डा. शिशिर श्रेष्ठ (MD ) लाई हार्दिक बधाई तथा शुभकामना


                    संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर १ खाँदबारी बजार निवासी , संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सल्लाहकार श्री मनोज कुमार श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमती लिला श्रेष्ठको जेष्ट छोरा , आजीवन सदस्य डा. शिशिर श्रेष्ठ (MD )संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर १ खाँदबारी बजार जन्म भै सुर्य बोडिंग स्कुल खाँदबारीमा अध्ययन गरि अमेरिकाको क्यालिफोर्निया राज्य सान्त रोजा सिटि स्थित , Santa Rosa High School पास गरि Bachelor in science University of Davis र Medical University of Antigua School of Medicine बाट MD गरि हाल अमेरिकाको Brandon Regional Hospital Tampa , Florida मा आफ्नो नोकरी पाउन सफल भएको छ । अमेरिका जस्त्यो बिकासिल देशमा अध्ययन र रोजगार पाउन सफल हुनु महत्व पूर्ण कार्य हो । डाक्टरी पेशामा लगनसिल ,इमान्दार हुनु अति आबश्यक छ । मानबको सेवा गर्ने जीवन दान दिने उच्च पेशा डाक्टरी पेशा हो । आफ्नो जिल्ला र सस्थाको सदस्य भएको नाताले यसरी प्रगतिका कुराहरु जानकारी सर्व साधारणमा दिन पाउनु सस्था आफैमा गौरवान्वित , सौभाग्य हुने अवसर पाएकोछ । यस खुसियालीको समयमा संखुवासभा समाज अमेरिकाको तर्फबाट डा. शिशिर श्रेष्ठलाई उतरोतर प्रगतिको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।