संखुवासभा जिल्लाका बिद्यालय बहुउद्देश्यीय शिक्षा कार्यमा सहयोग बितरण

               
२०८०माघ ९ गते Jan23,2024 संखुवासभा समाज अमेरिकाबाट संखुवासभा जिल्लाका बिद्यालयको बहुउद्देश्यीय शिक्षा कार्यमा सहयोग पुर्याउने नीति अनुरूप सन २०२४ का लागि छनाैट भएका बिद्यालयहरू अरुणोदय माध्यमिक बिद्यालय  भोटखोला गाउ पालिका २ लिंगम -पिसाब संकलन टयाकी निर्माण रु. ६८,१००। = (अठसाठ्ठी हज्जार एक सय) जन चाहना आधारभूत बिद्यालय खाँदबारी न.पा. ७ बेलडाडा -फर्निचर  रु. ५०,०००।=(पचास हज्जार) सर्वमंगला आधारभूत बिद्यालय चैनपुर न.पा. ३ रातमाटे  बाल मैत्री फर्निचर रु. ५०,००० ।= (पचास हज्जार) लाई समाजका अध्यक्ष श्री शान्ती श्रेष्ठज्यूबाट खाँदवारीमा एक कार्यक्रम विच नगद तथा सामग्री प्रदान गर्नु भएको छ ।साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला संखुवासभा शाखालाई संखुवासभा जिल्लाको सदरमुकाम खादबारी पोखरी क्षेत्रमा सर्वसाधारणको लागि फ्रि वाई फाइ सेवा संचालनका लागि समेत बिस हज्जार पाच सय रकम हस्तान्तरण गर्नु भएको कार्यक्रम संचालन कोडिनेटर किरण कुमार शाक्यले गर्नु भएको थियाे । कार्यक्रमको लागि शिशा क्याफे एण्ड रेस्ट्रो खाँदबारीले सौजन्य प्रदान गर्नु भएको थियो।
फोटो सौजन्य:- दिप किरण शाक्य