फोटो -अध्यक्ष श्रीमती शान्ति श्रेष्ठबाट दाहाललाई सहयोग बैंक चेक हस्तान्तरण
हरिकुमार श्रेष्ठ कोलोराडो (अमेरिका) अगस्त ३,२०२० मानवीय समाज सेवा र बिकास कार्यमा समेत सहयोग गर्ने गराउने उदेश्य साथ् अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको कानुन अनुसार दर्ता भएको 501(c)(3) सस्था हो। सस्था गठन भए पछि सानो तिनो मानवीय सेवा सहयोग नेपाल र अमेरिकामा गर्दै आइ रहेकोछ।
संखुवासभा जिल्ला हाल कोलोराडो राज्य बोल्डर शहर निवासी कोलोराडो राज्य नेपाली समाजका सक्रिय समाज सेवी सस्थाका पुर्व पब्लिक रिलेसन अफिसर बिनय चन्द्र दाहाललाई Stroke, A Polite Plight बिमार भै अस्पतालमा उपचार पछि स्वास्थ्य लाभ गरि दुइ महिना पछि अस्पतालबाट May 18 ,2020 डिस्चार्ज हुनु भएका थियो ।
दाहालले केहि समय सम्म दैनिक थेरापीक र उपचारमा लागि रहनु पर्ने स्थिति रही रहेको अबस्थामा कोरोना महामारीले समेत अमेरिकामा अस्त ब्यस्थ भएको अबस्थामा सानो तिनो भए पनि औषधि ,खाद्यान्नमा मानवीय कार्यलाई सम्झिएर सहयोग गर्ने कार्य समितिको निर्णय अनुसार सदस्यहरुको सहयोगबाट प्राप्त भएको सहयोग संखुवासभा कम्युनिटी अफ यु एस ए तर्फबाट सस्थाका अध्यक्ष श्रीमति शान्ति श्रेष्ठले दाहालको निवासमा गइ सहयोग रकम हस्तान्तरण गर्नु भयो सो समयमा सस्थाक सस्थापक आजीवन सदस्य तथा सियर मिसन इन्टरनेसनल 501 (c ) को एक्जुकेटिब डाइरेक्टर श्याम श्रेष्ठको समेत उपस्थिति थियो।
संखुवासभा कम्युनिटी अफ यु एस ए ले आवहान गरेको बिमारी दाहालको सहयोगमा हातेमालो गर्नु हुने सस्थाका महानुभावहरु सबै धन्यबादको पात्रो हुनु हुन्छ। सहयोग गर्ने यस सस्थाका दाताहरु क्रमस सल्लाहकार तथा नेपाली जन सम्पर्क समितिको केन्द्रिय उपाध्यक्ष ,महा समिति सदस्य (नेपाली कांगेस ) धर्म राज श्रेष्ठ कोलोराडो , सल्लाहकार सुरेन्द्र श्रेष्ठ कोलोराडो ,सल्लाहकार नारायण चन्द्र श्रेष्ठ कोलोराडो ,अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ कोलोराडो , बरिष्ठ उपाध्यक्ष नोयनाथ पोखरेल कोलोराडो , उपाध्यक्ष मुकेश श्रेष्ठ सियाटल( वासिंगटन) , उपाध्यक्ष बिष्णु पौडेल “सितल ” भर्जिनिया , महासचिब हरिकुमार श्रेष्ठ कोलोराडो, कोषाध्यक्ष कर्म तेञ्जिङ्ग भोटिया कोलोराडो, सचिब पदम राज तामांग कोलोराडो, पब्लिक रिलेसन अफिसर रिपेन्द्र कार्की कोलोराडो, इभेन्ट अफिसर सरद श्रेष्ठ कोलोराडो , बोड अफ डाइरेक्टर सन्तोष काफ्ले कोलोराडो,सस्थापक आजीवन सदस्य निरन्जन पोखरेल कोलोराडो हुनु हुन्छ।
अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्ला बासीहरुको अमेरिकाको कानुन अनुसार दर्ता भएको 501(c)(3) सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए SSCUSA हो। सस्थाको बिधान अनुसार संखुवासभा जिल्ला चैनपुर नगरपालिका वाड नम्बर ३ हाल अमेरिकाको न्यु योर्क निवासी अर्जुन कुमार कार्की र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वाड नम्बर ६ डाँगी गाउ हाल अमेरिकाको न्यु योर्क निवासी दिनेश डाँगी सस्थाको बिधान अनुसार जुलाई ३१ ,२०२० देखि आजीवन सदस्य (पारिवारिक) हुनु भएको कुरा सम्पूरण महानुभाबहरुको लागि जानकारी गराइन्छ।
सस्थाको उदेश्य अनुसार कार्य गर्न जिल्लाको बिकास र आपत बिपतमा सहयोगी भावना लिई आफ्नो जन्म भूमिलाई सम्झी जिल्लाबासीको एकतामा हाते मालो गरि जिल्लाबासी एक आपसमा परिचित भै भोलिका दिनमा सकृय सहभागीले आफनो जन्म भूमिमा जन्मिएर गर्नु पर्ने एउटा कार्य पुरा हुनेछ। व्यक्ति आज छ भोलि रहदैन जसले समाज सेवामा लगनसिलता भै कार्य गर्छ उसको आत्माले सन्तुस्ट पाउछ र दिन दुखीको आसिर्बाद प्राप्त हुन्छ। यसैले सस्थालाई सकृय पार्न सदस्यहरुको महत्व पूर्ण भूमिका रहने छ।
संखुवासभा जिल्लाका अमेरिकामा रहनु भएको इच्छुक व्यक्तिहरुले जुन सुकै समयमा सदस्य लिन सक्नु हुनेछ। सस्थाको वेब साइडमा सदस्य सम्बन्धि फर्म राखिएको ।नव आगन्तुक सदस्यहरुको स्वागत र शुभकामना दिन सस्था आतुरमा छ।
जुलाई २९ ,२०२० संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ९ अरुण नदीको किनारमा रहेको मनकामना धाममा वृद्धवृद्धहरु तथा गुरुकुलका विद्यार्थीहरु समेत गरि करिब सतरी व्यक्तिहरु बसोबास गरि रहेको अबस्थामा जुलाई २७ , २०२० मा आएको अविरल बर्षादले भल पहिरो आइ छेदबिच्छेद पारी कुटिहरु, पाठशाला ,आवासमा पानीको भल पसी खाद्यन्न लत्ता कपडा समेत नस्ट भएको छ। यसै गरि खाँदबारी नगरपालिका वाड नम्बर ९ ढुंगे बिसौनीमा पनि अविरल बर्षादले ५ वटा घर क्षेती भएको सो गाउमा १५ परिवारहरुलाई सहयोग गर्नु पर्ने स्थिति रहेको अबस्थामा सहयोगका लागि स्थानीय व्यक्तिहरुबाट अनुरोध भै रहेको थियो ।
यो अबस्थामा सहयोगी मन भएका अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासी कांग्रेस प्रजातन्त्रमा आस्था राख्नेहरुको भखर गठन भएको सामाजिक सस्था संखुवासभा अमेरिका जन सम्पर्क समितिको सक्रिय पहलमा सहयोग जुटाउन सफल भएको छ।
गोरखा अमेरिका जन सम्पर्क समितिको अध्यक्ष विश्व भट्ट
नेपाली जनसम्पर्क समिति उतरी क्यालिफोर्निया च्याप्टको कार्यवाहक सभापति नारायण खनाल
नेपाली जनसम्पर्क समिति क्यलिफोरनियाको महासचिव हरी भट्ट
