अरुण स्मारिका प्रकासन गर्ने

संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाले प्रत्येक दुइ दुइ बर्षमा अरुण स्मारिका प्राकासन गर्ने नीति अनुसार २०१९ जुनमा दोस्रो स्मारिका प्रकासन गर्न लागिएको हुदा इच्छुक बिध्दान वर्गहरुमा लेख ,रचना पठाउन अनुरोध गरिन्छ । रचना प्रकासन गर्न नगर्ने अधिकार समितिमा रहने छ । रचना April 15 ,2019 सम्म सस्थाको इमेल smarika.sscusa@gmail।com र sankhuwaofusa@gmail।com पठाई सक्नु पर्ने छ । लेखको फोटो पनि पठाउनु होला
स्मारिकामा शुभकामना बिज्ञापन दिन चाहानु हुने व्यक्ति , ब्यबसाहिकहरुले पनि उक्त मिति सम्म आफ्नो डिजाइन उपलब्ध गराई सहयोग गरि दिन हुन् अनुरोध गर्दछु ।

अरुण स्मारिका ,प्रकासन समिति
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिका

नेपाल सरकारको गृह सचिब संग भेटघाट

नेपाल सरकारको गृह मन्त्रालयको सचिब श्री प्रेम कुमार राई संग गृह मन्त्रालय सिंह दरबार काठमाण्डौ ,नेपालमा संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको अध्यक्ष श्रीमति शान्ति श्रेष्ठ तथा सस्थाका सस्थापक आजीवन सदस्य श्री श्याम श्रेष्ठ ले भेटघाट गर्नु भएको छ ।

खाँदबारीको जन सेवा पुस्तकालय किन बन्द


हरि कुमार श्रेष्ठ

खाँदबारीको जन सेवा पुस्तकालय किन बन्द
(यथार्थमा आधारित)
                                                                   

