रेडक्रसकर्मीलाई धन्यबाद

हरि कुमार श्रेष्ठ , कोलोराडो
संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको वेसिन्दामा असार २७ ,२०७७ साल शनिबार राती अविरल बर्षासँगै आएको पहिरोले ९ घर बगाएको थियो। पहिरोमा ५ घरका ११ जना बेपत्ता भएका छन्।

फोटो:- रेडक्रसकर्मी छलफलमा अध्यक्ष राम कुमार कुलुङ र समितिका अन्य व्यक्तिहरू

संखुवासभा जिल्लाको सिलिचाेङ गाउपालिका -१ र २( बेसिन्दा )पहिराे पिडितलाई अस्थायी पुन:बाँस गराईएकाे सिसुवा बुधबारे र पांखमटारका परिवार संख्या ३८ र चित्रेमा ६८ परिवार गरी जम्मा १०६ परिवारको सम्बन्धमा स्थलगत अध्ययन गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा संखुवासभाले एक कार्य टोली खटाइ नेपाल रेडक्रस साेसाईटी केन्द्रबाट तयार गरिएकाे फारम विवरण , त्यहाकाे वस्तुस्थिति र भविष्यकाे कार्ययोजना सम्बन्धमा छलफल गर्न सम्बन्धित सिलिचाेङ गाउपालिकाको अध्यक्ष राम कुमार कुलुङ र समितिका अन्य व्यक्तिहरू संगकाे

फोटो:- रेडक्रसकर्मी भेटघाट अध्यक्ष राम कुमार कुलुङ

छलफलमा सहभागी हुन कोरोना महामारी र वर्षादको समय कठिन उकाली वोरालिका पैदल भिर पाखा बाटोहरु पार गर्दै रेडक्रसको आज्ञा मानवताको लागी आफ्नो जीवनलाई समाज सेवामा समर्पित रहनु भएका रेडक्रसकर्मीहरु चित्र रेखा अधिकारी कार्की र लक्ष्मी कार्की धन्यबादको पात्रो हुनु हुन्छ ।

फोटो:- रेडक्रसकर्मीको कठिन यात्रा

नेपाल रेडक्रस साेसाईटी केन्द्रबाट तयार गरिएकाे फारम विवरण गर्न केन्द्रको आदेशलाई शाखाले सिरोपर गरी यस्त्यो समयमा आफ्नो जीवनलाई प्रभाह नगरी दुर्गम ठाउमा पिडितहरुको आशालाई साहाकर बनाउन रेडक्रसकर्मीले आफ्नो कठिन पैदल यात्रा गरिएकोछ। केन्द्रले यथार्त कुरालाई अध्ययन गरी रेडक्रसका सिध्दान्तलाई मनन गरी पिडितहरुलाई आस्वासनमा मात्र सिमित नराखी भविष्यमा पुनर्बासको पनि ब्यबस्था मिलाउने कुरामा हामी आशाबादी बन्यौ। पिडित पक्षको सुखमय जीवनयापन गर्न पाउने आवसर मिलेमा अनि मात्र रेडक्रसका सिध्दान्त र रेडक्रसकर्मीले गरेको आफ्नो सफलताको कठिन यात्रा पुरा हुनेछ ।

हरि कुमार श्रेष्ठ ,नेपाल रेडक्रस सोसाइटी
संखुवासभा जिल्ला शाखाको पुर्व मन्त्रि (२०५०-२०६२)
फोटो सौजन्य फेसबुक:- लक्ष्मी कार्की