नेपाली समुदायको आवाज उठाउन पाउ :- जीवन कुमार जोशी एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरको उमेध्दवार

संखुवासभा जिल्लाको चैनपुरमा जन्मनु भएका विगत २२/२३ बर्ष देखि अमेरिकाको विभिन्न शहरमा बसोबास गर्दै हाल  टेक्सास निवासी जीवन कुमार जोशीले एनआरएनए भनेको बिदेशमा रहनु भएका नेपालीहरुको साझा घर हो । यहि घरको पारिवारिक सदस्यको नाताले एनआरएनए अमेरिकाको मे १८ र १९ ,२०१९ मा हुने निर्वाचनमा यस पटक बोर्ड अफ डाइरेक्टरको उमेध्वारी भै निर्वाचनको लागि अगाडि छन् |

                         अमेरिका आएपछि पनि जोशीले नेपाली समुदायको हितमा धेरै लगानी र समय खर्चेका अमेरिकामा नेपाली समुदायमा रहेर थुप्रै काम र गतिविधिमा सेवा गर्नु भएको छ । संखुवासभा कम्युनिटी अफ यु एस ए ननपर्फिट ओर्गनाइजेसन 501 (c )(3 ) को सस्थापक आजीवन सदस्य तथा सल्लाहकार रहनु भएका छ । हाल वहा आफनो ब्यबसाय संचालन गरेर समाज सेवामा लागि रहनु परेको छ ।
                                       अहिलेको अबस्थामा एनआरएनए अभियान कसरी अगाडि लान सकिन्छ भन्ने चिन्तनमा लागि अमेरिकाको विभिन्न शहरमा नेपाली समुदायहरुमा आफ्नो भेटघाटमा ब्यस्थ रहनु भएका एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरको उमेध्दवार श्री जीवन कुमार जोशी लाइ तपाई हाम्रो सहि मुल्याकन गरि  मतदान गरेर निर्णय गर्नु अति महत्व ठानेका छौ ।
            एनआरएनए अमेरिकाको मे १८ र १९ ,२०१९ मा हुने निर्वाचनमा बोर्ड अफ डाइरेक्टरको उमेध्दवार जीवन कुमार जोशीलाइ अत्याधिक मतले बिजयी गराई सेवा गर्ने अवसर दिन मतदाताहरुमा बिनम्र अनुरोध गर्दछौ ।

निर्वाचन सम्बन्धि सुचना


संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको आगामी बर्ष २०१९ -२०२१ को लागि पदाधिकारी १३ र बोड अफ डाइरेक्टर १२ गरि २५ जनाको जुन ८ ,२०१९ का दिन निर्वाचन दिन तोकिएकोले सस्थाको बिधान अनुसार सर्व सम्मतको बाताबरण मे ७ ,२०१९ सम्म बनाउने सो बाताबरण न भएमा मे ८ ,२०१९ मा निर्वाचन तालिका प्रकासन गरिने छ । नब निर्वाचित कार्य समितिले अगष्ट १ ,२०१९ देखि कार्यभार समाल्ने छ । सस्थाको बिधान अनुसार एप्रिल ३० ,२०१९ सम्म सदस्य भएका व्यक्ति उमेध्दवार ,भोटर हुन् पाउने छ ।सदस्य फारम www .sankhuwasabhausa।org मा उपलब्ध छ ।

नारायण चन्द्र श्रेष्ठ – संयोजक 
गौलोचन प्रधान – सदस्य 
निर्वाचन समिति 
संखुवासभा कम्युनिटी अफ यु एस ए 
अमेरिका

१३औ पुण्य तिथिमा समबेदना


नेपाली समाज अमेरिकाको अभिभावक , समाज सेवी ,बिध्दान कोलोराडो राज्य गोल्डेन शहर निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सस्थापक आजीवन सदस्य तथा सल्लाहकार स्वर्गीय प्राध्यापक डा.बिष्णु बहादुर श्रेष्ठको April 19 ,2019 को दिन १३औ पुण्य तिथिमा संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको तर्फ बाट समबेदना व्यक्त गर्न परिवारहरुको उपस्थितिमा सस्थाका महासचिब श्री हरि कुमार श्रेष्ठले बाचन गरि समबेदना पत्र स्व. बिष्णु बहादुर श्रेष्ठको धर्मपत्नी सस्थाका सस्थापक आजीवन सदस्य श्रीमती सबिता श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

