अग्नि पिडित एकल महिलालाई राहात रंगिन जस्तापा

संखुवा सभा कम्युनिटी अफ यू. एस.ए.अमेरिका बाट खॅादवारी नगरपालिका वडा नं १ डडारेमा मिती २०७९ कार्तिक १९ गते आगो लागी ध्वस्त भएको एकल महिला तारा कोइरालाको घरमा छाना लगाउन रू ५०,०००/ बराबरको रंगिन जस्तापाता संखुवा सभा कम्युनिटी अफ यू. एस.ए.को जिल्ला कोडिनेटर किरण कुमार शाक्यले राहत प्रदान गर्ने काम सम्पन्न भयो । अग्नी पिडीत तारा कोइरालाले आफूलाई यो निस्वार्थ सहयोगले जाडोमा कठयांग्रिन वाट जोगाएको भन्दै दाता संस्थालाई धेरै धेरै धन्यवाद दिनुभयो ।