सङखुवासभाको नेपाली बिद्यार्थी अमेरिकामा भएको गोलीकाण्डमा निधन


अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा ज्यान गुमाउने नेपालीको परिचय सार्वजनिक गरिएको छ । सङखुवासभा खाँदबारी नगरपालिका वाड नम्बर ६ तल्लो पाङ्ठा विक्रम घिमिरे , स्वार्गिय दुर्गा घिमिरेका कान्छा छोरा सागर घिमिरेको गोलीकाण्डमा आक्रमणकारीसहित ४ जनाको मृत्यु भएकोमा एकजना नेपाली समेत रहेका छन् । घिमिरे वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा वस्दै आएका थिए । । मृतम घिमिरेका एक दाजु र एक दिदी रहेका छन् । स्थायी सङखुवासभा घर भएका २४ बर्षका घिमिरे यही अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जबर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्रयाजुएट भएका थिए । उनी झण्डै एकसाता अगाडिमात्र वुडल्यान कम्प्लेक्समा बसाई सराई गरेका थिए ।

गोली काण्डसंगै घरमा आगजनी समेत भएको थियो । आक्रमणकारीको भने प्रहरीको गोलीबाट निधन भएको हो । मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिले चलाएको गोलीबाट घिमिरेको मृत्यु भएको हो ।
घटनामा घाइते हुने नेपाली सर्लाहीका श्याम अधिकारी रहेको जनाइएको छ । उनी सन् २०१७ मा अमेरिका आएको जनाइएको छ ।
दुखत घटना सुन्नमा आए पछि संखुवासभा कम्युनिटी अफ यु एस ए को मे ९ , २०२१ मा बसेको आकस्मिक बैठकबाट मृतकको लागि आबश्यक सहयोग जुटाउन परिवारजन र स्थानिय नेपाली कम्युनिटी संग समन्यय गरि पहल गर्ने निर्णय गरिएको छ।