सङखुवासभा समाज अमेरिका किन

      .

 

हरि कुमार श्रेष्ठ
खाँदबारी ,हाल अमेरिका

आज भन्दा चार वर्ष अगाडि बिहानीको समयमा मेरो फोनको घन्टी बजि रहेकोछ घरमा म चिया,नास्ता लिदै थिए । शान्ति दिदीले मलाई किन फोन गर्नु भयो भनि उठाए दिदी भन्दै हुनु हुन्थ्यो मेरो घरमा जनवरी १६ कोलोराडोमा रहेका सङखुवासभा जिल्लाबासीहरुको भेटघाटको लागि सबैलाई बोलाएको छु आउनु है खानाको पनि ब्यबस्था छ तिमिले पनि कसैलाई चिनेको छ भने बोलाउनु भन्नु भयो मैले हुन्छ भने ।अमेरिकामा सङखुवासभा जिल्लाबासीहरुको एक आपसमा चिनाजान परिचय नभै रहेको र कसैलाई आपत बिपतमा सहयोग चाहिएको अबस्थामा जानकारी समेत नहुने अबस्थाको महषुस गरि सङखुवासभालीहरु धेरै कोलोराडो राज्यमा रहेको हुदा जनवरी १६ ,२०१६ का दिन भेला गरि भेटघाट गरौ भनि कोलोराडो राज्य सेन्टीनियल सिटि निवासी श्याम श्रेष्ठ, श्रीमति शान्ति श्रेष्ठको सकृयता र आथित्यमा आफनो निवासमा भेलाको आयोजना गरि ५१ परिवारहरुलाई आमन्त्रण गरिएकोमा ३५ परिवारहरुको उपस्थिति गराउन सफल हुनु भएकोछ ।

फोटो अमेरिकाको कोलोराडोमा रहेको संखुवासभालीको पहिलो भेटघाट

नारायण श्रेष्ठको अगुवाईमा उपस्थित सहभागीहरु बिच आ आपनो परिचयात्मक पछि बिभिन्न बिषयमा छलफल भई अन्तमा कोलोराडोमा रहेका सङखुवासभा जिल्लाबासीहरुको समर पिक्नीक गर्ने र कोलोराडो राज्य बाहेक अन्य राज्यहरुबाट पनि अमेरिकामा रहेका सङखुवासभा जिल्लाबासीहरुको समेत उपस्थिति गराउने र कार्यक्रम ब्यबस्थापन गर्न एक पिक्नीक आयोजक समिति श्रीमति शान्ति श्रेष्ठको संयोजकमा १५ सदस्य समिति बनाउन छलफलबाट निर्णय भयो ।

सङखुवासभा समाज अमेरिकाको जन्म अमेरिकामा रहनुभएमा सङखुवासभा जिल्लाबासीहरुको पिक्नीकमा सहभागी उपस्थित गराउन क्यालिफोरनिया निवासी बलराम थापा (वाना) र कोलोराडो निवासी कर्म तेन्जीङ्ग भोटीया(चेपुवा) ले मलाई फोन नम्बर उपलब्ध गराई सहयोग गर्नु भई मैले केही सङखुवासभाली संग फोन गरेको थिए ।अमेरिकामा रहनु भएका केही सङखुवासभाली ब्यक्तित्वहरुबाट अमेरिकामा बसोबास गर्ने सङखुवासभा जिल्लाबासीहरुको सामाजिक संस्था बनाउनु पर्छ भनि पहल गर्ने खाँदबारीका धर्मराज श्रेष्ठ (कोलोराडो), खाँदबारीका हरि कुमार श्रेष्ठ (कोलोराडो) , वानाका बलराम थापा (क्यालीफोरनिया) , चैनपुरका जीवन जोशी (टेक्सस) ,वानाका पदम राज तामाङ्ग (कोलोराडो) , मादीमुलखर्कका बेदनिधि दाहाल (टेक्सस) ,को सरसल्लाह महत्व पूर्ण छ ।

