संखुवासभाको समर पिक्निक अमेरिकामा

संखुवासभा  कम्युनिटी अफ यु एस ए  नवौ समर पिक्निक  कोलोराडो राज्यको सेण्टिनियल सिटिको सेण्टिनियल सेण्टल पार्कमा जुन २३ ,२०२४ आइतबार  कार्यक्रम सम्पन्न भएको छ। अथितिको रुपमा  कार्यक्रममा कोलोराडो राज्यको सेण्टिनियल सिटिका काउन्सिल मेम्बर  डोन  शीहन ,  रिचर  होल्ट  , क्रिस्टिन  स्वीत्लैंड ,  यमी थर्पलाई  सस्थाको अध्यक्ष श्रीमती शान्ति श्रेष्ठबाट खादा लगाई  स्वागत गरिएको छ।

सेण्टिनियल सिटिका काउन्सिल मेम्बर  डोन  शीहन  आफनो सेण्टिनियल सिटिमा कार्यक्रम भएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा पनि यहि सिटि ,पार्कमा कार्यक्रम गर्न अनुरोध गर्नु भएको थियो।  पिक्निक कार्यक्रममा बिभिन्ना स्टेट बाट  र कोलोराडो राज्यका सामाजिक सस्थाहरुको प्रतिनिधि, बिशिष्ट व्यक्तित्व ,समाज सेविहरुको सहभागी रहेको थियो। संखुवासभाली कलाकार, ब्याड  र अथिति कलाकारहरुको गायनले सहभागीहरुको नाचले पिक्निक  रोचक र मनोरंजन भएको थियो। स्मरिणीय  सस्थाको पिक्निकमा २०१६ देखि  हाल सम्म खसीको मासु र चिकेन बारबेकी विभिन्न भेजिटेरियन र बच्चाको लागि पिजा  राखिएको र  सहभागीको लागि नि: शुल्क गरिदै आएको छ।
सस्थाबाट सहभागीहरुको लागि कुनै शुल्क लगाइएको थिएन।   पिक्निकमा ३१६ जनाको उपस्थिति रहेको थियो। पिक्निक सफल बनाउन निम्न मनकारी दाताहरुले सहयोग गर्नु भएको थियो। लिबेरटी  होम कियर एल एल सी ,शियर मिसन इन्टरनेसनल  ,मोमो डम्पिङ्ग ,  मनोज श्रेष्ठ(क्यालिफोर्निया)  , पदम तामांग ,श्रीमति  शान्ति श्रेष्ठ,श्रीमति कमला पोखरेल , बाल कृष्ण   श्रेष्ठ , डम्बर  श्रेष्ठ , बाशुदेव  श्रेष्ठ /रत्न प्रभा श्रेष्ठ,सुरेन  श्रेष्ठ,श्रीमति सरिता  श्रेष्ठ , नोय नाथ पोखरेल,श्रीमति सुष्मा  श्रेष्ठ , धनेन श्रेष्ठ , कर्म तेञ्जिङ्ग भोटिया  , डि एन  श्रेष्ठ , हरि कुमार  श्रेष्ठ , चेत मान  श्रेष्ठ , सन्तोष काफले , सरद  श्रेष्ठ , नारायण चन्द्र श्रेष्ठ , गौलोचन प्रधान, ह्यारी श्रेष्ठ, परिबेस नेपाल,गजेन्द्र बहादुर के सी

फोटोग्राफरमा गौलोचन प्रधानले सहयोग गर्नु भएको छ।