हार्दिक बधाई तथा शुभकामना

         संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ८ पाठकगाउँ स्थायी ठेगाना भई हाल काठमाण्डौं निवासी नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियालाई सबैधानिक परिषदबाट निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारीस हुनुभएकोमा संखुवासभाकम्युनिटी अफ यु एस ए अमेरिकाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको लागि शुभकामना ब्यक्त गर्दछौं।

बेदनिधि दाहाल
का. वा. अध्यक्ष
संखुवासभा कम्युनिटी अफ यु एस ए
अमेरिका (परिवार )

अमेरिकाको पहिलो नेपाल डे परेड कोलोराडो , बोल्डर शहर


हरि कुमार श्रेष्ठ
अरोरा (कोलोराडो )


                                   हेल्पिङ्ग हेण्डस हेल्थ एजुकेस यु एस ए को सस्थापक अध्यक्ष श्री नारायण श्रेष्ठको सकृय पहलमा सन् २००४ देखि कोलोराडोको बोल्डर सिटिले अप्रिल महिनाको तेस्रो आइतबारलाई नेपाल डे को लागि अफिसियल मान्यता दिदै आएको छ । नेपाली नयाँ बर्षको अवसर समेत पर्ने उक्त दिनमा कोलोराडो राज्यका सबै नेपाली र नेपाललाई माया गर्ने अमेरिकीहरु जम्मा भै नेपालको परम्परागत भेषभुषा र संस्कृति झल्काउने पहिरन र नृत्य संगीत सहित बोल्डर सहर परिक्रमा गर्दै नेपालको चिनारिदिने परम्परा रहदै आएको छ ।
                                            हेल्पिङ्ग हेन्डस हेल्थ एजुकेस यु एस ए ले सुरु गरेको र रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल कोलोराडोले निरन्तरता दिदै आएको यो कार्यक्रम कोलोराडोका सबै नेपाली सामाजिक संघ , संस्थाहरु संगको साझेदारी गर्दै सबैको समान हैसियत र संलग्नतामा साझा कार्यक्रमको रुपमा मनाउन संस्थाहरुको ब्यानर सहित सहभागीको लागि रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आधिकारिक जानकारी अनुसार कोलोराडो राज्यको बोल्डर शहरमा मिति :१४ अप्रिल २०१९ (बैशाख १, २०७६) परेड सुरुहुने -१२ :३० बजे स्थान: Bandshell 1212 Canyon Blvd ,Boulder,Co,80302 सबै नेपालीहरु भेला भै नेपालको कला ,सस्कृति पहिचानले सजिएको परेड सुरु हुदा शहरको सडकका छेउ छाउमा उभिएर रमित हेर्ने विदेशीहरुका लागि आकर्षण र नेपालीहरुको एकताको संदेश जाने छ ।
                                 अमेरिकामा पहिलो नेपाल डे परेट कोलोराडोको बोल्डर शहरमा आयोजना हुने कार्यक्रममा , अमेरिकामा संखुवासभा समाजको उदय भए पछि संखुवासभा जिल्लाको नेवारी समुदायको लाखे नेपाल परेड डे को एउटा आकर्षण बढेको छ । यस्तै कोलोराडो नेवारी खल ले भक्तपुरमा बजाइने धिमे बाजा नेवारी समुदायको पुरानो धिमे  बाजाले पनि परेडको लागि रमाइलो बाताबरण बनाएको छ । नेपाल डे परेटमा नेपालीहरुको भेटघाट परिचय हुने अवसर पनि हो । कोलोराडोको बोल्डर शहरमा हुने नेपाल डे परेटमा अमेरिका स्थित नेपाली दुताबासको पनि सहभागिता रहदै आएको छ । यस महान कार्यमा नेपालीहरुले आफ्नो व्यस्थता कार्यलाई पनि वास्था नगरी आफ्नो बाल बच्चा र परिवार सहित नेपाली भेष भुषामा आफ्नो सहभागिता जनाउदै आएका छन । आफ्नो व्यक्तिगत सहभागिताले नेपाल र नेपालीको प्रतिष्ठा बढाएको छ । नेपाल डे परेडमा  सहभागिता गरौ नेपालको पहिचान दिऔ |                                                                                            कोलोराडो राज्यको बोल्डर शहरमा आयोजित नेपाल डे परेटका गत बर्षहरुका केहि फोटोहरु

डा. शिशिर श्रेष्ठ (MD ) लाई हार्दिक बधाई तथा शुभकामना


                    संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर १ खाँदबारी बजार निवासी , संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सल्लाहकार श्री मनोज कुमार श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमती लिला श्रेष्ठको जेष्ट छोरा , आजीवन सदस्य डा. शिशिर श्रेष्ठ (MD )संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर १ खाँदबारी बजार जन्म भै सुर्य बोडिंग स्कुल खाँदबारीमा अध्ययन गरि अमेरिकाको क्यालिफोर्निया राज्य सान्त रोजा सिटि स्थित , Santa Rosa High School पास गरि Bachelor in science University of Davis र Medical University of Antigua School of Medicine बाट MD गरि हाल अमेरिकाको Brandon Regional Hospital Tampa , Florida मा आफ्नो नोकरी पाउन सफल भएको छ । अमेरिका जस्त्यो बिकासिल देशमा अध्ययन र रोजगार पाउन सफल हुनु महत्व पूर्ण कार्य हो । डाक्टरी पेशामा लगनसिल ,इमान्दार हुनु अति आबश्यक छ । मानबको सेवा गर्ने जीवन दान दिने उच्च पेशा डाक्टरी पेशा हो । आफ्नो जिल्ला र सस्थाको सदस्य भएको नाताले यसरी प्रगतिका कुराहरु जानकारी सर्व साधारणमा दिन पाउनु सस्था आफैमा गौरवान्वित , सौभाग्य हुने अवसर पाएकोछ । यस खुसियालीको समयमा संखुवासभा समाज अमेरिकाको तर्फबाट डा. शिशिर श्रेष्ठलाई उतरोतर प्रगतिको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