आयोजक समितिको छलफलबाट अमेरिकामा सामाजिक सस्था अमेरिकाको कानुन अनुसार दर्ता गर्न आबश्यक सस्थाको विधानको पहिलो मसौदाको लेखनको लागि एक जिम्मेवारी लगासिल सामाजिक व्यक्तित्व बिद्धान पदमराज तामांगले निभाउनु भएको थियो भने सम्बन्धित निकायमा सस्था दर्ता गर्न श्याम श्रेष्ठलाई जिम्मेवारी दिई वहाको सकृयतामा अमेरिकाको नियमनुसार April 12 ,2016 को दिन Sankhuwasabha Community of USA कोलोराडो राज्यमा दर्ता भएको छ । यो सस्था मिति July 23,2018 देखि Nonprofit organization  501(c)(3)हुन् सफल भएको छ ।

फोटो संखुवा सभा कम्युनिटी अफ यु एस ए को पहिलो सम्मेलन(2016) प्रमुख अथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्की

अमेरिकामा सङखुवासभा सस्था किन ? यो प्रश्न उटुनु उठाउनु जरुरी छ किन भने नेपालमा बसेर सोचेको जस्तो अमेरिकामा डलर त्यसै फलदैन धेरै मेहनत र परिश्रम गर्नु पर्दछ । आफनो देशमा मेहनत र परिश्रम गर्ने वातावरण नहुदा आफनो देशको परिस्थितीले गर्दा आफनो सन्तानको भलाई र शिक्षा दिक्षाको लागि मेहनत गरि भविष्यमा केही गरु भनि पहिलो पल्ट डिभी, स्टुडेन्ट भिषामा अमेरिकामा मेहनत र परिश्रम गर्न आउनेहरु अमेरिकाको इमिगेसन पुरा गरि प्रबेश भई एर्पोटमा ब्यागेज लिई सकिए पछि दुःख र सुखका अनुभूति सुरु हुन्छ । आफनो मान्छे,परिवारका सदस्य , साथी भाई चिनाजानका कोही छन भने कुनै दुःखको अनुभूति पाउदैन । एर्पोटमा फुलका गुच्छा लिएर स्वागतको लागि उपस्थित हुन्छ । घरको तातो भात खान र आराम साथ सुत्न पाउछन् सरकारी कामकाज गर्न,कामको खोजी गर्न कुनै झन्झट पर्दैन । आफु नेपालमा नै छु भन्ने झझल्को दिन्छ ।

यदि अमेरिकामा चिनाजानका कोही छैन भने इमिगेसन पुरा भइ जब एर्पोट बाहिर निस्कन्छ , भाषाको समस्या , कहाँ जाने , कहाँ बस्ने , के खाने नेपाली खाना पाइन्न,बच्चा बच्ची छन भने अर्को समस्या, सुरु हुन्छ । यदि साथमा डलर छ भने सावधानको उपाय एर्पोटबाट टयाक्सीमा होटल जानु पर्छ एक दिनको लागि टर्ने भयो सधै होटल बस्न सकिन्न किन कि डलरमा खर्च हुन्छ नेपालबाट ल्याएको पैसाले कति दिन टार्न सकिन्छ । काम कसरी खोज्ने अमेरिकाको नियमनुसार काम गर्न ओर्क परमिट, ग्रिनकार्ड , सिटिजन चाहिन्छ । कसरी सरकारी कामकाज गर्ने जस्तो सोसल सिकुरटी, स्टेट आइ डि बनाउने आदि कुराले चिन्तित बनाउछ । सबै परेको समस्या र चिन्ताले सताई रहेको हुन्छ । त्यस बेला सहयोगी ब्यक्ति नेपालीको याद आउछ ,नेपाली समाजको याद आउछ सहयोग पाईन्छ कि भनि आशा पलाउछ । सबै नेपालीले सहयोग गर्छ भन्ने भावना नसोचे पनि हुन्छ ।

