बालबालिकालाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा माया गरेको ठहरिने छ–राजदुत कार्की

नातिबाब भट्ट
जुन ८, २०१९
कोलोराडो, अमेरीका
अमेरीकाकोलागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्किले संखुवासभा कम्यूनिटी अफ यूएसएको चौथो अधिवेसन उद्घाटन गर्दै प्रवासमा बसोबासगर्ने नेपालीले बाल बालिकाहरुलाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा मायागर्ने ठहरिने बताएका छन् ।
संखुवासभा जिल्लाबाट अमेरीकाको बिभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुको संस्था संखुवासभा कम्यूनिटी अफ यूएसएको चौथो अधिवेशन उद्घाटन भाषणको क्रममा उनले प्रवासमा बस्ने नेपालीलाई नेपालको ज्यादैमाया लाग्छ । खाई नखाई दुख गरेर बचाएर नेपाल पठाएको पैसा नै अहिले नेपालको मुख्य आम्दानी श्रोत बनेको छ । तर दोश्रो पुस्तालाई हाम्रो भाषा, संस्कार र संस्कृती सबै नसिकाउने हो भने उनीहरुले नेपाल बिर्सने छन् । त्यसैले बाल बालिकाहरुलाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा मायागर्ने ठहरिने बताएका हुन् । उनले कार्यक्रमलाई सम्बोधनको क्रममा अमेरीकामा बसेर नेपालको राजनिती गर्नु भन्दा अमेरिकामा राजनिती गरि निती निर्माण तहमा पुग्न सके त्यसबाट नेपालले धेरै फाईदा लिन सक्ने र आफुले त्यो हेर्न चाहेको बताएका छन् ।
संखुवासभा कम्यूनिटी अफ यूएसएका अध्यक्ष शान्ति श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालको झल्को दिनेगरी प्रमुख अतिथी र बिशेष अतिथीहरुलाई पञ्चकन्याद्धारा फुलमालाले स्वागत गरेको थियो । नेपालको राष्ट्रियगान र अमेरिकाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रमको राजदुत कार्किले पानसमा बत्तीबालेर उद्धाटन गरेका थिए ।
कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । बिशेष अतिथीको आसनबाट हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, लायन्स ६ नर्थ ईष्टका गभर्नर सिसायल गीलले सुभकामना मन्तब्य दिएका थिए । त्यस्तै सबै संघ संस्थाका तर्फबाट जनसंम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठले सुभकामना मन्तब्य दिएका थिए ।
त्यसैगरी लङमन्ट हिमालयज् लायन्स क्लवका पूर्व अध्यक्ष एबं ६ नर्थ ईष्टका ईन्भारमेन्टल चेयर प्रमोद श्रेष्ठले संखुवासभाको खादबारीमा निर्माणधिन ब्लड बैकको सहयोगार्थ लङमन्ट हिमालयज् लायन्स क्लवले अगाडि बढाएको कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा महासचिव हरिकुमार श्रेष्ठले उपस्थित सबैलाई शुभकामना मन्तब्य संगै संस्थाको प्रगती बिवरण प्रस्तुत गरेका थिए ।
यसैगरी सोही समारोहमा संखुवासभामा जन्मेर लामो समय देखी अमेरिकामा बसोबास गर्दै आएका हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठलाई नेपाल लगायत बिश्वका धेरै मुलुकहरुमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अमुल्य योगदान गरेको भन्दै सम्मान पत्र प्रदानगरि सम्मान गरिएको थियो भने, कृष्णमुरारी ढु¨ेलले उनको ब्याक्तित्व परिचय गराएका थिए । त्यस्तै संस्थालाई सहयोग गर्ने मनिशा श्रेष्ठ र ओङ भोटियालाई प्रमाण पत्र प्रदान गरिएको थियो । मनिशा श्रेष्ठ र शरद श्रेष्ठले संचालन गरेको कार्यक्रमको अन्त्यमा अध्यक्ष शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थित प्रमुख अतिथी अतिथी लगाएत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन् ।
कार्यक्रमको दोश्रो चरण बन्दसत्रमा आर्थिक प्रतिवेदन लगाएत भावी कार्ययोजनको बारेमा गहन छलफल पश्चात मार्गदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको चौथो अधिबेसनको प्रमुख आथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम ड़ा. अर्जुनकुमार कार्की  ज्यु बाट पानसमा बती बालि उद्घाटन

संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको चौथो अधिबेसनको प्रमुख आथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम ड़ा. अर्जुनकुमार कार्की

हेल्पिङ्ग हेन्डस हेल्थ एअजुकेसन यु एस ए का अध्यक्ष तथा संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको संरक्षक श्री नारायण श्रेष्ठ

लायन्स ६ नर्थ ईष्टका गभर्नर सिसायल गील
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ
स्वागत मन्तब साथ सस्थाको गतिबिधि प्रस्तुत गर्नु हुदै संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको महासचिब श्री हरि कुमार श्रेष्ठ
नेपाली जान सम्पर्क समिति अमेरिकाको केन्द्रिय उपाध्यक्ष श्री धर्म राज श्रेष्ठ
संखुवा सभा जिल्लामा बल्ड बैंकको आबश्यकता सम्बन्धि परोयोजना प्रस्तुत संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको प्लानिंग अफिसर श्री प्रमोद श्रेष्ठ
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष श्री कृष्ण मुरारी ढुंगेल
अमेरिकन राष्टिय गान गाउदै  ७ बर्षिय सियोना श्रेष्ठ
नेपाली राष्टिय गान गाउदै इभेन्ट अफिसर श्री सरद श्रेष्ठ , प्लानिग अफिसर श्री ई. प्रमोद श्रेष्ठ , टेक्निकल अफिसर श्री ई. अनिमेष श्रेष्ठ
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको चौथो अधिबेसनको प्रमुख आथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम ड़ा. अर्जुनकुमार कार्की र संरक्षक श्री नारायण श्रेष्ठ लाई पन्च कन्याबाट स्वागत
सस्थालाई सहयोग गर्ने उपाध्यक्ष श्रीमति मनिषा श्रेष्ठलाई प्रमाण पत्र
सस्थालाई सहयोग गर्ने श्री वाङ्ग भोटियालाई प्रमाण पत्र बुबा बोड अफ डाइरेक्टर श्री कर्म तेञ्जिङ्ग भोटियाले प्रमाण पत्र लिनु हुदै
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको चौथो अधिबेसनको सहभागीहरु
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको चौथो अधिबेसनको सहभागीहरु
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको चौथो अधिबेसनको प्रमुख आथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम ड़ा अर्जुनकुमार कार्कीज्युबाट संरक्षक श्री नारायण श्रेष्ठ लाई सम्मान पत्र दिनु हुदै
अमेरिकाको लागि नेपाली राजदुत महामहिम ड़ा. अर्जुनकुमार कार्की ज्युलाई सस्थाको तर्फ बाट सम्मान गरिदै
नेपाली नृत्य गर्दै ९ बर्षिय रेहाना कार्की
संखुवासभा जिल्लामा बल्ड बैंकको आबश्यक सम्बन्धि कार्य पत्र प्रस्तुत

अमेरिकामा रहेका नेपाली संघ सस्थाका केन्द्रीय स्तर पदाधिकारी ,सदस्य र कोलोराडो राज्यका अध्यक्षज्युहरुको सहभागी
अमेरिकामा रहेका नेपाली संघ सस्थाका केन्द्रीय स्तर पदाधिकारी ,सदस्य र कोलोराडो राज्यका अध्यक्षज्युहरुको सहभागी

अमेरिकामा रहेका नेपाली संघ सस्थाका केन्द्रीय स्तर पदाधिकारी ,सदस्य र कोलोराडो राज्यका अध्यक्षज्युहरुको सहभागी
प्राबिधिक टेक्निकल अफिसर श्री ई. अनिमेष श्रेष्ठ , हरि श्रेष्ठ
कार्यक्रम संचालक उपाध्यक्ष श्रीमति मनिषा श्रेष्ठ , इभेन्ट अफिसर श्री सरद श्रेष्ठ

