
कोलोराडो , जनवरी ६ सोमबार
अमेरिका भ्रमणमा रहनु भएका संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ९ ढुंगेधारा हाल काठमाण्डौ निवासी बिज्ञ, बिध्दान श्री सुर्य किरण श्रेष्ठ ( Ph.D Scholar Management, Tribhuvan University) Deputy Head of Department \ Program Co-ordinator (BHM) लाई संखुवासभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट कोलोराडो राज्यको सेण्टिनियल सिटीमा संखुवासभालीहरुको उपस्थितिमा अध्यक्ष श्रीमति शान्ती श्रेष्ठ ,महासचिब श्री हरि कुमार श्रेष्ठले खादा लगाई स्वागत गरिएको थियो ।

आफनो न्यु योर्कको यात्रा पछि कोलोराडो राज्य आइ पुगेको र यस पछि क्यालिफोरनिया राज्य जाने कुरा जानकारी गराउनु भएको थियो । अमेरिकामा बसोबास गरि बस्ने संखुवा सभा जिल्लाबासीको तर्फ बाट भेटघाट र स्वागतको कार्यक्रम राखी आफ्ना साथी भाइ , स्टमित्र संग भेट घाटको अवसर पाएकोमा खुसि व्यक्त गर्दै संखुवासभा समाज अमेरिकालाई र आफ्नो अमुल्य समय दिएर टाडा टाडा बाट गाडिको ट्राफिक लाई पनि वास्था नगरी उपस्थित भई दिनु भएकोमा मान्यजन साथीहरुलाइ धन्यबाद दिनु भएको थियो । Sankhuwa sabhaa community of USA सस्थाको बारेमा साराम्स जानकारी गराइएको थियो । आफ्नो अमेरिका भ्रमण सुख मय, रमाइलो भएको जहा गए पनि साथि भाईहरुको माया सदभावना घुमफिरमा सहयोग पाएको छु ।

अमेरिका यस अघि पनि आफ्नो कार्यालयको सिमिनरमा आएको थिए समयको आभाबले राम्ररी घुमफिर गर्न पाएको थिइन् । यस पल्ट मेरी श्रीमती सहित व्यक्तिगत भ्रमणमा आउदा मेरा साथी भाइ ,बहिनि र परिवारको सहयोगमा घुमफिर गर्न पाउदा आफु भाग्यमानी महसुस गरेको छु । सस्था बाट जिल्लाको बिकासमा गरिने कार्यमा मेरो तर्फ बाट पूर्ण सहयोग गर्ने प्रति बध्दता समेत जनाउनु भएको थियो । हाल छोटो समय भएकोले मैले समय दिन सकिन चाडै नेपाल फर्कने र पछि अनिकुल मिलाएर आउने छु । अमेरिका घुम्ने रहर अझै बाकि रहेको छ ।
श्रेष्ठले नेपालमा रहेर नेपालको होटल ब्यबसाय र पर्यटन बिकासमा गर्नु भएको कार्य महत्व पूर्ण छ ।


