नव आजीवन सदस्य कुमार ,मन्जु श्रेष्ठ

अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्ला बासीहरुको अमेरिकाको कानुन अनुसार दर्ता भएको 501(c)(3) सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए SSCUSA हो। बुढानिलकण्ठ नगरपालिका कपन हाल अमेरिकाको इलोलोनियई राज्य निवासी कुमार श्रेष्ठ ,,श्रीमती मन्जु श्रेष्ठ सस्थाको बिधान अनुसार जुलाई १४ ,२०२१ देखि आजीवन सदस्य हुनु भएको कुरा सम्पूरण महानुभाबहरुको लागि जानकारी गराइन्छ।

( संस्थाको सदस्यता फारम र सदस्यता शुल्कको बैंक चेक इलोलोनियई राज्य भ्रमणमा रहनु भएका संस्थाको महासचिब हरि कुमार श्रेष्ठलाई नव सदस्य कुमार श्रेष्ठ , श्रीमती मन्जु श्रेष्ठले हस्तान्तरण )


संस्थाको बिधान अनुसार संखुवासभा जिल्लामा जन्मिएका सन्तानहरुको सन्तान र संखुवासभा जिल्लामा घर जग्गा भएका व्यक्तिहरु संस्थाको सदस्य हुन् पारिवारिक आजीवन सदस्य श्रीमान् ,श्रीमती र १८ बर्ष मुनिका , आजीवन सदस्य सिंगल १८ बर्ष माथिका र साधारण सदस्य २ बर्षका लागि पचिस डलर सदस्य शुल्क बुझाएर सदस्य हुने ब्यबस्था रहेको छ। आजीवन सदस्यका लागि पारिवारी एक सय पचास र सिंगल एकसय डलर शुल्क बुझाएरआजीवन सदस्य हुन् पाउदछ। सदस्यता फारम संस्थाको वेब साइडमा राखिएको छ। सदस्य सुल्क चेक, जिलो , पेपाल र संस्थाको बैंक खातामा जम्मा गरिनु पर्दछ।

(संस्थाको सदस्यता फारम र सदस्यता शुल्कको बैंक चेक इलोलोनियई राज्य भ्रमणमा रहनु भएका संस्थाको महासचिब हरि कुमार श्रेष्ठलाई नव सदस्य कुमार श्रेष्ठ , श्रीमती मन्जु श्रेष्ठले हस्तान्तरण गर्नु भएको कार्यक्रममा संस्थाको बोड अफ डाइरेक्टर गौलोचन प्रधानको समेत उपस्थिति )

संस्थाको उदेश्य अनुसार कार्य गर्न जिल्लाको बिकास र आपत बिपतमा सहयोगी भावना लिई आफ्नो जन्म भूमिलाई सम्झी जिल्लाबासीको एकतामा हाते मालो गरि जिल्लाबासी एक आपसमा परिचित भै भोलिका दिनमा सकृय सहभागीले आफनो जन्म भूमिमा जन्मिएर गर्नु पर्ने एउटा कार्य पुरा हुनेछ। व्यक्ति आज छ भोलि रहदैन जसले समाज सेवामा लगनसिलता भै कार्य गर्छ उसको आत्माले सन्तुस्ट पाउछ र दिन दुखीको आसिर्बाद प्राप्त हुन्छ। यसैले सस्थालाई सकृय पार्न सदस्यहरुको महत्व पूर्ण भूमिका रहने छ।

संखुवासभा जिल्लाका अमेरिकामा रहनु भएको इच्छुक व्यक्तिहरुले जुन सुकै समयमा सदस्य लिन सक्नु हुनेछ। संस्थाको वेब साइडमा सदस्यता लिन सजिलो होस् भनि सदस्य सम्बन्धि फर्म राखिएको छ । संखुवा सभालीहरुले अमेरिकाको विभिन्न राज्यको शहरमा आफ्नो ब्यबसाय ,जागिरमा लगनसिल भै आ आफ्नो तर्फबाट समाज सेवामा इच्छुक व्यक्तिहरु क्रियासिल रहेको पाउदछौ । अमेरिकामा रहेका संखुवा सभा जिल्ला बासिले सदस्य लिए पछि संस्थाको बारेमा जानकारी पाउन सकिने र जिल्लामा आपत बिपतमा सहयोग पुर्याउन महत्व पूर्ण कार्य हुनेछ। त्यसैले इच्छुक व्यक्तिले संस्थाको सदस्य लिई एकताको भावना जगाई दिन अमेरिकामा रहेका संखुवा सभा जिल्ला बासिमा संखुवासभा कम्युनिटी अफ यु एस ए गर्दछ |