मादीको जन प्रतिनिधिहरु


एउटा ऎतिहासिक जो संखुवासभा जिल्लाको मादी बिर्ता गाउ पंचायतका प्रधान पंच ,उप प्रधान पंच, मादी रामबेनी गाबिसका अध्यक्ष ,उपाध्यक्ष हाल मादी नगरपालिकाको मेयर उपमेयरहरू फोटो संकलन गरि पुर्व प्रधान पन्च अर्जुन कुमार दाहालले फेसबुकमा राख्नु भएको छ। आफ्नो ठाउको इतिहासलाई यसले बिर्शन दिने छैन। जनप्रतिनिधिहरु जसको योगदानले स्थानीय जिल्ला राष्ट्रको बिकासमा महत्व पूर्ण भूमिका निभाएकोछ। यस्ता व्यक्तित्वहरुको परिचय समाजमा दिलाउनु बुध्दिजीबी लेखक समाज सेवीहरु र पत्रकार बर्गको काधमा आज आएकोछ ।

मादी बिर्ता गाउ पंचायतका प्रधान पंच ,उप प्रधान पंच

१, २०१७ सालमा मनोनोत प्रधान पंच श्री बद्रि प्रसाद पहाडी :- बडाहाकिमबाट मनोनित संखुवा सभा जिल्लाको पहिलो जिल्ला पंचायत सभापति


२, प्रधानपंच स्व. भवानी प्रसाद दाहाल(सिरिरे )
२ , उप प्रधानपंच स्व. नारायण कृष्ण श्रेष्ठ


३ प्रधानपंच स्व. त्रैलोक्य नाथ दाहाल :- चार कार्यकाल निर्वाचित
३ ,उप प्रधान पंच स्व. टेक नाथ दाहाल
३, उप प्रधान पंच स्व. पर्शुराम दाहाल
३ उप प्रधान पंच स्व. भोज राज दाहाल
३, उप प्रधान पंच श्री सेवन्त राज दाहाल


४ , प्रधान पंच श्री अर्जुन कुमार दाहाल :- दुइ कार्यकाल निर्वाचित
४, उप प्रधान पंच श्री टंक बहादुर थापा
४,उप प्रधान पंच स्व. सोभित मान कार्की


मादी रामबेनी गाबिसका
१, अध्यक्ष श्री भरत राज दाहाल
१, उपाध्यक्ष श्री जीव प्रसाद सन्तोषी दाहाल


२, अध्यक्ष श्री केशब प्रसाद दाहाल
२, उपाध्यक्ष श्री कुल बहादुर कोरंगी


मादी नगरपालिका
१, मेयर श्री बिदुर कुमार लिङ्थेप्
१, उपमेयर श्रीमति उर्मिला सुबेदी