ब्रेष्ट क्यान्सरबाट पिडित मेनी श्रेष्ठलाई आर्थिक सहयोग

अमेरिका । अमेरिकाकाको कानून अनुसार गठन भएको संखुवासभा कम्युनिटी अफ युएसएले बिरामीलाई आर्थिक सहयोग गरेको छ । ब्रेष्ट क्यान्सरबाट पिडित मेनी श्रेष्ठलाई अमेरिकी डलर ५ हजार ६ सय चौतिस सहयोग गरेको हो ।

संखुवासभा जिल्ला माइती भएकी हाल अमेरिका न्यूयोर्क निवासी संखुवासभा कम्युनिटी अफ युएसएका आजीवन सदस्य मेनी श्रेष्ठ सानो उमेरमा नै बे्रष्ट क्यान्सरबाट पिडित भई किमो उपचार गराई रहेकी छन् ।
संखुवासभा कम्युनिटी अफ युएसएले आफ्नो संस्थाको तर्फबाट बिरामीलाई भेटी सहयोग रकम हस्तान्तरण गरेको छ । सहयोग रकम हस्तान्तरण गर्न संखुवासभा कम्युनिटी अफ युएसएका अध्यक्ष शान्ति श्रेष्ठ र महासचिव हरिकुमार श्रेष्ठ न्यूयोर्क ज्याक्सन हाइट स्थित बुद्ध ट्याक्सको अफिस पुगी बिरामीका पति अभिषेक छ्होचनलाई भेटी अमेरिकन डलर ५ हजार ६ सय ३४ संस्थाकी अध्यक्ष शान्ति श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो ।

सामाजिक कार्यमा सहयोग गर्ने मनकारी दाताहरु मुकेश श्रेष्ठ, अन्जु श्रेष्ठ (वासिंङटन), नोयनाथ पोखरेल, उमा पोखरेल (कोलोराडो), कर्म तेञ्जिङ्ग भोटिया, ज्यामु भोटिया (कोलोराडो), श्याम श्रेष्ठ, शान्ति श्रेष्ठ (कोलोराडो), हरिकुमार श्रेष्ठ, पार्वती श्रेष्ठ (कोलोराडो), मनोजकुमार श्रेष्ठ, लिला श्रेष्ठ (क्यालिफोर्निया), पदमराज तामाङ, निर्मला तामाङ (कोलोराडो), सरद श्रेष्ठ, बर्षा श्रेष्ठ (कोलोराडो), बिष्णु पौडेल “सितल” सरस्वति शर्मा (भर्जिनिया), चेतमान श्रेष्ठ, सरस्वती श्रेष्ठ (कोलोराडो) रिपेन्द्र कार्की, श्रीमती सकुन कार्की (कोलोराडो), सुष्मा श्रेष्ठ (कोलोराडो), रिविका श्रेष्ठ (कोलोराडो), समिर श्रेष्ठ (कोलोराडो) कृष्णराज गिरी (क्यालिफोर्निया) कामछिरिङ्ग शेर्पा (क्यालिफोर्निया) कुमार श्रेष्ठ (इलोलोनिया) डम्बर श्रेष्ठ, पारु महर्जन (कोलोराडो) नारायणचन्द्र श्रेष्ठ (कोलोराडो) ले सहयोग गरेका हुन् ।

ridhishidi inner news – squareyamaha- inside news squaremaruti siment- inside of news- square

सहयोग रकम हस्तान्तरण कार्यक्रममा सिपीए पशुपति श्रेष्ठले आफ्नो कार्यालय बुद्ध ट्याक्स अफिस कक्ष उपलब्ध गराउनुका साथै सहभगिहरुलाई खाजाको ब्यवस्था गर्नुभएको थियो । संस्थाको तर्फबाट सामाजिक कार्यमा सहयोग गर्ने सहयोगीदाता सबैलाई धन्यवाद ब्यक्त गरिएको छ ।