कोलोराडो , नोभेम्बर ९ सनिबार
अमेरिका भ्रमणमा रहनु भएका संखुवासभा जिल्ला खाँदबारी नगरपालिका निवासी ज्योतिष बिज्ञ, बिध्दान श्री योगराज थपलिया ” गाउले ” लाई संखुवासभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट कोलोराडो राज्यको सेण्टिनियल सिटीमा संखुवासभालीहरुको उपस्थितिमा अध्यक्ष श्रीमति शान्ती श्रेष्ठ ,महासचिब श्री हरि कुमार श्रेष्ठले खादा लगाई स्वागत गरिएको थियो ।



” गाउले ” आफनो क्यालिफोरनियाको यात्रा पछि कोलोराडो आइ पुगेको यस पछि भर्जिनिया जाने कुरा जानकारी गराउनु भएको थियो । अमेरिकामा बसोबास गरि बस्ने संखुवा सभा जिल्लाबासीको तर्फ बाट भेटघाट र स्वागतको कार्यक्रम राखी आफ्ना साथी भाइ , स्टमित्र संग भेट घाटको अवसर पाएकोमा खुसि व्यक्त गर्दै संखुवासभा समाज अमेरिकालाई र आफ्नो अमुल्य समय दिएर टाडा टाडा बाट गाडिको ट्राफिक लाई पनि वास्था नगरी उपस्थित भई दिनु भएकोमा धन्यबाद दिनु भएको थियो । सस्था बाट प्रकासित स्मारिका अरुण कोसेलीको रुपमा दिई सस्थाको बारेमा साराम्स जानकारी गराइएको थियो ।

गाउलेको आफ्नो अमेरिका भ्रमण सुख मय, रमाइलो भएको जहा गए पनि साथि भाईहरुको माया , सदभावना घुमफिरमा सहयोग पाएको छु ।अमेरिका एउटा स्वर्गको देश रहेछ यहाको मानवताको सेवा , कानुनि देश , सहयोगी भावना ,सफासुगर ,के भनौ आफु आसचार्य चकित भएको छु । सस्थामा रहेर नेपालको कुनै पनि राजनीतिकको झोला बोकेर काम नगर्नु होला भनि सुझाब दिनु भएको थियो । आफु जन्मेको ठाउको बिकास र आफु पढेको बिद्यालयमा आफ्ना बाबु आमाको नाममा अक्षय कोषको स्थापना गरि गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई छात्रवृति दिन पनि अनुरोध गर्नु भएको र हाल छोटो समय भएकोले मैले समय दिन सकिन चाडै नेपाल फर्कने र पछि अनिकुल मिलाएर आउने छु । अमेरिका घुम्ने रहर अझै बाकि रहेको छ ।
खानाको आथिथ्य सस्थाको अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ , आजीवन सदस्य श्री श्याम श्रेष्ठले गर्नु भएको थियो ।









