सल्लाहकार र बोड अफ डाइरेक्टर पदमा मनोनयन


संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समितिको निर्णय अनुसार निम्न आजीवन सदस्यहरुलाइ सस्थाको बिधान अनुसार सल्लाहकार पद र बोड अफ डाइरेक्टर पदमा मनोनयन गरिएको छ । सल्लाहकार बढीमा २१ जना सम्म र बोड अफ डाइरेक्टर चार जना मनोनयन गर्न पाउने सस्थाको विधानमा उल्लेख छ ।
सल्लाहकार
१ श्री हरि बहादुर श्रेष्ठ(खाँदबारी ) – सोनामा , क्यालिफोर्निया
२ ,श्री धर्म राज श्रेष्ठ(खाँदबारी ) – सुपारीयर ,कोलोराडो
३ ,श्री भक्त थापा(वाना) – आर्टिसिया ,क्यालिफोर्निया
४ श्री जीवन कुमार जोशी(चैनपुर ) – स्टेफेनविल्ल , टेक्सास
५ श्री दुर्गा प्रसाद श्रेष्ठ(ओक्तेन ) – रेण्टोन , वासिंगटन
६ ,श्री सुरेन्द्र श्रेष्ठ(खाँदबारी ) – बोल्डर ,कोलोराडो
७ श्री लेण्डुक भोटिया(च्याम्ताङ्ग ) -डोरेंगो ,कोलोराडो
८, श्री काजि बहादुर बुढाथोकी(गुवाबारी ) – फायरफक्स, भर्जिनिया
९ श्री हेम कुमार श्रेष्ठ(सेखाह) – लांगमन्थ -कोलोराडो
१० श्री नारायण चन्द्र श्रेष्ठ(रानिछाप ) – बुम्फिल्ड ,कोलोराडो
११ ,श्रीमती सरिता श्रेष्ठ(काठमाण्डौ ) -सेण्टिनियल , कोलोराडो
१२ ,श्री नबिन गुरुङ(माल्टा ) -डोरेंगो ,कोलोराडो
१३ ,डा निरन्जन श्रेष्ठ(खाँदबारी ) – सेण्टिलिया , इलिनोय
बोड अफ डाइरेक्टर
१ श्री जीवन प्रधान (खाँदबारी ) – बैजु , आइडहवा
२ ,श्री गणेश श्रेष्ठ “अपेक्षा ” (माल्टा )-डोरेंगो ,कोलोराडो
३ ,श्री सन्तोष काफ्ले (बिराटनगर )- अरोरा -कोलोराडो
४ ,श्री गौलोचन प्रधान(दोलखा ) -अरोरा -कोलोराडो

सल्लाहकार 


बोड अफ डाइरेक्टर 

कोलोराडोमा मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको परियोजनामा सहयोग

हरिकुमार श्रेष्ठ, कोलोराडो

  मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको दुइ हप्ताको लागि नेपाली समुदायहरुले आयोजना गर्ने कार्यक्रममा अमेरिका  आउदा वासिंगटन राज्यको सियाटल शहर , क्यालिफोर्निया राज्यको सान्त रोसा , सन्फान्सिस्को शहरको भेटघाट कार्यक्रम पछि कोलोराडो राज्यको नेपाली संघ ,सस्थाहरुले आयोजना हुने कार्यक्रममा सहभागी हुन् डेनभर शहरमा आउनु भएको थियो । मिस नेपाललाइ डेन्भर इन्टरनेसनल एयरपोटमा संखुवासभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट अध्यक्ष शान्ति श्रेष्ठ , महासचिब हरिकुमार श्रेष्ठ र सेयर मिसन इन्टरनेसनल अमेरिकाको अध्यक्ष श्याम श्रेष्ठले स्वागत गर्नु भएको थियो ।


मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको डेन्भरको भेटघाट कार्यक्रमको प्रमुख अथिति हेल्पिङ्ग हेण्डर हेल्थ एजुकेसन यु एस ए का अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठको उपस्थितिमा  कार्यक्रमको बारेमा साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदालले सम्बोधन गर्नु भएको थियो ।


अनुष्का श्रेष्ठले आफनो परियोजना बारेमा जानकारी दिदै अनुष्का किन अमेरिकाको वेस्ट कोष ,इस्ट कोष १४ दिन किन घुमिराखेको छ ? भन्ने प्रस्न उठी रहेको हुन् सक्छ | जब म १८ बर्षमा नेपालमा हाइस्कुल सकी अन्डर ग्याजुयासन अध्ययनको लागि अस्ट्रेलियाको सिड्नी गए अध्ययन सकिए पछि मेरो लाइन कमर्स हो बैकिङ्गमा काम गरि राखेको मान्छे कसरि ब्युटी फेसनमा लागे , कम्युनिटीमा लाग्न मिस नेपाल एउटा मंच हो जस्त्यो मलाई लग्यो । मिस नेपालमा हामी २० जना प्रतिष्पर्धामा मैले मिस वर्ल्ड २०१९ मा जाने मौका मिल्यो । नेपालको प्रतिनिधिको रुपमा भाग लिने औसर पाएको छु ।


वल्डमा एक सय तिस राष्ट्रका मिस वर्ल्ड प्रतिनिधिहरुले आफ्नो देशमा गरेका परियोजनाहरुको मुल्यांकन हुनेछ । म सिड्नीमा रहदा मिस नेपाल सियानियामा विजय हासिल गरेको सानो धन रासीबाट नेपालमा केहि गरु भन्ने भावनाले मिस नेपाल हुनु भदा अगाडी म सिन्धुपलाञ्चोक जिल्लाको सोलसिङ गाउ पुगेको थिए । सोलसिङ गाउ पुग्न काठमाण्डौबाट ७०-७५ माइल गाडीमा सात घण्टा लाग्छ । छ  सय जनसंख्या र एक सय चालिस घरधुरी भएको यो गाउमा  कक्षा एक देखि कक्षा सात सम्म पढाई हुने निम्न माध्यमिक बिघ्यालय छ | एक सय बिस  जना बिघ्यार्थी  दुई शिक्षक छ ।एक सय बिस  जना बिघ्यार्थीको लागि दुई शिक्षकको पढाईमा शिक्षाको गुणस्तर कस्त्यो हुन्छ ? यो गाउ पहिले चेलीबेटी बेच बिखन प्रख्यात ,बिजुली बत्ति नपुगेको गाउ, भुकम्प बाट ८० प्रतिसत ग्रस्त गाउ हो ।