नेपाली राजदुत महामहिम डा अर्जुन कुमार कार्कीलाई स्वागत

कोलोराडोमा सम्पन्न हुने Sankhuwasabha Community of USA को चौथो अधिबेसनको आमन्त्रित सबैलाइ स्वागत गर्दछौ  प्रमुख अथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा अर्जुन कुमार कार्कीलाई Denver International Airport मा सस्थाका अध्यक्ष श्रीमति शान्ति श्रेष्ठ , महासचिब श्री हरि कुमार श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्री श्याम श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

नेपाली समुदायको आवाज उठाउन पाउ :- जीवन कुमार जोशी एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरको उमेध्दवार

संखुवासभा जिल्लाको चैनपुरमा जन्मनु भएका विगत २२/२३ बर्ष देखि अमेरिकाको विभिन्न शहरमा बसोबास गर्दै हाल  टेक्सास निवासी जीवन कुमार जोशीले एनआरएनए भनेको बिदेशमा रहनु भएका नेपालीहरुको साझा घर हो । यहि घरको पारिवारिक सदस्यको नाताले एनआरएनए अमेरिकाको मे १८ र १९ ,२०१९ मा हुने निर्वाचनमा यस पटक बोर्ड अफ डाइरेक्टरको उमेध्वारी भै निर्वाचनको लागि अगाडि छन् |

                         अमेरिका आएपछि पनि जोशीले नेपाली समुदायको हितमा धेरै लगानी र समय खर्चेका अमेरिकामा नेपाली समुदायमा रहेर थुप्रै काम र गतिविधिमा सेवा गर्नु भएको छ । संखुवासभा कम्युनिटी अफ यु एस ए ननपर्फिट ओर्गनाइजेसन 501 (c )(3 ) को सस्थापक आजीवन सदस्य तथा सल्लाहकार रहनु भएका छ । हाल वहा आफनो ब्यबसाय संचालन गरेर समाज सेवामा लागि रहनु परेको छ ।
                                       अहिलेको अबस्थामा एनआरएनए अभियान कसरी अगाडि लान सकिन्छ भन्ने चिन्तनमा लागि अमेरिकाको विभिन्न शहरमा नेपाली समुदायहरुमा आफ्नो भेटघाटमा ब्यस्थ रहनु भएका एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरको उमेध्दवार श्री जीवन कुमार जोशी लाइ तपाई हाम्रो सहि मुल्याकन गरि  मतदान गरेर निर्णय गर्नु अति महत्व ठानेका छौ ।
            एनआरएनए अमेरिकाको मे १८ र १९ ,२०१९ मा हुने निर्वाचनमा बोर्ड अफ डाइरेक्टरको उमेध्दवार जीवन कुमार जोशीलाइ अत्याधिक मतले बिजयी गराई सेवा गर्ने अवसर दिन मतदाताहरुमा बिनम्र अनुरोध गर्दछौ ।

निर्वाचन सम्बन्धि सुचना


संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको आगामी बर्ष २०१९ -२०२१ को लागि पदाधिकारी १३ र बोड अफ डाइरेक्टर १२ गरि २५ जनाको जुन ८ ,२०१९ का दिन निर्वाचन दिन तोकिएकोले सस्थाको बिधान अनुसार सर्व सम्मतको बाताबरण मे ७ ,२०१९ सम्म बनाउने सो बाताबरण न भएमा मे ८ ,२०१९ मा निर्वाचन तालिका प्रकासन गरिने छ । नब निर्वाचित कार्य समितिले अगष्ट १ ,२०१९ देखि कार्यभार समाल्ने छ । सस्थाको बिधान अनुसार एप्रिल ३० ,२०१९ सम्म सदस्य भएका व्यक्ति उमेध्दवार ,भोटर हुन् पाउने छ ।सदस्य फारम www .sankhuwasabhausa।org मा उपलब्ध छ ।

