संखुवासभा जिल्लाका बिद्यालय बहुउद्देश्यीय शिक्षा कार्यमा सहयोग बितरण

               
२०८०माघ ९ गते Jan23,2024 संखुवासभा समाज अमेरिकाबाट संखुवासभा जिल्लाका बिद्यालयको बहुउद्देश्यीय शिक्षा कार्यमा सहयोग पुर्याउने नीति अनुरूप सन २०२४ का लागि छनाैट भएका बिद्यालयहरू अरुणोदय माध्यमिक बिद्यालय  भोटखोला गाउ पालिका २ लिंगम -पिसाब संकलन टयाकी निर्माण रु. ६८,१००। = (अठसाठ्ठी हज्जार एक सय) जन चाहना आधारभूत बिद्यालय खाँदबारी न.पा. ७ बेलडाडा -फर्निचर  रु. ५०,०००।=(पचास हज्जार) सर्वमंगला आधारभूत बिद्यालय चैनपुर न.पा. ३ रातमाटे  बाल मैत्री फर्निचर रु. ५०,००० ।= (पचास हज्जार) लाई समाजका अध्यक्ष श्री शान्ती श्रेष्ठज्यूबाट खाँदवारीमा एक कार्यक्रम विच नगद तथा सामग्री प्रदान गर्नु भएको छ ।साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला संखुवासभा शाखालाई संखुवासभा जिल्लाको सदरमुकाम खादबारी पोखरी क्षेत्रमा सर्वसाधारणको लागि फ्रि वाई फाइ सेवा संचालनका लागि समेत बिस हज्जार पाच सय रकम हस्तान्तरण गर्नु भएको कार्यक्रम संचालन कोडिनेटर किरण कुमार शाक्यले गर्नु भएको थियाे । कार्यक्रमको लागि शिशा क्याफे एण्ड रेस्ट्रो खाँदबारीले सौजन्य प्रदान गर्नु भएको थियो।
फोटो सौजन्य:- दिप किरण शाक्य

खांदबारी नगरपालिका प्रति आभार व्यक्त

नेपाल भ्रमणमा रहनु भएको सङ्खुवासभा समाज अमेरिकाको अध्यक्ष श्रीमति शान्ति श्रेष्ठलाई खाँदबारी नगरपालिका नगर प्रमुख श्री महेश थपलिया, प्रशासकीय अधिकृतश्री दिनेश कट्टेलबाट तुम्लिङ्ग्टार बिमास्थल आफ्नो नगरमा स्वागत  गर्दै । साथै खांदबारी नगरपालिकाको कार्यालयमा अध्यक्ष शान्ति श्रेष्ठलाई नगर प्रमुख श्री महेश थपलिया , १ वडा अध्यक्ष  श्री निरन्जन श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत श्री निर्माण कार्की तथा नगरका कर्मचारीहरुले आज न्यानो स्वागत गरि सस्था प्रति गर्नु भएको मान सम्मानको लागि संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिका खांदबारी नगरपालिका प्रति आभार व्यक्त गर्दछ। फोटो सौजन्य दिनेस कट्टेल , सुजन बज्राचार्यलाइ धन्यबाद
महासचिब
संखुवासभा कम्युनिटी अफ यु एस ए
अमेरिका