यस गाउका मान्छे आय आर्जनका लागि काठमाण्डौ र इण्डिया ठेक्का पट्टाको लागि जाने गर्दछन ।बच्चाहरु स्कुल नगएर घरमा आमाहरुलाइ काम सधाउछन  | कक्षा सात  पास भए पछि कक्षा आठ अध्ययन गर्न तिन घण्टा हिडेर जानु पर्छ । यस गाउका एक सय चालिस घर धुरीका  आमाहरुको लागि आय आर्जन र बच्चाहरुको लागि शिक्षा  परियोजनाको लागि  शिक्षा र आय आर्जनको दिगो बिकासमा तिन बर्षको लागि सहयोग गर्ने


१ , शिक्षक दुई जना नेपाल सरकारको तलब स्केल अनुसार भुक्तानी दिने गरि हाल दुई जना शिक्षक नियुक्ति गरि सकेको

 २ ,कक्षा सातबाट  आठ कक्षामा जाने बिघ्यार्थीहरुका पढाई , खाना बस्नको लागि महिनाको पाच हजार दिने तर उनीहरु स्कूलले उपलब्ध गराएको कोठामा बस्नु पर्ने


३) घरमा बस्ने आमाहरुकोलागि आय आर्जनको लागि गरि खाने बाटो देखाई दिन कार्पेट बुनाइ , इट्टा बनाउने ,टायल कटिंग,अगर बत्ति धुप बनाउने , र आफैले कमाएको पैसाले बच्चाहरुको शिक्षामा सहयोग गर्नु सकुन । तालिम दिने ,उत्पादन समान खरिद,बिक्रि र ऋणको लागि सहकारी संग समन्वय गर्ने ब्यबस्था समेत मिलाई सकेको छ ।

कार्यक्रममा विभिन्न प्रस्नहरु पनि सोधिएको थियो ।
उपस्थित सहभागी संघ सस्थाको प्रतिनिधि वल्ड नेवा इन्टरनेसनल  अर्गनाइजेसनको  उपाध्यक्ष भुवन कुमार श्रेष्ठ ,नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय उपाध्यक्ष धर्म राज श्रेष्ठ

, बल्ड डोनर अमेरिकाको क्षेत्रीय कोडिनेटर भुषण लाल श्रेष्ठ , रकी माउन्टेण्ड फेण्डस अफ नेपाल कोलोराडोको अध्यक्ष बिनोद त्रिपाटी, त मु धी कोलोराडोको अध्यक्ष चन्द्र बहादुर गुरुङ ,सेयर मिसन इन्टरनेसनल अमेरिकाको अध्यक्ष श्याम श्रेष्ठ, नेवा खल कोलोराडोका मनोज काजि तुलाधर , संखुवासभा कम्युनिटी अफ यु एस ए को अध्यक्ष शान्ति श्रेष्ठ,

समाज सेवी, उद्योगी पेम्बा शेर्पा ,ब्यापारी ,समाज सेवी बाबु काजि श्रेष्ठ ,संखुवासभा कम्युनिटी अफ यु एस ए को इभेन्ट अफिसर सरद श्रेष्ठ



 रकी माउन्टेण्ड फेण्डस अफ नेपाल कोलोराडोको उपाध्यक्ष मणि राज बस्नेत,  संखुवासभा कम्युनिटी अफ यु एस ए को महासचिब हरिकुमार श्रेष्ठ , समाज सेवी मदन कृष्ण श्रेष्ठ, समाज सेवी राम गोपाल श्रेष्ठ र मिस केटि हिलम्यान  ब्यापारी ,समाजसेवी महिलाहरुकोले आफ्नो परिचय सहित मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको परियोजनमा सहयोग गर्ने बचन सहित मिस वर्ल्ड २०२० को सफलताको शुभकामना व्यक्त गरिएको थियो ।
मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको परियोजनाको लागि कोलोराडो बासि मनकारी दाताहरुले सहयोग गर्नु भएको संकलित रकम एक हजार आठ सय डलर


कार्यक्रमको प्रमुख अथिति नारायण श्रेष्ठले अनुष्का श्रेष्ठलाइ सोहि कार्यक्रममा हस्तान्तरण गर्नु भै सो परियोजनामा संलग्न समुदायहरुको लागि हेल्पिङ्ग हेण्डर हेल्थ एजुकेसन यु एस ए बाट बर्षको एक वा दुइ पटक नि:शुल्क स्वास्थ्य शिबिर संचालन गर्ने समेत बचन दिनु भयो ।


कार्यकम संचालन समाज सेवी ,कलाकार कृष्ण मुरारी ढुंगेल गर्नु भएको थियो ।

कोलोराडोमा पहिलो साँगितिक साझ


गायिका सत्यकला राई 
गायक  बसन्त लम्साल 
गायक  दिनेश कार्की
गायक महेश बुढाथोकी
गायक गौतम सगर राई


अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा हाम्रो आवाज अन्लाईन टिभि को प्रस्तुती नमस्ते कोलोराडो पहिलो साँगितिक साझ भब्य रुपले सम्पन भएकोछ । कोलोराडोका बिभिन्न नेपाली संघ संस्थाको प्रतिनिधी देखी पन्ध्रौ पटक सगरमाथा आरोही छिरिङ्ग दोर्जी शेर्पा

र नावाङ वाङ्छु शेर्पाको उपस्तिथी रहेको उक्त कार्यक्रमको सन्चालन दिनेस कार्कीले गरेका थिए । प्राज्ञ एवम लोकप्रिय गायिका सत्यकला राईले तिमीलाई हंगकङ्ग पुर्यायो गाउदा सबै आ आफ्नो सिट बाट उठेर ताली बजाउदै नाचेका थिए । दुइ घण्टाको साँगितिक कार्यक्रममा प्राज्ञ सत्यकला राई

