थापाको मेहनतको डिग्रि

हरि कुमार श्रेष्ठ
महासचिब
संखुवासभा कम्युनिटी अफ यु एस ए

संखुवासभा जिल्ला पाचखपन नगरपालिका वाड नम्बर ७ संगाउ हाल अमेरिकाको क्यालिफोर्निया राज्य आर्टिसिया निवासी पदम बहादुर थापा २०१५ सालमा डि भी परि अमेरिका आउनु भएको थियो। अमेरिका आए पछि आफ्नो व्यस्थ जीवनलाई पनि प्रबाह नगरी आफ्नो परिवारका साथ दु:ख सुख समय बित्दै जादा आफ्नो इमान्दार ,लगनसिल ,मेहनतको साथ् काम गरि रहेको आफ्नो  Analysis at UnitedHealth Group कम्पनिमा मेनेजर पदमा पुग्न सफल हुनु भएको छ।

अमेरिकामा आए पछि मेहनत ,इमान्दार ,लगनसिल हुदा आफ्नो सपनाहरु पुरा हुदै जाने आवसर मिल्ने देश अमेरिका हो। यस्त्यो अवसर पाउदा कसैले आफ्नो सुनौलो अवसर खेर फाल्छ भने कसैले मेहनत गरेर यस्त्यो अवसरलाई खेर फाल्न दिंदैन । अमेरिकामा बाल बच्चा परिवार ,पाच दिन काम गरेर समय निकालेर पढनु भनेको चानचुने कुरा होइन।

फोटो :- आफ्नो जीवन संगिनको उपहार ,शुभकमना ग्रहण गर्दै

अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्ला बासीहरुको सामाजिक सस्था अमेरिकाको कानुन अनुसार २०१६ मा दर्ता भएको संखुवासभा कम्युनिटी अफ यु एस ए हो। यस सस्थाको बिधान अनुसार सस्थापक आजीवन सदस्य भएर सस्थाको कार्य समितिको बोड आफ डाइरेक्टर पदमा २०१७ देखि समाज सेवामा रही काम गर्नु हुने पदम थापा उदारणीय हुनु हुन्छ। सस्थाले आब्हान गरेको सहयोगी कार्यमा आफ्नो स्वयक्षाले सहयोग गरि आउनु भएको छ। अमेरिकामा नेपाली समुदायलाई परेको आपत बिपतमा पनि सानो तिनो मानवीय कार्यमा सहयोग गर्ने व्यक्तिमा पर्नु हुन्छ। ।

फोटो :-संखुवासभा कम्युनिटी अफ यु एस ए को सस्थापक आजीवन सदस्यको प्रमाण पत्र सस्थाका संरक्षक नारायण श्रेष्ठको हातबाट लिनु हुदै साथमा अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्की

आज संखुवासभा कम्युनिटी अफ यु एस ए को एउटा सदस्य अमेरिकाको Claremont Lincoln University बाट डिग्रीको सपना पूरा भएको औपचारिक दीक्षान्त समारोह 2020मा सहभागिता हुने अवसर पाउने पदम थापालाइ बधाई, शुभकमना दिन पाउनु संखुवासभालीहरुमा हौसला, खुसीको महशुस गरेको छ।

फोटो :-कार्य समितिमा थापा २०१७

कसैको लागि यो डिग्री पाउनु सामान्य कुरा हो। संखुवासभाको एउटा गाउमा जन्मिएको लागनाशील व्यक्ति अमेरिकाको व्यस्था जीवनमा समयको बाबजुत पनि समय निकालेर मेहनत गरेर पाएको अवसर नगुमाई आफ्नो योग्यताको लागि गर्नु भएको लगानी महत्व पूर्णछ।
उदारणीय बन्नु भएका थापा जस्तै मेहनत गरेर पाएको अवसर नगुमाउदा भविष्यमा पछुताउनु पर्ने स्थिति रहने छैन।

फोटो :-परिवारका साथ् थापा