निर्वाचन समिति गठन

संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समितिको मिति एप्रिल ५ , २०२६ मा बसेको बैठक बाट संयोजक श्री नारायण चन्द्र श्रेष्ठ ( सल्लाहकार ), सदस्य श्री गौलोचन प्रधान (बोड अफ डाइरेक्टर) , सदस्य श्रीमति सुष्मा श्रेष्ठ(बोड अफ डाइरेक्टर) सदस्य भएको निर्वाचन समिति गठन गरिएको छ।

निर्वाचन समितिले आबश्यक छलफल गरि july19, 2026 निर्वाचन सम्पन्न गर्न हाल कायम कार्य समितिको पदावधि २०२६ जुलाई मा महिना समाप्त भई अगस्त १ देखि नया कार्य समितिले कार्य सम्पादन सुरु गर्ने हुदा , निम्न पद अध्यक्ष १ ,बरिष्ट उपाध्यक्ष १ , उपाध्यक्ष ४, महासचिब १,कोषाध्यक्ष १, सचिब १, पब्लिक रिलेसन अफिसर १,प्लानिंग अफिसर १, इभेन्ट अफिसार १ ,टेक्निकल अफिसर १ ,बोड अफ डाइरेक्टर ८ , निर्वाचन बाट छनोट गर्ने छ।

संखुवासभा कम्युनिटी अफ यु एस ए को निर्वाचन जुलाई १९ ,२०२६ मा हुने हुदा जुन १ ,२०२६ देखि जुलाई १९ , २०२६ सम्म नया सदस्य हुन् स्थगित गरि जुलाई २० ,२०२६ देखि नया सदस्य बन्नको लागि खुल्ला गर्ने समेत निर्णय गरिएको छ ।
निर्वाचन समितिले पछि निर्वाचन तालिका प्रकाशन गर्ने छ।