संखुवासभा समाज अमेरिकाबाट बिमारी दाहाललाई सहयोग

फोटो -अध्यक्ष श्रीमती शान्ति श्रेष्ठबाट दाहाललाई सहयोग बैंक चेक हस्तान्तरण

हरिकुमार श्रेष्ठ कोलोराडो (अमेरिका) अगस्त ३,२०२०
मानवीय समाज सेवा र बिकास कार्यमा समेत सहयोग गर्ने गराउने उदेश्य साथ् अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको कानुन अनुसार दर्ता भएको 501(c)(3) सस्था हो। सस्था गठन भए पछि सानो तिनो मानवीय सेवा सहयोग नेपाल र अमेरिकामा गर्दै आइ रहेकोछ।

संखुवासभा जिल्ला हाल कोलोराडो राज्य बोल्डर शहर निवासी कोलोराडो राज्य नेपाली समाजका सक्रिय समाज सेवी सस्थाका पुर्व पब्लिक रिलेसन अफिसर बिनय चन्द्र दाहाललाई Stroke, A Polite Plight बिमार भै अस्पतालमा उपचार पछि स्वास्थ्य लाभ गरि दुइ महिना पछि अस्पतालबाट May 18 ,2020 डिस्चार्ज हुनु भएका थियो ।

दाहालले केहि समय सम्म दैनिक थेरापीक र उपचारमा लागि रहनु पर्ने स्थिति रही रहेको अबस्थामा कोरोना महामारीले समेत अमेरिकामा अस्त ब्यस्थ भएको अबस्थामा सानो तिनो भए पनि औषधि ,खाद्यान्नमा मानवीय कार्यलाई सम्झिएर सहयोग गर्ने कार्य समितिको निर्णय अनुसार सदस्यहरुको सहयोगबाट प्राप्त भएको सहयोग संखुवासभा कम्युनिटी अफ यु एस ए तर्फबाट सस्थाका अध्यक्ष श्रीमति शान्ति श्रेष्ठले दाहालको निवासमा गइ सहयोग रकम हस्तान्तरण गर्नु भयो सो समयमा सस्थाक सस्थापक आजीवन सदस्य तथा सियर मिसन इन्टरनेसनल 501 (c ) को एक्जुकेटिब डाइरेक्टर श्याम श्रेष्ठको समेत उपस्थिति थियो।

संखुवासभा कम्युनिटी अफ यु एस ए ले आवहान गरेको बिमारी दाहालको सहयोगमा हातेमालो गर्नु हुने सस्थाका महानुभावहरु सबै धन्यबादको पात्रो हुनु हुन्छ।
सहयोग गर्ने यस सस्थाका दाताहरु क्रमस सल्लाहकार तथा नेपाली जन सम्पर्क समितिको केन्द्रिय उपाध्यक्ष ,महा समिति सदस्य (नेपाली कांगेस ) धर्म राज श्रेष्ठ कोलोराडो , सल्लाहकार सुरेन्द्र श्रेष्ठ कोलोराडो ,सल्लाहकार नारायण चन्द्र श्रेष्ठ कोलोराडो ,अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ कोलोराडो , बरिष्ठ उपाध्यक्ष नोयनाथ पोखरेल कोलोराडो , उपाध्यक्ष मुकेश श्रेष्ठ सियाटल( वासिंगटन) , उपाध्यक्ष बिष्णु पौडेल “सितल ” भर्जिनिया , महासचिब हरिकुमार श्रेष्ठ कोलोराडो, कोषाध्यक्ष कर्म तेञ्जिङ्ग भोटिया कोलोराडो, सचिब पदम राज तामांग कोलोराडो, पब्लिक रिलेसन अफिसर रिपेन्द्र कार्की कोलोराडो, इभेन्ट अफिसर सरद श्रेष्ठ कोलोराडो , बोड अफ डाइरेक्टर सन्तोष काफ्ले कोलोराडो,सस्थापक आजीवन सदस्य निरन्जन पोखरेल कोलोराडो हुनु हुन्छ।