नारायण चन्द्र श्रेष्ठ – संयोजक 
गौलोचन प्रधान – सदस्य 
निर्वाचन समिति 
संखुवासभा कम्युनिटी अफ यु एस ए 
अमेरिका

१३औ पुण्य तिथिमा समबेदना


नेपाली समाज अमेरिकाको अभिभावक , समाज सेवी ,बिध्दान कोलोराडो राज्य गोल्डेन शहर निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सस्थापक आजीवन सदस्य तथा सल्लाहकार स्वर्गीय प्राध्यापक डा.बिष्णु बहादुर श्रेष्ठको April 19 ,2019 को दिन १३औ पुण्य तिथिमा संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको तर्फ बाट समबेदना व्यक्त गर्न परिवारहरुको उपस्थितिमा सस्थाका महासचिब श्री हरि कुमार श्रेष्ठले बाचन गरि समबेदना पत्र स्व. बिष्णु बहादुर श्रेष्ठको धर्मपत्नी सस्थाका सस्थापक आजीवन सदस्य श्रीमती सबिता श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

स्वर्गीय डा: बिष्णु बहादुर श्रेष्ठको अन्तिम दाहसस्कार


अमेरिकामा बसोबास गरि बस्ने नेपाली समाजका अभिभाबक समाज सेवी , बिध्दान कोलोराडो राज्य , गोल्डेन सिटि निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सस्थापक आजीवन सदस्य तथा सल्लाहकार स्वर्गीय डा: बिष्णु बहादुर श्रेष्ठको अन्तिम दाहसस्कार बारे सम्पूर्ण महानुभाबहरुको जानकारीको लागि अनुरोध गर्दै आफ्नो अमुल्य समय दिएर उपस्थित भै अन्तिम श्रद्धाञ्जली दिन हार्दिक अनुरोध गर्दछौ ।
Day/Date: Friday, April 12th, 2019
Venue:
Horan and McConaty Funeral Service
3020 Federal Blvd
Denver, CO 80211
Schedule:
11am – viewing
Noon – service
1pm – cremation

हार्दिक समवेदना


संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सल्लाहकार कोलोराडो राज्य गोल्डेन सिटि निवासी डाक्टर (प्रो) श्री बिष्णु बहादुर श्रेष्ठ ७९ बर्षको उमेरमा एप्रिल ७ , २०१९ आइतबारको दिन Acute long Tem Hospital , Lakewood Colorado मा उपचारको क्रममा बिहान १.१० बजे असामयिक निधन भएकाे खबरले मर्माहित बनाएको छ । मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । साथै यस दुखत घडीमा शोक सन्तप्त परिवार जनमा पर्न गएको दु:खत घटनामा धर्य धारणा गर्ने शक्तिको लागि पशुपति नाथ संग प्रार्थना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।
बेदनिधि दाहाल 
का.वा. अध्यक्ष 
संखुवासभा कम्युनिटी अफ यु एस ए 
अमेरिका (परिवार )

हार्दिक बधाई तथा शुभकामना


संखुवासभा जिल्ला सभापोखरी गाउपालिका , बितलब निवासी श्री विश्व कुमार भट्टराई ससस्त्र प्रहरीको एस पी पदमा पदोन्नोति हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना सहित कार्यकाल सफलताको कामना गर्दछौ ।
हरि कुमार श्रेष्ठ
महासचिब
संखुवासभा कम्युनिटी अफ यु एस ए
अमेरिका(परिवार )

हार्दिक बधाई तथा शुभकामना

         संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ८ पाठकगाउँ स्थायी ठेगाना भई हाल काठमाण्डौं निवासी नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियालाई सबैधानिक परिषदबाट निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारीस हुनुभएकोमा संखुवासभाकम्युनिटी अफ यु एस ए अमेरिकाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको लागि शुभकामना ब्यक्त गर्दछौं।