गोरखा अमेरिका जन सम्पर्क समितिको अध्यक्ष विश्व भट्ट, नेपाली जन सम्पर्क समिति उतरी क्यालिफोर्नियाको कार्यवाहक सभापति नारायण खनाल , नेपाली जनसम्पर्क समिति क्यलिफोरनियाको महासचिव हरी भट्ट बिशेष धन्यबाद सहित सहयोगी मनकारी दाताहरुमा धन्यबाद दिइयो। यस महान कार्यमा सहयोग गर्ने अमेरिकाको क्यालिफोर्निया राज्यको विभिन्न शहरमा बसोबास गरि बस्नु हुने विश्व भट्ट ,हरि भट्ट ,अमर लामिछाने , नारायण खनाल, राजेन्द्र अधिकारी ,चक्रपाणि अर्याल ,उत्तर गुरूंग ,तेज गुरूंग ,सोम भट्ट ,सरोज काफ्ले ,कुमार आचार्य ,त्रिताल नेपाल ,दिनेश रम्तेल ,संजीव भट्ट ,संदीप पौडेल ,मोहन कट्टेल ,विपिन थापा ,रविंद्र वंजाडे ,विवेक रानाभाट ,माधव पन्तहरुबाट सहयोग $ 2050.00 नेपाली रुपया Rs 2,39,595.80 जुटेको थियो। यसरी कुनै जातीय ,क्षेत्रीय भावना नलिइ मानवीय कार्यमा सहयोग गर्ने मनकारी दाताहरुलाई नमन गर्नु हामी सबैको कर्तब्य हो।
एक कार्यक्रम बिच बाढी पिडित मनकामना धाममा वस्नु हुने वृद्धवृद्धहरु तथा गुरुकुलका विद्यार्थीहरु समेत गरि करिब सतरी व्यक्तिहरुलाई जुलाई २९ ,२०२० को दिन खाद्यान्न सामाग्रीहरु बितरण गरिएको छ।
सोहि दिन खाँदबारी नगरपालिका वाड नम्बर ९ ढुंगे बिसौनीमा खाद्यान्न सहयोग बितरण गरिएको छ।
खाद्यान्न सामाग्री खरिद गरि बजारबाट मनकामना बाढी ग्रस्त क्षेत्र सम्म ल्याएर पिडित परिवार सदस्यहरुलाई बितरण गर्न खाँदबारी नगरपालिका ९ तुम्लिङ्ग्टार निवासी समाजसेवि रविन गाैतम , प्रताप गुरुङ र प्रबेश्वर श्रेष्ठले सहयोग गर्नु भएको थियो।
अमेरिकाको कोलोराडो राज्य डेन्भरबाट संचालन गरिएको सामाजिक संस्था शेयर मिसन ईन्टरनेशनल 501 ( c ) मार्फत मानविय सेवा नेपालमा भुकम्प पिडित , बढी पिडित र स्कुल र अमेरिकामा रहेको नेपाली सामाजिक संघ सस्थाहरुलाई समाज सेवा कार्यमा सहयोग गर्दै आएकोछ ।
विश्व भर कोविड १९ कोरोना भाईरस संक्रमण महामारीको अहिलेको अवस्थामा अग्रभागमा रहेर यस आपतमा आफ्नो जीवनलाई जोखिममा राखी यथार्थ बस्तुस्थित रिपोटिंग, लेखन ,छयांकन ,सुचना सम्प्रेषण कार्यका लागि पत्रकारहरुले महत्व पूर्ण आफ्नो जिम्मेवारी निभाएको छ। संखुवासभामा जन्मिएर काठमाडौंमा क्रियाशिल पत्रकारहरुको सामाजिक सस्था एसकाजले निष्पक्ष रुमा कुनै राजनीतिको प्रवाहामा नपरी नेपालमा काम गर्ने सस्थाको रुपमा चिरपरिचित भएको हुदा संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएशन (एसकाज)को छनोट गरि स्वास्थ्य सुरक्षा सामग्री सानो सहयोग भए पनि सहयोग हुने देखिएकोले हातेमालो गरिएको छ।
कोरोना भाईरस संक्रमण महामारीको अहिलेको अवस्थामा सुचना सम्प्रेषणमा क्रियाशिल पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामग्री वितरण गर्नका लागि सहयोग गरिएको शान्ति श्रेष्ठले जानकारी दिइन् ।
संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएशन (एसकाज)को संयोजनमा एक कार्यक्रमकाबीच पत्रकारहरूको सुरक्षा र सहजताका लागि मास्क,स्यानीटाईजर लगायत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए ।
शेयर मिशन ईन्टरनेशनलले नेपालको ग्रामिण क्षेत्रका विद्यालय तथा विद्यार्थीहरुका लागि सहयोग प्रदान गर्दै आएको छ भने आपतविपतमा परेका लागि समेत आर्थिक तथा अन्य सहयोग प्रदान गरिरहेको छ आफ्नो सस्थाबाट स्वास्थ्य सुरक्षा सामग्री सानो सहयोग भए पनि संखुवासभाली पत्रकारहरुलाई बितरण गरि दिनु भएकोमा संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएशनलाई शेयर मिशन ईन्टरनेशनलको तर्फबाट धन्यबाद दिनु भएको कुरा एग्जुकेटिब डाइरेक्टर श्याम श्रेष्ठले जानकारी दिनु भयो ।
शेयर मिसन ईन्टरनेशनल एग्जुकेटिब डाइरेक्टर श्याम श्रेष्ठ
संखुवासभा जिल्लाको दुर्गम क्षेत्र मानिने शिलिचोङ् गाउँपालिका १ सिसुवाखोलामा आईतबार बिहान परेको भिषण बर्षादका कारण असार २७ गते राति पहिरो जाँदा ११ जना सम्पर्क बिहिन भएका छन् भने ४ जनाको जिबितै उद्धार गरिएको छ ।सिसुवाखोलाको बेसिन्दामा पहिरोले ९ घर बगाएको छ। यस आपत बिपत दैबी प्रकोपको समयमा आपतकालीन सहयोग गर्न नेपाली काँग्रेस संखुवासभाको सभापति दीपन कुमार श्रेष्ठले फेसबुकबाट देश ,बिदेसमा रहनु भएका नेपालीहरुमा तत्कालै सहयोग गरि दिन अनुरोध गर्नु भएको थियो।
नेपाली काँग्रेस संखुवासभाले प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग गर्ने उदेश्यले स्थापना गरेको नेपाली काँग्रेस बिपद राहत कोषमा भखर जुलाई महिनामा गठन गरिएको संखुवासभ अमेरिका जनसंपर्क समितिले जिल्लामा परेको यस्त्यो आपत बिपतमा सानो तिनो सहयोग भए पनि रकम २, ३२,८९५|= सहयोग उपलब्ध गराउन सफल भएकोछ ।
संखुवासभा जिल्ला घर भै अमेरीकामा बिभिन्न पेशा ब्यवसायमा संलग्न रहेका नेपालीहरुबाट रकम संकलन गरि उक्त रकम उपलब्ध गराईएको र यस घडीमा सहयोग गर्नु हुने सबैलाई धन्यबाद समेत संखुवासभा अमेरीका जनसम्पर्क समितिका अध्यक्ष कृष्णराज गिरीले दिनु भएको छ । वहाँले प्राकृतिक बिपदबाट पिडितलाई तत्काल राहत उपलब्ध गराउन उक्त रकम पठाईएको र थप रकम संकलन हुने क्रम जारी रहेकाले सहयोग गर्न चाहने दाताहरुलाई थप सहयोगको समेत आग्रह गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष कृष्णराज गिरी