मस्तिष्कघात बिमारीलाई संखुवासभा समाज अमेरिकाबाट सहयोग


संखुवासभा भोटखोला गाउपालिका २ च्याम्ताङकी लडेर मस्तिष्कघात भएर काठमाडौमा उपचार गराई रहेकी र आर्थिक अवस्था कम्जोर भएकी ४७ बर्षिय बिरामी फूपुलामु भोटेलाई कपन बालुवाखानीमा च्याम्ताङ्ग–काठमाडौं कल्याण समाजले आयोजना गरेको कार्यक्रममा बिमारीलाई संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको तर्फ निजि नेपाल भ्रमणमा रहनु भएको सस्थाका अध्यक्ष श्रीमती शान्ति श्रेष्ठबाट १ लाख १६ हजार सहयोग गर्नु भएको छ।  कार्यक्रममा नेपाल भ्रमणमा रहनु भएको सस्थाका उपाध्यक्ष मनोज कुमार श्रेष्ठ  सामाजिक अभियान्ता जीवनाथ खनाल संखुवासभा काठमाडौँ पत्रकार समाज अध्यक्ष शंखर खनाल साथै च्याम्ताङ्ग–काठमाडौं कल्याण समाज परिवारको उपस्थित रहनु भएको थियो।
मानवताको नाताले मस्तिष्कघात बिमारीलाई सहयोग गर्ने मनकारी दाता मुकेश श्रेष्ठ( वासिंगटन ) ,मनोज श्रेष्ठ(क्यालीफोर्निया ) ,शान्ति श्रेष्ठ ( कोलोराडो ) ,नोयनाथ पोखरेल( कोलोराडो ) , ई. अनिमेष श्रेष्ठ( कोलोराडो ), पदमा राज तामांग( कोलोराडो ) , ई. प्रमोद श्रेष्ठ( कोलोराडो ) , दिनेश श्रेष्ठ( कोलोराडो ) ,डा. शिशिर श्रेष्ठ( नेभडा)लाई धन्यबाद |

बिद्यालय छनोट

संखुवासभा कम्युनिटी अफ यु एस ए, अमेरिकाबाट संखुवासभा जिल्लाका बिद्यालयको बहुउदेश्यीय शिक्षा कार्यमा सहयोग गर्न २०२४ को लागि बिद्यालको आबश्यकतालाई निवेदनको आधारमा मुल्याकन गरि तपसिलका बिद्यालयलाई निम्न रकम सहयोग गर्ने जनवरी १९ ,२०२४ बसेको कार्य समितिको बैठकले निर्णय भएको हुदा छनोट भएको १, श्री अरुणोदय माध्यमिक बिद्यालय – भोटखोला गाउ पालिका २ लिंगम -पिसाब संकलन टयाकी निर्माण रु. ६८,१००। = (अठसाठ्ठी हज्जार एक सय)२, श्री जन चाहना आधारभूत बिद्यालय= खाँदबारी न.पा. ७ बेलडाडा -फर्निचर – रु. ५०,०००।=(पचास हज्जार)३, श्री सर्वमंगला आधारभूत बिद्यालय=चैनपुर न.पा. ३ रातमाटे – बाल मैत्री फर्निचर रु. ५०,००० ।= (पचास हज्जार) लाई जनवरी २३ ,२०२४ (माघ ९ ,२०८० ) मंगलबार नेपाल निजि भ्रमणमा रहनु भएका सस्थाका अध्यक्ष श्रीमति शान्ति श्रेष्ठबाट बिद्यालको प्रधानाध्यापकको उपस्थितिमा Shisha cafee and restro खाँदबारी नगरपालिका १ , सजक टोल , संखुवा सभा (नेपाल ) मा सहयोग बितरण हुने छ।

कार्यभार अध्यक्ष बिष्णु पौडेल “सितल “

संखुवासभा जिल्ला धर्मदेवी नगरपालिका ,आखिभुइ हाल अमेरिका ,भर्जिनिया निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिकाको उपाध्यक्ष  श्री बिष्णु पौडेल “सितल ” लाई सस्थाकाअध्यक्ष श्रीमती शान्ति श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष श्री नोयनाथ पोखरेल अमेरिका बाहिर रहनु भएको हुदा अध्यक्ष बाट जनवरी १८ ,२०२४ देखि अध्यक्ष अमेरिका फर्की नआए सम्मको लागि कार्यभार अध्यक्ष को जिम्मेवारी सस्थाको सस्थाको बिधान २०१६ अनुसार तोक्नु भएको छ।