                 संखुवा सभा जिल्ला खाँदबारीका तत्कालीन युवा कृष्ण गोपाल श्रेष्ठ ,प्रेम प्रसाद अधिकारी,टेक नाथ घिमिर,.शिव कुमार गौली, दान बहादुर मास्के र भीम बहादुर श्रेष्ठको सकृयतामा २००९ सालमा खाँदबारीमा जन सेवा पुस्तकालय स्थापन गर्नु भएको थियो । तर परिस्थितिबस सो पुस्तकालय बाहिर संचालनमा आउन सकेन निष्कृय रुपमा रहयो ।
                      उच्च शिक्षा अध्ययन गर्न स्थानीयतहमा कलेज नभएको कारणले बाहिर शहर जानु पर्ने खाँँदबारीका यूवाहरुका लागि बाध्यता परिस्थिति थियो । एस एल सि परीक्षा दिन पनि संखुवा सभा जिल्लाको चैनपुर , मादी जानु पर्ने भएको कारणले घरको मायालु लोलोपोतोलाई बिर्सन सक्ने बातावरण बनि सकेको हुदा अभिवाबकहरु आफना बच्चाहरुलाई उच्च शिक्षा अध्ययन गर्न बाहिर शहर पठाउन सफल भएको पाउछौ । कलेज अध्ययन गर्न गएका युवाहरुले पुस्तकालयको आबश्यकता र महत्व बुझि सकेका कारणले नै पुस्तकालयलाई व्युझाउन र संचालनमा ल्याउन जनमानसमा जनचेतना जगाउने उद्देश्यले खाँदवारीका नव युवाहरु जुरमुराउन शुरु गरी सकेका थिए ।
                                  २०३४ साल देखि पुस्तकाल संचालनमा खाँदवारीका बुद्धिजीवी, समाजसेवीहरुसँग छलफल शुरु भएको थियो । कोही पढाई र जागिरको सिलसिलामा बाहिर जाने नेपाल अधिराज्यभर २०३६ सालको जनमत संग्रहले गर्दा सबै ब्यस्थ रहदा जन सेवा पुस्तकालय संचालन गर्ने सपना एउटा कल्पनामा मात्र सीमित हुन पुगेको थियो । खाँदवारीका नव युवाहरु , बुद्धिजीवी, समाजसेवीहरु हतोत्साह भै सकेका थिएन । यसका कमाण्ड कृष्ण गोपाल श्रेष्ठले गर्नु भएको थियो । तत्कालनि वहा खाँदवारी गाउँ पंचायतको उप प्रधान पंच पनि हुनु हुन्थ्यो पंचायतको मातहतमा पुस्तकाल संचालन गर्न दवाव आएको थियो । स्वतन्त्र भिन्दै आफ्नै नीति नियमीमा संचालन गर्ने अठोठ भएकोले समयमा पुस्तकालय संचालनमा ल्याउन कठिन भै रहेको थियो ।
                                खाँदवारीका युवाहरु थाकेका थिएन जोश र जागर साथ जसरी भए पनि पुस्तकालय खोलेर छाड्ने अठोटमा थियो । त्यस समयमा पंचायत व्यवस्था भएकोले संघ, संगठन, पुस्तकालय खोल्नु भनेको घरमा शत्रु विद्रोही पसेको पंचायत शासक स्थानीय प्रशासनलाई हुन्थ्यो । तर हाम्रा खाँदवारीका साथीहरुको सकृयतामा २०३८ साल आषाढ महिनामा मदन घिमिरे डाडा (हाल रेडक्रस भवन) भएको चउरमा हरिकुमार श्रेष्ठ, लोक बहादुर श्रेष्ठ, शेषराज दाहाल (मादी) युवराज शाक्य,सुन्दर बज्राचार्य, जगदिश शाक्य, विश्व बज्राचार्य , नर जीवन श्रेष्ठ र हरि बहादुर श्रेष्ठ भेला भयौ । पुस्तकालय खोल्न संचालनमा ल्याउन लोक बहादुर श्रेष्ठ संयोजक, हरिकुमार श्रेष्ठ सदस्य सचिव रहेको ११ सदस्यीय तदर्थ समिति बनायौं । पुस्तकालयको विधान मस्यौदा तयार गर्न जन सेवा पुस्तकालय विधान मस्यौदा समिति संयोजक कृष्ण गोपाल श्रेष्ठ, सदस्य सोमनाथ धिमिरे,सदस्य लोक बिहव्ल कार्की रहनु भएको गठन गरियो ।
                                      भेला सकिए पछि कृष्ण गोपाल श्रेष्ठलाई भेट्न हामी वहाको घरमा गयौ ।  घर परिवारहरु संग चिया पिउदै आज खाँँदवारीका युवाहरुको भेलाबाट भएको सारा कुरा सुनायौ । वहा अति खुसी हुनु भयो । मैले के गर्नु पर्छ मेरो जिम्मेवारी के दिनु भएको छ म मेरो वुद्धिले भ्याए सम्म सहयोग गर्न तयार छु । हामीले तपाईको संयोजकमा तिन जना जनसेवा पुस्तकालय विधान मस्यौदा समिति बनाएका छौ भन्दा धेरै खुसी हुनु भयो । विधान चाडै लेखि दिनु भयो भने दर्ता गर्न सजिलो हुने थियो । हामीलाई जन सेवा पुस्तकालयको विधान लेख्ने सौभाग्य दिनु भएकोमा खाँदवारी युवा साथीहरुलाई धन्यवाद सुनाई दिनु म भोली देखि नै विधान लेख्न थाल्छु । मेरो सहकर्मी जन सेवा पुस्तकालय विधान मस्यौदा समितिका सदस्यहरु बिच छलफल गरी म चाडै विधान दिने प्रयास गर्छु । अति खुसी र ढुक्क साथ कृष्ण गोपाललाई धन्यवाद दिएर घरतर्फ फर्कियौ ।
