शान्ति श्रेष्ठ – सेण्टिनियल ,कोलोराडो $200.00
श्रीमति पार्वती श्रेष्ठ – अरोरा ,कोलोराडो $100.00
श्री दिनेश श्रेष्ठ – बोल्डर ,कोलोराडो $100.00
श्री देवानन्द श्रेष्ठ – लांगमन्थ ,कोलोराडो $50.00
श्री नारायण चन्द्र श्रेष्ठ -ब्रयुम्फिल,कोलोराडो $51.00
श्री हरि बहादुर श्रेष्ठ – सोनमा ,क्यालिफोर्निया $200.00
श्री लिला बहादुर श्रेष्ठ – सान्त रोजा ,क्यालिफोर्निया $100.00
श्री मनोज कुमार श्रेष्ठ – सन्त रोजा ,क्यालिफोर्निया $300.00
श्री बाल कृष्ण श्रेष्ठ – थोटन ,कोलोराडो $100.00

Happy 4th July

अमेरिकाको स्वतन्त्र दिवस july4 को उपलक्ष्यमा हार्दिक शुभकामना गर्दछौ।
संखुवासभा कम्युनिटी अफ यु एस ए

संखुवासभा अमेरिका जनसम्पर्क समितिको कार्य समिति गठन

कोलोराडो ,अमेरिका
  अमेरिकामा रहेका  संखुवा सभा जिल्लाबासीहरु प्रजातान्त्रिक बिचारमा आस्था राख्ने तथा  नेपाली कांग्रेसंग विगतमा प्रत्यक्ष संलग्न र समर्थन राख्दै आएका नेपाली कांग्रेसका  अनुयायीहरु  बिभिन्न राज्यमा रहनु भएका बौध्दिक  साथीहरुको  बिच मिति जुलाई १ ,२०२० का दिन Zoom छलफलको  भेलामा आयोजक संखुवासभा जिल्ला पाचखपन नगरपालिका ४  हाल क्यालिफोर्निया निवासी  संयोजक कृष्ण राज गिरीको अध्यक्षतामा बसेको भेला छलफलबाट निम्न महानुभाबहरु रहनु भएको एक कार्य समिति तथा सल्लाहकार बनाउने सहमति भयो। संखुवासभा अमेरिका जनसम्पर्क समिति  नेपाली कांग्रेस पार्टीको भातृ संगठन होइन तर नेपाली कांग्रेस प्रति  सुभेक्षा गर्नेछ । जिल्लामा हुने नेपाली कांग्रेसका गतीविधिहरुमा सहयोग पुर्याऊने छ।  अमेरिकामा रहेको नेपाली जनसम्पर्क अन्तरगत पनि यो सस्था  रहदैन यो भिन्दै आफ्नो बिधान अनुसार विभिन्न सामाजिक  क्रियाकलाप आफ्नो जिल्ला संखुवासभा र अमेरिकामा समाज सेवी  कार्य गर्ने गराउने छ एउटा सामाजिक सस्थाको रुपमा आगाडि बड्ने छ ।

अध्यक्ष  कृष्ण राज गिरी

कार्य समिति
१ ,अध्यक्ष  श्री कृष्ण राज गिरी-क्यालिफोर्निया
२,बरिस्ठ उपाध्यक्ष  श्री  महिपाल घिमिरे – क्यालिफोर्निया
३  उपाध्यक्ष श्रीअर्जुन कुमार कार्की – न्यु योर्क
४  महासचिब श्री पदम राज तामांग – कोलोराडो
५  सचिब  श्री नेत्र पोखरेल  – कोलोराडो
६ , सह सचिब श्री दिनेस  डागी-न्यु योर्क
७  , कोषाध्यक्ष श्री छिरिङ्ग शेर्पा  – क्यालिफोर्निया
८ , सदस्य श्री बिशु दाहाल – क्यालिफोर्निया
९ ,सदस्य श्री बिनोद गौली- कोलोराडो
१० सदस्य श्रीमति दावा शेर्पा  – क्यालिफोर्निया
११ ,सदस्य श्री निर मणि कालाखेती -क्यालिफोर्निया
१२ ,सदस्य श्री प्रकास बोहरा -न्यु योर्क
१३ ,सदस्य श्रीमति नम्रता दाहाल -क्यालिफोर्निया
१४  सदस्य श्री सुरथ कुमार डागी -क्यालिफोर्निया
१५ ,सदस्य श्री अशोक तामांग -जोर्जिया
    सल्लाहकार
1, श्री धर्म राज श्रेष्ठ – कोलोराडो
२  ,श्री धर्म राज कोइराला -क्यालिफोर्निया
३ श्रीमति पियुष दाहाल -क्यालिफोर्निया
४ ,श्री हरिकुमार श्रेष्ठ -कोलोराडो
५  श्री गोपाल घिमिरे – क्यालिफोर्निया
६ श्रीमति कल्पना दाहाल -क्यालिफोर्निया
७ ,श्री रोसन ढुंगाना – टेक्सास