संखुवा सभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सस्थापक आजीवन सदस्य कोलोराडो राज्य निवासी बासुदेब र रत्न प्रभा श्रेष्ठले संखुवा सभा जिल्ला खाँदबारी नगरपालिका १ जालपा देवी र सिंह देवी मन्दिर निर्माणका लागि नेपाली रुपया नौ लाख सहयोग गरेका छन् । । नेपाल भ्रमणमा रहनु भएका श्रेष्ठ दम्पत्तिलाई सजक टोलले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । सजक टोलका अध्यक्ष सीता शाक्य, सचिव निरु बस्नेत लगायत पदाधिकारीले उनीहरुलाई सम्मान गरेका थिए । रकम सहयोग पछि मन्दिरको पुननिर्माण भइसकेको छ ।

