संखुवासभा जिल्ला बासीहरुको समर पिकनि

कोलोराडो Feb.16,2020

अमेरिकामा रहेको नेपाली सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस सस्थाको पाचौ साधारण सभा तथा समर पिकनिक जुलाई २५ ,२०२० सनिबार कोलोराडो राज्यमा गर्न मिति फेरवारी १५ , २०२० को कार्य समिति बोड को निर्णय अनुसार आयोजक तयारी समिति बनाउने र सो समितिले समय ,स्थान र आबश्यक ब्यबस्थापन गर्ने भएकोले अमेरिकामा रहनु भएका संखुवासभा जिल्ला बासीहरु मा उपस्थितिको लागि अनुरोध गरिएको छ ।

अमेरिकामा रहेका संखुवासभालीहरु बिच भेटघाट ,चिनापरिचयको बाताबरण मिलाउन सस्था स्थापना भए पछि प्रत्येक बर्ष समर पिकनिकको आयोजना गर्दै आएको छ । २०१६ मा अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गरि बस्ने संखुवासभालीहरु बिच पनि पिकनिकको आयोजना भएको थियो ।
साथै मिति जुलाई २५ , २०२० दिन कोलोराडो राज्यमा कुनै पनि कार्यक्रम न राखी दिन हुन् नेपाली समुदायहरुमा अनुरोध गरिएको छ ।

समर पिकनिक आयोजक समिति
संयोजक श्री सरद श्रेष्ठ – इभेन्ट अफिसर
सदस्य श्री रिपेन्द्र कार्की – पब्लिक रिलेसन अफिसर
सदस्य श्री प्रमोद श्रेष्ठ – प्लानिग अफिसर
सदस्य श्री अनिमेष श्रेष्ठ – टेक्निकल अफिसर
सदस्य श्रीमति सुष्मा श्रेठ – बोड अफ डाइरेक्टर
सदस्य श्री सन्तोष काफले -बोड अफ डाइरेक्टर
सदस्य श्रीमती मनिषा श्रेष्ठ – पुर्व उप सभापति
सदस्य श्री श्याम श्रेष्ठ – सस्थापक आजीवन सदस्य

संखुवासभा कम्युनिटी अफ यु एस सस्थाले आयोजना गरेको बिगतका समर पिकनिकको केही फोटोहरु

पिकनिकका सहभागीहरुमा संरक्षक श्री नारायण श्रेष्ठ बाट सम्बोधन
संखुवासभाली कलाकारहरु बाट सांगीतिक माहोल
विभिन्न स्टेट बाट आउनु भएका पाहुनाहरु लाई सस्था बाट स्वागत
एउटै गाउको साथि भाई संग धेरै बर्ष पछि भेट हुदा अर्कै खुसि