बधाई तथा शुभकामना

 
                              संखुवासभा जिल्ला पाचखपन नगरपालिका ७, बिहीबारे हाल अमेरिकाको क्यालिफोर्निया राज्य निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको बोड अफ डाइरेक्टर श्री पदम थापाको कार्यरत कार्यालय United Health Group को मैनेजर पदमा पदोन्नोति हुनु भएकोले संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको मिति मार्च १० ,२०१९ मा बसेको कार्य समितिको बैठक बाट उतरोतर प्रगति र कार्यकाल सफलताको कामना सहित बधाई तथा शुभकामना दिने समेत निर्णय गरिएको छ ।

NRNA NCC USA को बोड अफ डाइरेक्टर पदमा जीवन कुमार जोशीको उम्मेदवारीको घोषणा


                गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको आगामी २०१९ -२०२१ का लागि हुने निर्वाचनमा NRN अमेरिकोको बोड अफ डाइरेक्टर पदमा विगत २२/२३ बर्ष देखि अमेरिकाको विभिन्न शहरमा बसोबास गर्दै हाल टेक्सास निवासी संखुवा सभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सल्लाहकार जीवन कुमार जोशीले उमेध्दवारी घोषणा गर्नु भएको छ । संखुवा सभा जिल्ला चैनपुर बजारमा जन्म भै एस एल सी परिक्षा उतिर्ण गरि काठमाण्डौ मा आइ उच्च शिक्षा अध्ययन पुरा गर्नु भएको छ । अमेरिकामा रहेका नेपाली संघ,सस्था संग आबध्द भै नेपालीहरुलाई परेको आपत बिपतमा गर्नु भएको सहयोग महत्व पूर्णछ । वहाले आफ्नो महत्व पूर्ण कार्यलाई पनि वास्था नगरी सामाजिक कार्यमा समय दिएर गर्नु भएको सहासी कार्यले आज अमेरिकामा नेपाली समुदायमा समाज सेवी बन्न सफल हुनु भएको छ । हाल वहा आफनो ब्यबसाय संचालन गरेर समाज सेवामा लागि रहनु परेको छ ।
        कर्मभूमि अमेरिकामा अल्पसंख्यकमा रहेका नेपाली अमेरिकनहरूको हक र हितको सुरक्षार्थ एनआरएनले एक्यवद्धता जाहेर गरेर अगाडी बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै जीवन कुमार जोशीको उमेध्दवारी घोषणाले नेपाली समुदायमा एनआरएन जस्तो गरिमामय ग्लोबल संस्थाले सबै संग सहकार्य गरेर अगाडी बढ्नुपर्ने धारणा भएकोले गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) अमेरिकाको आजिबन सदस्यहरु तथा सदस्यहरुले मुल्यांकन गरि सहि काम गर्न , समय दिन सक्ने निस्वार्थ व्यक्तित्वहरुलाई निर्वाचित गराउने कुरामा नेपाली समुदायको आशा र बिश्वास लिएको छन् ।

सङ्खुवासभा राष्ट्रसेवक कर्मचारी समाज, काठमाण्डौ बन भोज कार्यक्रम

काभ्रेपलाञ्चोक जिल्लाको साँगा, बनेपामा मिति २०७५-११-२५ गते आयोजित सङ्खुवासभा राष्ट्रसेवक कर्मचारी समाज काठमाण्डौको तेस्रो साधारण सभा र बन भोज कार्यक्रम सम्पन्न भएको छ।भेलाले गेहनाथ भण्डारीलाई समाजको दोश्रो कार्यकालको लागि अध्यक्ष सहित अन्य १३ सदस्यीय कार्यसमितिको चयन भएको छ । सङ्खुवासभा जिल्लाबाट आएर विभिन्न क्षेत्रमा संलग्न भई राष्ट्रसेवामा समर्पित विशिष्ट व्यक्तित्वहरु, राष्ट्रसेवक कर्मचारीहरु, पेशाकर्मी, व्यवसायीहरु तथा राजनीतक व्यक्तित्वहरु समेतको उल्लेख्य उपस्थिति रहेको थियो । फोटो सौजन्य :- फेसबुक सङ्खुवासभा राष्ट्रसेवक कर्मचारी समाज, काठमाण्डौ

राजदुत डा.श्री अर्जुन कार्की संग भेटघाट


अमेरिकाको क्यालिफोर्निया राज्यको नरवार्क शहरमा अबस्थित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरको उध्दघाटन अमेरिकाको लागि नेपाली महामहिम राजदुत डा.श्री अर्जुन कार्कीज्यूको बाहुलीबाट हुने कार्यक्रममा राजदुत संग पशुपति फौण्डेसनका सस्थापक अध्यक्ष तथा दाता , संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सल्लाहकार श्री भक्त थापा तथा सस्थापक आजीवन सदस्य श्रीमति नानु थापा बाट भेटघाट

भेटघाट

भेटघाट
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिका अध्यक्ष श्री मति शान्ति श्रेष्ठले खाँदबारी सेवा समाज काठमाण्डौको अध्यक्ष श्री दान बहादुर श्रेष्ठ संग काठमाण्डौ ,नेपालमा भेटघाट गर्नु भएको छ । खाँदबारी सेवा समाज काठमाण्डौको सदस्य श्री जिवनाथ पोखरेल र अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर , अमेरिकाको महासचिब श्री श्याम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।