बेदनिधि दाहाल
का. वा. अध्यक्ष
संखुवासभा कम्युनिटी अफ यु एस ए
अमेरिका (परिवार )

अमेरिकाको पहिलो नेपाल डे परेड कोलोराडो , बोल्डर शहर


हरि कुमार श्रेष्ठ
अरोरा (कोलोराडो )


                                   हेल्पिङ्ग हेण्डस हेल्थ एजुकेस यु एस ए को सस्थापक अध्यक्ष श्री नारायण श्रेष्ठको सकृय पहलमा सन् २००४ देखि कोलोराडोको बोल्डर सिटिले अप्रिल महिनाको तेस्रो आइतबारलाई नेपाल डे को लागि अफिसियल मान्यता दिदै आएको छ । नेपाली नयाँ बर्षको अवसर समेत पर्ने उक्त दिनमा कोलोराडो राज्यका सबै नेपाली र नेपाललाई माया गर्ने अमेरिकीहरु जम्मा भै नेपालको परम्परागत भेषभुषा र संस्कृति झल्काउने पहिरन र नृत्य संगीत सहित बोल्डर सहर परिक्रमा गर्दै नेपालको चिनारिदिने परम्परा रहदै आएको छ ।
                                            हेल्पिङ्ग हेन्डस हेल्थ एजुकेस यु एस ए ले सुरु गरेको र रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल कोलोराडोले निरन्तरता दिदै आएको यो कार्यक्रम कोलोराडोका सबै नेपाली सामाजिक संघ , संस्थाहरु संगको साझेदारी गर्दै सबैको समान हैसियत र संलग्नतामा साझा कार्यक्रमको रुपमा मनाउन संस्थाहरुको ब्यानर सहित सहभागीको लागि रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आधिकारिक जानकारी अनुसार कोलोराडो राज्यको बोल्डर शहरमा मिति :१४ अप्रिल २०१९ (बैशाख १, २०७६) परेड सुरुहुने -१२ :३० बजे स्थान: Bandshell 1212 Canyon Blvd ,Boulder,Co,80302 सबै नेपालीहरु भेला भै नेपालको कला ,सस्कृति पहिचानले सजिएको परेड सुरु हुदा शहरको सडकका छेउ छाउमा उभिएर रमित हेर्ने विदेशीहरुका लागि आकर्षण र नेपालीहरुको एकताको संदेश जाने छ ।
                                 अमेरिकामा पहिलो नेपाल डे परेट कोलोराडोको बोल्डर शहरमा आयोजना हुने कार्यक्रममा , अमेरिकामा संखुवासभा समाजको उदय भए पछि संखुवासभा जिल्लाको नेवारी समुदायको लाखे नेपाल परेड डे को एउटा आकर्षण बढेको छ । यस्तै कोलोराडो नेवारी खल ले भक्तपुरमा बजाइने धिमे बाजा नेवारी समुदायको पुरानो धिमे  बाजाले पनि परेडको लागि रमाइलो बाताबरण बनाएको छ । नेपाल डे परेटमा नेपालीहरुको भेटघाट परिचय हुने अवसर पनि हो । कोलोराडोको बोल्डर शहरमा हुने नेपाल डे परेटमा अमेरिका स्थित नेपाली दुताबासको पनि सहभागिता रहदै आएको छ । यस महान कार्यमा नेपालीहरुले आफ्नो व्यस्थता कार्यलाई पनि वास्था नगरी आफ्नो बाल बच्चा र परिवार सहित नेपाली भेष भुषामा आफ्नो सहभागिता जनाउदै आएका छन । आफ्नो व्यक्तिगत सहभागिताले नेपाल र नेपालीको प्रतिष्ठा बढाएको छ । नेपाल डे परेडमा  सहभागिता गरौ नेपालको पहिचान दिऔ |                                                                                            कोलोराडो राज्यको बोल्डर शहरमा आयोजित नेपाल डे परेटका गत बर्षहरुका केहि फोटोहरु