पहिरोमा ११ जना बेपत्ता भएका छन् भने बेपत्ताको खोजिमा खटिएका १ जनाको ज्यान समेत गएको थियो । पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका बिस्थापीत ८२ घरका ३ सय ८० जनालाई पहिरो जाँदा बिस्थापीत भएकालाई अस्थाई बसोबासको ब्यवस्था गर्न अस्थाई बसोबासका लागि सिसुवाको बुधबारे बजारमा टेन्ट निर्माण कार्य शुरु गरिएको छ ।
अस्थाई बसोबासका लागि सिसुवाको बुधबारे बजारमा टेन्ट निर्माण स्थानीय स्तरमा खटिएका शुरक्षाकर्मी
संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर ९ ढुंगेधारा स्वर्गीय दिल सिङ्ग श्रेष्ठको परिवारहरुका सन्तानले आफ्नो परिवारका सदस्यहरुलाई आपत बिपतमा मानवताको नाताले सहयोग गर्ने बचन बध्दता अनुसार खाँदबारी निवासी राम बहादुर श्रेष्ठको हेल्पिङ्ग हेण्डस सामुदायिक अस्पताल चाबहिलमा स्वास्थ्य उपचार भै रहेको अबस्थामा स्वास्थ्य उपचारको लागि हामी अमेरिकामा बसोबास गरि बस्ने दिल सिङ्ग श्रेष्ठको परिवारहरुबाट जे जति सानो तिनो सहयोग गरौ भनि फोन ,फेस बुकबाट परिवारका सदस्यहरु संग सर सल्लाह गरि सहयोग गर्ने मनकारी दाताहरुमा सहयोग जुटाउनका लागि पहल गर्नु हुने संखुवासभा कम्युनिटी अफ यु एस ए को अध्यक्ष श्रीमति शान्ति श्रेष्ठ सल्लाहकार श्री सुरेन्द्र श्रेष्ठको तर्फबाट सहयोग गर्ने मनकारी दाताहरु सबैलाई र अमेरिकाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालमा उपचारमा सहयोग गरि दिनु हुने परिवारका सदस्यहरुमा समेत धन्यवाद दिनु भएको छ।
सहयोग प्राप्त रकम अमेरिकन डलर चार हजार चार सय एकको नेपाली रकम व्यक्ति ,व्यक्तिले नेपालमा सम्बन्धित व्यक्तिले पाउने गरि पठाई सकिएको छ। भविष्यमा हुने आपत बिपत दु:ख बिमारमा यसरी नै दिल सिङ्ग श्रेष्ठको परिवार एक जुट भई एक थुकी सुकी सय थुकी नदीको सन्देश दिनु हुने छ भन्ने आशा र बिश्वास हामी सबैले गरेका छौ।
उपचारको क्रममा स्वर्गीय राम बहादुर श्रेष्ठको जुलाई ९ ,२०२० मा स्वर्गबास हुनु भएकोमा समावेदन समेत व्यक्त गर्नु भएको छ।
सहयोग गर्ने दाताहरु श्री बासु देव श्रेष्ठ – लांगमन्थ ,कोलोराडो $1000.00 श्री सुरेन्द्र श्रेष्ठ – बोल्डर ,कोलोराडो $1000.00 श्री मुकेस श्रेष्ठ – सियाटल ,वासिंगटन $1000.00 श्री धर्म राज श्रेष्ठ – सुपरियर ,कोलोराडो $200.00 श्रीमति शान्ति श्रेष्ठ – सेण्टिनियल ,कोलोराडो $200.00 श्रीमति पार्वती श्रेष्ठ – अरोरा ,कोलोराडो $100.00 श्री दिनेश श्रेष्ठ – बोल्डर ,कोलोराडो $100.00 श्री देवानन्द श्रेष्ठ – लांगमन्थ ,कोलोराडो $50.00 श्री नारायण चन्द्र श्रेष्ठ -ब्रयुम्फिल,कोलोराडो $51.00 श्री हरि बहादुर श्रेष्ठ – सोनमा ,क्यालिफोर्निया $200.00 श्री लिला बहादुर श्रेष्ठ – सान्त रोजा ,क्यालिफोर्निया $100.00 श्री मनोज कुमार श्रेष्ठ – सन्त रोजा ,क्यालिफोर्निया $300.00 श्री बाल कृष्ण श्रेष्ठ – थोटन ,कोलोराडो $100.00
कोलोराडो ,अमेरिका अमेरिकामा रहेका संखुवा सभा जिल्लाबासीहरु प्रजातान्त्रिक बिचारमा आस्था राख्ने तथा नेपाली कांग्रेसंग विगतमा प्रत्यक्ष संलग्न र समर्थन राख्दै आएका नेपाली कांग्रेसका अनुयायीहरु बिभिन्न राज्यमा रहनु भएका बौध्दिक साथीहरुको बिच मिति जुलाई १ ,२०२० का दिन Zoom छलफलको भेलामा आयोजक संखुवासभा जिल्ला पाचखपन नगरपालिका ४ हाल क्यालिफोर्निया निवासी संयोजक कृष्ण राज गिरीको अध्यक्षतामा बसेको भेला छलफलबाट निम्न महानुभाबहरु रहनु भएको एक कार्य समिति तथा सल्लाहकार बनाउने सहमति भयो। संखुवासभा अमेरिका जनसम्पर्क समिति नेपाली कांग्रेस पार्टीको भातृ संगठन होइन तर नेपाली कांग्रेस प्रति सुभेक्षा गर्नेछ । जिल्लामा हुने नेपाली कांग्रेसका गतीविधिहरुमा सहयोग पुर्याऊने छ। अमेरिकामा रहेको नेपाली जनसम्पर्क अन्तरगत पनि यो सस्था रहदैन यो भिन्दै आफ्नो बिधान अनुसार विभिन्न सामाजिक क्रियाकलाप आफ्नो जिल्ला संखुवासभा र अमेरिकामा समाज सेवी कार्य गर्ने गराउने छ एउटा सामाजिक सस्थाको रुपमा आगाडि बड्ने छ ।
अध्यक्ष कृष्ण राज गिरी
बरिस्ठ उपाध्यक्ष महिपाल घिमिरे
उपाध्यक्ष अर्जुन कुमार कार्की
महासचिब पदम राज तामांग
सचिब नेत्र पोखरेल
सह सचिब दिनेस डागी
कोषाध्यक्ष छिरिङ्ग शेर्पा
कार्य समिति १ ,अध्यक्ष श्री कृष्ण राज गिरी-क्यालिफोर्निया २,बरिस्ठ उपाध्यक्ष श्री महिपाल घिमिरे – क्यालिफोर्निया ३ उपाध्यक्ष श्रीअर्जुन कुमार कार्की – न्यु योर्क ४ महासचिब श्री पदम राज तामांग – कोलोराडो ५ सचिब श्री नेत्र पोखरेल – कोलोराडो ६ , सह सचिब श्री दिनेस डागी-न्यु योर्क ७ , कोषाध्यक्ष श्री छिरिङ्ग शेर्पा – क्यालिफोर्निया ८ , सदस्य श्री बिशु दाहाल – क्यालिफोर्निया ९ ,सदस्य श्री बिनोद गौली- कोलोराडो १० सदस्य श्रीमति दावा शेर्पा – क्यालिफोर्निया ११ ,सदस्य श्री निर मणि कालाखेती -क्यालिफोर्निया १२ ,सदस्य श्री प्रकास बोहरा -न्यु योर्क १३ ,सदस्य श्रीमति नम्रता दाहाल -क्यालिफोर्निया १४ सदस्य श्री सुरथ कुमार डागी -क्यालिफोर्निया १५ ,सदस्य श्री अशोक तामांग -जोर्जिया सल्लाहकार 1, श्री धर्म राज श्रेष्ठ – कोलोराडो २ ,श्री धर्म राज कोइराला -क्यालिफोर्निया ३ श्रीमति पियुष दाहाल -क्यालिफोर्निया ४ ,श्री हरिकुमार श्रेष्ठ -कोलोराडो ५ श्री गोपाल घिमिरे – क्यालिफोर्निया ६ श्रीमति कल्पना दाहाल -क्यालिफोर्निया ७ ,श्री रोसन ढुंगाना – टेक्सास
