कोलोराडोमा पहिलो साँगितिक साझ


गायिका सत्यकला राई 
गायक  बसन्त लम्साल 
गायक  दिनेश कार्की
गायक महेश बुढाथोकी
गायक गौतम सगर राई


अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा हाम्रो आवाज अन्लाईन टिभि को प्रस्तुती नमस्ते कोलोराडो पहिलो साँगितिक साझ भब्य रुपले सम्पन भएकोछ । कोलोराडोका बिभिन्न नेपाली संघ संस्थाको प्रतिनिधी देखी पन्ध्रौ पटक सगरमाथा आरोही छिरिङ्ग दोर्जी शेर्पा

र नावाङ वाङ्छु शेर्पाको उपस्तिथी रहेको उक्त कार्यक्रमको सन्चालन दिनेस कार्कीले गरेका थिए । प्राज्ञ एवम लोकप्रिय गायिका सत्यकला राईले तिमीलाई हंगकङ्ग पुर्यायो गाउदा सबै आ आफ्नो सिट बाट उठेर ताली बजाउदै नाचेका थिए । दुइ घण्टाको साँगितिक कार्यक्रममा प्राज्ञ सत्यकला राई

 

,लोकप्रिय गायक महेश बुढाथोकी ,बसन्त लम्साल ,गौतम सगर राई ,दिनेश कार्कीको बेजोड प्रस्तुतीको साथमा एस बि के डि ग्रुप डान्सको कलाकार भाइ बहिनी हरुको नृत्यले माहोल रोचक बनाएको थियो । कार्यक्रममा उपस्थित नेपाली संघ संस्थाको प्रतिनिधी, सहयोगी दाताहरु


, अथिति कलाकारहरुलाइ सम्मान गरि प्रमाण पत्र दिईएको थियो भने हाम्रो आवाज अन्लाईन टि भि बाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रम रोचक र आनन्दमय थियो ।