सहयोग रकम हस्तान्तरण

 

संङ्खुवासभा समाज अमेरिकाले संङ्खुवासभा जिल्लाका एक बिद्यालयको बहुउदेश्यीय बिकास कार्यको लागि प्रतेक बर्ष बार्षिक एकलाख सहयोग गरिने कार्यक्रम अनुसार २०२५ को लागि छनोट भएको श्री बानेस्वर आधारभूत बिद्यालय ,चैनपुर् नगरपालिका ११ खहरे संङ्खुवासभालाई सुचना तथा संचार प्राबिधिक उपकरण तथा बाल मैत्री फर्निचर ब्यबस्थापनको लागि जुन ८ ,२०२५ ( जेष्ठ २५ ,२०८२ ) आइतबार शिशा क्याफे , खाँदबारी नगरपालिका १ सजक टोल ,संङ्खुवासभामा हाल नेपाल भ्रमणमा रहनु भएको सस्थाको अध्यक्ष श्रीमती शान्ति श्रेष्ठले सहयोग रकम एकलाख बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष श्री गजेन्द्र कटुवाल प्रधानध्यापक श्री मोहन श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रमको सञ्चालन संस्थाका संङ्खुवासभा समाज कोडिनेटर वरुण बहुमुखी क्याम्पस का पूर्व क्याम्पस प्रमुख श्री किरण शाक्य ज्युले गर्नु भएको थियो। कार्यक्रममा संखुवासभा जिल्लाको सामाजिक व्यक्तित्वहरु ,पत्रकारहरुको सहभागी रहेको थियो।