 

,लोकप्रिय गायक महेश बुढाथोकी ,बसन्त लम्साल ,गौतम सगर राई ,दिनेश कार्कीको बेजोड प्रस्तुतीको साथमा एस बि के डि ग्रुप डान्सको कलाकार भाइ बहिनी हरुको नृत्यले माहोल रोचक बनाएको थियो । कार्यक्रममा उपस्थित नेपाली संघ संस्थाको प्रतिनिधी, सहयोगी दाताहरु


, अथिति कलाकारहरुलाइ सम्मान गरि प्रमाण पत्र दिईएको थियो भने हाम्रो आवाज अन्लाईन टि भि बाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रम रोचक र आनन्दमय थियो ।

संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको नयाँ कार्य समिति (2019-2021 )

मानबिय सेवा गर्ने उदेश्य साथ् अमेरिकाको विभिन्न स्टेटमा बसोबास गरि बस्ने संखुवासभा जिल्लाका समुदायहरुको सामाजिक सस्था अमेरिकाको कानुन अनुसार दर्ता भएको nonprofit organization 501(c)(3) संखुवासभा कम्युनिटी अफ युएसए हो । नेपालको संखुवासभा जिल्लामा जन्मिएका सन्तानहरुको सन्तान र सो जिल्लामा घर जग्गा भएको व्यक्ति सस्थाको सदस्य हुन् पाउने छ । आजीवन सदस्य पारिवारिक $150.00 सिंगल (१८ बर्ष माथि ) $100.00 र साधारण सदस्य दुइ बर्षको $25.00 डलर बुझाएर सदस्य लिन सकिने छ । हाल सम्म पारिवारिक १५२ सिंगल १९ गरि १७१ आजीवन सदस्य छ। सस्था जन्मिएको २ बर्षको दौरानमा विभिन्न कार्य गरि सकेको छ । जसको बिबरण सस्थाको वेब साइड www . sankhuwasabhausa.org छ ।संखुवासभालिहरु अमेरिकाको ५० राज्य मध्ये बढी कोलोराडो राज्यमा बसोबास रहेको हुदा सस्थाको हेड क्वाटरको रुपमा रहेको छ ।
संखुवासभा कम्युनिटी अफ युएसए को चौथो अधिबेसन कोलोराडो राज्यको ,वेष्टमिनिष्टर सिटीमा जुन ८ ,२०१९ मा सम्पन्न बार्षिक साधारण सभाको बन्द सत्रले सर्व सम्मति बाट श्रीमती शान्ति श्रेष्ठको अध्यक्षतामा (२०१९ -२०२१) को लागि कार्य समिति चयन भएको छ । सो कार्य समितिले अगष्ट १ ,२०१९ देखि पदभार समाली कार्य संचालन गर्ने छ ।श्रीमती शान्ति श्रेष्ठको यो सहित दोस्रो कार्यकाल रहने छ ।
संखुवासभा कम्युनिटी अफ युएसए अमेरिकाको कार्य समितिको पद ,नामावली निम्न अनुसार छ ।
1 ,अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ(जनकपुर )-सेंतिनियल सिटि , कोलोराडो
2 ,बरिष्ठ उपाध्यक्ष श्री नोयनाथ पोखरेल(माने भन्ज्यांग) -थोरोटन सिटि ,कोलोराडो
3 ,उपाध्यक्ष श्री बेदनिधि दाहाल(मादी मुलखर्क ) – इर्विंग सिटि , टेक्सास
4 ,उपाध्यक्ष श्री मुकेस श्रेष्ठ(खाँदबारी ) – ल्यन्वोड सिटि , वासिंगटन
5 ,उपाध्यक्ष श्री बिष्णु पौडेल “सितल(आखिभुइ) – चन्तिल्ली सिटि , भर्जिनिया
6 ,उपाध्यक्ष श्री मनोज कुमार श्रेष्ठ(खाँदबारी ) – सान्त रोसा सिटि , क्यालिफोर्निया
7 महासचिब श्री हरिकुमार श्रेष्ठ(खाँदबारी ) – अरोरा सिटि, कोलोराडो
8 ,कोषाध्यक्ष श्री कर्म तेञ्जिङ्ग भोटिया(च्याम्ताङ्ग ) – डोरेङ्गो सिटि , कोलोराडो
9 ,सचिब श्री पदम राज तामांग (पिप्लेटार) -कोलोराडो स्प्रिंग सिटि , कोलोराडो
10 ,पब्लिक रिलेसन अफिसर श्री रिपेन्द्र कार्की(खाँदबारी ) – लांगमान्थ सिटि ,कोलोराडो
11 ,प्लानिग अफिसर श्री प्रमोद श्रेष्ठ(खाँदबारी )- लांगमान्थ सिटि ,कोलोराडो
12 ,इभेन्ट अफिसर श्री सरद श्रेष्ठ (खाँदबारी ) – सेंतिनियल सिटि , कोलोराडो
13 ,टेक्निकल अफिसर श्री अनिमेष श्रेष्ठ(खाँदबारी ) – अरोरा सिटि , कोलोराडो
बोर्ड अफ डाइरेक्ट
1 ,श्री चेतमान श्रेष्ठ (चैनपुर ) – लांगमान्थ सिटि,कोलोराडो
2 ,श्रीमती कमला पोखरेल (नुम ) – इरि सिटि , कोलोराडो
3 ,श्री देवानन्द श्रेष्ठ (खाँदबारी ) -कमर्स सिटी,कोलोराडो
4 ,श्री पदम थापा (वाना ) -अरटेसिया सिटी , क्यालिफोर्निया
5 , श्रीमती सुष्मा श्रेष्ठ (धनकुटा ) – डकोना सिटी ,कोलोराडो
६, श्री कृष्ण राज गिरि (लिङ्ग लिङ्ग ) -क्यास्ट्रो वेल्ली सिटी ,क्यालिफोर्निया
7 ,श्रीमती रिभा श्रेष्ठ (खाँदबारी ) – अर्वादा सिटी , कोलोराडो
8 ,श्री लक्ष्मी कुमार गुरुङ (माल्टा ) – मेडिसन सिटि , विस्कंसन