                          हामीले सोचेको समय भन्दा अगाडि नै जन सेवा पुस्तकालय २०३८को हस्तलिपि विधान प्राप्त भयो । तयारी विधान प्राप्त भए संगै जन सेवा पुस्तकालय तदर्थ समितिको वैठक वसी विधान अनुमोदन गरी कृष्ण गोपाल श्रेष्ठलाई लिएर जिल्ला कार्यालय संखुवा सभामा दर्ता गर्न गयौ । हामीले सोझै प्रमुख जिल्ला अधिकारीलाई हाम्रो निवेदन र विधान बुझायौ । निवेदन दर्ता गर्न तोक आदेश भयो । कृष्ण गोपाल श्रेष्ठले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनु भयो यो मैले लेखेको विधान हो तपाईले केही चिन्ता र सेन्सर गर्नु पर्दैन सि.डि.ओ. साहेप । जनसेवा पुस्तकालय खाँदबारी तदर्थ समितिका सबै जना चुप चाप प्रमुख जिल्ला अधिकारीको कोठामा थियौं । जिस्किएर हास्दै कृष्ण गोपालले भन्नु भयो होइन सि.डि.ओ.साप यसो चिया खान पाइदैन भन्दा प्रमुख जिल्ला अधिकारीले पियन वोलाएर उपस्थित सबैलाई चिया पिलाउनु भएको थियो ।
                           निवेदन दर्ता भएको एक महिना बिति सक्यो पुस्तकालय दर्ता भएको छैन । के भै रहेको छ बुझ्न  कृष्ण गोपाललाई जिल्ला कार्यालय संखुवा सभा पठायौ । निवेदकहरुको व्यक्तिगत चरित्र अध्ययन पुरा भएको छैन भनेर वहालाई जानकारी दिएछ । वहाले फेरि प्रमुख जिल्ला अधिकारीलाई भेटेर भन्नु भएछ सवै स्थानीय युवा सबै सरकारी नोकरीमा छन् डराउनु पर्ने कारण नै छैन । केही विधानमा संशोधन गरी जन सेवा पुस्तकालयको नाममा जिल्ला कार्यालय संखुवा सभामा न्वारान भयो । खाँदबारीबासी सबैमा खुसीको अनुभूति मिलेको थियो । कृष्ण गोपालले भन्नु भयो हाम्रो सकृयतामा जन्म दिएको जन सेवा पुस्तकालय तपाईहरुले पुनर जन्म दिनु भयो । यसलाई नव युवाको सकृयताले पूर्ण सफलता पाउने छ भन्ने आशा र बिश्वास लिएकोछु भनि शुभकामना दिनु भएको थियो ।
                                जन सेवा पुस्तकालयको विधान अनुसार कार्य समिति गठन गरी पहिलो कार्य समितिमा सभापति श्री लोक बहादुर श्रेष्ठ ,उपसभापति श्री शेषराज दाहाल (मादी) ,सदस्य सचिव श्री हरि कुमार श्रेष्ठ ,सचिव श्री युवराज शाक्य, कोषाध्यक्ष नर जीवन श्रेष्ठ ,साहित्य सचिव श्री हरि बहादुर श्रेष्ठ, खेलकूल सचिव सुन्दर बज्राचार्य, सास्कृतिक सचिव जगदिश शाक्य, सदस्य विश्व बज्राचार्य, पार्वती श्रेष्ठ, भरत कुमार शाक्य, सल्लाहकार समितिको अध्यक्ष कृष्ण गोपाल श्रेष्ठ हुनु हुन्थ्यो । हाम्रो पहिलो काम खाँँदवारी गाँँउ पंचायतको मातहतमा रहेको जिल्ला पंचायत संखुवा सभा अनुदानमा निर्माण भएको पुस्तकालय भवन ठेकेदार र जिल्ला पंचायतको लापरवाहीमा अधुरो रहेको एक तले पुस्तकालय भवन सफा सुग्घर रंग रोकन, झ्याल ढोकाहरुमा मर्मत गरी त्यही भवनमा जन सेवा पुस्तकालय संचालन गर्न खाँदवारी गाउँ पंचायत सँग सहमति गरियो ।
                                जन सेवा पुस्तकालयको दर्ता भए पछि भव्यताको साथ उद्घाटन गरी जन सेवा पुस्तकालय सर्बसाधरणका लागि खुल्ला भयो । खाँदवारी बजारमा कुनै पनि कार्यक्रम खेलकूद, सास्कृतिक कार्यक्रम, साहित्य कार्यक्रम, आदि जन सेवा पुस्तकालय मार्फत गरिन्थ्यो । खाँदवारीमा जात्रा, देउसी खेली अर्थ संकलन र चन्दा ,दान, सदस्यताबाट नै आवश्यक फर्निचर, किताबहरु खरिद गरी,पत्र पत्रिकाका वार्षिक ग्राहक बनि  पुस्तकालय संचालनमा थियो ।
खाँदवारीमा रहेका सरकारी कार्यालय, संघ, संस्था तथा स्थानीय व्यक्तिहरुबाट किताब पत्र पत्रिका सङकलन गर्ने कार्य सफल भएको थियो । कृष्ण गोपाल श्रेष्ठले एक दिन झोलामा टन्न किताब बोकेर आउनु भयो म पुस्तकालयमा काम गरी रहेको थिए ल हरि बाबु यी किताबहरु पुस्तकालयलाई दान दिएको छु भनि टेबुलमा राखी दिनु भयो । खरिद वा संकलित दानबाट प्राप्त पुस्तकहरु पुस्तकालयको अभिलेखमा राखिने ब्यबस्था थियो । दानबाट प्राप्त किताबहरु पुस्तकालयमा दाताको ब्यक्तिगत खातामा अभिलेख हुनथ्यो ।
                                   पुस्तकालय हरेक दिन बेलुका ४ बजे देखि बेलुका ६ बजे सम्म कार्य समितिका सदस्यहरुले आलो पालो तालिका अनुसार पुस्तकालय खोल्नु पर्दथ्यो । साँझको समयमा लालटिन, मैनबत्ती, कुपी बालेर भए पनि पुस्तकालय संचालन हुन्थ्यो । पुस्तकालय संचालनमा बिद्यार्थी किरण कुमार शाक्यले पनि आफनो स्कुल छुट्टी भए पछि पुस्तकालयका लागि स्वंयम सेवक कार्य गर्नु भयो । पुस्तकालय खोल्दा जहिले पनि किताब, पत्रिका पढनेहरुको आगवन दिनानुदिन बढि रहेको हुन्थ्यो । पुस्तकालयका लागि सुझाव सल्लाह दिने शुभ चिन्तकहरुको विचारले जनसेवा पुस्तकालयले खाँदवारी देखि काठमाण्डौं सम्म पाईला चालिनु सकारत्मक काम थियो । खाँदवारीको युवाहरुले काठमाण्डौंमा पनि सम्पर्क अगाडि वढाइ सकेको थियो ।