संखुवासभा जिल्लाको सदरमुकामको कथा

लोक बहादुर श्रेष्ठ
खाँदबारी  हाल अमेरिका
केसबराज जीले लेख्नु भएको शंखुवा-सभा खांदबारीको लेख राम्रो लाग्यो । तर एऊटा कुरो चै ऋुट जस्तो लाग्यो । हुन सक्छ सत्य कुरो थाहा नभएर पनि यस्तो त्रुटि हुन्छ । ठीकै छ यसलाई सच्याएर लेख्नु होला । सदर मुकाम बारे यस्तो छ इतिहांस सबैले जान्न र थाहा पाऊंन जरुरी छ ।

२०१५ सालको आम निर्वाचन भन्दा अगाडी पहिले एउटा चुनाब क्षेत्रमा एउटा ग्राम बिकास राख्ने सरकारको निर्णय थियो | चैनपुर क्षेत्र र धनकुटा एउटै चुनाब क्षेत्र २२ न  त्रिभुवन ग्रामबिकास भने धनकुटा  र  खाँदारी हेवाखोला पारि २३ न क्षेत्र त्रिभुवन ग्राम बिकासको केन्द्र नुम तोकिएको थियो।  कर्मचारी, अफिसको लागि बस्ने नुममा भवनहरु उपयुक्त नभएकोले ग्राम बिकासको केन्द्र खाँदबारीमा राखियो।