संखुवासभामा मन्दिर बनाउन नौ लाख दिने बासुदेब र रत्न प्रभा श्रेष्ठ दम्पति सम्मानीत


संखुवा सभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सस्थापक आजीवन सदस्य कोलोराडो राज्य निवासी बासुदेब र रत्न प्रभा श्रेष्ठले संखुवा सभा जिल्ला खाँदबारी नगरपालिका १ जालपा देवी र सिंह देवी मन्दिर निर्माणका लागि नेपाली रुपया नौ लाख सहयोग गरेका छन् । । नेपाल भ्रमणमा रहनु भएका श्रेष्ठ दम्पत्तिलाई सजक टोलले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । सजक टोलका अध्यक्ष सीता शाक्य, सचिव निरु बस्नेत लगायत पदाधिकारीले उनीहरुलाई सम्मान गरेका थिए । रकम सहयोग पछि मन्दिरको पुननिर्माण भइसकेको छ ।

संखुवासभा कम्युनिटी अफ युएसएको चौथो अधिबेसनमा सस्थाका प्रतिबेदन महासचिब हरिकुमार श्रेष्ठबाट प्रस्तुत


सङखुवा सभा कम्युनिटी अफ युएसएको चौथो अधिबेसनको  अध्यक्ष ज्यु ,अमेरिकाको लागि नेपाली राजदुत महामहीम डा. अर्जुनकुमार कार्की  ज्यु , हेल्पिङ्ग हेन्ड्स हेल्थ एजुकेसन युएसएको अध्यक्ष तथा सस्थाको संरक्षक श्री नारायण श्रेष्ठ ज्यु , लायन्स कल्ब डिस्टीक ६ गर्भनर श्रीमती मिचेल गिल ज्यु , आमन्त्रीत नेपाली सामाजीक संध सस्थाका अध्यक्ष ज्यूहरु , ब्यबसाही तथा समाज सेवीहरु,  सल्लाहकार ज्यूहरु,कार्य समितिका पदधिकारी तथा सदस्य ज्यूहरु आजिवन सदस्य ज्यूहरु  , उपस्थित सजन बृन्द

       सङखुवा सभा समाज अमेरिकामा गठन भएपछि  तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रबेश गर्दैछौ ।अमेरिकाको विभिन्न राज्यमा सङखुवासभा जिल्लाबासीहरुको बसोबास रहेको पाउछौ। एक आपसमा चिना परिचय ,आपत बिपतमा एक अर्का बिच सहयोग अमेरिकामा रहेका भावी सन्ततिहरुले पुर्खाको जन्मथलाकोे कला सास्कृति,भाषालाई जगाई राख्न, जिल्लाको विकाशमा होस्टेमा हैसे,विश्वमा आपत बिपत, दैबी प्रकोप मानवीय सेवामा समर्पित हुन सामाजिक सस्थाको आवश्यता महशुष गरि सङखुवासभा जिल्लाबासीहरुको नामबाट अमेरिकाको कानुन अनुसार Non Profit Organizations सामाजिक सस्थाको रुपमा दर्ता भएको  Sankhuwasabha Community Of USA  सङखुवासभा समाज अमेरिका हो  । हाम्रो सस्थाले ३ वटा अधिबेसन सम्पन्न गरि आज अमेरिकामा बसोबास गरि बस्ने संखुवासभालीहरुको चौथो  अधिबेसन सम्पन्न गर्न गैरहेकाछौ ।

            अमेरिका जस्तो ब्यस्थ देशमा समय निकाल्नु आफैमा उत्साही भावना रहेको हुन्छ ।  सङखुवासभा जिल्लावासीहरु भौतिक रुपमा टाढा भए पनि जिल्लावासीको नाताले भावनात्मक रुपमा अत्यन्तै नजिक  हुनु आजको आबश्यकता हो। अमेरिकामा बसोबास गरि रहेका सङखुवासभा जिल्लाबासीहरुलाई कोलोराडो राज्यमा आज हुन गै रहेको अधिबेसनको लागि कार्यक्रममा  सहभागी हुन इमेल,फेस बुक र फोनबाट  सम्पर्क गरिएको थियो । सस्थाले गरेका केहि महत्व पूर्ण कार्यको जानकारी गराउन अनुमति चाहन्छु जो निम्न अनुसार छ ।

स्मारीका प्रकाशन

 सस्थालाई समाजमा चिना परिचय गराउने उदेश्य राखि यस सस्थाको एउटा दस्ताबेजको रुपमा पहिलो अंक प्रकाशीत गरि दोस्रो अंक दशैको समयमा स्मारिका प्रकाशन गर्नेछौ । पहिलो अंक प्रकाशनमा शुभकामना आर्थिक सहयोग  दिनु भै सस्थाको लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान गर्नु हुने दाताहरुलाई धन्यबाद दिन चहान्छु।

सन्ध्या पन्तको सहयोग:-सङखुवासभा, खादबारीमा  बिजुली करेन्ट लागि दुर्घटना भै दुवै हात  गुमान पुगेकी सभापोखरी गाँउपालीका वाड नम्बर १ धुपु निवास११ बर्षिया सन्ध्या पन्तको उपचारको लागि सङखुवासभा  कम्युनिटी अफ यु एस एको  पहलमा जिल्लाबासीको   नाता र मानवताको नाताले   सानोतिनो  आर्थिक सहयोगका लागि  सस्थाबाट GoFundMe खोलि अगाडी बढायौ । जे जति मनकारी दाताहरुबाट हाल सम्म  प्राप्त रकम यस सस्थाको बैंक खातामा जम्मा भएको छ   केहि रकम GoFundMe  मार्फत जम्मा भएको अमेरिकन डलर $3842.06  पठाईसकी सो रकम एक कार्यक्रम बिच सङखुवासभा कम्युनिटीअफ यु एसए अमेरिकाको सङखुवासभा जिल्ला कोडिनेटर श्री किरण कुमार  शाक्यले निजका बुबा तिर्थ पन्तलाई  बैक सटही दर अनुसार नेपाली रुपया  हस्तान्तरण गरिएकोछ।  मानबिय कार्यमा सहयोग गरि दिनु हुने दाताहरुमा धन्यबाद दिन चहान्छु ।

