
संखुवासभा जिल्लाको दुर्गम क्षेत्र मानिने शिलिचोङ् गाउँपालिका १ सिसुवाखोलामा आईतबार बिहान परेको भिषण बर्षादका कारण असार २७ गते राति पहिरो जाँदा ११ जना सम्पर्क बिहिन भएका छन् भने ४ जनाको जिबितै उद्धार गरिएको छ ।सिसुवाखोलाको बेसिन्दामा पहिरोले ९ घर बगाएको छ।
यस आपत बिपत दैबी प्रकोपको समयमा आपतकालीन सहयोग गर्न नेपाली काँग्रेस संखुवासभाको सभापति दीपन कुमार श्रेष्ठले फेसबुकबाट देश ,बिदेसमा रहनु भएका नेपालीहरुमा तत्कालै सहयोग गरि दिन अनुरोध गर्नु भएको थियो।
नेपाली काँग्रेस संखुवासभाले प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग गर्ने उदेश्यले स्थापना गरेको नेपाली काँग्रेस बिपद राहत कोषमा भखर जुलाई महिनामा गठन गरिएको संखुवासभ अमेरिका जनसंपर्क समितिले जिल्लामा परेको यस्त्यो आपत बिपतमा सानो तिनो सहयोग भए पनि रकम २, ३२,८९५|= सहयोग उपलब्ध गराउन सफल भएकोछ ।

संखुवासभा जिल्ला घर भै अमेरीकामा बिभिन्न पेशा ब्यवसायमा संलग्न रहेका नेपालीहरुबाट रकम संकलन गरि उक्त रकम उपलब्ध गराईएको र यस घडीमा सहयोग गर्नु हुने सबैलाई धन्यबाद समेत संखुवासभा अमेरीका जनसम्पर्क समितिका अध्यक्ष कृष्णराज गिरीले दिनु भएको छ । वहाँले प्राकृतिक बिपदबाट पिडितलाई तत्काल राहत उपलब्ध गराउन उक्त रकम पठाईएको र थप रकम संकलन हुने क्रम जारी रहेकाले सहयोग गर्न चाहने दाताहरुलाई थप सहयोगको समेत आग्रह गरिएको जानकारी दिनुभयो ।

पहिरोमा ११ जना बेपत्ता भएका छन् भने बेपत्ताको खोजिमा खटिएका १ जनाको ज्यान समेत गएको थियो । पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका बिस्थापीत ८२ घरका ३ सय ८० जनालाई पहिरो जाँदा बिस्थापीत भएकालाई अस्थाई बसोबासको ब्यवस्था गर्न अस्थाई बसोबासका लागि सिसुवाको बुधबारे बजारमा टेन्ट निर्माण कार्य शुरु गरिएको छ ।