२०१७ सालमा स्व. महेन्द्र राजाले संसदीय ब्यबस्थालाइ अपदस्थ गरी २०१८ सालमा स्व. महेन्द्र राजाबाट नेपाल अधीराज्यलाई १४ अन्चल , ७५ जिल्ला र लगभग ४५०० जति गाऊं पन्चायतमा बिभाजन गरियो । ७५ जिल्ला मध्ये शंखुवा-सभा पनि एऊटा जिल्लामा पर्यो ।
प्रतेक एऊटा जिल्लामा ( पचहत्तरै जिल्लामा )त्रिभुवन ग्राम बिकास केन्द्र खोलियो ।ग्राम बिकास केन्द्र खोल्ने क्रममा शंखुवा – सभा खांदबारीमा पनि त्रिभुवन ग्राम बिास केन्द्र कार्यालय खुल्यो ! यस केन्द्रको हाकीम स्व. जगन्नाथ भक्त श्रेष्ठ बि. डि. ओ. (ब्लक डेभलपमेन्ट अफिसर ) हुनुहुन्ऱ्थ्यो । त्यस बखत शंखुवा – सभा जिल्लामा ३१ गाऊं पन्चायतहरु ऱ्थिए ।सभा खोला वारीका गाऊ पन्चायतहरु ३१ वोटा शंखुवा – सभा जिल्लामा पर्दथ्यो । यस बखत शंखुवा – सभाको नक्सा पनि पिपलको पात जस्तो थियो । सभा खोला पारीका ८ गाऊ पन्चायतहरु हाल शंखुवा -सभामा पर्दछ । पहिले सभा खोला पारीका ८ गाऊ पन्चायतहरु धन्कुटा जिल्लामा थियो । सभा खोला पारीका गाऊं पन्चायतहरुलाई धन्कुटा जिल्ला टाढा पायक नपर्ने भएको र शंखुवा – जिल्ला खांदबारी चै नजिक पायक पर्ने भएकोले हामी ८ गाऊं पन्चायतररु चै शंखुवा – सभा जिल्ला खांदबारीमा गाभी पाऊं भनि निबेदन परेकोले पन्चायत मन्त्रालयबाट सभा खोला पारीका गाउ पंचायतहरु जंमा ८ शंखुवा – सभा जिल्लामा गाभियो । सभा खोला पारिका ८ गाउ पंचायतहरु गाभिए पछि शंखुवा – सभा जिल्लामा जंमा ३९ गाउ पंचायतहरु भए । शंखुवा- सभाको नकसा पनि गोरुको मुख जस्तो आकारको भयो ।
सभा खोला पारीका मानिसहरु लेखेपढेका अलि टाठाबाठा व्यक्ति भएकोले र माथी केन्द्र संम पनि पहुच पुगेकोले खांदबारीबाट त्रिभुवन बिकास केन्द्र चैनपुर सार्न प्रयास गरिएको थियो। कार्यालय सार्नको लागी मन्त्रालयबाट त्रिभुवन ग्राम बिकास केन्द्र खाँदबारीको कार्यालयका सामान ओसार्न  ठेकदारबाट घटाघट गरी ऊक्त केन्द्र चैनपुर गाऊं पन्चायतमा अबिलम्ब सार्नु भन्ने परिपत्र आएको थियो  |कार्यालयमा आएको यो परिपत्रले खांदबारीमा ठूलो सनसनी हलचल पार्यो । सबैमा एक किसिमको निरासा खाँदबारी बासिमा छायो । अब त्रिभुवन ग्राम बिकास केन्द्र थाम्न के ऊपाय गर्ने त भन्ने सोंचमा स्व.उतर कुमार गुरुंग , स्व. सूर्य बहादुर श्रेष्ठ र अन्य गन्यमान्य ब्यक्तिहरुको नेतृत्वमा अब घटाघट हुने दिन बिहानै देखि बुढा बुढीहरु,केटाकेटीहरु र नौजवान युवा युबतिहरु सबै भेला भएर कार्यालय घर वरिपरि सबैले घेर्ने । कार्यालयका कर्मचारीहरु सबैलाई दस बजे भित्र पऱ्स्न दिने र अन्य कोही पनि ब्यक्तीहरुलाई कार्यालय भित्र पस्न नदिने भन्ने निर्णय भयो।
सोही अनुसार सामान ओसार्ने ठेकदारलाई घटाघट गर्न बोल कबोल गर्न भित्र जान रोकियो र ठेकदारले घटाघट गर्न पाएन । यसरी तिन दिन लगातार कार्यालय घर घेरेर बसेपछि त्रिभुवन ग्राम बिकास केन्द्र चैनपुर सर्न र सार्न रोकियो ।अब यसलाई सर्न सार्न र आघीकारीक रुपमा थमौति गर्न स्व. सूर्य बहादुर श्रेषठ, स्व.  उतर कुमार गुरुंग र अन्य ब्यक्तिहरु काठमान्डू डेलिगेसन गएका थिए।  जिल्ला पञ्चायतले खाँदबारी राख्ने निर्णय गरेपछि स्व. सुर्य बहादुर थापा त्यस बखत प्रधान मन्त्री हुनुहुन्थ्यो ऊहांलाई भेटेर यहांको बस्तुस्थिति बारे सबै अबगत गराए पछि श्री ५ को सरकार बाट त्रिभुवन ग्राम बिकास केन्द्र खाँदबारी मा नै थमैती भयो ।ऊहांले खांदबारीको लागी कहिलै बिर्सन नै नहुने गुण लगाऊंनु भएको छ ।यदि ऊहांले यो काम नगरि दिनु भएको भए खांदबारीमा आज यो बिकास भएको देख्न पाईने थिएन।
सदर मुकामको बारेमा अलिकति चर्चा गर्नु सान्धर्बिक होला ।अहिले २०३६ साल देखी यता जन्मिएका भाई बैनीहरुलाई चैनपुर पुरानो सदरमुकाम हो । पञ्चायतले ७५ जिल्ला भएपछि संखुवा सभाको सदर मुकाम चैनपुर तोकियो।सरकारले   खाँदबारीमा रहेको सरकारी कार्यालयहरु चैनपुर सार्न चाहेको थियो } स्थानीयले बिरोध गरेकोले अफिस सरेन चैनपुरमा अदालत  ,माल अड्डा र पुलिस थाना थियो। सदरमुकाम चैनपुरबाट खांदबारी सरेको हो भन्ने जुन भ्रम छ यो गलत हो । किनभने खांदबारीमा जिल्ला स्तरीय कार्यालयहरु सबै थिए । केवल माल कार्यालय र अदालत चै चैनपुर बजारमा थियो । जिल्ला स्तरीय कार्यीलयहरु सबै खांदबारीमा भएकोले माल अड्डा कार्यालय पनी खांदबारीमा सार्नु अनिबार्य भएकोले श्री ५ को सरकारबाट माल अड्डा कार्यालय चैनपुरबाट खांदबारी सार्नु भन्ने परिपत्र आएकोले तेस बखत खेमराज नेपाल कायम मुकायम सि. डि. ओे . हुनुहुन्थ्यो । ऊहांकै नेतृत्वमा एक दर्जन प्रहरीहरुको घेराबन्दीमा मालका कर्मचारीहरु र कागज पत्रहरुबोक्ने भरियाहरुलाई राती नै चैनपुरबाट रातारात गरी माल अड्डा कार्यालय चै खांदबारीमा सारेको सांचो तथ्य हो ।राता रात गरेर सार्नुको कारण चै दिऊंसो जन्ताहरुले सार्न नदिने  मानवीय क्षेती बाट रोक्न महत्व पूर्ण बुध्दिमता चलाखी त्यसबखतका प्रशासन ले गरेको देखिन्छ। त्यसैले राती सार्ने काम भएको हो ।यहि माल कार्यालय चैनपुरबाट खांदबारी सारेको हुनाले पुरानो सदर मुकाम चै चैनपुर हो भन्ने कुरो पछिल्लो पिडिका भाई बैनिहरुलाई सदर मुकाम नै चैनपुरबाट खांदबारी सारिएको हो भन्ने भ्रम भएको हो । अब यस्तो भ्रममा पर्नु पर्दैन । ऱ्त्रिभुवन ग्राम बिकास कार्यालय खांदबारीमा खुले देखीनै यो कार्यालय खांदबारीमा २०१८सालदेखी नै अनबरत छ । यसको नाम बिभन्न काल ऱ्खन्डमा परिबर्तन हुदै हुदै आज जिल्ला प्रसासन कार्यालय हो| अदालत चै राणाकाल देखिनै रहेकोले चैनपुरबाट खाँदबारी सारिएन |

