सङ्खुवासभा राष्ट्रसेवक कर्मचारी समाज, काठमाण्डौ बन भोज कार्यक्रम

काभ्रेपलाञ्चोक जिल्लाको साँगा, बनेपामा मिति २०७५-११-२५ गते आयोजित सङ्खुवासभा राष्ट्रसेवक कर्मचारी समाज काठमाण्डौको तेस्रो साधारण सभा र बन भोज कार्यक्रम सम्पन्न भएको छ।भेलाले गेहनाथ भण्डारीलाई समाजको दोश्रो कार्यकालको लागि अध्यक्ष सहित अन्य १३ सदस्यीय कार्यसमितिको चयन भएको छ । सङ्खुवासभा जिल्लाबाट आएर विभिन्न क्षेत्रमा संलग्न भई राष्ट्रसेवामा समर्पित विशिष्ट व्यक्तित्वहरु, राष्ट्रसेवक कर्मचारीहरु, पेशाकर्मी, व्यवसायीहरु तथा राजनीतक व्यक्तित्वहरु समेतको उल्लेख्य उपस्थिति रहेको थियो । फोटो सौजन्य :- फेसबुक सङ्खुवासभा राष्ट्रसेवक कर्मचारी समाज, काठमाण्डौ