आज भन्दा चार वर्ष अगाडि बिहानीको समयमा मेरो फोनको घन्टी बजि रहेकोछ घरमा म चिया,नास्ता लिदै थिए । शान्ति दिदीले मलाई किन फोन गर्नु भयो भनि उठाए दिदी भन्दै हुनु हुन्थ्यो मेरो घरमा जनवरी १६ कोलोराडोमा रहेका सङखुवासभा जिल्लाबासीहरुको भेटघाटको लागि सबैलाई बोलाएको छु आउनु है खानाको पनि ब्यबस्था छ तिमिले पनि कसैलाई चिनेको छ भने बोलाउनु भन्नु भयो मैले हुन्छ भने ।अमेरिकामा सङखुवासभा जिल्लाबासीहरुको एक आपसमा चिनाजान परिचय नभै रहेको र कसैलाई आपत बिपतमा सहयोग चाहिएको अबस्थामा जानकारी समेत नहुने अबस्थाको महषुस गरि सङखुवासभालीहरु धेरै कोलोराडो राज्यमा रहेको हुदा जनवरी १६ ,२०१६ का दिन भेला गरि भेटघाट गरौ भनि कोलोराडो राज्य सेन्टीनियल सिटि निवासी श्याम श्रेष्ठ, श्रीमति शान्ति श्रेष्ठको सकृयता र आथित्यमा आफनो निवासमा भेलाको आयोजना गरि ५१ परिवारहरुलाई आमन्त्रण गरिएकोमा ३५ परिवारहरुको उपस्थिति गराउन सफल हुनु भएकोछ ।
फोटो अमेरिकाको कोलोराडोमा रहेको संखुवासभालीको पहिलो भेटघाट
नारायण श्रेष्ठको अगुवाईमा उपस्थित सहभागीहरु बिच आ आपनो परिचयात्मक पछि बिभिन्न बिषयमा छलफल भई अन्तमा कोलोराडोमा रहेका सङखुवासभा जिल्लाबासीहरुको समर पिक्नीक गर्ने र कोलोराडो राज्य बाहेक अन्य राज्यहरुबाट पनि अमेरिकामा रहेका सङखुवासभा जिल्लाबासीहरुको समेत उपस्थिति गराउने र कार्यक्रम ब्यबस्थापन गर्न एक पिक्नीक आयोजक समिति श्रीमति शान्ति श्रेष्ठको संयोजकमा १५ सदस्य समिति बनाउन छलफलबाट निर्णय भयो ।
सङखुवासभा समाज अमेरिकाको जन्म अमेरिकामा रहनुभएमा सङखुवासभा जिल्लाबासीहरुको पिक्नीकमा सहभागी उपस्थित गराउन क्यालिफोरनिया निवासी बलराम थापा (वाना) र कोलोराडो निवासी कर्म तेन्जीङ्ग भोटीया(चेपुवा) ले मलाई फोन नम्बर उपलब्ध गराई सहयोग गर्नु भई मैले केही सङखुवासभाली संग फोन गरेको थिए ।अमेरिकामा रहनु भएका केही सङखुवासभाली ब्यक्तित्वहरुबाट अमेरिकामा बसोबास गर्ने सङखुवासभा जिल्लाबासीहरुको सामाजिक संस्था बनाउनु पर्छ भनि पहल गर्ने खाँदबारीका धर्मराज श्रेष्ठ (कोलोराडो), खाँदबारीका हरि कुमार श्रेष्ठ (कोलोराडो) , वानाका बलराम थापा (क्यालीफोरनिया) , चैनपुरका जीवन जोशी (टेक्सस) ,वानाका पदम राज तामाङ्ग (कोलोराडो) , मादीमुलखर्कका बेदनिधि दाहाल (टेक्सस) ,को सरसल्लाह महत्व पूर्ण छ ।
आयोजक समितिको छलफलबाट अमेरिकामा सामाजिक सस्था अमेरिकाको कानुन अनुसार दर्ता गर्न आबश्यक सस्थाको विधानको पहिलो मसौदाको लेखनको लागि एक जिम्मेवारी लगासिल सामाजिक व्यक्तित्व बिद्धान पदमराज तामांगले निभाउनु भएको थियो भने सम्बन्धित निकायमा सस्था दर्ता गर्न श्याम श्रेष्ठलाई जिम्मेवारी दिई वहाको सकृयतामा अमेरिकाको नियमनुसार April 12 ,2016 को दिन Sankhuwasabha Community of USA कोलोराडो राज्यमा दर्ता भएको छ । यो सस्था मिति July 23,2018 देखि Nonprofit organization 501(c)(3)हुन् सफल भएको छ ।
फोटो संखुवा सभा कम्युनिटी अफ यु एस ए को पहिलो सम्मेलन(2016) प्रमुख अथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्की
अमेरिकामा सङखुवासभा सस्था किन ? यो प्रश्न उटुनु उठाउनु जरुरी छ किन भने नेपालमा बसेर सोचेको जस्तो अमेरिकामा डलर त्यसै फलदैन धेरै मेहनत र परिश्रम गर्नु पर्दछ । आफनो देशमा मेहनत र परिश्रम गर्ने वातावरण नहुदा आफनो देशको परिस्थितीले गर्दा आफनो सन्तानको भलाई र शिक्षा दिक्षाको लागि मेहनत गरि भविष्यमा केही गरु भनि पहिलो पल्ट डिभी, स्टुडेन्ट भिषामा अमेरिकामा मेहनत र परिश्रम गर्न आउनेहरु अमेरिकाको इमिगेसन पुरा गरि प्रबेश भई एर्पोटमा ब्यागेज लिई सकिए पछि दुःख र सुखका अनुभूति सुरु हुन्छ । आफनो मान्छे,परिवारका सदस्य , साथी भाई चिनाजानका कोही छन भने कुनै दुःखको अनुभूति पाउदैन । एर्पोटमा फुलका गुच्छा लिएर स्वागतको लागि उपस्थित हुन्छ । घरको तातो भात खान र आराम साथ सुत्न पाउछन् सरकारी कामकाज गर्न,कामको खोजी गर्न कुनै झन्झट पर्दैन । आफु नेपालमा नै छु भन्ने झझल्को दिन्छ ।
यदि अमेरिकामा चिनाजानका कोही छैन भने इमिगेसन पुरा भइ जब एर्पोट बाहिर निस्कन्छ , भाषाको समस्या , कहाँ जाने , कहाँ बस्ने , के खाने नेपाली खाना पाइन्न,बच्चा बच्ची छन भने अर्को समस्या, सुरु हुन्छ । यदि साथमा डलर छ भने सावधानको उपाय एर्पोटबाट टयाक्सीमा होटल जानु पर्छ एक दिनको लागि टर्ने भयो सधै होटल बस्न सकिन्न किन कि डलरमा खर्च हुन्छ नेपालबाट ल्याएको पैसाले कति दिन टार्न सकिन्छ । काम कसरी खोज्ने अमेरिकाको नियमनुसार काम गर्न ओर्क परमिट, ग्रिनकार्ड , सिटिजन चाहिन्छ । कसरी सरकारी कामकाज गर्ने जस्तो सोसल सिकुरटी, स्टेट आइ डि बनाउने आदि कुराले चिन्तित बनाउछ । सबै परेको समस्या र चिन्ताले सताई रहेको हुन्छ । त्यस बेला सहयोगी ब्यक्ति नेपालीको याद आउछ ,नेपाली समाजको याद आउछ सहयोग पाईन्छ कि भनि आशा पलाउछ । सबै नेपालीले सहयोग गर्छ भन्ने भावना नसोचे पनि हुन्छ ।
