अमेरिकाको नेपाली समाजमा परोपकारी पाण्डे

हरि कुमार श्रेष्ठ
कोलोराडो ,अरोरा (अमेरिका )

फेसबुक हेर्दै जादा मेरो आखा सुप्रभात भण्डारीले लेख्नु भएको एउटा जानकारी मुलक खबरमा पर्यो अध्ययन गरे पछि मलाइ पनि केही लेख्न जागरुक बनायो। मैले नाम सुनेको थिए । कालिका गाउँ पालिका वार्ड नं २ काेटाकाेट बेशी स्यांग्जाका पुरूषाेत्तम पाण्डेको तर हामी बिच परिचय भेट घाट भएको थिएन । पाण्डेको बारेमा लेखिएका लेख , अन्तरबार्ता पनि मैले पढेको थिए । यसैले मेरो प्रत्यक्ष भेटघाट परिचय नभए पनि अनलाइन पत्र पत्रिकाबाट म मा जानकारी थियो।

फोटो:- संखुवासभाको अधिबेसनमा सहभागी पाण्डे

july15,2017 संखुवासभा कम्युनिटी अफ यु एस ए को दोस्रो अधिबेसन कोलोराडो राज्यको डेन्भर शहर रेडिसन होटलको सभा कक्षमा पुरुषोतम पाण्डेको उपस्थितिमा मेरो परिचय हुने मौका मिल्यो। नेपालमा रहदा होश ,अमेरिकामा नेपाली सामाजिक सस्थाले गरेको हरेक कार्यमा वहाको योगदान,सहयोग छ। कोलोराडो राज्यको कोलोराडो स्प्रिंगमा आफ्नो ब्यबसाय र बसोबास गरि अमेरिकाको हरेक राज्यमा सामाजिक क्षेत्रमा कार्य गर्न आर्थिक सहयोग माग्ने नेपाली संघ ,सस्थाहरुलाई सहयोग गर्न पछि नहटने चिना परिचित व्यक्तित्वको रुपमा नेपाली समुदायमा उदयमान हुनु भएको छ।

कोलोराडो राज्यमा रहेका नेपाली सामाजिक संघ सस्थाहरुले आयोजना गरिएको हरेक कार्यक्रममा आफ्नो व्यस्ततालाई पनि वास्था नगरी सहभागी भै सस्थालाई अगाडी बढाउने कार्यमा महत्व पूर्ण योगदान गरि रहनु भएको छ।

फोटो:- नेपाली जान सम्पर्क कोलोराडोको पिकनिकमा सहभागी पाण्डे


संखुवासभा कम्युनिटी अफ यु एस ए को दोस्रो अधिबेसनको प्रमुख अथितिको लागि डेन्भर (कोलोराडो ) आइपुग्नु भएका अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्कीलाई कोलोराडो स्प्रिंगमा रहेका नेपाली समुदाय बिच उपस्थित गराई नेपालीहरुलाई परेको पिर मार्कामा प्रत्यक्ष भेटघाट कुराकानीबाट साबधानको उपयामा सहयोग गर्ने बिचार अनुसार राजदुत डा. अर्जुन कार्कीलाई कोलोराडो स्प्रिंग आउन निमन्त्रणा गर्नु भएको थियो ।

फोटो:- अमेरिकामा रहेका संखुवासभालीहरुको पिकनिकमा सहभागी पाण्डे

पुरुषोतम पाण्डेले मलाई पनि राजदुत ज्युलाई लिएर आइ दिनु भनि अनुरोध गर्नु भए मुताबिक मैले पनि सहभागी हुने अवसर पाए । राजदुत डा. कार्की संग क्यालिफोर्नियाबाट संखुवासभाको अधिबेसनमा सहभागी हुन् आउनु भएका लस एन्जलस श्रीपशुपतिनाथ फाउनडेशनको तत्कालीन सस्थापक अध्यक्ष तथा क्यालिफोर्निया राज्य आर्टिसिया शहरका प्लानिंग काउन्सिलर ,संखुवासभा समाज अमेरिकाको सल्लाहकार भक्त थापा , तत्कालीन NRNICC सदस्य, संखुवासभा समाज अमेरिकाको सल्लाहकार बलराम थापा , संखुवासभा कम्युनिटी अफ यु एस ए बोड अफ डाइरेक्टर पदम थापा र कोलोराडो निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए टेक्निकल अफिसर ई. अनिमेष श्रेष्ठ समेत हामी रेडिसन होटलबाट सिधै कोलोराडो स्प्रिंग स्थित नेपाल इण्डियन रेस्टुरेन्टमा गयौ ।

