संखुवा सभालीको देउसी अमेरिकामा

अमेरिकामा बसोबास गरि बस्ने संखुवा सभा जिल्लाबासीहरुको दर्ता भएको सामाजिक सस्था Sankhuwa Shaba Community of USA हो । सस्थाको स्थापना भए पछि आफ्नो देशको सस्कृतिलाई जगाई राख्न र आउने सन्ततिहरुले पनि भविष्यमा आफ्नो चाड बाडलाई निरन्तरता दिन सकुन भन्ने उदेश्य साथ हरेक बर्ष तिहारमा कोलोराडो राज्यको बिभिन्न शहरमा सस्थाको तर्फ बाट देउसी खेल्दै आएको छ । यो कार्यक्रम गर्नु पनि चानचुने छैन सबै आ आफ्नो कार्यमा बिजी ,चेलीबेटीहरु भाई टिकाको लागि ब्यबस्थापन गर्नु पर्ने आदि कारणहरुले उपस्थिति जनाउन कठिनाइ , देउसी खेल्न कसैले मेरो घरमा आइ दिनु भनि अनुरोध आउछ भने कसैलाई हजुरको घरमा हामी देउसी खेल्न आउदै छौ भनि अनुरोध गर्नु पर्ने बाध्यता छ ।
सदा झैँ यस वर्ष २०७८ सालको देउसी कार्यक्रम कोलोराडो राज्यको अरोरा सहरमा आयोजना गरिदा सस्थाको लागि देउसी खेल्न आफ्नो घरमा अनुरोध गरि दान बाट प्राप्त $416.00 सेण्टिनियल सिटि निवासी इभेन्ट अफिसर सरद श्रेष्ठ , अरोरा निवासी टेक्निकल अफिसर ई. अनिमेष श्रेष्ठ ,अरोरा निवासी बोड अफ डाइरेक्टर गौलोचन प्रधान, सस्थापक आजीवन सदस्य ह्यारी श्रेष्ठबाट  सहयोग गर्नु भएको छ। सहयोग  गर्ने दाताहरु धन्यबादको पात्रो हुनु भएको छ ।
देउसी कार्यक्रममा आफ्नो ब्यस्थताको बाबजुत पनि सहभागी भै कार्यक्रम सफल बनाई दिनु हुने महासचिब श्री हरिकुमार श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमति पार्वती श्रेष्ठ , इभेन्ट अफिसर श्री शरद श्रेष्ठ , टेक्निकल अफिसर ई अनिमेष श्रेष्ठ , बोड अफ डाइरेक्टर श्री गौलोचन प्रधान , सस्थापक आजीवन सदस्य श्रीमती बर्षा श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमती पेरिसा श्रेष्ठ ,सस्थापक आजीवन सदस्य श्रीमती जुनु श्रेष्ठ , सस्थापक आजीवन सदस्य सुश्री सगुन श्रेष्ठ ,सस्थापक आजीवन सदस्य सुश्री एल्भिना श्रेष्ठ , सस्थापक आजीवन सदस्य सुश्री सर्वज्ञा श्रेष्ठ, सस्थापक आजीवन सदस्य ,सुश्री आर्या श्रेष्ठ सस्थापक आजीवन सदस्य श्री ग्रिवान प्रधान ,सस्थापक आजीवन सदस्य श्री ह्यारी श्रेष्ठ, श्रीमती निर्मला श्रेष्ठ  ,श्रीमती हसिना प्रधान रहनु भएको थियो ।
आ आफ्नो तर्फ बाट सस्थालाई सहयोग गर्नु हुने सबै मनकारी महानुभाबहरु धन्यबादको पात्रो बन्न सफल रहनु भएको छ ।आउदो दिनहरुमा पनि यसरी नै देउसी भैलो कार्यक्रम गर्न गराउन सहयोगको अपेक्षा राख्दछ ।