हामीले सुनेकाछौ एर्पोटमा नेपालीलाई आपत पर्दा पुलिसको सहयोगले केही सहयोगी भावना भएका नेपालीहरुले आफनो घरमा लगेर उद्धार गरेकाछन् तर यस्तो कार्य सबै नेपालीहरुले गर्छन भन्ने नसोचे हुन्छ । यसैले अमेरिकामा आउदा सङखुवासभालीहरुले दु:ख नपावोस भनि सङखुवासभालीहरुलाई सहयोग गर्ने, गराउने कार्यका लागि संङखुवासभा समाज अमेरिका चाहिन्छ ।

अमेरिका ठूलो देश हो । अमेरिकाको विभिन्न शहर, राज्यमा बसोबास गरि बस्ने सङखुवासभालीहरु बिच एक आपसमा चिनाजान परिचय गर्ने गराउने ,आपत विपतमा एक आपसमा सहयोग गर्ने गराउने चिनाजानीको लागि पनि संङखुवासभा समाज अमेरिका चाहिन्छ ।

फोटो- संखुवा सभा कम्युनिटी अफ यु एस ए को आफ्नो जिल्लाको लाखे र व्यानर सहित नेपाल डे कार्यक्रममा सहभागी

एक आपसमा मिलेर चिनाजानी भएर मित्रता सहयोग गर्ने नै सबैको भावना हो जस्तो मलाई लाग्छ ।आफनो देश, गाँँउ, परिवारलाई छाडेर विदेश आए पछि आफनो परिचित साथी भाई ,परिवारको सदस्य नहुदा विदेशमा एक्लोपन भएको अनुभब हुन्छ । यस्तो परिस्थितीमा नेपाली समाज ,परिवार ,गाँउ घरका समाजको याद आउछ । हामीलाई समाज भित्र रहेर रमाउन मन पराउछौ । त्यसैले हामीलाई संङखुवासभा समाज अमेरिका चाहिन्छ ।

बिमारी पर्दा एक गिलास तातो पानी खुवाउने , आपत विपतमा सहयोग गर्ने समाज, ब्यक्ति र आफुले मान्दै आएको प्रचिन कला सास्कृती, चाडबाडमा संगै बसेर मनाउन नेपाली खाना खाने ,रमाइलो गर्न विदेशमा कस्लाई मन हुदैन । त्यसैले संगै बसेर छुट्टीमा रमाईलो गर्न गराउन संङखुवासभा समाज अमेरिका चाहिन्छ ।

हामीलाई थाहा छ हाम्रो सङखुवासभा जिल्लाबाट बसाई सराई वा काम परिस्थितीमा नेपालमा रहदा पनि सङखुवासभा समाजको नामबाट कामकाज सामाजिक कार्य गरि रहेको हामी पाउछौ जस्तो काठमाण्डौ, धरान , गछिया (मोरङ्ग), बेलबारी (मोरङ्ग), आदी

आज भन्दा २६ वर्ष अगाडि विदेशी मुलमा भन्नु पर्दा सङखुवासभा समाज गठन भएको मुलुक हङ्गकङ्ग हो । त्यस पछि बेलायत , दक्षिण कोरीया छन् भने आज सम्म आइपुग्दा विश्व भर २०\२२ देशमा पनि सङखुवासभा समाजहरु उदय भएको सुन्नमा आएको छ । त्यसैले आफ्नो देश जिल्लाको पहिचानको लागि संङखुवासभा समाज अमेरिका चाहिन्छ ।

आफनो गाँउ घर ,जिल्लाको बिकासमा होस्टेमा हैसे र दैविप्रकोप, दु:ख विमारमा सहयोग गर्न संङखुवासभा समाज अमेरिका चाहिन्छ ।

फोटो संखुवा सभा कम्युनिटी अफ यु एस ए को दोस्रो(2017) महाधिवेशन प्रमुख अथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्की