क्यान्सर पिडित धड्रकन राई सहयोग  :-सङखुवासभा जिल्ला चिचिला गाँउपालीका निवासी १५ बर्षीय धड्रकन राईलाई क्यान्सरको उपचारमा आर्थिक  सहयोगका लागि  सस्थाबाट GoFundMe खोलि अगाडी बढायौ । सो मार्फत जम्मा भएको अमेरिकन डलर$1538.46  नेपाली  रुपया  रु 176,650 एक कार्यक्रम बिच  सङखुवासभा काठमाडौं पत्रकार समाज (एसकाज)अध्यक्ष श्री हेमन्त गौतम र मनराम फौण्डेसनका अध्यक्ष श्री सुजन कुमार श्रेष्ठबाट हस्तान्तरण गरिएकोछ। मानबिय कार्यमा सहयोग गरि दिनु हुने दाताहरुमा धन्यबाद दिन चहान्छु ।

बृहत मनकामना बिकाश परियोजना

सस्थाको एक मात्र परियोजना सङखुवासभा जिल्ला खाँदबारी नगरपालीका ९ स्थीत अरुण नदी किनारमा अबस्थीत मनकामना क्षेत्रलाई धार्मिक प्रर्यटन बिकासको लागि सस्थाको पहलमा सहयोग गर्ने उदेश्यका साथ सस्थाको तर्फबाट अमेरिकन डलर ५०००।००र सस्थापक आजीवन सदस्य श्री बासुदेब श्रेष्ठ , रत्न प्रभा श्रेष्ठबाट अमेरिकन डलर २०००।००गरि अमेरिकन डलरसात हज्जार  सहयोग जुटाउन सफल भएकाछौ सो रकम नेपाली रुपयाँ खाँदबारीको बैकमा सुरक्षित छ ।स्थानीय तह बाट सस्थाको उदेश्य अनुसार समन्वय भए पछि निर्माण कार्यमा सहयोग जुटाउने पहल गरिनेछ ।

२०७६ सालको  (क्यालेण्डर)प्रकाशन

  अमेरिकामा नेपाली तिथि मिति भएको क्यालेण्डर,पात्रोको माग बढी रहेको र सङखुवासभा जिल्लाको पर्यटकीय धार्मिक ,प्रकृतीक क्षेत्रलाई बिश्व सामु प्रचार प्रसार गरि स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई जिल्ला भ्रमण गराउनु र अमेरिकामा रहेका नेपाली ब्यबसायी, उद्मोमीहरुको ब्यापारलाई प्रचार प्रसार गराउने उदेश्यका साथ २०७५ देखि यस सस्थाले क्यालेण्डर प्रकाशन गर्दै आएकोछ । २०७६ सालको क्यालेण्डर प्रकाशन गरि अमेरिकाको बिभिन्न १७ स्टेटको केही शहरहरुका घर घर  र बिश्वको १२ देशमा पुर्याउन सफल भयौ। हामीलाई यस कार्यमा हौसला दिनु हुने बिज्ञापन दाताहरुलाई धन्यबाद दिन चहान्छु । पात्रोमा बिज्ञापन ठाँउको अभाबले  केहि ब्यापार , ब्यबसायको बिज्ञापन राख्न सकिएन । सस्थालाई बिज्ञापन दिई सहयोग गर्ने दाताहरु

(1),Helping Hand Health Education USA   Nerayan Shrestha   (2),Mt . Everest Import ofHilalaya, Shyam Shrestha Denver ,Co ( 3),Surendra Shresth, RubiShrestha  Boulder ,CO  ( 4),Himalaya kitchen , Karma& jyamu Bhotia  Dorengo ,CO ( 5),Tibet imports  , Naresha+ sarita shrestha ,CO  (6),Nepal’s Café  , Hem kumar, Durga debi shrestha , Estespark, CO ( 7,)Budhda Thai Cuisine,Kabita ,CO  ( 8), USNEPAL News Bikalparajuli   (9),Fast &Easy Mart ,Manoj, Lila Shrestha , Santa Roja ,CA  (10),Dr. Niranjan  Shrestha MD SC ,IL  (11),Little, Nepal  India Restaurant , Porusotam Pande BhagawatiPande , Colorado spring, CO  (12),Mehak Restaurant    Mahima shrestha Denver Co  (13),Nepal Tibet Imports ,Pranesa ,Mina masky , Fort Collins ,CO  (14), Bhakta Thapa  , Nanu Thapa, Artesia .CA  (15),K Smoke , Durga PShrestha , Mukesha Shrestha  Seattle,WA ( 16,) गहना पसल   ,  Aurora,CO  (17),Asia Mart, Nepali Grocery , Ghan Shyam magar, Aurora ,CO   (18),Sam’s Housing ,LLC  Suraj Man Shrestha  (19),OlD Tibet Boulder Sheejana shresha  (20) ,Plambik sharvisa Deepak sunuwar  Colorado  (21), Yeti  Restaurant Nrayan Suname  Santa Roja California  (22), Budhda Tax Accounting  Pashupati Shrestha  Jaksan heit NY ( 23), Boulder Nepal Babu kajishresth Venus Shrestha Boulder Colorado (24),Boyer Spring Food CenterHari bahadur ,Rajeswori Shrestha Sonama California