हामीले सुनेकाछौ एर्पोटमा नेपालीलाई आपत पर्दा पुलिसको सहयोगले केही सहयोगी भावना भएका नेपालीहरुले आफनो घरमा लगेर उद्धार गरेकाछन् तर यस्तो कार्य सबै नेपालीहरुले गर्छन भन्ने नसोचे हुन्छ । यसैले अमेरिकामा आउदा सङखुवासभालीहरुले दु:ख नपावोस भनि सङखुवासभालीहरुलाई सहयोग गर्ने, गराउने कार्यका लागि संङखुवासभा समाज अमेरिका चाहिन्छ ।
अमेरिका ठूलो देश हो । अमेरिकाको विभिन्न शहर, राज्यमा बसोबास गरि बस्ने सङखुवासभालीहरु बिच एक आपसमा चिनाजान परिचय गर्ने गराउने ,आपत विपतमा एक आपसमा सहयोग गर्ने गराउने चिनाजानीको लागि पनि संङखुवासभा समाज अमेरिका चाहिन्छ ।
फोटो- संखुवा सभा कम्युनिटी अफ यु एस ए को आफ्नो जिल्लाको लाखे र व्यानर सहित नेपाल डे कार्यक्रममा सहभागी
एक आपसमा मिलेर चिनाजानी भएर मित्रता सहयोग गर्ने नै सबैको भावना हो जस्तो मलाई लाग्छ ।आफनो देश, गाँँउ, परिवारलाई छाडेर विदेश आए पछि आफनो परिचित साथी भाई ,परिवारको सदस्य नहुदा विदेशमा एक्लोपन भएको अनुभब हुन्छ । यस्तो परिस्थितीमा नेपाली समाज ,परिवार ,गाँउ घरका समाजको याद आउछ । हामीलाई समाज भित्र रहेर रमाउन मन पराउछौ । त्यसैले हामीलाई संङखुवासभा समाज अमेरिका चाहिन्छ ।
बिमारी पर्दा एक गिलास तातो पानी खुवाउने , आपत विपतमा सहयोग गर्ने समाज, ब्यक्ति र आफुले मान्दै आएको प्रचिन कला सास्कृती, चाडबाडमा संगै बसेर मनाउन नेपाली खाना खाने ,रमाइलो गर्न विदेशमा कस्लाई मन हुदैन । त्यसैले संगै बसेर छुट्टीमा रमाईलो गर्न गराउन संङखुवासभा समाज अमेरिका चाहिन्छ ।
हामीलाई थाहा छ हाम्रो सङखुवासभा जिल्लाबाट बसाई सराई वा काम परिस्थितीमा नेपालमा रहदा पनि सङखुवासभा समाजको नामबाट कामकाज सामाजिक कार्य गरि रहेको हामी पाउछौ जस्तो काठमाण्डौ, धरान , गछिया (मोरङ्ग), बेलबारी (मोरङ्ग), आदी
आज भन्दा २६ वर्ष अगाडि विदेशी मुलमा भन्नु पर्दा सङखुवासभा समाज गठन भएको मुलुक हङ्गकङ्ग हो । त्यस पछि बेलायत , दक्षिण कोरीया छन् भने आज सम्म आइपुग्दा विश्व भर २०\२२ देशमा पनि सङखुवासभा समाजहरु उदय भएको सुन्नमा आएको छ । त्यसैले आफ्नो देश जिल्लाको पहिचानको लागि संङखुवासभा समाज अमेरिका चाहिन्छ ।
आफनो गाँउ घर ,जिल्लाको बिकासमा होस्टेमा हैसे र दैविप्रकोप, दु:ख विमारमा सहयोग गर्न संङखुवासभा समाज अमेरिका चाहिन्छ ।
फोटो संखुवा सभा कम्युनिटी अफ यु एस ए को दोस्रो(2017) महाधिवेशन प्रमुख अथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्की
सङखुवासभा समाज अमेरिकाको सदस्य कसरी बन्ने अमेरिकामा बसोबास गरि रहेका सङखुवासभा जिल्ला बासीहरु सङखुवासभा जिल्लामा जन्मीएका सन्तानहरुको सन्तान , सङखुवासभा जिल्लामा घर,जग्गा भएका ब्यक्तिहरु सङखुवासभा जिल्लाबासीको नाताले सङखुवासभा समाज अमेरिकाको सदस्य हुन पाउदछ । सदस्य हुन चहाने ईच्छुक व्यक्तिले सङखुवासभा समाज अमेरिका वेब साईड www. sankhuwasabhausa.org को Membership मा गइ फारम download गर्न सकिन्छ ।
सङखुवासभा समाज अमेरिकाको सदस्य हुन सस्थाको विधान अनुसार १,आजीवन सदस्य पारिवारीक (श्रीमान\श्रीमती, १८ वर्ष भन्दा मुनिका बाल बच्चा) २ ,आजीवन सदस्य एकल(१८ वर्ष भन्दा माथि) ३, साधरण सदस्य (१८ वर्ष भन्दा माथि) को ब्यक्तिहरु सदस्य शुल्क तिरेर सदस्य लिन सक्नेछ । सस्थाको सदस्य शुल्क विधान अनुसार १,आजीवन सदस्य पारिवारक डलर एक सय पचास मात्र २,आजीवन सदस्य एक सय डलर मात्र र साधरण सदस्य दुई वर्षको लागि पचिस मात्र दुई ,दुई वर्षमा नवीकरण गर्नु पर्नेछ समयमा नवीकरण नभएमा अवधि सिद्धिसकेको अबस्था पुगे पछि सो त साधरण सदस्य सिस्टमबाट हट्ने छ ।
सङखुवासभा समाज अमेरिकाको सदस्य किन बन्ने सङखुवासभा कम्युनिटी अफ युएसए अमेरिकामा बसोबास गरि बस्ने सङखुवासभा जिल्ला बासीहरुको अमेरिकाको कानुन अनुसार दर्ता भएको सामाजिक सस्था हो । यस सस्थामा प्रवेश पछि कुनै राजनितिक विचार धाराको गुट उपगुट प्रचारबाजी गर्न गराउन पाउने छैन निःस्वार्थ भावानामा समाज सेवी कार्य गर्नु गराउनु पर्नेछ ।
सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य प्राप्त भए पछि एउटा जिम्मेवारी बढ्नेछ । सस्थाको एउटा सांसदको जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ । सस्थालाई कसरी अगाडि बढाउने,कस्तो नियम बनाउने, कहाँ सहयोग गर्ने, कस्लाई सहयोग गर्ने , कस्तो पहिचान गर्ने जिल्लामा के भै रहेकोछ , सस्थाबाट कस्तो सहयोगको अपेक्षा गरेकोछ आदि कुराहरु समितिमा लाने छलफल गराउने दायित्व हो । यसैले सस्थाको विकासमा वा सस्थालाई कसरी अगाडि बढाउने भन्ने महत्व पूर्ण भूमिका सदस्यको रहनेछ । साथै सदस्य भए पछि सल्लहकार , कार्य समितिको पदधिकारी,सदस्यमा रहि सामाजिक कार्य गर्ने अझ जिम्मेवारी बहन गर्ने अवसर मिल्नेछ ।
सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य भए पछि सस्था भित्र के भै रहेकोछ । हिसाब किताब के छ भन्ने कुरा , सस्थाको वार्षिक प्रतिबेदन आफनो अधिवेशनको समयमा प्रस्तुत हुदा सो माथि छलफल र आफनो राय राख्न सकिनेछ । सस्थाको हरेक विवरण समितिका निर्णयहरु ,सालतलामी वर्षको अन्तिम डिसेम्बर ३१ सम्म र अर्ध वार्षिक जुन मसान्त सम्मको आर्थिक विवरण समेत सस्थाले आफनो सदस्यहरुलाई ईमेल मार्फत जानकारी गराउनेछ । अमेरिकामा बसोबास गरि बस्ने सङखुवासभा जिल्ला बासीहरु भए पनि सस्थाको सदस्य नलिएको ब्यक्ति सस्था भित्र कुनै वैधानिक अधिकारबाट बन्चित रहनु पर्नेछ । सस्थाको सदस्य नलिने व्यक्तिलाई सस्थाले जिल्लाबासीको नाताले चिन्नु सक्छ तर वैधानिक रुपमा चिन्दैन होला ।
सदस्य लिनु नलिनु आफनो सो विवेक अधिकार र ईच्छाको कुरा हो तर सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य नभएका व्यक्तिहरु सस्थाबाट गरिने विभिन्न सुबिधाबाट बन्चित रहनु पर्नेछ । सस्थाले प्रत्येक वर्ष समरको समयमा अधिवेशन ,पिक्नीक र दुई दुई बर्षमा महाधिबेसनको उदघाटन ( पहिलो सत्र) कार्यक्रममा जिल्ला बासीको नाताले सहभागी हुने अवसर पाए पनि बन्द सत्रमा सहभागी हुनबाट आफनो मार्गदशन कुरा राख्नबाट बन्चित हुनेछ ।
फोटो संखुवा सभा कम्युनिटी अफ यु एस ए को तेस्रो(2018) अधिवेशनको प्रमुख अथिति जिल्लाका सिनियर व्यक्तित्व श्रीमति देवी गौली , श्री कृष्ण बहादुर श्रेष्ठ
सङखुवासभा समाज अमेरिकाको सदस्यको शुल्क के गर्छ नेपाली संघ,सस्थाहरुको आ आफनो सस्थाको नियम हुन्छ सदस्य हुदा केही शुल्क तिरेर सदस्य लिन सकिन्छ । प्रायस संघ,सस्थाहरुले सदस्य शुल्कबाट जम्मा भएको रकम आफनो प्रशासकीय कार्यमा खर्च गरेको पाउछौ भने कुनै सस्थाले सामाजिक कार्य दैविप्रकोप ,आदि कार्यमा खर्च गर्ने गरेका पाउछौ । अरु संघ,सस्थाहरुले जे गरे पनि सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य शुल्कको रकम सेमिनर , पिक्नीक , भ्रमण खर्च , चिया पान , उपहार ,स्टेसनरीमा खर्च गर्ने गराउने गरेको छैन । सदस्य शुल्कको पैसा के गर्छ भन्ने कौतुहल, सवाल सङखुवासभालीहरुको मन भित्र खड्कीनु स्वाभाविक हो । सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य शुल्कको रकम सल्लहाकारको सल्लाह,कार्य समितिको निर्णय र अधिवेशनबाट समर्थन भएको खण्डमा सस्थाको लागि अचल सम्पति खरिद गर्नु परेको खण्डमा मात्र खर्च गर्न पाउने छ ।
अमेरिकाको पचास राज्य मध्ये थाहा भए अनुसार ,१ कोलोराडो ,२ क्यालिफोरनिया , ३ भर्जिनिया, ४ वासिङ्गटन, ५ फोल्वोरीडा, ६ टेक्सस, ७ आईडहवा, ८ न्युर्योक, ९ पेन्सिलभेनिया, १० युटा, ११ मेरिल्याड, १२ केन्टकी, १३ वासिङ्गटन डि सी, १४ विसकन्सन, १५ इलोलानिया, १६ क्यारोलिना १७ न्यु जर्जि, १८ एरिजोना , १९ मिनिसोटा , २० हवाई २१,म्यानचेस्टर, बोस्टन २२ आइहवा , २३ नेब्रासका, २४ नर्थ डकोटा मा बसोबास गरि बस्ने सङखुवासभालीहरु संग सस्थाले सम्पर्क बढाएर सस्थाको बारेमा जानकारी पुर्याइ सकेकोछ ।
फोटो- संखुवा सभा कम्युनिटी अफ यु एस ए को चौथो(2019) महाधिवेशनको प्रमुख अथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा.अर्जुन कुमार कार्की
भविष्यमा सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्यलाई आपतकालीन सहयोग सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य लिई सकेका व्यक्तिलाई अमेरिकामा कुनै आपतकालीन, विपत परेको खण्डमा कस्तो सहयोग जुटाई सहयोग गर्न सकिन्छ भनि समितिमा छलफल भई रहेका अबस्थामा सङखुवासभा जिल्लाबासी अमेरिकामा डिग्री लिएका बिद्धानहरु धेरै होलान तर मैले चिनेका बुझेका सामाजिक क्षेत्रमा देखा परेका सहयोगी भावना बोकेर हिडेका बिद्धान सङखुवासभा जिल्ला पाँचखपन नगरपालिका वाड नम्बर ४ पिप्लेटार हाल अमेरिका निवासी पदमराज तामाङ्ग जसले सङखुवासभा कम्यूनिटि अफ युएसएको विधान पनि लेख्नु भयो ।
पदमको सकृयतामा सङखुवासभा कम्यूनिटि अफ युएसएको सदस्यलाई आपत,विपतमा कसरी सस्थाबाट सानो तिनो सहयोग गर्न सकिन्छ भन्ने विश्लेषण, अनुसंधान गर्न लागि पर्नु भएकोछ । यस बिषयमा कार्यपत्र तयार पार्न अनुसंधानको लागि सस्थाको सदस्य लिई सकेका सबैलाई ईमेलबाट जानकारी र ईमेलमा संलग्न फारम भरी पठाई दिन अनुरोध गरीए मुताबीक केही सदस्यहरुबाट सुझाब आउन थाली सकेको छ ।
अनुसंधान र सुझाबबाट आएका कुराहरु समेटियर तयार पारीएको प्रस्ताबीक कार्य पत्र माथि सल्लहकार , कार्य समिति छलफल भै विधान संसोधन समितिमा प्रस्तुत गरि सस्थाको वार्षिक साधरण सभाबाट संसोधन परित भएको अबस्थामा सस्थाको सकृय पहलमा आपत बिपत परेका सदस्यले राहात पाउन सफल हुनेछ । यसबाट पिडित पक्षलाई केही आर्थिक सहयोग प्राप्त भई दुःखको पिडाले सताई रहेको बेला राहात मिल्दा सस्था एउटा अभिभावकको रुपमा उपस्थित देख्दा दुखित परेका सदस्यले त्यस बेला मनन गर्नेछ ।
फोटो :-पिक्निकमा नेपाली संघ सस्थाका कोलोराडो तथा बाहिर राज्यबाट सहभगी हुनु भएका पाहुनाहरु
अमेरिकामा बस्ने सङखुवासभाली सबै बुद्धिमान व्यक्तित्वहरुलाई सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य बन्न कसैले मोटिभेसन, कन्भीनस गरि रहनु पर्दैन आफैमा जानकारी अनुभवी रहेको कुरा मैले बुझेकोछु । सस्थाले सबैको जानकारी अध्ययनको लागि आफनो वेब साईड www. sankhuwasabhausa.org को About आफनो बिधान राखी सकेकोछ । अमेरिकामा बस्ने हामीलाई सङखुवासभाली हुँ भन्ने घमण्ड छ किनकी सङखुवासभाली भएर केही न केही व्यक्तिगत रुपमा सहयोग गरि रहेको सुनेका छौ। विदेशमा आफनो जन्मभूमीको याद कस्लाई आउदैन र विदेशमा होस वा स्बदेशमा एकता हुने सबैमा ईच्छा हुन्छ तर सबैमा हुदैन जस्मा सामाजिक भावाना नै छैन । हामी आशा गरौ अमेरिकामा बस्ने सङखुवासभालीहरुको लागि एकतामा एकताको सन्देश भएर जानेछ ।