सङखुवासभा समाज अमेरिकाको सदस्य कसरी बन्ने अमेरिकामा बसोबास गरि रहेका सङखुवासभा जिल्ला बासीहरु सङखुवासभा जिल्लामा जन्मीएका सन्तानहरुको सन्तान , सङखुवासभा जिल्लामा घर,जग्गा भएका ब्यक्तिहरु सङखुवासभा जिल्लाबासीको नाताले सङखुवासभा समाज अमेरिकाको सदस्य हुन पाउदछ । सदस्य हुन चहाने ईच्छुक व्यक्तिले सङखुवासभा समाज अमेरिका वेब साईड www. sankhuwasabhausa.org को Membership मा गइ फारम download गर्न सकिन्छ ।

सङखुवासभा समाज अमेरिकाको सदस्य हुन सस्थाको विधान अनुसार १,आजीवन सदस्य पारिवारीक (श्रीमान\श्रीमती, १८ वर्ष भन्दा मुनिका बाल बच्चा) २ ,आजीवन सदस्य एकल(१८ वर्ष भन्दा माथि) ३, साधरण सदस्य (१८ वर्ष भन्दा माथि) को ब्यक्तिहरु सदस्य शुल्क तिरेर सदस्य लिन सक्नेछ । सस्थाको सदस्य शुल्क विधान अनुसार १,आजीवन सदस्य पारिवारक डलर एक सय पचास मात्र २,आजीवन सदस्य एक सय डलर मात्र र साधरण सदस्य दुई वर्षको लागि पचिस मात्र दुई ,दुई वर्षमा नवीकरण गर्नु पर्नेछ समयमा नवीकरण नभएमा अवधि सिद्धिसकेको अबस्था पुगे पछि सो त साधरण सदस्य सिस्टमबाट हट्ने छ ।

सङखुवासभा समाज अमेरिकाको सदस्य किन बन्ने सङखुवासभा कम्युनिटी अफ युएसए अमेरिकामा बसोबास गरि बस्ने सङखुवासभा जिल्ला बासीहरुको अमेरिकाको कानुन अनुसार दर्ता भएको सामाजिक सस्था हो । यस सस्थामा प्रवेश पछि कुनै राजनितिक विचार धाराको गुट उपगुट प्रचारबाजी गर्न गराउन पाउने छैन निःस्वार्थ भावानामा समाज सेवी कार्य गर्नु गराउनु पर्नेछ ।

सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य प्राप्त भए पछि एउटा जिम्मेवारी बढ्नेछ । सस्थाको एउटा सांसदको जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ । सस्थालाई कसरी अगाडि बढाउने,कस्तो नियम बनाउने, कहाँ सहयोग गर्ने, कस्लाई सहयोग गर्ने , कस्तो पहिचान गर्ने जिल्लामा के भै रहेकोछ , सस्थाबाट कस्तो सहयोगको अपेक्षा गरेकोछ आदि कुराहरु समितिमा लाने छलफल गराउने दायित्व हो । यसैले सस्थाको विकासमा वा सस्थालाई कसरी अगाडि बढाउने भन्ने महत्व पूर्ण भूमिका सदस्यको रहनेछ । साथै सदस्य भए पछि सल्लहकार , कार्य समितिको पदधिकारी,सदस्यमा रहि सामाजिक कार्य गर्ने अझ जिम्मेवारी बहन गर्ने अवसर मिल्नेछ ।

सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य भए पछि सस्था भित्र के भै रहेकोछ । हिसाब किताब के छ भन्ने कुरा , सस्थाको वार्षिक प्रतिबेदन आफनो अधिवेशनको समयमा प्रस्तुत हुदा सो माथि छलफल र आफनो राय राख्न सकिनेछ । सस्थाको हरेक विवरण समितिका निर्णयहरु ,सालतलामी वर्षको अन्तिम डिसेम्बर ३१ सम्म र अर्ध वार्षिक जुन मसान्त सम्मको आर्थिक विवरण समेत सस्थाले आफनो सदस्यहरुलाई ईमेल मार्फत जानकारी गराउनेछ । अमेरिकामा बसोबास गरि बस्ने सङखुवासभा जिल्ला बासीहरु भए पनि सस्थाको सदस्य नलिएको ब्यक्ति सस्था भित्र कुनै वैधानिक अधिकारबाट बन्चित रहनु पर्नेछ । सस्थाको सदस्य नलिने व्यक्तिलाई सस्थाले जिल्लाबासीको नाताले चिन्नु सक्छ तर वैधानिक रुपमा चिन्दैन होला ।

सदस्य लिनु नलिनु आफनो सो विवेक अधिकार र ईच्छाको कुरा हो तर सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य नभएका व्यक्तिहरु सस्थाबाट गरिने विभिन्न सुबिधाबाट बन्चित रहनु पर्नेछ । सस्थाले प्रत्येक वर्ष समरको समयमा अधिवेशन ,पिक्नीक र दुई दुई बर्षमा महाधिबेसनको उदघाटन ( पहिलो सत्र) कार्यक्रममा जिल्ला बासीको नाताले सहभागी हुने अवसर पाए पनि बन्द सत्रमा सहभागी हुनबाट आफनो मार्गदशन कुरा राख्नबाट बन्चित हुनेछ ।

फोटो संखुवा सभा कम्युनिटी अफ यु एस ए को तेस्रो(2018) अधिवेशनको प्रमुख अथिति जिल्लाका सिनियर व्यक्तित्व श्रीमति देवी गौली , श्री कृष्ण बहादुर श्रेष्ठ

सङखुवासभा समाज अमेरिकाको सदस्यको शुल्क के गर्छ नेपाली संघ,सस्थाहरुको आ आफनो सस्थाको नियम हुन्छ सदस्य हुदा केही शुल्क तिरेर सदस्य लिन सकिन्छ । प्रायस संघ,सस्थाहरुले सदस्य शुल्कबाट जम्मा भएको रकम आफनो प्रशासकीय कार्यमा खर्च गरेको पाउछौ भने कुनै सस्थाले सामाजिक कार्य दैविप्रकोप ,आदि कार्यमा खर्च गर्ने गरेका पाउछौ । अरु संघ,सस्थाहरुले जे गरे पनि सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य शुल्कको रकम सेमिनर , पिक्नीक , भ्रमण खर्च , चिया पान , उपहार ,स्टेसनरीमा खर्च गर्ने गराउने गरेको छैन । सदस्य शुल्कको पैसा के गर्छ भन्ने कौतुहल, सवाल सङखुवासभालीहरुको मन भित्र खड्कीनु स्वाभाविक हो । सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य शुल्कको रकम सल्लहाकारको सल्लाह,कार्य समितिको निर्णय र अधिवेशनबाट समर्थन भएको खण्डमा सस्थाको लागि अचल सम्पति खरिद गर्नु परेको खण्डमा मात्र खर्च गर्न पाउने छ ।

अमेरिकाको पचास राज्य मध्ये थाहा भए अनुसार ,१ कोलोराडो ,२ क्यालिफोरनिया , ३ भर्जिनिया, ४ वासिङ्गटन, ५ फोल्वोरीडा, ६ टेक्सस, ७ आईडहवा, ८ न्युर्योक, ९ पेन्सिलभेनिया, १० युटा, ११ मेरिल्याड, १२ केन्टकी, १३ वासिङ्गटन डि सी, १४ विसकन्सन, १५ इलोलानिया, १६ क्यारोलिना १७ न्यु जर्जि, १८ एरिजोना , १९ मिनिसोटा , २० हवाई २१,म्यानचेस्टर, बोस्टन २२ आइहवा , २३ नेब्रासका, २४ नर्थ डकोटा मा बसोबास गरि बस्ने सङखुवासभालीहरु संग सस्थाले सम्पर्क बढाएर सस्थाको बारेमा जानकारी पुर्याइ सकेकोछ ।

