हिमालय मा.वि.खाँदबारी बाट संङ्खुवासभा समाज अमेरिकाको अध्यक्ष श्री शान्ति श्रेष्ठ स्वागत

हिमालय मा.वि.खाँदबारीको पुर्व विद्यार्थी संङ्खुवासभा कम्युनिटी अफ यु एस ए (अमेरीका) को अध्यक्ष श्री शान्ति श्रेष्ठ ,सस्थापक आजीवन सदस्य धनेन श्रेष्ठलाई श्री हिमालय माध्यमिक विद्यालय खाँदबारीको भवनमा स्वागत गरिएको छ। विद्यालयको समस्यमा खेलकुद ग्राउण्ड र तारवेराका लागी विद्यालयले चालेको अभियानमा अध्यक्ष श्री शान्ति श्रेष्ठले आफ्नो ब्यक्तिगत तर्फ बाट रु ५०,०००/ पचास हजार रुपयाँ सहयोग गर्नुभयो।  प्रधानाध्यापक बिर बहादुर राइले स्वागत गर्दै विद्यालयको बारेमा जानकारी गराउनु भएको कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष अर्जुन पराजुली ,संङ्खुवासभा कम्युनिटी अफ यु एस ए को कोडिनेटर किरण कुमार शाक्य ,नेवा देय दवु नगर अध्यक्ष पुस्प बहादुर श्रेष्ठ शिक्षकहरुको उपस्थिति रहेको थियो।
नेपाल भ्रमणमा रहनु भएको सङ्खुवासभा समाज अमेरिकाको अध्यक्ष श्रीमति शान्ति श्रेष्ठलाई श्री हिमालय माध्यमिक विद्यालय खाँदबारी न्यानो स्वागत गरि सस्था प्रति गर्नु भएको मान सम्मानको लागि संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिका खाँदबारी युबा कल्व प्रति आभार व्यक्त गर्दछ।
फोटो सौजन्य:- अर्जुन पराजुली