अनुष्काको लागि उपहार

 हरिकुमार श्रेष्ठ ,कोलोराडो

काठमाण्डौ ,धापासी निवासी अनुष्का श्रेष्ठले मिस नेपाल वर्ल्ड २०१९ विजय हासिल गरे पछि मिस वर्ल्ड २०१९ मा नेपालको प्रतिनिधिको रुपमा भाग लिने औसर मिलेको छ । वल्डमा एक सय तिस राष्ट्रका मिस वर्ल्ड प्रतिनिधिहरुले आफ्नो देशमा गरेका परियोजनाहरुको मुल्यांकन हुने हुदा अनुष्काको पनि एउटा परियोजना सिन्धुपलाञ्चोक जिल्लाको सोलसिङ गाउ छनोट भै आमाहरुको लागि आय आर्जन र बच्चाहरुको लागि शिक्षा परियोजनाको  लागि  सहयोग जुटाउन अमेरिकाको दुई हप्ता भ्रमणको सिलसिलामा  विभिन्न शहर आउने क्रममा कोलोराडो राज्यको डेन्भर शहरमा आइपुग्छिन ।

 
कोलोराडो राज्यको डेन्भरमा सम्पन्न एक कार्यक्रममा अनुष्का श्रेष्ठले आफ्नो परियोजनाको बारेमा जानकारी गराई सहयोग जुटाउने कार्यक्रम समापन पछि कोलोराडो राज्यका समाज सेवी ,उद्योगी ,ब्यबसाही पेम्बा शेर्पाले अनुष्कालाई भन्दै तपाई पहिलो पल्ट अमेरिका आउनु भएकोछ। तपाइको भोलिको कार्य तालिका के छ ? फुर्सद भएको खण्डमा म तपाइलाई भोलि बिहान ९ बजे जहाजबाट रकी माउण्टेण्ड घुमाइ दिन्छु । बिहान ८ . ३० बजे ब्रुम्फिल एयरपोट आइ पुग्नु पर्दछ । पाइलोट सहित ४ जनामा मात्र जान सकिन्छ भनि जानकारी गराउदै  मेरो पाहुनाहरुका लागि मेरो आफ्नो सानो हवाई जहाजबाट घुमाई दिने गरेकोछु ।



कोलोराडोको मौसम बिहान राम्रो छ । एर्पोटमा समयमा पुग्नु पर्ने, टावर संग पनि अनुमति लिनु पर्ने हुन्छ । सनिबार भएको कारणले होला एर्पोटमा मानिसको जमघट त्यति थिएन । पाइलोट पेम्बा शेर्पा ,श्याम श्रेष्ठ , अनुष्का श्रेष्ठको एर्पोटमा भेट भए पछि जहाज चड्नका लागि जहाज छेउ पुग्छन ।


 यो सानो जहाज पेम्बा शेर्पाको आफ्नो निजि जहाज हो । जहाजको बारेमा जानकारी गराउदै हाम्रो घुमाइ ,जहाजको हाइट ,कुन क्षेत्र जाने बारेमा जानकारी गराए पछि जहाज भित्र जान फखेटालाई टेकेर जानु पर्ने रहेछ । जहाजको साचो खोलि जहाज भित्र बस्न अनुरोध गरि बेल्ट र एयर फोन लगाउन लागाई उडानको प्रतीक्षा गरि रहदा पाइलोटले जहाजको इन्जिन स्टाट गराउदा सातो नाइँ जाने गरि इन्जिन कराउदो रहेछ ।

टावर बाट टेक अपको अनुमति जहाजले पाउछ बिस्तारी रनवे लिन्छ । केहि छिनमा जहाजले जमिन छाडी आकासिएको छ। सानो जहाजको उचाइ लिदा बतासिने हुदा मनमा त्रास र डर हुने नै भयो । तर त्यस्त्यो थिएन पेम्बाले मज्जाले जहाज उड्दै ,हसौदै जमिनमा देखिएको ठाउँहरुको जानकारी गराई रहनु भएको छ ।

पाइलोट पेम्बा शेर्पा , अनुष्का श्रेष्ठ , श्याम श्रेष्ठ

जहाज बोल्डर शहरको पहाडी डाडाको छेउ छेउ हुदै फट कलिंग माथिको ठुलो लेक हर्स टुथा बाट जहाज एयरपोट तिर फर्कन्छ ।  जहाजबाट कोलोराडो राज्यको रमणनीय डाडा ,काडा , घर बस्ति ,लेकहरु रमणीय देखिदो रहेछ। लेकहरुले भरिएको कोलोराडो राज्यको रमणीय दृश्यलाइ आफ्नो फोनमा फोटो खिच्न केहि छिन व्यस्था थियो ।

             पेम्बा पाइलट सिटमा बसेर जहाज उडाएको अनुष्का कोपाइलट सिटमा र श्याम पछाडिको सिटमा बसेर डेनभर मेट्रो सिटीको फोटो खिच्दै रहदा पेम्बाले अनुष्कालाइ सोधिन जहाज उडाउने हो ? हो भने म अहिले नै तपाईलाई जहाजको  नेबिगेटर स्टेरिङ्ग तपाईलाई दिन्छु। यु आर रेडि टु फ्लाई भनेर सोध्दा अनुष्का अचानक तर्सिन नो नो आइ क्यानट फ्लाई एण्ड आइ एम नट टचिङ्ग एनीथिङ्क सरि भन्नि


                  पेम्बाले एयरपोट टावरमा अवतरणको लागि अनुमति लिई सकेको हुदा पेम्बाले आफ्नो घर देखाउन सकेन गफको सुरमा पेम्बाको घर भन्दा जहाज अगाडी गइ सकेको थियो । जहाज फर्कदा जमिनको सडक हाईवो 287 को बाटो हुदै पुन : बोल्डर र पहाडको छेउ छेउ हुदै एर्पोट तिर जहाज गइ रहेको छ ।


केहि छिनमा ४५ मिनेटको उडान पछि हाम्रो जहाज अवतरण भएको छ । हामीले पेम्बालाई धन्यबाद दियौ र भन्यौ आफ्नो अमुल्य समय दिएर हामीलाई पहिलो पल्ट  पिलास पोटर जहाजबाट डेन्भर मेट्रो शहर घुमाई दिनु भयो । पेम्बा हसिलो ,सहयोगी भावनाको व्यक्तित्व रहेछ हास्दै मैले पनि कोलोराडो आउने व्यक्तिहरुलाई मेरो समय भएको खण्डमा कसैले चाहना इच्छा राखेको खण्डमा कोलोराडो राज्य डेन्भर मेट्रो सिटि जहाज बाट घुमाउन यहि Air Tour दिने गरेको छु । अनुष्का बहिनिलाई हाम्रो कोलोराडोको तर्फ बाट यहि उपहार हो ।

(जहाजमा सवार यात्री श्याम श्रेष्ठ संग भएको कुराकानीको आधारमा तयार गरिएको फोटो सौजन्य श्याम श्रेष्ठ)