फोटो- संखुवा सभा कम्युनिटी अफ यु एस ए को चौथो(2019) महाधिवेशनको प्रमुख अथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा.अर्जुन कुमार कार्की

भविष्यमा सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्यलाई आपतकालीन सहयोग सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य लिई सकेका व्यक्तिलाई अमेरिकामा कुनै आपतकालीन, विपत परेको खण्डमा कस्तो सहयोग जुटाई सहयोग गर्न सकिन्छ भनि समितिमा छलफल भई रहेका अबस्थामा सङखुवासभा जिल्लाबासी अमेरिकामा डिग्री लिएका बिद्धानहरु धेरै होलान तर मैले चिनेका बुझेका सामाजिक क्षेत्रमा देखा परेका सहयोगी भावना बोकेर हिडेका बिद्धान सङखुवासभा जिल्ला पाँचखपन नगरपालिका वाड नम्बर ४ पिप्लेटार हाल अमेरिका निवासी पदमराज तामाङ्ग जसले सङखुवासभा कम्यूनिटि अफ युएसएको विधान पनि लेख्नु भयो ।

पदमको सकृयतामा सङखुवासभा कम्यूनिटि अफ युएसएको सदस्यलाई आपत,विपतमा कसरी सस्थाबाट सानो तिनो सहयोग गर्न सकिन्छ भन्ने विश्लेषण, अनुसंधान गर्न लागि पर्नु भएकोछ । यस बिषयमा कार्यपत्र तयार पार्न अनुसंधानको लागि सस्थाको सदस्य लिई सकेका सबैलाई ईमेलबाट जानकारी र ईमेलमा संलग्न फारम भरी पठाई दिन अनुरोध गरीए मुताबीक केही सदस्यहरुबाट सुझाब आउन थाली सकेको छ ।

अनुसंधान र सुझाबबाट आएका कुराहरु समेटियर तयार पारीएको प्रस्ताबीक कार्य पत्र माथि सल्लहकार , कार्य समिति छलफल भै विधान संसोधन समितिमा प्रस्तुत गरि सस्थाको वार्षिक साधरण सभाबाट संसोधन परित भएको अबस्थामा सस्थाको सकृय पहलमा आपत बिपत परेका सदस्यले राहात पाउन सफल हुनेछ । यसबाट पिडित पक्षलाई केही आर्थिक सहयोग प्राप्त भई दुःखको पिडाले सताई रहेको बेला राहात मिल्दा सस्था एउटा अभिभावकको रुपमा उपस्थित देख्दा दुखित परेका सदस्यले त्यस बेला मनन गर्नेछ ।

फोटो :-पिक्निकमा नेपाली संघ सस्थाका कोलोराडो तथा बाहिर राज्यबाट सहभगी हुनु भएका पाहुनाहरु

अमेरिकामा बस्ने सङखुवासभाली सबै बुद्धिमान व्यक्तित्वहरुलाई सङखुवासभा कम्युनिटी अफ युएसएको सदस्य बन्न कसैले मोटिभेसन, कन्भीनस गरि रहनु पर्दैन आफैमा जानकारी अनुभवी रहेको कुरा मैले बुझेकोछु । सस्थाले सबैको जानकारी अध्ययनको लागि आफनो वेब साईड www. sankhuwasabhausa.org को About आफनो बिधान राखी सकेकोछ । अमेरिकामा बस्ने हामीलाई सङखुवासभाली हुँ भन्ने घमण्ड छ किनकी सङखुवासभाली भएर केही न केही व्यक्तिगत रुपमा सहयोग गरि रहेको सुनेका छौ। विदेशमा आफनो जन्मभूमीको याद कस्लाई आउदैन र विदेशमा होस वा स्बदेशमा एकता हुने सबैमा ईच्छा हुन्छ तर सबैमा हुदैन जस्मा सामाजिक भावाना नै छैन । हामी आशा गरौ अमेरिकामा बस्ने सङखुवासभालीहरुको लागि एकतामा एकताको सन्देश भएर जानेछ ।

