शेयर मिसन ईन्टरनेशनल अमेरिकाले काठमाडौमा क्रियाशिल संखुवासभाली पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण ।

अमेरिकाको कोलोराडो राज्य डेन्भरबाट संचालन गरिएको सामाजिक संस्था शेयर मिसन ईन्टरनेशनल 501 ( c ) मार्फत मानविय सेवा नेपालमा भुकम्प पिडित , बढी पिडित र स्कुल र अमेरिकामा रहेको नेपाली सामाजिक संघ सस्थाहरुलाई समाज सेवा कार्यमा सहयोग गर्दै आएकोछ ।


विश्व भर कोविड १९ कोरोना भाईरस संक्रमण महामारीको अहिलेको अवस्थामा अग्रभागमा रहेर यस आपतमा आफ्नो जीवनलाई जोखिममा राखी यथार्थ बस्तुस्थित रिपोटिंग, लेखन ,छयांकन ,सुचना सम्प्रेषण कार्यका लागि पत्रकारहरुले महत्व पूर्ण आफ्नो जिम्मेवारी निभाएको छ।
संखुवासभामा जन्मिएर काठमाडौंमा क्रियाशिल पत्रकारहरुको सामाजिक सस्था एसकाजले निष्पक्ष रुमा कुनै राजनीतिको प्रवाहामा नपरी नेपालमा काम गर्ने सस्थाको रुपमा चिरपरिचित भएको हुदा संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएशन (एसकाज)को छनोट गरि स्वास्थ्य सुरक्षा सामग्री सानो सहयोग भए पनि सहयोग हुने देखिएकोले हातेमालो गरिएको छ।


कोरोना भाईरस संक्रमण महामारीको अहिलेको अवस्थामा सुचना सम्प्रेषणमा क्रियाशिल पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामग्री वितरण गर्नका लागि सहयोग गरिएको शान्ति श्रेष्ठले जानकारी दिइन् ।


संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएशन (एसकाज)को संयोजनमा एक कार्यक्रमकाबीच पत्रकारहरूको सुरक्षा र सहजताका लागि मास्क,स्यानीटाईजर लगायत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए ।


शेयर मिशन ईन्टरनेशनलले नेपालको ग्रामिण क्षेत्रका विद्यालय तथा विद्यार्थीहरुका लागि सहयोग प्रदान गर्दै आएको छ भने आपतविपतमा परेका लागि समेत आर्थिक तथा अन्य सहयोग प्रदान गरिरहेको छ आफ्नो सस्थाबाट स्वास्थ्य सुरक्षा सामग्री सानो सहयोग भए पनि संखुवासभाली पत्रकारहरुलाई बितरण गरि दिनु भएकोमा संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएशनलाई शेयर मिशन ईन्टरनेशनलको तर्फबाट धन्यबाद दिनु भएको कुरा एग्जुकेटिब डाइरेक्टर श्याम श्रेष्ठले जानकारी दिनु भयो ।

शेयर मिसन ईन्टरनेशनल एग्जुकेटिब डाइरेक्टर श्याम श्रेष्ठ