                २०३९ सालको लक्ष्मी पूजाको दिन लक्ष्मी प्रसाद देवकोटाको जन्म दिनमा जन सेवा पुस्तकालयले कवि गोष्ठीको आयोजना खाँदवारी पोखरी (हाल आरती होटल अगाडि) कार्यक्रम संचालयन स्थल थियो । उदघोषक साहित्य सचिव हरि बहादुर श्रेष्ठ र कार्यक्रमको सभापति जिल्ला पंचायतका तत्कालीन उप सभापति सूर्य बहादुर श्रेष्ठ हुनु हुन्थ्यो । कवि गोष्ठी राम्रोसँग सम्पन्न भयो तर एक जना कविले कविता वाचन पछि अन्तमा जय देश जय जनता भनेको शब्दले गर्दा सबै दर्शकहरु छक्क परेका थिए । किन कि पंचायत शासनकालमा राज परिवारबाहेक जनतालाई जय जयकार थिएन ।
                        तिहार छुट्टी पछि कार्यालय खोल्न साथ जिल्ला कार्यालय संखुवा सभाबाट पुस्तकालयलाई अर्को आदेश नआए सम्म पुस्तकालय नखोल्नु र संचालन नगर्नु होला । अर्को पत्रमा तपाईहरुले जिल्ला कार्यालयको अनुमति विना किन साहित्य गोष्ठी संचालन गर्नु भयो ? जन सेवा पुस्तकालय खाँँदवारीमा उपस्थिति कार्य समितिका सदस्यहरु ३ घण्टा अर्थात  १ बजे जिल्ला कार्यालय संखुवा सभा खाँदबारीमा उपस्थित हुन आउनु होला भनि प्रमुख जिल्ला अधिकारी डम्बरु प्रसाद भट्टराइले दस्तखत गरेको गोप्य पत्र बुझि सबै साथीहरुलाई जानकारी दिई  जिल्ला कार्यालय संखुवा सभा उपस्थिति हुन् अनुरोध गरियो । तत्कालै कृष्ण गोपाल श्रेष्ठलाई पनि भेटघाट गरी सबै पत्र अध्ययन पश्च्यात प्रमुख जिल्ला अधिकारी बौलाएछ भन्नु भयो ।
                                      जन सेवा पुस्तकालय कार्य समितिका सदस्यहरु सल्लाहाका कृष्ण गोपाल श्रेष्ठ र जिल्ला पंचायत संखुवा सभाका उप सभापति सूर्य बहादुर श्रेष्ठ जिल्ला कार्यालयमा प्रमुख जिल्ला अधिकारीको कोठामा भेला भै छलफल शुरु भयो प्रमुख जिल्ला अधिकारीले कविताहरु जिल्ला कार्यालयमा सेन्सर गराएर वाचन गराउनु पर्नेमा किन गराउनु भएन ? हाम्रो साहित्य सचिव हरि बहादुर श्रेष्ठले भन्नु भयो कविताका शब्दहरु सेन्सर गराउनु पर्ने खालका छैन भन्नेले जय देश जय जनता भन्यो सेन्सर गराएकै भए पनि यो शब्द भन्ने थियो बोल्नेको शब्द हामीले रोक्न सकिन्न भन्दा प्रमुख जिल्ला अधिकारी डम्बरु बल्लभ भट्टराइले हामी सबैलाई पूरा हप्काउनु भयो तपाईहरु सबै जागिरे, जागिर खाई दिऊ ? जिल्ला पंचायत संखुवा सभाका उपसभापति सूर्य बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम नभएको भए कृष्ण गोपाल श्रेष्ठ कवि गोष्ठीमा सहभागी नभएको भए तपाईहरु सबैलाई ६ महिना जेल पठाई दिन्थे प्रमुख जिल्ला अधिकारीको शब्दले जन सेवा पुस्तकालय कार्य समितिका सदस्यहरु नैरास्य हुनु स्वाभाविक थियो ।
                                       सूर्य बहादुर श्रेष्ठ र कृष्ण गोपाल श्रेष्ठले मिलाउनु धेरै प्रयास गर्नु भयो । प्रमुख जिल्ला अधिकारीलाई सम्झाउनु भयो तर प्रमुख जिल्ला अधिकारी मान्नेवाला थिएन अन्तमा प्रमुख जिल्ला अधिकारीले पुस्तकालयमा ताला लगाउने समितिको बैठक निर्णण पुस्तिका कार्यालयमा बुझाउनु पर्ने आदेश भयो । हामी सबैलाई एक चोटिका लागि माफी दिने फेरि पछि यस्तो कार्य गरिएमा कार्यवाही गरिने मौखिक आदेश भयो । यो निर्र्णयले हामीलाई काम गर्ने वातावरण नभएको हुदा हामी सबै निष्कृय भयौ । त्यसैले जनसेवा पुस्तकालय जय देश, जय जनताको शब्दले सदाको लागि बन्द भयो । आजसम्म यो पुस्तकालय संचालन भै राखेको भए खाँदवारीको सकृय पुस्तकालय हुने र युवा साथीहरुले रोजगार पाउने अवसर मिल्ने थियो ।
                                            जन सेवा पुस्तकालय खाँदवारीले विकाशका धेरै कार्य गर्नु पर्ने काम थियो । ती सबै कार्यहरु अधुरो रहयो । खाँदबारीको पोखरी स्थित मुटुमा रहेको दाताले दिनु भएको पुस्तकालयका लागि जग्गा भवन जन सेवा पुस्तकालयको नाममा दर्ता हुनु पर्ने त्यो पनि मनकामना गाँउ पंचायत नाममा दर्ता भै भवन निर्माण गरी व्यापारी प्रयोजन आय आर्जन हाल खाँदबारी नगरपालीकाले आम्दानीको स्रोत भएको छ । जिल्ला पंचायतबाट ठेकेदारले पाउनुपर्ने रकम थियो । खाँदवारीका युवाहरु निष्कृयको कारणले सदाको लागि जनसेवा पुस्तकालय निस्तब्ध भयो ।