अरु नेपाली संघ सस्थामा भएको किचोला जस्तो पदको लागि हान थाप ,जातिय नारा ,पारिबारीक समस्या ल्याउने मान मर्यादाको अहमता देखाउने यस्तो प्रबृतिमा हामी सबै कुनै बिभेदमा नलागि, आफनो स्वार्थमा हिडाउन नखोजी एक जुट भएमा पानीको थोपा थोपा जमेर कुवा, धारा, पोखरी, खोलानाला हुदै समुन्द्र बन्ने छ । एक थुकी सुकी सय थुकी नदि भन्ने हाम्रो उखान छ।सङखुवासभालीहरु एक जुट भएर जाने हो भने तपाईले ,हामीले , सस्थाले भनेको सोचेका कुरा समय सापक्षी पुरा हुनेछ । अनि हामी सङखुवासभाली भएको गौरब गर्नेछौ ।

फोटो- संखुवा सभा कम्युनिटी अफ यु एस ए को आफ्नो कार्यक्रममा सहभागी ,अथितिहरुलाई स्वागत गर्दै

हामीले हेरेकाछौ, देखेकाछौ अमेरिकाको ब्यस्थ समयको बाबजुत पनि समय निकालेर अमेरिकामा रहेका सङखुवासभाली साथीहरुले आफनो जिल्लाको नामबाट फेसबुक सन्जालमा साथी भाईहरुलाई एकत्रित बनाई आपसमा चिनाजान, खबरको आदन प्रदान जानकारीलाई नै महत्वपूर्ण राखेर खोलेको होला भन्ने मलाई लाग्दछ । सङखुवासभा जन सम्पर्क समिति अमेरिका, सङखुवासभा शेर्पा समाज अमेरिका, सङखुवासभा सम्पर्क सामाजिक संजाल युएसए सबैको भावना एउटै हो अमेरिकामा रहेका सङखुवासभालीहरुको पहिचान र आपत विपतमा सहयोग गर्ने गराउने नै हो । जस्ले यो कार्य गर्नु भयो गर्नु हुने व्यक्ति महान र धन्यबादको पात्रो हुनु हुन्छ ।

संखुवा सभा कम्युनिटी अफ यु एस ए को स्थापना भए पछि छोटो समयमा स्वदेश ,तथा विदेशमा के काम गर्यो होला भन्ने जीज्ञासा लाग्छ त्यसको लागि हामीले सस्थाको वेब साइडमा गएर हेर्न ,पढन सकिन्छ।

(सस्थाको आधिकारीक धारणा नभएर सस्थामा रहेर जाने बुझेका आधारमा लेखिएको छ)

फोटो- संखुवा सभा कम्युनिटी अफ यु एस ए को आफ्नो व्यानर सहित विभिन्न कार्यक्रममा सहभागी

फोटोग्राफर लेखक स्वयम् ,लेखक अबद्ध सस्थाहरु

महासचिब संखुवासभा कमयुनिटी अफ युएसए , अमेरिका

पूर्व अध्यक्ष ब्यबस्थापन समिति सूर्य बोडिङ्ग स्कुल ,खाँदबारी सङखुवासभा

पूर्व सभापति हेल्पिङ्ग हेन्डस जिल्ला शाखा सङखुवासभा

पूर्व सभापति नेपाल बितिय सस्था कर्मचारी युनियन सङखुवासभा

पूर्व मन्त्रि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सङखुवासभा

सस्थापक सदस्य सङखुवासभा छात्रवृत्ति प्रतिष्ठान,खाँदबारी

सस्थापक स्व.चन्द्रमाया श्रेष्ठ जुनियर रेडक्रस सोसाईटी छात्रवृत्ति, नेपाल रेडक्रस सोसाईटी सङखुवासभा