पहिलेको खाँदबारी

संखुवासभा समाज अमेरिकाको परेश राईलाई आर्थिक सहयोग

संखुवासभा समाज अमेरिकाले परेश राईलाई आर्थिक सहयोग गरेको छ । गायन रियालिटी शो मेरो भ्वाईस युनिभर्सको फाईनल चरणमा पुगेका संखुवासभाका परेश राईलाई जिताउन संखुवासभा समाज अमेरिकाले ४२ हजार सहयोग गरेको हो । संखुवासभाको पहिचान र गौरवको रुपमा रियालिटी शो को फाइनल चरणमा पुगेका परेशलाई जिताउन देशविदेशबाट सहयोग प्राप्त भईरहेको बेला संखुवासभा समाज अमेरिकाले ४२ हजार २ सय ५० रुपैया सहयोग गरेको हो । समाजले सहयोग रकम संकलन गरि परेशलाई जिताउन ८ हजार ४ सय ५० भोट गरेको हो । उक्त रकम समाजकी अध्यक्ष शान्ति श्रेष्ठ, महासचिव हरिकुमार श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, जीवन जोशी, कर्मतेञ्जिङ्ग भोटिया , मनोज श्रेष्ठ, मकेश श्रेष्ठ, ई.अनिमेष श्रेष्ठ र सन्जिप थापाले संकलन गरि परेशलाई जिताउन सहयोग गरेको हो ।
संखुवासभा चैनपुर नगरपालिका–१० इकुम्बाका स्थानीय परेश राई गायन क्षेत्रमा अगाडी बढ्र्दै गएका छन् । उनी केहीदिन अगाडी संखुवासभाको सदरमुकाम खाँदबारी, चैनपुर लगायतको क्षेत्रमा आएर साँगितिक कार्यक्रम सहित भोट मागेर काठमाडौं फर्किएका छन् । परेशलाई जिताउन देशविदेशका साथै संखुवासभा र आसपासका क्षेत्रमा शुभचिन्तकहरुले ‘परेश राई जिताऔं अभियान’ नै संचालन गरिरहेका छन् । परेशलाई जिताउन भदौ २ गते सम्म भोट गर्नसकिने छ ।

