
संखुवासभा कम्युनिटी अफ यु एस ए सदस्यहरु मध्ये अधिकान्सका पारिवारिक नाता सम्बन्ध रहेका संखुवासभा जिल्ला खाँदबारी नगरपालिका १ बाबु चन्द्रलाल श्रेष्ठ आमा कृष्ण लक्ष्मी श्रेष्ठको कोखबाट मिति २००४। १२। १० मा जन्मनु भएका खाँदबारी गाउ पंचायत( २०३० प्रधान पन्च) ,मनकामना गाउ पंचायत (२०३५ प्रधान पन्च) , संखुवासभा जिल्ला पंचायत सदस्य रही पदीय दायित्व निभाउनु भएका समुदायका अग्रज कुसल समाजसेवी खाँदबारी निवासी श्री दिलिप कुमार श्रेष्ठ हुनु हुन्छ। वहाको एक श्रीमती, दुई छोरा र एक छोरी ,नातिनी तिन र नाति तिन रहेका छन्।

खाँदबारी निवासी श्री दिलिप कुमार श्रेष्ठ संखुवासभा जिल्ला अस्पताल खाँदबारीमा मिति २०७८ जेष्ठ २३ को दिन ७४ बर्षको उमेरमा उपचारको क्रममा परलोक हुनु भएकोछ। यस दु:खत घडीमा परिवारजनमा पर्न गएको घटना प्रति समबेदना ब्यक्त गर्दै मृत आत्माको चिर शान्तिको लागि हार्दिक श्रद्धाञ्जली संखुवासभा कम्युनिटी अफ यु एस ए को तर्फबाट,व्यक्त गर्न र समबेदना दिन सस्थाका संखुवासभा जिल्ला कोडिनेटर किरण कुमार शाक्यले खाँदबारी १ निजि निवासमा परिवारहरुको उपस्थितिमा समबेदना पत्र वाचन गरि परिवारमा हस्तान्तरन गर्नु भएको छ ।
फोटो सौजय :- किरण कुमार शाक्य खाँदबारी