बाढी पिडितहरुलाई राहात बितरण २०७४:- नेपालको पूर्व क्षेत्रमा आएको बाढीबाट जनधनको क्षती भएको अबस्थामा इटहरी उपनगरपालीका गैरीगाउ स्थित बाढीपिडितहरुलाई शियर मिसन इन्टरनेशनल अमेरिका,  सुरेन्द्रश्रेष्ठ, रुबि श्रेष्ठ बोल्डर कोलोराडो , संखुवा सभा कम्युनिटि अफ युएसए अमेरिकाको तर्फ बाट खाध्यन्न , लत्ताकपडा , कम्बल सस्थाका अध्यक्ष श्रीमति शान्ति श्रेष्ठबाट राहात बितरण गर्नु भएको थियो ।

सस्थाको सदस्यता :- सङखुवासभा जिल्लामा जन्मीएका सन्तानहरुका सन्तान र जिल्लामा घर जग्गा भएका ब्यत्तिहरु यस सस्थाको सदस्य हुन पाउने बिधानमा ब्यबस्था भए अनुसार  आजीवन सदस्य (पारीवारीक $150.00 सिङ्गल $100.00) तथा साधरण सदस्य २ बर्ष $25.00 तिरी सदस्य हुन पाउनेछ ।

महामहिम राजदुत डा अर्जुन कार्कीको हात बाट सस्थाको आजीवन सदस्यको प्रमाण पत्र लिदै दिनेश श्रेष्ठ

१,पारिवारीक १५०  ( २,) सिङ्गल१९   ( ३,)१८ बर्ष मुनि५२ जम्मा २२१

51c :-  यस सस्थाको 51c स्विकृतीको लागि  आबश्यक कागजात तयार गरि पठाएकोमा IRS बाट स्विकृत भै आइसकेको छ । 51c कार्यको लागि आबश्यक महत्वपूर्ण डकुमेन्ट तयार गर्न समय दिनु भएकोमा सस्थाको तर्फबाट उपाध्यक्ष श्रीमती मनिषा श्रेष्ठ सस्थापक आजीवन सदस्य श्रीश्याम श्रेष्ठलाई हार्दीक धन्यबाद दिन चहान्छु। 

आर्थिक पारदर्सिक :-  सस्थाको सदस्यताको रकम कुनै पनि प्रयोजनमा खर्च नगरी सस्थाको अचल सम्पतिमा साधरणसभाको निर्णय अनुसार लगानी गर्ने सक्नेछ। सस्थाको कुनै खर्च समितिको निर्णय अनुसार मात्र बैक मार्फत भुत्तानी गर्ने गरेकाछौ । हिसाब किताबको जानकारी इमेल मार्फत ६।६महिनामा सम्पुर्ण सदस्यहरुलाई जानकारी गराईने गरिएको छ भने कार्य समितिको  बैठकमा हिसाब किताबको जानकारी गराउने गरिएकोछ । बन्द सत्रमा कोषाध्यक्ष बाट हिसाब किताबको बृस्तित बिबरण प्रस्तुत गर्नु हुनेछ ।

सस्थाको वेब साइड :-सस्थाको वेब साइड बनाउन महत्व पूर्ण योगदान गर्नु हुने वाङ्ग भोटीयालाई धन्यबाद दिन चहान्छु सस्थाको वेब साईड संचालनमा रहेको ब्यहोरा जानकारी गराउदछु । www. sankhuwasabhausa.org

समर पिक्नीक:-  कोलोराडो राज्यमा समर पिक्नीक जुन २४,२०१८ मा सम्पन्न भएको थियो । सो कार्यक्रममा बिभिन्न स्टेटबाट आउनु भएका पाहुनाहरु,कोलोराडो राज्यमा रहेका नेपाली संघ, सस्थाका अध्यक्षहरु र कोलोराडौमा रहेका सङखुवासभालीहरुको उपस्थिती रहेको थियो।


सङखुवासभा कम्युनिटी अफ युएस ए अमेरिकाको तेस्रो अधिबेसन तथा समर पिकनिकमा खानाको लागि आबश्यक सहयोग गर्नु हुने महानुभाबहरुलाइ सस्थाको तर्फ बाट हार्दिक धन्यबाद दिन चाहन्छु।

देउसी कार्यक्रम

आफनो कला सस्कृतीलाई जगाइ राख्न र सस्थाको लागि आर्थिक सहयोग जुटाउन कोलोराडोमा देउसी कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागि:- अमेरिकाको पचास राज्य मध्ये कोलोराडो राज्यमा  अन्य राज्य भन्दा सङखुवासभा जिल्लाबासीहरुको बसोबास धेरै रहेको हुदा सस्थाको हेडक्वाटरको रुपमा कोलोराडो राज्यलाई मानि आएकाछौ । यस राज्यमा हुने नेपाली सामाजिक संघ सस्थाहरुले आयोजना गर्ने कार्यक्रममा सस्थाको तर्फबाट सहभागिता जनाउदै आएकोछौ ।

आगामि बर्षको कार्यक्रमका

सस्थाको प्रतिबेदन प्रस्तुत गर्नु हुदै महासचिब हरिकुमार श्रेष्ठ

१, सस्थाको हिसाब किताबको लेखापरिक्षण गराउने

२, लङ्गमन्थ लायन्स कल्ब संग समन्वय गरेर सङखुवासभा जिल्लामा बल्ड बैक स्थापनाको लागि पहलगर्ने

३,सङखुवासभा जिल्ला मनकामना क्षेत्रमा धार्मिक तथा पर्यटन बिकासमा आर्थिक सहयोग जुटाउन फण्डराइजीङ्गको आयोजना गर्ने

४, आपतकालीन दैबिप्रकोप मानविय सेवाको लागि जगेडा  फण्डको ब्यबस्था गर्ने

५, अमेरिकामा रहेका सङखुवासभा जिल्लाबासीहरुको सस्थाको बारेमा अन्तरक्रिया भेला गराइ ब्यापकता गराउने

६, कोलोराडो राज्यमा बल्ड डोनेसन गर्ने

७, दोस्रो स्मारिका अरुण प्रकासन गर्ने समर पिक्नीक गर्ने

बालबालिकालाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा माया गरेको ठहरिने छ–राजदुत कार्की