 Nepal
Wednesday, January 3, 2024

 शनिबार, २ भदौ, २०८० गते

संखुवासभा समाज अमेरिकाले आयोजना गरेको पिक्निकमा संखुवासभाबासीले गरे रमाईलो

अमेरिकाको व्यस्त जीवनकाबीच रमाईलो । आहाँ कस्तो होला रु धेरैलाई एकदमै रमाईलो महशुस गरेको भान गराउँछ । एक सकेण्ड फूर्सद नहुने अमेरिकाको दैनीकीकाबीच पनि बर्षमा एक दिनको जमघट गर्ने अवसर मिलाउदै आएको छ संखुवासभा समाज अमेरिकाले । सबैलाई स्वतन्त्र र उर्जाशिल जीवन नै मन पर्छ । व्यस्तताका बाबजुद पनि रमाईलो गर्न मन नपराउने सायदै होलान । मान्छे सामाजिक प्राणी भएकाले सबैलाई भेटघाट गर्न रमाईलो गर्न पनि पर्छ नै । त्यसमा पनि अमेरिकामा रहेका नेपालीहरुलाई यो देश र जिल्लाबासीप्रतिको सद्भाव र एकता अनि नेपाली गितसंगितमा झुम्न, नाँच्न, गाउँन र रमाईलो गर्न कति अवसर पार गर्दे यो दिन कुर्नु पर्ने हुन्छ । यस्तै संखुवासभा समाज अमेरिकाले जुराई दिएको यो दिनमा धेरै संखुवासभालीहरु पिक्निमा झुमे, गाए र रमाए पनि । नेपाली गित संगितमा ।