(लेखक :- संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको महासचिब हुनु हुन्छ )

केडिट कार्डको जीन्दगी


लोक मान मास्के,
खाँदबारी नगरपालिका १, कोट गाउ टोल
भ्रमणक्रम, भर्जीनीया -अमेरिका

अमेरिकामा केडिट कार्डले चल्छ जीन्दगी
न नगद चाहिन्छ न त चेक नै साटिन्छ
घर बस्न दिदैन डिस्काउन्ट कुपनले तान्दछ
नगद चाहिदैन केडिट कार्ड घोटे भइ हाल्दछ


हरेक खाध्यान्नमा फै्रश र अर्गानिक नन अर्गानिक, छ
हरेक खरिदमा पनि रीर्टन पोलेसि लागु छ
यहा सामान बेच्ने बिकाउने अनेक दाउ पेच छ
किन्न सक्ने नसक्ने कुरै छैन केडिट कार्ड सधै साथै छ


प्रत्येक दिन त नभनौ हरेक हप्ता मल स्टोर्स चाहार्ने चलन छ
नया किन्ने अनि पहिले किनेको फिर्ता गर्ने नियमित चक्र छ
नगद नै चाहिदैन केडिट कार्डको चलन छ
क्षणिक सुख र आनन्द दिलाउने रिटेल थेरापीको बहाना छ