फोटो:- पुरुषोतम पाण्डे परिवारबाट राजदुत डा. अर्जुन कुमार कार्कीलाई स्वागत

Little, Nepal India Restaurant को पार्किंगमा हाम्रो गाडी रोकियो हामी सबै गाडीबाट उत्रिए पछि रेस्टुरेन्ट तिर लागियो। महामहिम राजदुत डा अर्जुन कुमार कार्कीलाई फूलका गुच्छाले पुरुषोतम पाण्डे सहित परिवारका सदस्यहरुले स्वागत गर्नु भयो र सबैलाई सभा कक्षामा लानु भयो। मलाई थाहा थिएन लिटिल नेपाल इण्डियन रेष्टुरेन्ट पाण्डेको आफ्नो ब्यबसाय हो भनेर। कोलोराडो स्प्रिंगमा रहनु भएका नेपालीहरुको आगवन रेष्टुरेन्ट हुदै गर्दा राजदुत डा. अर्जुन कार्कीको आज अर्को कोलोराडो राज्यको पुरानो नेपाली सामाजिक सस्था रकी माउण्टेण्डको थोतन शहर स्थित मेमोरियल पार्कमा हुने कार्यक्रममा ३ बजे पुग्नु पर्ने बाटोमा ट्राफिक जाम पनि हुने हुदा कोलोराडो स्प्रिङबाट करिब २ घन्टाको ड्राइभ रहेकोले हामी कोलोराडो स्प्रिंगबाट चाडै फर्कनु पर्ने छ।

फोटो:- नेपालीहरु संग छलफलमा राजदुत डा. अर्जुन कुमार कार्की

त्यसैले पुरुषोतम पाण्डेले उपस्थित नेपालीहरुलाई सम्बोधन गर्दै तपाईहरुलाई परेको पिर मर्का के छ राजदुत ज्युको उपस्थितिमा राख्नु होला भनि उद्’घोस गरि सके पछि समस्या भएका नेपालीले एक एक गरि आफ्नो समस्या र प्रश्न राख्नु भएको थियो। राजदुतले पनि नेपाली राजदुताबासले गर्ने कार्यहरुको बारेमा जानकारी गराउनु भै सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको थियो।

फोटो :-राजदुत डा. अर्जुन कुमार कार्कीको साथमा


उपस्थित सबैको लागि बिहानको खाना रेष्टुरेन्टमा तयार गर्नु भएका पाण्डेले खानाको लागि अनुरोध गर्नु भै हामी सबै संगै बसी रमाइला कुराकानीमा रमाउदै ,हास्दै भोजन खायौ।

फोटो:- पाण्डेको आथित्यमा दिवा भोज

राजदुत डा. कार्कीलाई बिदाई गर्न सबै जना गाडी पार्किंगमा आइ केही फोटो सेसन गरि डेनभर फर्कियौ। छुट्टिने बेलामा मलाई पुरुषोतम पाण्डेले भन्नु भयो साहेद म संखुवासभा कम्युनिटी अफ यु एस ए को महासचिब भएको नाताले हुनु पर्छ मलाई पनि तपाईहरुको सस्था संखुवासभाले गर्ने सामाजिक कार्यमा सानो तिनो सहयोगका लागि सम्झनु होस ।