समाजले प्रत्येक बर्ष समर पिक्नि आयोजना गर्दे आएको छ । पिक्नीकमा संखुवासभाबाट अमेरिकामा बसोबास गर्दे आएका संखुवासभालीहरुको बाक्लो जमघट भएको थियो । समाजकी अध्यक्ष तथा समाजसेवी शान्ति श्रेष्ठले सबै आगन्तुकहरुलाई स्वागत गर्दे एकता र सद्भावकालागि पिक्नीक भएको बताउनु भएको थियो । पिक्नीकमा सबै संखुवासभालीहरुले नेपाली गितमा नाच्दै, गाउँदै रमाईलो गरेका थिए । लामो समय पछि नेपाली गितसंगितमा झुम्न पाउदा सहभागिहरु हौसिएका देखिन्थे ।
संखुवासभालीहरुको एकताकोलागि प्रत्येक बर्ष समर पिक्नीक आयोजना गर्ने चलन छ । आठ बर्ष अघि स्थापना भएको यो संस्था अमेरिकामा नेपालीहरुबीच धेरै लोकप्रिय छ । अमेरिकामा रहेर पनि संखुवासभालाई मायाँ गर्ने मात्र हैन, यहाँको बिकास, स्वास्थ्य, शिक्षा, सञ्चारलगायतको क्षेत्रमा संस्थाले महत्वपूर्ण काम गर्दे पनि आएको छ । बालबालिकाको शिक्षा, आपत बिपतमा परेका र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाईसमेत सिफारिसको आधारमा संस्थाले धेरै महत्वपूर्ण सहयोग गर्दे आएको छ । नेपालबाट अमेरिकामा पुगेका नेपालीहरुसंग समन्वय र सहयोग गर्दे संस्थाले बिभिन्न उपलब्धिमुलक काम पनि गर्दे आएको छ । संस्थाका अध्यक्ष शान्ति श्रेष्ठ, महासचिव हरिकुमार श्रेष्ठलगायतका पदाधिकारी नेपाल आउदासमेत बिभिन्न समाजिक काममा सम्लग्नता हुने गरेको छ । संखुवासभाली मात्र हैन, सम्पूर्ण नेपालीहरुबीच सहकार्य गर्दे आएको यस संस्थाले सामाजिक एकता र अपनत्वको भावना सृजना र एकआपसमा परिचित हुनसमेत अमेरिकामा पिक्नीकलागयतका बिभिन्न कार्यक्रमसमेत आयोजना गर्दे आएको समाजका महासचिव हरिकुमार श्रेष्ठले बताउनुभयो ।
एक बर्ष पछि आयोजना गरीएको पिक्निकमासमेत स्वस्फूर्त रुपमा धेरै संखुवासभालीहरुले सहयोग पनि गरेका थिए । मनोज श्रेष्ठ, बासुदेव श्रेष्ठ, रत्नप्रभा श्रेष्ठ, माधव श्रेष्ठ, मुकेश श्रेष्ठ, श्याम श्रेष्ठ, सुजता श्रेष्ठ, शान्ति श्रेष्ठ, हरिकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, गजेन्द्रबहादुर केसी, दिनेश श्रेष्ठ, कर्मा भोटीया, सुरेन्द्र श्रेष्ठ, सन्तोष काफ्ले, मिरा श्रेष्ठ, पार्वती श्रेष्ठ, नारायणचन्द्र श्रेष्ठ, रेनुका श्रेष्ठ, प्रमोद श्रेष्ठ, डम्बर श्रेष्ठ, मनिषा श्रेष्ठ, शरद श्रेष्ठ, देवानन्द श्रेष्ठ, सुष्मा श्रेष्ठ, पदमराज तामाङ, ह्यारी श्रेष्ठ, गौलचन प्रधान, स्नेहा श्रेष्ठ, निरञ्जन पोखरेललगायतले पिक्निक सफल पार्न सहयोग गरेका थिए । पिक्निकमा कोलोराडोका बिभिन्न प्रतिष्ठित संघ संस्थाका अध्यक्ष, प्रतिनिधि, समाजसेवी र उद्योगि व्यपारिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । त्यसैगरी डेनभर सिटी, बोल्डर सिटी, लङ्गमोण्ट सिटी, थोटनसिटीलगायतमा बस्ने संखुवासभालीहरुको पनि पिक्निकमा सहभागिता रहेको थियो । पिक्निक जुलाई २३ मा अरोरा सिटीमा भएको थियो । पिक्निकमा झण्डै २ सय ७५ भन्दा बढी नेपाली परिवारको जमघट भएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

 Nepal
Wednesday, January 3, 2024

 बिहिबार, ११ साउन, २०८० गते

ब्रेष्ट क्यान्सरबाट पिडित मेनी श्रेष्ठलाई आर्थिक सहयोग

अमेरिका । अमेरिकाकाको कानून अनुसार गठन भएको संखुवासभा कम्युनिटी अफ युएसएले बिरामीलाई आर्थिक सहयोग गरेको छ । ब्रेष्ट क्यान्सरबाट पिडित मेनी श्रेष्ठलाई अमेरिकी डलर ५ हजार ६ सय चौतिस सहयोग गरेको हो ।