अरु नेपाली संघ सस्थामा भएको किचोला जस्तो पदको लागि हान थाप ,जातिय नारा ,पारिबारीक समस्या ल्याउने मान मर्यादाको अहमता देखाउने यस्तो प्रबृतिमा हामी सबै कुनै बिभेदमा नलागि, आफनो स्वार्थमा हिडाउन नखोजी एक जुट भएमा पानीको थोपा थोपा जमेर कुवा, धारा, पोखरी, खोलानाला हुदै समुन्द्र बन्ने छ । एक थुकी सुकी सय थुकी नदि भन्ने हाम्रो उखान छ।सङखुवासभालीहरु एक जुट भएर जाने हो भने तपाईले ,हामीले , सस्थाले भनेको सोचेका कुरा समय सापक्षी पुरा हुनेछ । अनि हामी सङखुवासभाली भएको गौरब गर्नेछौ ।
फोटो- संखुवा सभा कम्युनिटी अफ यु एस ए को आफ्नो कार्यक्रममा सहभागी ,अथितिहरुलाई स्वागत गर्दै
हामीले हेरेकाछौ, देखेकाछौ अमेरिकाको ब्यस्थ समयको बाबजुत पनि समय निकालेर अमेरिकामा रहेका सङखुवासभाली साथीहरुले आफनो जिल्लाको नामबाट फेसबुक सन्जालमा साथी भाईहरुलाई एकत्रित बनाई आपसमा चिनाजान, खबरको आदन प्रदान जानकारीलाई नै महत्वपूर्ण राखेर खोलेको होला भन्ने मलाई लाग्दछ । सङखुवासभा जन सम्पर्क समिति अमेरिका, सङखुवासभा शेर्पा समाज अमेरिका, सङखुवासभा सम्पर्क सामाजिक संजाल युएसए सबैको भावना एउटै हो अमेरिकामा रहेका सङखुवासभालीहरुको पहिचान र आपत विपतमा सहयोग गर्ने गराउने नै हो । जस्ले यो कार्य गर्नु भयो गर्नु हुने व्यक्ति महान र धन्यबादको पात्रो हुनु हुन्छ ।
संखुवा सभा कम्युनिटी अफ यु एस ए को स्थापना भए पछि छोटो समयमा स्वदेश ,तथा विदेशमा के काम गर्यो होला भन्ने जीज्ञासा लाग्छ त्यसको लागि हामीले सस्थाको वेब साइडमा गएर हेर्न ,पढन सकिन्छ।
(सस्थाको आधिकारीक धारणा नभएर सस्थामा रहेर जाने बुझेका आधारमा लेखिएको छ)
फोटो- संखुवा सभा कम्युनिटी अफ यु एस ए को आफ्नो व्यानर सहित विभिन्न कार्यक्रममा सहभागी
फोटोग्राफर लेखक स्वयम् ,लेखक अबद्ध सस्थाहरु
महासचिब संखुवासभा कमयुनिटी अफ युएसए , अमेरिका
पूर्व अध्यक्ष ब्यबस्थापन समिति सूर्य बोडिङ्ग स्कुल ,खाँदबारी सङखुवासभा
पूर्व सभापति हेल्पिङ्ग हेन्डस जिल्ला शाखा सङखुवासभा
पूर्व सभापति नेपाल बितिय सस्था कर्मचारी युनियन सङखुवासभा
पूर्व मन्त्रि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सङखुवासभा
सस्थापक सदस्य सङखुवासभा छात्रवृत्ति प्रतिष्ठान,खाँदबारी
सस्थापक स्व.चन्द्रमाया श्रेष्ठ जुनियर रेडक्रस सोसाईटी छात्रवृत्ति, नेपाल रेडक्रस सोसाईटी सङखुवासभा
फेसबुक हेर्दै जादा मेरो आखा सुप्रभात भण्डारीले लेख्नु भएको एउटा जानकारी मुलक खबरमा पर्यो अध्ययन गरे पछि मलाइ पनि केही लेख्न जागरुक बनायो। मैले नाम सुनेको थिए । कालिका गाउँ पालिका वार्ड नं २ काेटाकाेट बेशी स्यांग्जाका पुरूषाेत्तम पाण्डेको तर हामी बिच परिचय भेट घाट भएको थिएन । पाण्डेको बारेमा लेखिएका लेख , अन्तरबार्ता पनि मैले पढेको थिए । यसैले मेरो प्रत्यक्ष भेटघाट परिचय नभए पनि अनलाइन पत्र पत्रिकाबाट म मा जानकारी थियो।
फोटो:- संखुवासभाको अधिबेसनमा सहभागी पाण्डे
july15,2017 संखुवासभा कम्युनिटी अफ यु एस ए को दोस्रो अधिबेसन कोलोराडो राज्यको डेन्भर शहर रेडिसन होटलको सभा कक्षमा पुरुषोतम पाण्डेको उपस्थितिमा मेरो परिचय हुने मौका मिल्यो। नेपालमा रहदा होश ,अमेरिकामा नेपाली सामाजिक सस्थाले गरेको हरेक कार्यमा वहाको योगदान,सहयोग छ। कोलोराडो राज्यको कोलोराडो स्प्रिंगमा आफ्नो ब्यबसाय र बसोबास गरि अमेरिकाको हरेक राज्यमा सामाजिक क्षेत्रमा कार्य गर्न आर्थिक सहयोग माग्ने नेपाली संघ ,सस्थाहरुलाई सहयोग गर्न पछि नहटने चिना परिचित व्यक्तित्वको रुपमा नेपाली समुदायमा उदयमान हुनु भएको छ।
कोलोराडो राज्यमा रहेका नेपाली सामाजिक संघ सस्थाहरुले आयोजना गरिएको हरेक कार्यक्रममा आफ्नो व्यस्ततालाई पनि वास्था नगरी सहभागी भै सस्थालाई अगाडी बढाउने कार्यमा महत्व पूर्ण योगदान गरि रहनु भएको छ।
फोटो:- नेपाली जान सम्पर्क कोलोराडोको पिकनिकमा सहभागी पाण्डे
संखुवासभा कम्युनिटी अफ यु एस ए को दोस्रो अधिबेसनको प्रमुख अथितिको लागि डेन्भर (कोलोराडो ) आइपुग्नु भएका अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्कीलाई कोलोराडो स्प्रिंगमा रहेका नेपाली समुदाय बिच उपस्थित गराई नेपालीहरुलाई परेको पिर मार्कामा प्रत्यक्ष भेटघाट कुराकानीबाट साबधानको उपयामा सहयोग गर्ने बिचार अनुसार राजदुत डा. अर्जुन कार्कीलाई कोलोराडो स्प्रिंग आउन निमन्त्रणा गर्नु भएको थियो ।
फोटो:- अमेरिकामा रहेका संखुवासभालीहरुको पिकनिकमा सहभागी पाण्डे
पुरुषोतम पाण्डेले मलाई पनि राजदुत ज्युलाई लिएर आइ दिनु भनि अनुरोध गर्नु भए मुताबिक मैले पनि सहभागी हुने अवसर पाए । राजदुत डा. कार्की संग क्यालिफोर्नियाबाट संखुवासभाको अधिबेसनमा सहभागी हुन् आउनु भएका लस एन्जलस श्रीपशुपतिनाथ फाउनडेशनको तत्कालीन सस्थापक अध्यक्ष तथा क्यालिफोर्निया राज्य आर्टिसिया शहरका प्लानिंग काउन्सिलर ,संखुवासभा समाज अमेरिकाको सल्लाहकार भक्त थापा , तत्कालीन NRNICC सदस्य, संखुवासभा समाज अमेरिकाको सल्लाहकार बलराम थापा , संखुवासभा कम्युनिटी अफ यु एस ए बोड अफ डाइरेक्टर पदम थापा र कोलोराडो निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए टेक्निकल अफिसर ई. अनिमेष श्रेष्ठ समेत हामी रेडिसन होटलबाट सिधै कोलोराडो स्प्रिंग स्थित नेपाल इण्डियन रेस्टुरेन्टमा गयौ ।