नातिबाब भट्ट
जुन ८, २०१९
कोलोराडो, अमेरीका
अमेरीकाकोलागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्किले संखुवासभा कम्यूनिटी अफ यूएसएको चौथो अधिवेसन उद्घाटन गर्दै प्रवासमा बसोबासगर्ने नेपालीले बाल बालिकाहरुलाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा मायागर्ने ठहरिने बताएका छन् ।
संखुवासभा जिल्लाबाट अमेरीकाको बिभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुको संस्था संखुवासभा कम्यूनिटी अफ यूएसएको चौथो अधिवेशन उद्घाटन भाषणको क्रममा उनले प्रवासमा बस्ने नेपालीलाई नेपालको ज्यादैमाया लाग्छ । खाई नखाई दुख गरेर बचाएर नेपाल पठाएको पैसा नै अहिले नेपालको मुख्य आम्दानी श्रोत बनेको छ । तर दोश्रो पुस्तालाई हाम्रो भाषा, संस्कार र संस्कृती सबै नसिकाउने हो भने उनीहरुले नेपाल बिर्सने छन् । त्यसैले बाल बालिकाहरुलाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा मायागर्ने ठहरिने बताएका हुन् । उनले कार्यक्रमलाई सम्बोधनको क्रममा अमेरीकामा बसेर नेपालको राजनिती गर्नु भन्दा अमेरिकामा राजनिती गरि निती निर्माण तहमा पुग्न सके त्यसबाट नेपालले धेरै फाईदा लिन सक्ने र आफुले त्यो हेर्न चाहेको बताएका छन् ।
संखुवासभा कम्यूनिटी अफ यूएसएका अध्यक्ष शान्ति श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालको झल्को दिनेगरी प्रमुख अतिथी र बिशेष अतिथीहरुलाई पञ्चकन्याद्धारा फुलमालाले स्वागत गरेको थियो । नेपालको राष्ट्रियगान र अमेरिकाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रमको राजदुत कार्किले पानसमा बत्तीबालेर उद्धाटन गरेका थिए ।
कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । बिशेष अतिथीको आसनबाट हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, लायन्स ६ नर्थ ईष्टका गभर्नर सिसायल गीलले सुभकामना मन्तब्य दिएका थिए । त्यस्तै सबै संघ संस्थाका तर्फबाट जनसंम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठले सुभकामना मन्तब्य दिएका थिए ।
त्यसैगरी लङमन्ट हिमालयज् लायन्स क्लवका पूर्व अध्यक्ष एबं ६ नर्थ ईष्टका ईन्भारमेन्टल चेयर प्रमोद श्रेष्ठले संखुवासभाको खादबारीमा निर्माणधिन ब्लड बैकको सहयोगार्थ लङमन्ट हिमालयज् लायन्स क्लवले अगाडि बढाएको कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा महासचिव हरिकुमार श्रेष्ठले उपस्थित सबैलाई शुभकामना मन्तब्य संगै संस्थाको प्रगती बिवरण प्रस्तुत गरेका थिए ।
यसैगरी सोही समारोहमा संखुवासभामा जन्मेर लामो समय देखी अमेरिकामा बसोबास गर्दै आएका हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठलाई नेपाल लगायत बिश्वका धेरै मुलुकहरुमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अमुल्य योगदान गरेको भन्दै सम्मान पत्र प्रदानगरि सम्मान गरिएको थियो भने, कृष्णमुरारी ढु¨ेलले उनको ब्याक्तित्व परिचय गराएका थिए । त्यस्तै संस्थालाई सहयोग गर्ने मनिशा श्रेष्ठ र ओङ भोटियालाई प्रमाण पत्र प्रदान गरिएको थियो । मनिशा श्रेष्ठ र शरद श्रेष्ठले संचालन गरेको कार्यक्रमको अन्त्यमा अध्यक्ष शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थित प्रमुख अतिथी अतिथी लगाएत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन् ।
कार्यक्रमको दोश्रो चरण बन्दसत्रमा आर्थिक प्रतिवेदन लगाएत भावी कार्ययोजनको बारेमा गहन छलफल पश्चात मार्गदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको चौथो अधिबेसनको प्रमुख आथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम ड़ा. अर्जुनकुमार कार्की  ज्यु बाट पानसमा बती बालि उद्घाटन

संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको चौथो अधिबेसनको प्रमुख आथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम ड़ा. अर्जुनकुमार कार्की

हेल्पिङ्ग हेन्डस हेल्थ एअजुकेसन यु एस ए का अध्यक्ष तथा संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको संरक्षक श्री नारायण श्रेष्ठ

लायन्स ६ नर्थ ईष्टका गभर्नर सिसायल गील
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ
स्वागत मन्तब साथ सस्थाको गतिबिधि प्रस्तुत गर्नु हुदै संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको महासचिब श्री हरि कुमार श्रेष्ठ
नेपाली जान सम्पर्क समिति अमेरिकाको केन्द्रिय उपाध्यक्ष श्री धर्म राज श्रेष्ठ
संखुवा सभा जिल्लामा बल्ड बैंकको आबश्यकता सम्बन्धि परोयोजना प्रस्तुत संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको प्लानिंग अफिसर श्री प्रमोद श्रेष्ठ
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष श्री कृष्ण मुरारी ढुंगेल
अमेरिकन राष्टिय गान गाउदै  ७ बर्षिय सियोना श्रेष्ठ
नेपाली राष्टिय गान गाउदै इभेन्ट अफिसर श्री सरद श्रेष्ठ , प्लानिग अफिसर श्री ई. प्रमोद श्रेष्ठ , टेक्निकल अफिसर श्री ई. अनिमेष श्रेष्ठ
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको चौथो अधिबेसनको प्रमुख आथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम ड़ा. अर्जुनकुमार कार्की र संरक्षक श्री नारायण श्रेष्ठ लाई पन्च कन्याबाट स्वागत
सस्थालाई सहयोग गर्ने उपाध्यक्ष श्रीमति मनिषा श्रेष्ठलाई प्रमाण पत्र
सस्थालाई सहयोग गर्ने श्री वाङ्ग भोटियालाई प्रमाण पत्र बुबा बोड अफ डाइरेक्टर श्री कर्म तेञ्जिङ्ग भोटियाले प्रमाण पत्र लिनु हुदै
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको चौथो अधिबेसनको सहभागीहरु
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको चौथो अधिबेसनको सहभागीहरु
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको चौथो अधिबेसनको प्रमुख आथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम ड़ा अर्जुनकुमार कार्कीज्युबाट संरक्षक श्री नारायण श्रेष्ठ लाई सम्मान पत्र दिनु हुदै
अमेरिकाको लागि नेपाली राजदुत महामहिम ड़ा. अर्जुनकुमार कार्की ज्युलाई सस्थाको तर्फ बाट सम्मान गरिदै
नेपाली नृत्य गर्दै ९ बर्षिय रेहाना कार्की
संखुवासभा जिल्लामा बल्ड बैंकको आबश्यक सम्बन्धि कार्य पत्र प्रस्तुत