संखुवासभा जिल्ला माइती भएकी हाल अमेरिका न्यूयोर्क निवासी संखुवासभा कम्युनिटी अफ युएसएका आजीवन सदस्य मेनी श्रेष्ठ सानो उमेरमा नै बे्रष्ट क्यान्सरबाट पिडित भई किमो उपचार गराई रहेकी छन् ।
संखुवासभा कम्युनिटी अफ युएसएले आफ्नो संस्थाको तर्फबाट बिरामीलाई भेटी सहयोग रकम हस्तान्तरण गरेको छ । सहयोग रकम हस्तान्तरण गर्न संखुवासभा कम्युनिटी अफ युएसएका अध्यक्ष शान्ति श्रेष्ठ र महासचिव हरिकुमार श्रेष्ठ न्यूयोर्क ज्याक्सन हाइट स्थित बुद्ध ट्याक्सको अफिस पुगी बिरामीका पति अभिषेक छ्होचनलाई भेटी अमेरिकन डलर ५ हजार ६ सय ३४ संस्थाकी अध्यक्ष शान्ति श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो ।

सामाजिक कार्यमा सहयोग गर्ने मनकारी दाताहरु मुकेश श्रेष्ठ, अन्जु श्रेष्ठ (वासिंङटन), नोयनाथ पोखरेल, उमा पोखरेल (कोलोराडो), कर्म तेञ्जिङ्ग भोटिया, ज्यामु भोटिया (कोलोराडो), श्याम श्रेष्ठ, शान्ति श्रेष्ठ (कोलोराडो), हरिकुमार श्रेष्ठ, पार्वती श्रेष्ठ (कोलोराडो), मनोजकुमार श्रेष्ठ, लिला श्रेष्ठ (क्यालिफोर्निया), पदमराज तामाङ, निर्मला तामाङ (कोलोराडो), सरद श्रेष्ठ, बर्षा श्रेष्ठ (कोलोराडो), बिष्णु पौडेल “सितल” सरस्वति शर्मा (भर्जिनिया), चेतमान श्रेष्ठ, सरस्वती श्रेष्ठ (कोलोराडो) रिपेन्द्र कार्की, श्रीमती सकुन कार्की (कोलोराडो), सुष्मा श्रेष्ठ (कोलोराडो), रिविका श्रेष्ठ (कोलोराडो), समिर श्रेष्ठ (कोलोराडो) कृष्णराज गिरी (क्यालिफोर्निया) कामछिरिङ्ग शेर्पा (क्यालिफोर्निया) कुमार श्रेष्ठ (इलोलोनिया) डम्बर श्रेष्ठ, पारु महर्जन (कोलोराडो) नारायणचन्द्र श्रेष्ठ (कोलोराडो) ले सहयोग गरेका हुन् ।

ridhishidi inner news – squareyamaha- inside news squaremaruti siment- inside of news- square

सहयोग रकम हस्तान्तरण कार्यक्रममा सिपीए पशुपति श्रेष्ठले आफ्नो कार्यालय बुद्ध ट्याक्स अफिस कक्ष उपलब्ध गराउनुका साथै सहभगिहरुलाई खाजाको ब्यवस्था गर्नुभएको थियो । संस्थाको तर्फबाट सामाजिक कार्यमा सहयोग गर्ने सहयोगीदाता सबैलाई धन्यवाद ब्यक्त गरिएको छ ।

अग्नि पिडित एकल महिलालाई राहात रंगिन जस्तापा

संखुवा सभा कम्युनिटी अफ यू. एस.ए.अमेरिका बाट खॅादवारी नगरपालिका वडा नं १ डडारेमा मिती २०७९ कार्तिक १९ गते आगो लागी ध्वस्त भएको एकल महिला तारा कोइरालाको घरमा छाना लगाउन रू ५०,०००/ बराबरको रंगिन जस्तापाता संखुवा सभा कम्युनिटी अफ यू. एस.ए.को जिल्ला कोडिनेटर किरण कुमार शाक्यले राहत प्रदान गर्ने काम सम्पन्न भयो । अग्नी पिडीत तारा कोइरालाले आफूलाई यो निस्वार्थ सहयोगले जाडोमा कठयांग्रिन वाट जोगाएको भन्दै दाता संस्थालाई धेरै धेरै धन्यवाद दिनुभयो ।