संखुवासभा समाज अमेरिकाको पाचौ महाधिबेसन सु सम्पन्न

अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए को पाचौ महाधिबेसन  कोलोराडो राज्यको सुपेरियर सिटीमा जुलाई १७ ,२०२२ मा सु सम्पन्न भएको छ। पाचौ महाधिबेसन उदघाटन कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष श्रीमती शान्ति श्रेष्ठले गर्नु भै प्रमुख अथिति सुपेरियर सिटीको मेहर क्लिन्ट फ़ोइसोम ,सस्थाकको संरक्षक नारायण श्रेष्ठ, सुपेरियर सिटीको जस्टिक श्रीमती फ्रेज र सस्थाका बरिष्ठ उपाध्यक्ष नोय नाथ पोखरेलले आसन ग्रहण गर्नु भएको थियो।       

                                    कार्यक्रममा अमेरिकाको राष्ट्रिय गित १० बर्ष मुनिका बच्चाहरु आर्यना अमात्य , एल्भिना श्रेष्ठ , सर्बज्ञा श्रेष्ठ ,आर्या श्रेष्ठ र जोयल तथा  नेपाली राष्ट्रिय गित सरद श्रेष्ठ ,प्रमोद श्रेष्ठ , अनिमेष श्रेष्ठ र आदर्श श्रेष्ठले गाउनु भएको थियो। गौली क्याप इण्डस्टि नेपाल प्रो. राम गौली , प्रो.मुकुन्द गौलीले सस्थाका सदस्यहरुका लागि निशुल्क सहयोग गर्नु भएको सस्थाको लोगो अंकित क्याप सस्थाका संरक्षक नारायण श्रेष्ठबाट कार्यक्रमको प्रमुख अथिति सुपेरियर सिटीको मेहरलाइ सिरमा लगाई सु आरम्भ गर्नु भै कार्यक्रममा सहभगीहरुलाई स्वयम् सेवकहरुले क्याप बितरण गरिएको थियो।                                         

                                   संखुवासभा कम्युनिटी अफ यु एस ए को लागि महत्व पूर्ण योगदान पुर्याउनु हुने सस्थाका उपाध्यक्ष मुकेस श्रेष्ठ (वासिंगटन ) उपाध्यक्ष मनोज कुमार श्रेष्ठ (क्यालिफोर्निया ) महासचिब हरि कुमार श्रेष्ठ (कोलोराडो ) बोड अफ डाइरेक्टर सन्तोष काफ्ले (कोलोराडो ) सस्थापक आजीवन सदस्य श्रीमती रुवी श्रेष्ठ (कोलोराडो )सस्थापक आजीवन सदस्य निरन्जन पोखरेल (कोलोराडो ) लाई सम्मान र सस्थाबाट प्रमाण प्रमुख अथिति र संरक्षकबाट बितरण गरिएको थियो।                                           

                                   कार्यक्रममा सामाज सेवी सुजन श्रेष्ठले माथिल्लो अरुण जल बिध्दुतको बिषयमा  प्रकाश पार्नु भयो सो अबसरमा प्रमुख अथिति सुपेरियर सिटीको मेहर , संरक्षकले बोल्नु भै सस्थाले गरेको कार्य प्रगतिको बारेमा   प्रकाश पार्नु हुदै  उपस्थित सहभागीहरुलाई धन्यबाद दिदै उदघाटन कार्यक्रम अन्त भएको घोषणा अध्यक्ष शान्ति श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रम संचालक सस्थाको सचिब पदमराज तामांगले गर्नु भएको थियो।           

                                   पाचौ महाधिबेसन आयोजक समितिको संयोजक सरद श्रेष्ठले जानकारी दिनु भएअनुसार खाना पछि बन्द सत्र सुरु हुने सो सत्रमा महासचिब बाट सस्थाको प्रतिबेदन , कोषाध्यक्ष बाट सस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरि छलफलबाट अनुमोदन गरिने सस्थाको बिधान संसोधन गरिने र नया कार्य समिति छलफलबाट घोषणा गरिने छ।