यहा भोली होइन आजको जीन्दगी छ
सुख सहेल गर्न सक्ने जति आज नै गरन्छि
भोलीको सुख सहेलको लागि पखिैने चलन छैन
त्यसो गर्ने उपभोगबादी सस्कृतीले पनि दिदैन

बचत गर्ने न नीति छ न बानी नै छ
खाने खुवाउने पिलाउने अनेक परम्परा छ
जागीर आज हो कि भोली ठेगान छैन
त्यसैले गुड फ्राई डे मनाउने बानी छ

President’s Message

Dear SSC USA members,

I am honored and feel so great to shoulder this responsibility as the first president of Sankhuwa Sabha community of USA. I would like to thank you all for being members of this family and giving me an opportunity to serve you as a president.

Our primary goal is to build, strengthen and energize the relationship between the people living in the USA who have or had a connection to Sankhuwa Sabha. As our organization is on growing phase, we need to put extra efforts for national and global outreach, increase members, set our goals and make a space to expand further in the future.

I am grateful to the patron and all the members of Advisory Committee for their valuable suggestions, support and guidance. I would like to extend my gratitude to the board members an executives and those who have worked hard to give a through stand to the organization in a very short period of time. Likewise, my sincere thanks goes to all the community leaders and the members for their continued support and cooperation.

Finally, I am looking forward to seeing you all in our upcoming General Assembly on July 15, 2017 in Colorado.

Best Regard,
Shanti Shrestha
President
SSC USA

Finding a future in Durango: EDV program is an essential link to a better life

Nearly 246,000 Nepalese live throughout the United States, and of this number, about 13,000 make Colorado home. Of these, a small number live right here in Durango.

People do not normally seek to immigrate to other countries if they can receive proper social benefits within their own homeland. These benefits essentially include whatever is needed for a basic standard of living.

They want to see their children have the opportunity for a brighter future than they themselves might have had in their countries of origin. It is worthwhile to make the move to the United States, even though many are aware that those dreams might not come true for everyone. The hope for a bright future for their children and families motivates most immigrants who come to the U.S.

There are different types of visas for foreigners to enter, such as the well-known student visa, working visa, visiting visa, business visa, etc. It is a real challenge to obtain any type of visa to come into this country. People can change their status legally into permanent residency by marrying a U.S. permanent resident or requesting asylum. To become a permanent legal resident in this country is an even more difficult and a far more complicated and drawn-out process.

The Electronic Diversity Visa is a legal permanent resident visa program the U.S. provides to certain countries for people living under the line of poverty. There are certain requirements to qualify for the program, such as education, work experience, age, etc. This particular program is less expensive and also takes less time than other methods. Many immigrants, like my wife and me, came to this country through this program.

It is not easy for immigrants, who struggle in a new place with new people and a new language, even though they are ready to work hard in order to establish for themselves a good lifestyle and to see their futures manifested in the U.S.

After securing a permanent residence card (Green Card) or citizenship, immigrants need a good and reliable source of income, a decent bank balance and all taxes paid in order to sponsor relatives who will come join them in the U.S. This financial stability indicates that they can take care of the themselves and the newcomers.

The Trump administration is not as flexible toward immigrants. During the presidential election of 2016, Trump said, “America is having more challenges in domestic security because of immigrants,” and “Real Americans are being unemployed because of immigrants.” These are unfair assertions that generalize blame upon all immigrants, and is aimed at creating a public sentiment that supports stopping immigrants from coming to the U.S. through programs like the EDV.

If the government stops such programs, this country would lose an innovative and potent workforce, ready to share their skills, knowledge and strong work ethic. The U.S. would also lose a significant number of new taxpayers. The rich diversity of immigrant religions, cultures, languages and all that they value from their countries of origin would no longer be shared with the American community and this cultural resource would be lost as well.

As for me, I came to the United States in 2009 and found Durango in 2011. This peaceful, easygoing place with heavenly scenery and friendly people attracted me, and I started to feel Durango was much like my home in Nepal.

I decided to stay and bring over my wife, Yasoda, who was already waiting for her U.S. visa. She arrived in 2013, and she liked it here right away. She is now working at Walmart.

Now, we have a 38-month-old Durango-born child, Abhinna, and we plan to live in Durango all our lives. As my wife said, “Durango is a really beautiful place and people are friendly and helpful. We can raise our child in the lap of nature here.”

Ganesh “Apeksha” Shrestha is currently employed at Fort Lewis College.

Source: Durango Herald