फोटो:- पुरुषोतम पाण्डे परिवारबाट राजदुत डा. अर्जुन कुमार कार्कीलाई स्वागत
Little, Nepal India Restaurant को पार्किंगमा हाम्रो गाडी रोकियो हामी सबै गाडीबाट उत्रिए पछि रेस्टुरेन्ट तिर लागियो। महामहिम राजदुत डा अर्जुन कुमार कार्कीलाई फूलका गुच्छाले पुरुषोतम पाण्डे सहित परिवारका सदस्यहरुले स्वागत गर्नु भयो र सबैलाई सभा कक्षामा लानु भयो। मलाई थाहा थिएन लिटिल नेपाल इण्डियन रेष्टुरेन्ट पाण्डेको आफ्नो ब्यबसाय हो भनेर। कोलोराडो स्प्रिंगमा रहनु भएका नेपालीहरुको आगवन रेष्टुरेन्ट हुदै गर्दा राजदुत डा. अर्जुन कार्कीको आज अर्को कोलोराडो राज्यको पुरानो नेपाली सामाजिक सस्था रकी माउण्टेण्डको थोतन शहर स्थित मेमोरियल पार्कमा हुने कार्यक्रममा ३ बजे पुग्नु पर्ने बाटोमा ट्राफिक जाम पनि हुने हुदा कोलोराडो स्प्रिङबाट करिब २ घन्टाको ड्राइभ रहेकोले हामी कोलोराडो स्प्रिंगबाट चाडै फर्कनु पर्ने छ।
फोटो:- नेपालीहरु संग छलफलमा राजदुत डा. अर्जुन कुमार कार्की
त्यसैले पुरुषोतम पाण्डेले उपस्थित नेपालीहरुलाई सम्बोधन गर्दै तपाईहरुलाई परेको पिर मर्का के छ राजदुत ज्युको उपस्थितिमा राख्नु होला भनि उद्’घोस गरि सके पछि समस्या भएका नेपालीले एक एक गरि आफ्नो समस्या र प्रश्न राख्नु भएको थियो। राजदुतले पनि नेपाली राजदुताबासले गर्ने कार्यहरुको बारेमा जानकारी गराउनु भै सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको थियो।
फोटो :-राजदुत डा. अर्जुन कुमार कार्कीको साथमा
उपस्थित सबैको लागि बिहानको खाना रेष्टुरेन्टमा तयार गर्नु भएका पाण्डेले खानाको लागि अनुरोध गर्नु भै हामी सबै संगै बसी रमाइला कुराकानीमा रमाउदै ,हास्दै भोजन खायौ।
फोटो:- पाण्डेको आथित्यमा दिवा भोज
राजदुत डा. कार्कीलाई बिदाई गर्न सबै जना गाडी पार्किंगमा आइ केही फोटो सेसन गरि डेनभर फर्कियौ। छुट्टिने बेलामा मलाई पुरुषोतम पाण्डेले भन्नु भयो साहेद म संखुवासभा कम्युनिटी अफ यु एस ए को महासचिब भएको नाताले हुनु पर्छ मलाई पनि तपाईहरुको सस्था संखुवासभाले गर्ने सामाजिक कार्यमा सानो तिनो सहयोगका लागि सम्झनु होस ।
मैले धन्यबाद भने कोलोराडो स्प्रिंगमा रहेको अमेरिकाको प्रख्यात माउण्टेण्ड Pikes Peak Mountain रेलबाट घुमाउने पुरुषोतम पाण्डेको इच्छा थियो त्यो भने राजदुतको व्यस्थता समयको कारणले पुरा हुन् सकेन। कोलोराडो राज्यमा हुने नेपाली संघ ,सस्थाको कार्यक्रममा बाहिरबाट आउनु हुने पाहुनाहरुको लागि स्वागत गर्न पाण्डे पछि परेको छैन।
फोटो:- राजदुत डा. अर्जुन कुमार कार्कीलाई बिदाई गर्दै पाण्डे
समाज सेवा धर्म कर्म गर्ने व्यक्तिहरुलाई केही नकेही परोपकार ,दान,धर्म गरि राखु भन्ने भावना जागृत हुन्छ। संसार कोविड १९ ले आतंगित बनाई रहेको अबस्थामा अमेरिकामा पनि कारेानाकाे महामारीले अस्त व्यस्था बनाई रहेको समयमा June2 ,2020 मंगलवारको दिन पुरुषोतम पाण्डेबाट कोलोराडो राज्य , काेलाराडाे स्प्रिंग स्थित चिल्ड्रेन अस्पतालका डाक्टर, नर्स, अस्पतालका सम्बन्धित स्वास्थ कर्मी तथा अन्य ब्यक्तिहरू ७२६ जनालाई नि:शुल्क लञ्च खुवाएर सहयोग गरि नेपालीहरुको सानमान जित्न सफल हुनु भएको छ ।
फेसबुक सुप्रभात भण्डारी बाट
भविष्यमा परोपकार कार्य गरि रहदा दिनदु:खिहरुको आत्माबाट पाएको आर्शैबादले भोलिका दिनहरुमा दान,धर्म समाज सेवा कार्य गर्ने गराउने आत्मा बल प्राप्त भै आत्माले शान्ति पाउने छ। बिदेशमा रहेका नेपालीहरु सबैले धेरै , थोरै पैसा कमाई सान र मानमा रमाइलो संग बसेका छन् । केही व्यक्तिहरु यस्ता पनि छन् आफु संग केही नभए पनि समाजमा सेवा , सहयोग गरु भन्ने भावानाका छन् भने केही व्यक्ति मेरो परिवार संसार यही हो, समाज के को लागि ,तिनीहरुलाई दिने पैसाले त मज्जाले खाइन्छ , हामीलाई कोही चाहिन्न भन्ने घमण्डपनले रनफनिका व्यक्तिलाई आपत र बिपत , मर्दा र पर्दाको पिडामा भोग्ने छ।
फोटोदान ,धर्ममा पाण्डे
। अनि समाज सम्पतिको ताजुक , घमण्ड अनि पैसाको तुलना गर्ने छ। हामी त्यस्त्यो स्वार्थी मान्छे न बनौ । नेपाली समाजमा पुरुषोतम पाण्डे जस्ता समाज सेवा परोपकार ,दान,धर्म गर्ने व्यक्ति पाउन सफल भएकाछौ । त्यसैले हाम्रो नेपाली समाजमा धन भएर मात्र के गर्नु मन पनि चाहिदो रहेछ। हामी आशा गरौ भोलिका दिनमा हाम्रो नेपाली समाजले निस्वार्थ समाज सेवा दान ,धर्म, परोपकार गर्ने ,गराउने व्यक्तित्वहरु पाउनेछ।
फोटो अमेरिकाको प्रतिनिधिसभा सांसद जेसन क्रोवलाई दोसला ओडाई स्वागत साथमा पाण्डे फोटो कोलोराडो नेपाली समाजका बरिष्ट व्यक्तित्व राम प्रसाद श्रेष्ठ , स्व डा. बिष्णु बहादुर श्रेष्ठ साथ पाण्डे
यो युनिकोडमा नेपाली लेखिएकोले रश्व ,दिर्घ शब्द गल्ति भएमा क्षमा चाहन्छु।
लेखक ,फोटोग्राफर महासचिब संखुवासभा कम्युनिटी अफ यु एस ए