निर्वाचन समिति गठन

 

संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समितिको मिति जुलाई ६,२०२६ मा बसेको बैठक बाट संयोजक श्री नारायण चन्द्र श्रेष्ठ ( सल्लाहकार ), सदस्य श्री गणेश श्रेष्ठ “अपेक्षा ” (बोड अफ डाइरेक्टर) , सदस्य श्रीमति सुष्मा श्रेष्ठ(बोड अफ डाइरेक्टर) सदस्य भएको निर्वाचन समिति गठन गरिएको छ।

निर्वाचन समितिले आबश्यक छलफल गरि अगस्त ८ ,२०२६ निर्वाचन सम्पन्न गर्न हाल कायम कार्य समितिको पदावधि समाप्त भई नया कार्य समितिले कार्य सम्पादन सुरु गर्ने हुदा , निम्न पद अध्यक्ष १ ,बरिष्ट उपाध्यक्ष १ , उपाध्यक्ष ४, महासचिब १,कोषाध्यक्ष १, सचिब १, पब्लिक रिलेसन अफिसर १,प्लानिंग अफिसर १, इभेन्ट अफिसार १ ,टेक्निकल अफिसर १ ,बोड अफ डाइरेक्टर ८ , निर्वाचन बाट छनोट गर्ने छ।

संखुवासभा कम्युनिटी अफ यु एस ए को निर्वाचन अगष्ट ८ ,२०२६ मा हुने हुदा नया सदस्य निर्वाचन सम्पन्न नभए सम्म नया सदस्य बन्न स्थगित गरिएको छ। नया सदस्य बन्नको लागि निर्वाचन सम्पन्न भए पछि नया सदस्य खुल्ला हुने छ । पछि निर्वाचन समितिले पछि निर्वाचन तालिका प्रकाशन गर्ने छ।