मैले धन्यबाद भने कोलोराडो स्प्रिंगमा रहेको अमेरिकाको प्रख्यात माउण्टेण्ड Pikes Peak Mountain रेलबाट घुमाउने पुरुषोतम पाण्डेको इच्छा थियो त्यो भने राजदुतको व्यस्थता समयको कारणले पुरा हुन् सकेन। कोलोराडो राज्यमा हुने नेपाली संघ ,सस्थाको कार्यक्रममा बाहिरबाट आउनु हुने पाहुनाहरुको लागि स्वागत गर्न पाण्डे पछि परेको छैन।

फोटो:- राजदुत डा. अर्जुन कुमार कार्कीलाई बिदाई गर्दै पाण्डे

समाज सेवा धर्म कर्म गर्ने व्यक्तिहरुलाई केही नकेही परोपकार ,दान,धर्म गरि राखु भन्ने भावना जागृत हुन्छ। संसार कोविड १९ ले आतंगित बनाई रहेको अबस्थामा अमेरिकामा पनि कारेानाकाे महामारीले अस्त व्यस्था बनाई रहेको समयमा June2 ,2020 मंगलवारको दिन पुरुषोतम पाण्डेबाट कोलोराडो राज्य , काेलाराडाे स्प्रिंग स्थित चिल्ड्रेन अस्पतालका डाक्टर, नर्स, अस्पतालका सम्बन्धित स्वास्थ कर्मी तथा अन्य ब्यक्तिहरू ७२६ जनालाई नि:शुल्क लञ्च खुवाएर सहयोग गरि नेपालीहरुको सानमान जित्न सफल हुनु भएको छ ।

फेसबुक सुप्रभात भण्डारी बाट

भविष्यमा परोपकार कार्य गरि रहदा दिनदु:खिहरुको आत्माबाट पाएको आर्शैबादले भोलिका दिनहरुमा दान,धर्म समाज सेवा कार्य गर्ने गराउने आत्मा बल प्राप्त भै आत्माले शान्ति पाउने छ। बिदेशमा रहेका नेपालीहरु सबैले धेरै , थोरै पैसा कमाई सान र मानमा रमाइलो संग बसेका छन् । केही व्यक्तिहरु यस्ता पनि छन् आफु संग केही नभए पनि समाजमा सेवा , सहयोग गरु भन्ने भावानाका छन् भने केही व्यक्ति मेरो परिवार संसार यही हो, समाज के को लागि ,तिनीहरुलाई दिने पैसाले त मज्जाले खाइन्छ , हामीलाई कोही चाहिन्न भन्ने घमण्डपनले रनफनिका व्यक्तिलाई आपत र बिपत , मर्दा र पर्दाको पिडामा भोग्ने छ।

फोटो दान ,धर्ममा पाण्डे

। अनि समाज सम्पतिको ताजुक , घमण्ड अनि पैसाको तुलना गर्ने छ। हामी त्यस्त्यो स्वार्थी मान्छे न बनौ । नेपाली समाजमा पुरुषोतम पाण्डे जस्ता समाज सेवा परोपकार ,दान,धर्म गर्ने व्यक्ति पाउन सफल भएकाछौ । त्यसैले हाम्रो नेपाली समाजमा धन भएर मात्र के गर्नु मन पनि चाहिदो रहेछ। हामी आशा गरौ भोलिका दिनमा हाम्रो नेपाली समाजले निस्वार्थ समाज सेवा दान ,धर्म, परोपकार गर्ने ,गराउने व्यक्तित्वहरु पाउनेछ।

फोटो अमेरिकाको प्रतिनिधिसभा सांसद जेसन क्रोवलाई दोसला ओडाई स्वागत साथमा पाण्डे  
फोटो कोलोराडो नेपाली समाजका बरिष्ट व्यक्तित्व राम प्रसाद श्रेष्ठ , स्व डा. बिष्णु बहादुर श्रेष्ठ साथ पाण्डे

यो युनिकोडमा नेपाली लेखिएकोले रश्व ,दिर्घ शब्द गल्ति भएमा क्षमा चाहन्छु।

लेखक ,फोटोग्राफर
महासचिब
संखुवासभा कम्युनिटी अफ यु एस ए