अमेरिकामा रहेका नेपाली संघ सस्थाका केन्द्रीय स्तर पदाधिकारी ,सदस्य र कोलोराडो राज्यका अध्यक्षज्युहरुको सहभागी
अमेरिकामा रहेका नेपाली संघ सस्थाका केन्द्रीय स्तर पदाधिकारी ,सदस्य र कोलोराडो राज्यका अध्यक्षज्युहरुको सहभागी

अमेरिकामा रहेका नेपाली संघ सस्थाका केन्द्रीय स्तर पदाधिकारी ,सदस्य र कोलोराडो राज्यका अध्यक्षज्युहरुको सहभागी
प्राबिधिक टेक्निकल अफिसर श्री ई. अनिमेष श्रेष्ठ , हरि श्रेष्ठ
कार्यक्रम संचालक उपाध्यक्ष श्रीमति मनिषा श्रेष्ठ , इभेन्ट अफिसर श्री सरद श्रेष्ठ

नेपाली राजदुत महामहिम डा अर्जुन कुमार कार्कीलाई स्वागत

कोलोराडोमा सम्पन्न हुने Sankhuwasabha Community of USA को चौथो अधिबेसनको आमन्त्रित सबैलाइ स्वागत गर्दछौ  प्रमुख अथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा अर्जुन कुमार कार्कीलाई Denver International Airport मा सस्थाका अध्यक्ष श्रीमति शान्ति श्रेष्ठ , महासचिब श्री हरि कुमार श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्री श्याम श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

नेपाली समुदायको आवाज उठाउन पाउ :- जीवन कुमार जोशी एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरको उमेध्दवार

संखुवासभा जिल्लाको चैनपुरमा जन्मनु भएका विगत २२/२३ बर्ष देखि अमेरिकाको विभिन्न शहरमा बसोबास गर्दै हाल  टेक्सास निवासी जीवन कुमार जोशीले एनआरएनए भनेको बिदेशमा रहनु भएका नेपालीहरुको साझा घर हो । यहि घरको पारिवारिक सदस्यको नाताले एनआरएनए अमेरिकाको मे १८ र १९ ,२०१९ मा हुने निर्वाचनमा यस पटक बोर्ड अफ डाइरेक्टरको उमेध्वारी भै निर्वाचनको लागि अगाडि छन् |

                         अमेरिका आएपछि पनि जोशीले नेपाली समुदायको हितमा धेरै लगानी र समय खर्चेका अमेरिकामा नेपाली समुदायमा रहेर थुप्रै काम र गतिविधिमा सेवा गर्नु भएको छ । संखुवासभा कम्युनिटी अफ यु एस ए ननपर्फिट ओर्गनाइजेसन 501 (c )(3 ) को सस्थापक आजीवन सदस्य तथा सल्लाहकार रहनु भएका छ । हाल वहा आफनो ब्यबसाय संचालन गरेर समाज सेवामा लागि रहनु परेको छ ।
                                       अहिलेको अबस्थामा एनआरएनए अभियान कसरी अगाडि लान सकिन्छ भन्ने चिन्तनमा लागि अमेरिकाको विभिन्न शहरमा नेपाली समुदायहरुमा आफ्नो भेटघाटमा ब्यस्थ रहनु भएका एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरको उमेध्दवार श्री जीवन कुमार जोशी लाइ तपाई हाम्रो सहि मुल्याकन गरि  मतदान गरेर निर्णय गर्नु अति महत्व ठानेका छौ ।
            एनआरएनए अमेरिकाको मे १८ र १९ ,२०१९ मा हुने निर्वाचनमा बोर्ड अफ डाइरेक्टरको उमेध्दवार जीवन कुमार जोशीलाइ अत्याधिक मतले बिजयी गराई सेवा गर्ने अवसर दिन मतदाताहरुमा बिनम्र अनुरोध गर्दछौ ।

निर्वाचन सम्बन्धि सुचना


संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको आगामी बर्ष २०१९ -२०२१ को लागि पदाधिकारी १३ र बोड अफ डाइरेक्टर १२ गरि २५ जनाको जुन ८ ,२०१९ का दिन निर्वाचन दिन तोकिएकोले सस्थाको बिधान अनुसार सर्व सम्मतको बाताबरण मे ७ ,२०१९ सम्म बनाउने सो बाताबरण न भएमा मे ८ ,२०१९ मा निर्वाचन तालिका प्रकासन गरिने छ । नब निर्वाचित कार्य समितिले अगष्ट १ ,२०१९ देखि कार्यभार समाल्ने छ । सस्थाको बिधान अनुसार एप्रिल ३० ,२०१९ सम्म सदस्य भएका व्यक्ति उमेध्दवार ,भोटर हुन् पाउने छ ।सदस्य फारम www .sankhuwasabhausa।org मा उपलब्ध छ ।

नारायण चन्द्र श्रेष्ठ – संयोजक 
गौलोचन प्रधान – सदस्य 
निर्वाचन समिति 
संखुवासभा कम्युनिटी अफ यु एस ए 
अमेरिका