टिपन टापन डायरीको पन्ना बाट

हरि कुमार श्रेष्ठ
संखुवासभा जिल्लाको निजि क्षेत्र्मा शिक्षाको क्षेत्रमा योदान पुर्याउन खाँदबारी निवासी स्व. शिब कुमार गौलीले खांदबारीमा सुरुवात गर्नु भएको पहिलो प्राइबेट बोडिंग लिटिल फ्यावर स्कुल हो । यस लिटिल फ्यावर बोडिंग स्कुल स्थापना भए पछि बिद्यार्थीको नाम लेखाउने पहिलो नम्बरमा नाम दर्ता गर्ने मेरो छोरी र दुई नम्बरमा मेरो साथीको छोरा (हाल डा. राजु अधिकारि ) हो । केहि बर्ष संचालन भै भोजपुर जिल्ला ,फलिकोटको बल राम कार्कीलाइ बिक्रि गरि संचालनमा थियो ।

तत्कालिन हिमालय माध्यमिक बिद्यालय खाँदबारीका प्रधान अध्यापक जंग बहादुर प्रसाद ठाकुर र तत्कालिन हिमालय निम्न माध्यमिक बिद्यालय खाँदबारीका प्रधान अध्यापक चन्द घुण्डेले सो बोडिंग खरिद गरि सो बोडिंगको नाम परिबर्तन गरि मकालु बोडिङ्ग स्कुल बाट संचालन भै सो बिद्यालय खाँदबारीका डिएन श्रेष्ठले खरिद गरि सके पछि विद्यालयको नाम परिबर्तन गरि सुर्य बोडिंग स्कुलको नाम बाट २०४४ साल देखि संचालन भै शिक्षाको क्षेत्रमा जिल्लाको उत्कृस्ट बिद्यालय आज पुग्न सफल भएको छ । हाल विद्यालयको आफनै जग्गा जमिनमा ,भवन र भौतिक सुबिधा सम्पन्न छ । संखुवा सभा जिल्लामा उच्च सुर्य आवासीय माध्यामिक बिद्यालय बन्न सफल भएको छ ।

(सुर्य बोडिंग स्कुल ब्यबस्थापन समितिका अध्यक्ष स्व. सुर्य बहादुर श्रेष्ठको साथमा बिद्यालय संचालक समितिका सदस्यहरु , शिक्षक र कर्मचारीहरुको साथमा २०५० साल फोटो सौजन्य सरोज श्रेष्ठ खादबारी )

यस बिद्यालय (सुर्य बोडिंग स्कुल) संचालन भए पछि ब्यबस्थापन समितिको अध्यक्ष डि एन श्रेष्ठ , लोक बहादुर श्रेष्ठ , सुर्य बहादुर श्रेष्ठ , हरि कुमार श्रेष्ठ ,२०५८ पछि डि एन श्रेष्ठ र श्रीमति राजेश्वरी श्रेष्ठले गर्नु भै हाल यस विद्यालयका संरक्षक तथा संचालक नारायण श्रेष्ठले ब्यबस्थापन गरि आउनु भएको छ । भोलिका दिनमा यस बिद्यालयको प्रगतिको कामना गरौ ।