स्वर्गीय डा: बिष्णु बहादुर श्रेष्ठको अन्तिम दाहसस्कार


अमेरिकामा बसोबास गरि बस्ने नेपाली समाजका अभिभाबक समाज सेवी , बिध्दान कोलोराडो राज्य , गोल्डेन सिटि निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सस्थापक आजीवन सदस्य तथा सल्लाहकार स्वर्गीय डा: बिष्णु बहादुर श्रेष्ठको अन्तिम दाहसस्कार बारे सम्पूर्ण महानुभाबहरुको जानकारीको लागि अनुरोध गर्दै आफ्नो अमुल्य समय दिएर उपस्थित भै अन्तिम श्रद्धाञ्जली दिन हार्दिक अनुरोध गर्दछौ ।
Day/Date: Friday, April 12th, 2019
Venue:
Horan and McConaty Funeral Service
3020 Federal Blvd
Denver, CO 80211
Schedule:
11am – viewing
Noon – service
1pm – cremation

हार्दिक समवेदना


संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सल्लाहकार कोलोराडो राज्य गोल्डेन सिटि निवासी डाक्टर (प्रो) श्री बिष्णु बहादुर श्रेष्ठ ७९ बर्षको उमेरमा एप्रिल ७ , २०१९ आइतबारको दिन Acute long Tem Hospital , Lakewood Colorado मा उपचारको क्रममा बिहान १.१० बजे असामयिक निधन भएकाे खबरले मर्माहित बनाएको छ । मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । साथै यस दुखत घडीमा शोक सन्तप्त परिवार जनमा पर्न गएको दु:खत घटनामा धर्य धारणा गर्ने शक्तिको लागि पशुपति नाथ संग प्रार्थना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।
बेदनिधि दाहाल 
का.वा. अध्यक्ष 
संखुवासभा कम्युनिटी अफ यु एस ए 
अमेरिका (परिवार )

हार्दिक बधाई तथा शुभकामना


संखुवासभा जिल्ला सभापोखरी गाउपालिका , बितलब निवासी श्री विश्व कुमार भट्टराई ससस्त्र प्रहरीको एस पी पदमा पदोन्नोति हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना सहित कार्यकाल सफलताको कामना गर्दछौ ।
हरि कुमार श्रेष्ठ
महासचिब
संखुवासभा कम्युनिटी अफ यु एस ए
अमेरिका(परिवार )

हार्दिक बधाई तथा शुभकामना

         संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ८ पाठकगाउँ स्थायी ठेगाना भई हाल काठमाण्डौं निवासी नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियालाई सबैधानिक परिषदबाट निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारीस हुनुभएकोमा संखुवासभाकम्युनिटी अफ यु एस ए अमेरिकाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको लागि शुभकामना ब्यक्त गर्दछौं।

बेदनिधि दाहाल
का. वा. अध्यक्ष
संखुवासभा कम्युनिटी अफ यु एस ए
अमेरिका (परिवार )

अमेरिकाको पहिलो नेपाल डे परेड कोलोराडो , बोल्डर शहर


हरि कुमार श्रेष्ठ
अरोरा (कोलोराडो )


