कांग्रेस म्यान जो नेगस् र नेपाली समुदाय विच अन्तर्रकृया हुदै

BY नातिबाबु भट्ट 

अगष्ट २०, २०१९ कोलोराडो, अमेरीका । कोलोराडोमा अमेरीकी संसदका काग्रेस म्यान जो नेगस् र नेपाली तथा हिन्दी भाषी समुदाय बिच अन्तर्रकृया कार्यक्रम आयोजना हुने भएको छ ।

हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको संयोजनमा कोलोराडो डिष्ट्रिक २ का कांग्रेस म्यान जो नेगस् संग नेपाली तथा हिन्दी भाषी समुदायको सामुदायिक विकास लगायत बिभिन्न बिषयमा आगामी अगष्ट २५ तारिक आईतबारका दिन अन्तर्रकृया हुन लागेको हो ।

छलफल तथा प्रश्नोत्तर कार्यक्रममा ईमिग्रेण्टहरुका लागी अमेरिकी सरकारबाट लागु भएका निती तथा कार्यक्रम, टि पि एस्, भिसा स्ट्याटस चेन्ज, ओभर स्टे, स्वास्थ्य , शिक्षा, बसोबास , रोजगारी लगायतका बारेमा आफुलाई परेका समस्या कांग्रेस म्यान समक्ष राख्न पाईने संयोजक श्रेष्ठले बताएका छन् ।

नेपाली तथा हिन्दी भाषी समुदायको समस्या तथा त्यसका समाधानका उपायहरु सोझै अमेरिकी संसदका कांग्रेस म्यान समक्ष राख्न पाउने यस सुनौलो अवबसर हो । यस अवसरको सहि सदुपयोग गर्ने वातावरण श्रृजना गर्न सयोजक श्रेष्ठले कोलोराडो स्थित नेपाली संघ संस्थाका पदाधिकारी, समाज सेवी, बुद्धी जिवी, पत्रकार, कलाकार, सर्वसाधारण सबैलाई अनुरोध गरेका छन् । उनले यहा स्थित सबै शहरका नेपाली बिच यस अवसरको सुचना पु¥याई उनीहरुका समस्या संकलन गरी कार्यक्रमलाई प्रभावकारी बनाउन समेत आग्रह गरेका छन् ।

आगामी अगष्ट २५ तारिक आईतबारका दिन दिउसो २ बजे देखि ४ बजे सम्म  लाफेट पब्लिक लाईब्रेरी ( 775 Baseline Rd. Lafayette, Co. 80026) मा सम्पन्न हुन लागेको कार्यक्रमको रकि माउन्टेण्ड फ्रेण्डस् अफ नेपालले भोलेन्टियर गर्न लागेको संस्थाका महासचिव विनय दाहालले बताएका छन् ।