                                   हेल्पिङ्ग हेण्डस हेल्थ एजुकेस यु एस ए को सस्थापक अध्यक्ष श्री नारायण श्रेष्ठको सकृय पहलमा सन् २००४ देखि कोलोराडोको बोल्डर सिटिले अप्रिल महिनाको तेस्रो आइतबारलाई नेपाल डे को लागि अफिसियल मान्यता दिदै आएको छ । नेपाली नयाँ बर्षको अवसर समेत पर्ने उक्त दिनमा कोलोराडो राज्यका सबै नेपाली र नेपाललाई माया गर्ने अमेरिकीहरु जम्मा भै नेपालको परम्परागत भेषभुषा र संस्कृति झल्काउने पहिरन र नृत्य संगीत सहित बोल्डर सहर परिक्रमा गर्दै नेपालको चिनारिदिने परम्परा रहदै आएको छ ।
                                            हेल्पिङ्ग हेन्डस हेल्थ एजुकेस यु एस ए ले सुरु गरेको र रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल कोलोराडोले निरन्तरता दिदै आएको यो कार्यक्रम कोलोराडोका सबै नेपाली सामाजिक संघ , संस्थाहरु संगको साझेदारी गर्दै सबैको समान हैसियत र संलग्नतामा साझा कार्यक्रमको रुपमा मनाउन संस्थाहरुको ब्यानर सहित सहभागीको लागि रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आधिकारिक जानकारी अनुसार कोलोराडो राज्यको बोल्डर शहरमा मिति :१४ अप्रिल २०१९ (बैशाख १, २०७६) परेड सुरुहुने -१२ :३० बजे स्थान: Bandshell 1212 Canyon Blvd ,Boulder,Co,80302 सबै नेपालीहरु भेला भै नेपालको कला ,सस्कृति पहिचानले सजिएको परेड सुरु हुदा शहरको सडकका छेउ छाउमा उभिएर रमित हेर्ने विदेशीहरुका लागि आकर्षण र नेपालीहरुको एकताको संदेश जाने छ ।
                                 अमेरिकामा पहिलो नेपाल डे परेट कोलोराडोको बोल्डर शहरमा आयोजना हुने कार्यक्रममा , अमेरिकामा संखुवासभा समाजको उदय भए पछि संखुवासभा जिल्लाको नेवारी समुदायको लाखे नेपाल परेड डे को एउटा आकर्षण बढेको छ । यस्तै कोलोराडो नेवारी खल ले भक्तपुरमा बजाइने धिमे बाजा नेवारी समुदायको पुरानो धिमे  बाजाले पनि परेडको लागि रमाइलो बाताबरण बनाएको छ । नेपाल डे परेटमा नेपालीहरुको भेटघाट परिचय हुने अवसर पनि हो । कोलोराडोको बोल्डर शहरमा हुने नेपाल डे परेटमा अमेरिका स्थित नेपाली दुताबासको पनि सहभागिता रहदै आएको छ । यस महान कार्यमा नेपालीहरुले आफ्नो व्यस्थता कार्यलाई पनि वास्था नगरी आफ्नो बाल बच्चा र परिवार सहित नेपाली भेष भुषामा आफ्नो सहभागिता जनाउदै आएका छन । आफ्नो व्यक्तिगत सहभागिताले नेपाल र नेपालीको प्रतिष्ठा बढाएको छ । नेपाल डे परेडमा  सहभागिता गरौ नेपालको पहिचान दिऔ |                                                                                            कोलोराडो राज्यको बोल्डर शहरमा आयोजित नेपाल डे परेटका गत बर्षहरुका केहि फोटोहरु

डा. शिशिर श्रेष्ठ (MD ) लाई हार्दिक बधाई तथा शुभकामना


                    संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर १ खाँदबारी बजार निवासी , संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सल्लाहकार श्री मनोज कुमार श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमती लिला श्रेष्ठको जेष्ट छोरा , आजीवन सदस्य डा. शिशिर श्रेष्ठ (MD )संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर १ खाँदबारी बजार जन्म भै सुर्य बोडिंग स्कुल खाँदबारीमा अध्ययन गरि अमेरिकाको क्यालिफोर्निया राज्य सान्त रोजा सिटि स्थित , Santa Rosa High School पास गरि Bachelor in science University of Davis र Medical University of Antigua School of Medicine बाट MD गरि हाल अमेरिकाको Brandon Regional Hospital Tampa , Florida मा आफ्नो नोकरी पाउन सफल भएको छ । अमेरिका जस्त्यो बिकासिल देशमा अध्ययन र रोजगार पाउन सफल हुनु महत्व पूर्ण कार्य हो । डाक्टरी पेशामा लगनसिल ,इमान्दार हुनु अति आबश्यक छ । मानबको सेवा गर्ने जीवन दान दिने उच्च पेशा डाक्टरी पेशा हो । आफ्नो जिल्ला र सस्थाको सदस्य भएको नाताले यसरी प्रगतिका कुराहरु जानकारी सर्व साधारणमा दिन पाउनु सस्था आफैमा गौरवान्वित , सौभाग्य हुने अवसर पाएकोछ । यस खुसियालीको समयमा संखुवासभा समाज अमेरिकाको तर्फबाट डा. शिशिर श्रेष्ठलाई उतरोतर प्रगतिको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

बधाई तथा शुभकामना

 
                              संखुवासभा जिल्ला पाचखपन नगरपालिका ७, बिहीबारे हाल अमेरिकाको क्यालिफोर्निया राज्य निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको बोड अफ डाइरेक्टर श्री पदम थापाको कार्यरत कार्यालय United Health Group को मैनेजर पदमा पदोन्नोति हुनु भएकोले संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको मिति मार्च १० ,२०१९ मा बसेको कार्य समितिको बैठक बाट उतरोतर प्रगति र कार्यकाल सफलताको कामना सहित बधाई तथा शुभकामना दिने समेत निर्णय गरिएको छ ।